Thursday, August 13

राजनीति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दै
राजनीति, समाचार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दै

नेपालअखबार,काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । उनी निकट एक नेताका अनुसार एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले धारणा सार्वजनिक गर्नेछिन् । साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो ।राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आए संविधानको मर्म र भावना विपरीत हुने तर्क एमालेले गरेको छ । तर विद्याले राजनीतिमा गर्न पाउने संवैधानिक हक भएको भन्दै एमाले निर्णयको राजनीतिक प्रतिवाद गर्ने तयारीमा छिन् । त्यसका लागि देशव्यापी राजनीतिक अभियान चलाउने विद्याको तयारी छ ।...
मुस्लिम समुदायलाई शिक्षाको मूलधारमा जोड्न सरकारले आग्रह, समुदायको विकासका लागि मदरसा बोर्ड आवश्यक : माननीय फारुकी
राजनीति, समाचार, हाइलाइट-समाचार

मुस्लिम समुदायलाई शिक्षाको मूलधारमा जोड्न सरकारले आग्रह, समुदायको विकासका लागि मदरसा बोर्ड आवश्यक : माननीय फारुकी

नेपालअखबार,काठमाडौं । मुस्लिम समुदायको विकासका लागि मदरसा बोर्ड आवश्यक रहेको माननीय सेराज अहमद फारुकीले बताउनु भयो । मुस्लिम समुदायलाई शिक्षाको मूलधारमा जोड्न सरकारले आग्रह गर्नु भएको छ ।   नेकपा एमालेका तर्फबाट समानुपातिक सांसदमा रहेका  सेराज अहमद फारुकीसँग गरिएको कुराकानी गरेको थियो । १) तपाईँले मदरसा बोर्ड गठन गर्नका लागि सरकारलाई के - कस्ता पहल गर्नु  भएको छ ? माननीय फारुकीले भन्नुभयो “मदरसा बोर्डका बारेमा मैले सांसदकै भूमिका निभाउनु भन्दा पहिला नै नेपालको अन्तिम संविधान २०६३ निमार्ण भए लगतै मेरो संयोजकमा नै मदरसा विकास समिति गठन भएको थियो ।” “ मदरसा विकास समितिको प्रतिवेदनलाई शिक्षामन्त्री देवेन्द्र पौडेल ज्यूले खारेज गरिदिनु भएको थियो । यसकारण अहिले मदरसा विकास समितिलाई पूर्ण जागरण गराउन सक्ने अवस्थामा भने छैन। यतिखेर कानुन बनिरहेका छन् । शिक्षामन्त्री रघुजी पन्त नेकपा एम...
सीमा विवाद चर्किरहँदा कम्बोडिया जोडिएकै विवादमा निलम्बित छिन् थाइ प्रधानमन्त्री
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

सीमा विवाद चर्किरहँदा कम्बोडिया जोडिएकै विवादमा निलम्बित छिन् थाइ प्रधानमन्त्री

नेपालअखबार, काठमाडौं । यतिबेला थाइल्याण्ड र कम्बोडियाबीच सीमा विवादलाई  लिएर तनाव  चर्किएको छ । दुई दक्षिणपूर्वी एसियाली मुलुकबीच लामो समयदेखि सीमा क्षेत्रमा विवाद रहँदै आए पनि सन् २०११ पछि ठूलो तनाव सिर्जना भएको थिएन । कम्बोडियाले यो मामिलालाई अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्ने बताउँदै आएको थियो भने थाइल्याण्डले यसलाई अस्वीकार गरिरहेको थियो । यस्तोमा दुवै देशबीच सम्बन्ध प्रायः स्थिर रहँदै आएको सम्बन्ध एकाएक तनावपूर्ण बनेको छ । थाई सेनाले कम्बोडियामा हवाई आक्रमण गरेको छ, कम्बोडियाका प्रधानमन्त्रीले यसको जवाफ दिनुको विकल्प नभएको बताएका छन् । यो घटना यस्तो बेला भएको छ, जतिबेला थाइल्याण्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई कूटनीतिक विवादमा संवैधानिक अदालतले निलम्बन गरेको छ । गएको असार तेस्रो साता उनको आचरणबारे छानबिन गर्दै अदालतले निलम्बन गरेको थियो । यो विवाद समेत कम्बोडिय...
३ संसदीय समिति बैठक बस्दै
राजनीति, समाचार

३ संसदीय समिति बैठक बस्दै

नेपालअखबार,काठमाडौं  । आज तीन वटा संसदीय समितिका बैठकसमेत बस्दैछन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति एवं राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापनको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल हुनेछ । यस्तै, विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ ।प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।...
प्रतिनिधिसभा बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधिसभा बैठक बस्दै

नेपालअखबार,काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा दुईवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।  ...
जनतामा निराशा छ,देशमा कम्युनिष्ट प्रधानमन्त्री छन् तर, काम भएन : अध्यक्ष नेपाल
राजनीति, समाचार

जनतामा निराशा छ,देशमा कम्युनिष्ट प्रधानमन्त्री छन् तर, काम भएन : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले परिणाम आउने गरी काम गर्न नसकेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले अहिले देशमा कम्युनिष्ट प्रधानमन्त्री नै रहनुभएको तर देशमा परिणम आउने गरी काम गर्न नसकेको बताएका हुन् । ‘अहिले पनि कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व गरिरहनुभएको छ । तर देशको अवस्था राम्रो छैन । जनतामा निराशा छ । परिणाम आउने गरी काम भइरहेको छैन,’ उनले भने । उनले थपे, ‘कस्तो विडम्वना एक जना छाउपडी प्रथाको शिकार भएर मर्नुपरेको छ । त्यो समाजले हटाउन सकेको छैन । कम्युनिष्ट पार्टीहरू पनि त्यहाँ छन् तर हटाउन चाहँदैनन् ।’ अध्यक्ष नेपालले नेपालमा कस्तो किसिमको अर्थतन्त्र, आर्थिक नीति अवलम्वन गर्ने भन्नेमा बहस गर्न जरुरी रहेको बताए । ‘नेपालमा कस्तो किसिमको अर्थतन...
पूर्व घोषणा अनुसार स्वास्थ्य बीमा सुविधा थप वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको तयारी
राजनीति, समाचार

पूर्व घोषणा अनुसार स्वास्थ्य बीमा सुविधा थप वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको तयारी

नेपालअखबार,काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पूर्व घोषणा गरेअनुसार मन्त्रालयबाट उपलब्ध हुने विपन्न उपचार सहायता स्वास्थ्य बीमा कार्यक्रममार्फत उपलब्ध गराउन प्रक्रिया थालेका छन् । विपन्न उपचार सहायता स्वास्थ्य बीमामार्फत उपलब्ध गराउने खाका तयार  पार्न मन्त्री पौडेलले एक विज्ञ समिति गठन गरेका छन् । समितिलाई एक साताभित्र प्रतिवेदन सुझाव दिन भनिएको छ ।मन्त्री पौडेलले यस सम्बन्धमा सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । मन्त्री पौडेलले लेखेका छन्, ‘सरकारबाट प्रदान हुने विपन्न नागरिक उपचार सहायतासहितका सहुलियत स्वास्थ्य बीमा कार्यक्रममार्फत नै उपलब्ध गराउन नीतिगत सुधार गर्ने पूर्व प्रतिबद्धता अनुसार कार्यान्वयन प्रक्रिया आरम्भ गरेका छौँ ।’ यस अघि जटिल आठ प्रकारका रोगका बिरामीलाई स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार सहायता दोब्बर गर्ने निर्णय कार्यान्वयनमा आइसक...
जुनसुकै पार्टीका भए पनि महिला अगाडि आउँदा गर्व लाग्छः प्रचण्ड
राजनीति, विचार, समाचार

जुनसुकै पार्टीका भए पनि महिला अगाडि आउँदा गर्व लाग्छः प्रचण्ड

नेपालअखबार,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रले महिला, दलित आदिवासी, जनजाति तथा पछाडि पारिएको वर्गको हक अधिकार स्थापित गर्न र उनीहरूलाई मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। काठमाडौंमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल : एक तुलनात्मक अध्ययन’ नामक पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘जुनसुकै दलका भए पनि महिलाहरू पदमा आउँदा मलाई गर्व लाग्छ, विद्रोहको औचित्य प्रमाणित भएको छ।’ उनले लामो त्याग, सङ्घर्ष तथा सहिदहरूको बलिदानका कारण मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र त्यसले पछाडि परेका वर्गलाई अगाडि आउन महत्वपूर्ण योगदान गरेको स्मरण गरे। अध्यक्ष दाहालले जाति भाषा, धर्म, संस्कृति र इतिहासप्रति सम्मान गर्न सकिएन भने देश सफल हुन नसक्ने बताए। देश छाड्नुपर्छ, देशमा...
विपद संकटग्रस्त क्षेत्रमा सिँचाइको प्रबन्ध गरिनेछ: प्रधानमन्त्री ओली
राजनीति, समाचार

विपद संकटग्रस्त क्षेत्रमा सिँचाइको प्रबन्ध गरिनेछ: प्रधानमन्त्री ओली

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपदग्रस्त क्षेत्र घोषणा भएको मधेस प्रदेशमा युद्धस्तरमा सिँचाइ, डिप बोरिङ लगायतका काम गरिने बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा प्रश्नको जबाफ दिँदै उनले मधेस प्रदेशलाई संकटग्रस्त घोषणा गरेको बताएका हुन्। उनले अब संकटग्रस्तको घोषणा भएसँगै बजेटको पनि चाँडै नै व्यवस्था गर्न सकिने बताएका हुन्। ‘यहाँ आउनुभन्दा अगाडि म क्याबिनेट बैठक बसेर मधेस प्रदेशलाई प्रकृतिक विपत्तिग्रस्त क्षेत्र भन्ने निर्णय गरेर आएको छु। अब त्यहाँ सामग्री चाहियो भने पनि आपतकालीन ढंगले बजेटको पनि व्यवस्था गर्न सकिनेछ,’ उनले भने, ‘त्यसैगरी खरिद प्रक्रियाबाट डिप बोरिङ गर्न टेन्डरमार्फत धेरै समय लाग्छ।’ खानेपानीबिना कोही पनि बाँच्न नसक्ने बताउँदै उनले कोही पनि अलपत्र पर्नुनपर्ने बताए। ‘र म आश्वस्त पार्न चाहन्छु। खानेपानीबिना कोही पनि बाँच्न सक्...
दलालहरूलाई कुन खाल्टोमा हाल्नुपर्छ हामीले जानेका छौँ : विप्लव
राजनीति, समाचार

दलालहरूलाई कुन खाल्टोमा हाल्नुपर्छ हामीले जानेका छौँ : विप्लव

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले दलालहरूलाई खाल्टोमा हाल्ने चेतावनी दिएका छन् । बुधबार काठमाडौँमा ४७ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले चेतावनी दिएका हुन् । ‘दलालहरूलाई कुन खाल्टोमा हाल्नुपर्छ हामीले जानेका छौँ । गणतन्त्रमा अहिले झारपात पलाएका छन् । कुन फूल हो को दलाल हो जनता अलमलमा परेका छन् । जनताले थाहै नपाएर सुँघेर हिँडेका छन् । ढलेका पनि छन् । अब कुन फूल हो कुन झारपात हो प्रचण्ड र माधवले भन्न सक्नुपर्छ । हामी सबै मिल्यौँ भने दलालहरूलाई ढाल्न सक्छौँ, त्यो तागत हामीसँग छ’, उनले भने । दलाल पुँजीवादीहरूले कम्युनिस्टहरूलाई काम गर्न नदिने, बदनाम गर्ने, बाटो छेक्ने काम गरिरहेकाले त्यसलाई भत्काउनुपर्ने विप्लवले बताए । आज जति पनि समस्या आएका छन् ती सबै दलाल पुँजीवादसँग मिलेमतोको असर भएको उनले स्पष्ट पार...