Thursday, August 13

राजनीति

भूमि विधेयक संविधान विपरीत छ : उपेन्द्र यादव
राजनीति, समाचार

भूमि विधेयक संविधान विपरीत छ : उपेन्द्र यादव

नेपालअखबार,काठमाडाैं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्रले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संविधान विपरीत रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘यो असंवैधानिक छ, गैरकानुनी छ, देश र जनताविपरीत छ’, अध्यक्ष यादवले भने, ‘प्रदेशको क्षेत्राधिकारभित्र पर्ने विषयमा प्रदेशको अनुमती लिनुपर्छ, यो भएको छैन, यसकारण यो संविधानको धारा १०९ अनुसार छैन ।’ प्रस्तावित विधेयक फिर्ता लिन आग्रह गर्दै उनले भने, ‘जस्ताको तस्तै पारित गर्नुभयो भने हामी कोर्टमा जान्छौं ।’ अदालतमा मुद्दा परे अदालतबाट बदर हुने जिकिर गर्दै उनले सुकुम्बासीलाई जग्गा दिन प्रचलित ऐन बाधक नरहेको र नयाँ ऐन आवश्यक नरहेको बताए । भूमाफियालाई फाइदा पुग्ने गरी विधेयक आएको उनको दाबी छ । भूमि ब्यबस्था सहकारी तथा गरिबी निवा...
को कतिबेला राजनीतिमा जेल पर्छ भन्न सकिँदैनः प्रधानमन्त्री ओली
राजनीति, समाचार

को कतिबेला राजनीतिमा जेल पर्छ भन्न सकिँदैनः प्रधानमन्त्री ओली

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने बताएका छन्। आइतबार बालुवाटारमा बिपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने भन्दै पूर्वाग्रह, प्रतिशोधले पनि जेलमा राख्ने गरिएको बताए। दरबार हत्यकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रतिबन्ध नभए पनि नेताहरूलाई जेल हालेको स्मरण उनले गरे। सरकारी राज्यका निकायहरू छोडेर आफ्ना खुसीले अह्राएका मान्छेले मुद्दा लगाउने, फसाउने काम भएको उनले बताए। प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिमा कतिबेला को जेल पर्छ, पर्दैन भन्न सकिँदैन। पूर्वाग्रह, प्रतिशोध। अस्तिमात्रै दरबार हत्यकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रतिबन्ध नभए पनि प्रतिबन्ध त लागेकै थियो, नेताह...
नाउपाको कार्यवाहक अध्यक्षमा शिव बास्तोला
राजनीति, समाचार

नाउपाको कार्यवाहक अध्यक्षमा शिव बास्तोला

नेपालअखबार,काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहक अध्यक्ष शिव बास्तोला भएका छन्। अध्यक्ष रञ्जिता श्रेष्ठले वरिष्ठ उपाध्यक्ष बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी हुन्। आफूले बास्तोलालाई शनिबार नै कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको अध्यक्ष श्रेष्ठले  जानकारी दिइन्। विधानमा अध्यक्षले कार्यवाहक अध्यक्ष तोक्न सक्ने अधिकार रहेकोले त्यसअनुसार कार्यवाहक अध्यक्ष तोकिएको उनको भनाइ छ। बास्तोला पोखराका हुन्। नाउपाका एक जना नेताका अनुसार नाउपा गठन हुँदा निर्वाचन आयोगमा बुझाएको २१ सदस्यीय केन्द्रीय समितिमा भने बास्तोलाको नाम छैन। ‘त्यसैले निर्वाचन आयोगले बास्तोलालाई चिन्दैन,’ ती नेताले भने। बास्तोला अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीनिकट मानिन्छन्। अध्यक्ष रञ्जिता श्रेष्ठ पोखराको लिचीबारी जग्गासम्बन्धी घुस डिल प्रकरणमा मुछिएकी थिइन्। उनीसँग हालै अख्तियारले बयान पनि लि...
राष्ट्रिय सभाको बैठक आज बस्दै
राजनीति, समाचार

राष्ट्रिय सभाको बैठक आज बस्दै

नेपालअखबार, काठमाडौं ।संघीय संसद् अन्तर्गत् राष्ट्रिय सभा बैठक आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने भएको छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा पर्यटन विधेयक २०८१ माथि दफावार छलफलका लागि निर्णय हुने संसद सचिवालयले जानकारी दिएको छ। प्रतिनिधि सभाको  बैठक भने साउन १९ गते बस्ने तय भएको छ।  
कम्बोडिया र थाइल्याण्ड युद्धविराम गर्न सहमत
राजनीति, समाचार

कम्बोडिया र थाइल्याण्ड युद्धविराम गर्न सहमत

नेपालअखबार, काठमाडौं । कम्बोडिया र थाइल्याण्ड युद्धविराम गर्न सहमत भएका छन् । यो जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका हुन् । यसअघि कम्बोडियाका प्रधानमन्त्री हुन सेनले अमेरिकाले राखेको युद्धविरामको प्रस्तावको स्वागत गरेको बताएका थिए । प्रधानमन्त्री हुन सेनले कम्बोडियाका विदेशमन्त्रीले अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले युद्धविरामबारे कुरा गर्ने बताएका थिए । कम्बोडिया र थाइल्याण्डबीच सीमा विवादका कारण तनाव बढेको थियो । यही तनावका बीच कम्बोडियाले थाइल्याण्डमाथि हवाई हमला गरेको थियो । दुईपक्षीय लडाइँमा कम्तिमा ३० जनाभन्दा बढीको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले झडप नरोकिएसम्म दुवै देशसँग व्यापार सम्झौताबारे छलफल नगर्ने बताएका छन् ।...
नेपाल र थाइल्याण्डबिच  सांस्कृतिक समानताहरू छन् : परराष्ट्र मन्त्री
राजनीति, समाचार

नेपाल र थाइल्याण्डबिच सांस्कृतिक समानताहरू छन् : परराष्ट्र मन्त्री

नेपालअखबार, काठमाडौँ  । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल र थाइल्यान्डका बिचमा कैयौँ सांस्कृतिक समानताहरू रहेका उल्लेख गरेकी छन् । आज राजधानीमा आयोजित ‘थाइ फ्लेभस् ‘इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उनले नेपाल र थाइल्याण्डबिच ऐतिहासिक सम्बन्ध रही आएको र दुई देशबिचमा सांस्कृतिकलगायत धेरै क्षेत्रमा समानता रहेका बताइन् । मन्त्री राणाले दुई देशका बिचमा पाहुनाहरूको स्वागत, बहुधार्मिक र बहुसांस्कृतिक मूल्यमान्यताहरूको सम्मान, सहिष्णुता तथा पर्यटन र यसमार्फत प्राप्त गर्न सकिने समृद्धिलगायत समानताहरू रहेका चर्चा गरिन् । पर्यटन दुई देशका बिचको साझा समृद्धि एवं सहकार्यको क्षेत्र हुनसक्ने स्पष्ट गर्दै मन्त्री डा.राणाले नेपालमा पनि पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन एवं हस्पिटालिटीका क्षेत्रमा लगानी गर्न थाई लगानीकर्ताहरूलाई आग्रह गरिन् । नेपाल उद्यमशिलताका क्षेत्रमा अघि ब...
मेरो पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
राजनीति, समाचार

मेरो पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी

नेपालअखबार,काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले १० वर्ष अघि राष्ट्रपति बन्दा एमालेको पार्टी सदस्यता त्यागेको भन्ने एमालेको दाबी झुटो रहेको बताएकी छन् । साथै उनले आफ्नो पार्टी सदस्यता कसैले चाहँदैमा खारेज गर्न पनि नसक्ने दाबी गरिन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै भण्डारीले भनिन, ‘मेरो पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैन ।’ उनले सफलतापूर्वक राष्ट्रपतिको कार्यकाल पुरा गरेपछि बाँकी जीवन कुनै सङ्गठनमा लाग्दा नै उपयुक्त हुन्छ भनेर ४५ वर्षदेखि आफू अबद्ध एमालेको सदस्यता नवीकरण गरेको समेत बताइन् । ‘हुलहुज्जत र उत्तेजनामा आएर मेरो सदस्यता खारेज गर्न मिल्दैन । पार्टी प्रणालीमा चल्छ । कसलाई के गर्न मन लाग्छ त्यो अलग विषय हो’, भण्डारीको भनाइ छ ।...
राष्ट्रपतिले दलीय स्वार्थभन्दा माथि उठेर साहसिक कदम चाले : नेता महर
राजनीति, समाचार

राष्ट्रपतिले दलीय स्वार्थभन्दा माथि उठेर साहसिक कदम चाले : नेता महर

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई पुनर्विचारका लागि फिर्ता पठाउने कदमको खुलेर प्रशंसा गरेका छन् । उनले राष्ट्रपतिको कदमलाई दलीय स्वार्थभन्दा माथि उठेर संविधान र लोकतन्त्रको रक्षार्थ चालिएको साहसिक र ऐतिहासिक कदमको संज्ञा दिएका हुन्। काठमाडौँमा रहेका सुदूरपश्चिम र मधेस प्रदेश नेपाली कांग्रेसका नेताहरूसँगको छलफलका क्रममा  महरले भने, ‘सरकारले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई नै तिलाञ्जली दिएर सत्ताको सुविधाका लागि संविधानको मर्मलाई कुल्चिन खोजेको थियो । प्रधानमन्त्री र एकजना सदस्यको भरमा संवैधानिक निकायहरूमा नियुक्ति गर्ने प्रावधानले लोकतन्त्रलाई कमजोर बनाउँछ र स्वेच्छाचारितालाई संस्थागत गर्छ। यस्तो असंवैधानिक प्रयासलाई रोकेर राष्ट्रपतिले आफ्नो अभिभ...
प्यालेस्टाइनलाई देशको मान्यता दिने फ्रान्सका राष्ट्रपति म्याक्रोंको घोषणा
राजनीति, विश्व, समाचार

प्यालेस्टाइनलाई देशको मान्यता दिने फ्रान्सका राष्ट्रपति म्याक्रोंको घोषणा

नेपालअखबार,काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोंले प्यालेस्टाइनलाई देशको मान्यता दिने घोषणा गरेका छन्। राष्ट्रपति म्याक्रोंले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट लेख्दै प्यालेस्टिनलाई आगामी सेप्टेम्बरमा देशको मान्यता दिने घोषणा गरेका हुन्। उक्त घोषणा संयुक्त राष्ट्रसंघको महासभामा हुने पनि राष्ट्रपति म्याक्रोंले बताएका छन्। 'मध्यपूर्वमा न्याय र शान्तिका लागि ऐतिहासिक प्रतिबद्धतास्वरूप फ्रान्स प्यालेस्टाइनलाई एक राष्ट्रका रूपमा मान्यता दिनेछ,' म्याक्रोंले लेखेका छन्। उनले गजाका नागरिकहरूको जीवन बचाउनु सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका छन्। ' गजामा युद्ध अन्त्य र त्यहाँका नागरिकहरूको जीवन बचाउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। शान्ति सम्भव छ।  तत्काल युद्धविराम र सबै बन्धकहरूको रिहाइ तथा गजाका नागरिकहरूलाई पर्याप्त मानवीय सहायताको जरूरी छ,' म्याक्रोंले भनेका छन...
आज प्रतिनिधि सभा बैठक बस्दै
राजनीति, समाचार

आज प्रतिनिधि सभा बैठक बस्दै

नेपालअखबार,काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ वानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सो विधेयक, २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको थियो । सो विधेयकलाई राष्ट्रियसभाले २०८१ चैत ४ गते पारित गरेको थियो ।यो विधेयक ‘आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्न तथा नवीनतम् प्रविधिको विकास र विस्तार गरी आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नसँग सम्बन्धित’ छ ।...