Saturday, August 15

राजनीति

जनमत पार्टीको बैठकमा मधेश सरकारबाट बाहिरिने प्रस्ताव
राजनीति, समाचार

जनमत पार्टीको बैठकमा मधेश सरकारबाट बाहिरिने प्रस्ताव

नेपालअखबार,काठमाडौं । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीको सचिवालय बैठकमा प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव आएको छ । पार्टी सचिव बीपी साहले प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव पेस गरेका हुन् । पार्टीको नीति र जनताको भावना बमोजिम काम गर्न नसकेकाले सरकार छोड्नुपर्ने प्रस्ताव लगेको उनले बताए । ‘अध्यक्षज्यूले यो प्रस्तावलाई कार्यकारिणीमा छलफल हुन्छ भन्नुभएको छ,’ साहले भने ।...
संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयकको प्रतिवेदन
राजनीति, समाचार

संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयकको प्रतिवेदन

नेपालअखबार,काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयकको प्रति च्यातेका छन् । संसदमा विचाराधीन निजामती सेवा विधेयकले सबै नागरिकलाई समान रुपमा नहेरेको भन्दै उनले विधेयकको प्रति नै च्यातेका हुन् । निजामती विधेयकपास भएको साक्षी आफू रहन नसक्ने भन्दै उनले रोष्ट्रममै विधेयकको प्रति च्याते । ‘अब गरिबले लोकसेवा दिन नपाउने ?’ साहले भने, ‘कित भन्नुपर्‍यो अब कसैले ट्वाइलेटमा सफा गर्ने छैन । पिउनको काम कसैले गर्ने छैन । ड्राइभरको काम कसैले गर्ने छैन । गर्नेछ भने तिनको जीवन जीवन होइन ?’ विधेयकले कमजोर पक्षको सुरक्षा गर्नुपर्नेमा तल्लो तहमा काम गर्नेको सुरक्षा निजामती विधेयकले नगरेको बताए । ‘तर आज तिनलाई (तल्लो स्तरमा काम गर्ने श्रेणिविहीन कर्मचारीलाई) रुवाउने विधेयक हामीलाई स्वीकार्य छैन’ साहले थपे, ‘नेपाली जनतालाई रुवाउने कामको साक्षी म बन्न सक्दिनँ । सांसदहर...
एकीकृत समाजवादीको बैठक १९ गते बस्ने गरी स्थगित
राजनीति, समाचार

एकीकृत समाजवादीको बैठक १९ गते बस्ने गरी स्थगित

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक असार १९ गते बस्ने गरी स्थगित भएको छ । शुक्रवार र शनिबार बसेको सचिवालय बैठक आज आइतबार दिउँसो १ बजे बसेर समापन गर्ने तयारी थियो । ‘आजका लागि तय भएको बैठक बस्न सकेन । अब अर्को बैठक असार १९ गते बस्छ’, सचिव सोमप्रसाद पाण्डेले भने, ‘अन्य कार्यक्रमले नेताहरू व्यस्त बनेकाले बैठक सरेको हो ।’ सचिवालय बैठकमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबाहेक अन्य नेताहरूले बोल्ने क्रम शनिबारै सकिएको छ । खनाल, भुसाल बोलेपछि अध्यक्षले समापन सम्बोधन गरेर बैठक सक्ने तयारी रहेको थियो ।...
प्रतिनिधि सभाको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार,काठमाडौं। सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । मुलुक सङ्घीय संरचनामा गए पनि प्रशासनिक सङ्घीयता कार्यान्वयनमा जटिलता पैदा हुँदै आएको गुनासो थियो । प्रतिनिधिसभाको यही असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्नेगरी कार्यसूची तय भए पनि अन्तिम समयमा आएर रोकिएको थियो । आजका लागि निर्धारित कार्यसूचीअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । सो विधेयकमाथि सांसदहरूले धारणा राखेपछि पारित हुनेछ । प्रतिनिधिसभाले सो विधेयक पारित गरेर राष्ट्रियसभामा पठाइनेछ । राष्ट्रियसभाले पारित गरेर प...
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित
राजनीति, समाचार

नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित

नेपालअखबार,काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।जसलाई सभाले पारित गरेर अगाडि बढाएको हो ।
मदन भण्डारीको ७४ औं जन्मजयन्ती मनाउँदै एमाले
राजनीति, समाचार

मदन भण्डारीको ७४ औं जन्मजयन्ती मनाउँदै एमाले

नेपालअखबार,काठमाडौं ।आज तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ। एमाले र मदन भण्डारी फाउण्डेशनले आज विविध कार्यक्रम गरी जननेता भण्डारीको जन्मजयन्ती मनाउन थालेको हो। एमाले सम्पर्क समन्वय कमिटीले आज जयन्तीकै अवसरमा पदयात्रा गरेको छ । कमिटीको आयोजनामा आज ७:३० बजेदेखि ८:३० बजेसम्म त्रिपुरेश्वरदेखि दशरथरङ्गशालादेखि तीनकुनेसम्म पदयात्रा गरिएको कमिटीका सचिव आरसी लामिछानेले जानकारी दिए। पदयात्रामा पार्टी महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्य लालबाबु पण्डित सहभागी थिए। यस्तै आज दिवस फाउण्डेशनका आयोजनामा राष्ट्रियसभा गृहमा ‘जबजका तीन दशक’ विषयक अन्तरक्रिया कार्यक्रम राखेको छ। अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनेछन्। एमालेले मदन भण्डारीले प्रतिपादन ग...
ट्रम्पद्वारा क्यानडासँगको व्यापार वार्ता अन्त्यको घोषणा
राजनीति, विश्व, समाचार

ट्रम्पद्वारा क्यानडासँगको व्यापार वार्ता अन्त्यको घोषणा

नेपालअखबार,वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको व्यापार वार्ता 'तुरुन्तै' अन्त्य गर्ने बताएका छन्। अमेरिका र क्यानडा जुलाईको मध्यसम्ममा व्यापार सम्झौतामा सहमति जुटाउने दिशामा काम गरिरहेका बेला राष्ट्रपति ट्रम्पले यो कदम चालेका हुन्। क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गरेर कर लगाउने तयारी गरिरहेको ट्रम्पको भनाई छ  । यस वर्षको सुरुमा अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि नै ट्रम्पले 'व्यापार युद्ध' सुरु गर्दै आएका छन्। त्यस बेलादेखि दुवै देशले एक अर्काको सामानमा कर लगाएका छन्। अमेरिकी राष्ट्रपतिले शुक्रबार प्राविधिक कम्पनीहरूमाथि उच्च करको बारेमा वार्ता समाप्त गर्ने बताए । उनले अर्को हप्ता नयाँ शुल्क घोषणा गर्ने पनि जानकारी दिए । ट्रम्पले ट्रुथ सोसलमा लेखे, ‘हामी क्यानडासँगको व्यापार सम्बन्धी सबै छलफलहरू तत्काल प्रभावबाट समाप्त गर्दैछौँ। हामी क...
आज प्रधानमन्त्री ओलीले  प्रतिनिधि सभामा सम्बोधन गर्ने
राजनीति, समाचार

आज प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा सम्बोधन गर्ने

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने तय भएको छ । प्रतिनिधि सभा बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।प्रधानमन्त्री ओली आज साँझ ६बजे स्पेन भ्रमण जाँदै  छन् । सम्बोधनका क्रममा उनले भ्रमणबारे संसदमा जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने बर्तौलाले बताए ।...
अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको सचिवालय बैठकको निष्कर्ष
राजनीति, समाचार

अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको सचिवालय बैठकको निष्कर्ष

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव कुमार नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको निष्कर्ष निकालेको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पताञ्जली जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपालमाथि षड्यन्त्रपूर्वक मुद्दा दायर गरिएको निष्कर्ष निकालिएको हो। एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले आफूहरूले विद्रोह गरेर नयाँ पार्टी जन्माएसँगै निशानामा पर्दै आएको बताए। 'विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेदेखि हामीमाथि निसाना साँधिँदै आएको छ। त्यही व्यक्तिहरूले नै अध्यक्षमाथि राजनीतिक षड्यन्त्र गरेका हुन्,' सञ्चारकर्मीसँग उनले भने। उनले पताञ्जली जग्गा हिनामिना प्रकरणमा कानुनी उपचारका निम्ति लडिरहने निष्कर्ष बैठकको रहेको बताए। उपाध्यक्ष ज्वालाले अध्यक्ष नेपालले जिम्मेवारीबाट राजीनामा दिने विषयमा छलफल भइनसकेको बताए। सञ्चारकर्मीको प्रश्नमा उनले भने, 'त्यस विषयमा छल...
कांग्रेसले बोलायो पदाधिकारी बैठक
राजनीति, समाचार

कांग्रेसले बोलायो पदाधिकारी बैठक

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो एक बजे बोलाएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न आइतबार पदाधिकारी बैठक बोलाएका हुन् । सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले आइतबार बिहान साढे १० बजे सभापति देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बस्ने जानकारी आफूलाई आएको बताइन् । उपाध्यायले पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने जानकारी दिइन् । गत साउनपछि बल्ल बस्न लागेको कांग्रेसको नियमित कार्यसमितिको बैठकले पार्टीले निर्धारण गरिदिएको मितिमा महाधिवेशन गर्न नसकेका ७ भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप्ने कि नथप्ने भन्ने निर्णय गर्नेछ । कांग्रेसको गत फागुन एक गते बसेको पदाधिकारी बैठकले चैत मसान्तसम्म तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ...