Friday, August 14

राजनीति

चार वटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

चार वटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सदस्यहरूसँग छलफल हुनेछ । त्यस्तै दिनकाे  २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि  दफावार छलफल हुनेछ । त्यस्तै, बिहान ८ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा सुनुवाइ हुन बाँकी सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश र न्याय परिषद्का सदस्यको सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।...
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित
राजनीति, समाचार

नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित

नेपालअखबार, काठमाडौं । प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन विधेयक, २०८२) पारित भएको छ । सभाको शनिबारको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो। उक्त विधेयक पारित भएसँगै एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता पाउने बाटो खुलेको छ। विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जबाफ दिँदै गृहमन्त्री रमेश लेखकले नागरिकताको विषयमा संविधान, कानून र सरकारको धारणा स्पष्ट रहेको बताए। उनले नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन नरहोस् र पाउनु नपर्ने व्यक्तिले नागरिकता नपाओस् भन्ने विषयमा सरकार गम्भीर रहेको बताए। उनले संविधानले गैरआवासीय नेपाली नागरिकलाई पनि नागरिकता प्रदान गर्ने व्यवस्था गरेको उल्लेख गर्दै त्यसका लागि छुट्टै कानून निर्माणको तयारीमा सरकार जुटेको पनि बताए। उनले भने, ‘नेपाली नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन नरहोस्। र पाउन नपर्ने मानिसले नागरिकता नपाओस् भ...
नेपालमा लगानी गर्न ऊर्जामन्त्री खड्काको आग्रह
राजनीति, समाचार

नेपालमा लगानी गर्न ऊर्जामन्त्री खड्काको आग्रह

नेपालअखबार, काठमाडौं । चीनमा रहेका नेपाली समुदायलाई स्वदेशमा ऊर्जा लगायत क्षेत्रमा लगानी गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आग्रह गरेका छन् । हाल चीन भ्रमणमा रहेका मन्त्री खड्काले बेइजिङमा आयोजित ट्रेड फेस्ट अवलोकनका क्रममा सम्बोधन गर्दै लगानी सुरक्षाको जिम्मा सरकारले लिने बताए । नेपाल जलस्रोतको अपार सम्भावना बोकेको मुलुक भएकाले ऊर्जा क्षेत्रमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै मन्त्री खड्काले भने, ‘जो जहाँ भए पनि नेपालीको माया नेपालमै हुन्छ। सरकारले लगानीको वातावरण निर्माण गरिसकेको छ । अब हामी सबै मिलेर देशको विकासमा जुट्नुपर्छ ।’ मन्त्री खड्काले सरकारले सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य राखेको र त्यसमध्ये १५ हजार मेगावाटभन्दा बढी बिजुली भारत लगायत तेस्रो मुलुकमा निर्यात गरिने सुनिश्चित भइसकेको जानकारी दिए ।...
नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सोमबारदेखि, एजेन्डा तय
राजनीति, समाचार

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सोमबारदेखि, एजेन्डा तय

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको छ । आइतबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको प्रवक्ता डा प्रकाश शरण महतले जानकारी दिए । केन्द्रीय कार्यसमिति बैठकमा मुख्य रुपमा गठबन्धनको सरकारका साथै भ्रातृसंस्थाका विषयमा छलफल हुने उनले बताए । केन्द्रीय कार्यसमितिमा केन्द्र सरकारमा रहेका मन्त्रीहरूका साथै प्रदेश सरकारमा सहभागी भएकाहरूले सरकारका कामकारबाहीका बारेमा जानकारी गराउने एजेण्डा तय भएको प्रवक्ता महतले जानकारी दिए । उनले क्रियाशील सदस्यता वितरणका बारेमा समेत महामन्त्रीले जानकारी गराउने तय भएको उल्लेख गरे । त्यस्तै तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने भन...
नेकपा एकीकृत समाजवादीको निर्देशन अध्यक्ष मुद्दाबारे जथाभावी नलेख्नुस्, नबोल्नुस्
राजनीति, समाचार

नेकपा एकीकृत समाजवादीको निर्देशन अध्यक्ष मुद्दाबारे जथाभावी नलेख्नुस्, नबोल्नुस्

नेपालअखबार, काठमाडौँ । एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि चलिरहेको मुद्दाबारे जथाभावी नबोल्न नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । महासचिव घनश्याम भुसालले आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालमाथिको मुद्दामा पार्टीको धारणा भन्दा फरक नबोल्न निर्देशन दिएका हुन् । अध्यक्ष नेपालविरुद्ध नेतृ रामकुमरी झाँक्रीले सामाजिक सञ्जालमा अभिव्यक्ति दिएपछि पार्टीले विज्ञप्ति जारी गर्दै जथाभावी नलेख्न र नबाेल्न निर्देशन दिएको हो । नेपाल विरुद्ध अख्तिायर दुरुपयोग अनुसन्धान आयागले विशेष अदालतमा पतञ्जली प्रकरणमा मुद्धा दायर गरेको थियो । अदालतले नेपाललाई ३५ लाख धरौटीमा रिहा समेत गरिसकेको छ ।...
नेपाल कृषि क्षेत्रमा ठूलो सम्भावना भएको मुलुक हो: अध्यक्ष नेपाल
राजनीति, समाचार

नेपाल कृषि क्षेत्रमा ठूलो सम्भावना भएको मुलुक हो: अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाल कृषिमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभएको छ। अखिल नेपाल किसान महासंघको आयोजनामा काठमाडौँको तार्केश्वर नगरपालिका वडा नम्बर ८ मा आयोजना गरेको रोपाइ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘हाम्रो कृष क्षेत्र आत्मनिर्भर बन्नुपर्ने हो। तर, हाम्रो कृषि क्षेत्र परनिर्भर छ। यसलाई बदल्नुपर्छ। हाम्रो देशमा उत्पादन हुन सक्ने फलफूल, अन्नबाली उत्पादन गर्नुपर्छ।’ महासंघका संयोजक बलदेव चौधरीको अध्यक्षता सम्पन्न रोपाइ कार्यक्रममा अध्यक्ष नेपालले नेपाल कृषि क्षेत्रमा ठूलो सम्भावना बोकेको मुलुक भएको दाबी गर्नुभयो।...
प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित
राजनीति, समाचार

प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित

नेपालअखबार,काठमाडौं ।  प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा छलफलपछि विधेयक पारित गरिएको हो। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेलगत्तै सभामुख देवराज घिमिरेले  विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन्।...
जनमत पार्टीको बैठकमा मधेश सरकारबाट बाहिरिने प्रस्ताव
राजनीति, समाचार

जनमत पार्टीको बैठकमा मधेश सरकारबाट बाहिरिने प्रस्ताव

नेपालअखबार,काठमाडौं । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीको सचिवालय बैठकमा प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव आएको छ । पार्टी सचिव बीपी साहले प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव पेस गरेका हुन् । पार्टीको नीति र जनताको भावना बमोजिम काम गर्न नसकेकाले सरकार छोड्नुपर्ने प्रस्ताव लगेको उनले बताए । ‘अध्यक्षज्यूले यो प्रस्तावलाई कार्यकारिणीमा छलफल हुन्छ भन्नुभएको छ,’ साहले भने ।...
संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयकको प्रतिवेदन
राजनीति, समाचार

संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयकको प्रतिवेदन

नेपालअखबार,काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयकको प्रति च्यातेका छन् । संसदमा विचाराधीन निजामती सेवा विधेयकले सबै नागरिकलाई समान रुपमा नहेरेको भन्दै उनले विधेयकको प्रति नै च्यातेका हुन् । निजामती विधेयकपास भएको साक्षी आफू रहन नसक्ने भन्दै उनले रोष्ट्रममै विधेयकको प्रति च्याते । ‘अब गरिबले लोकसेवा दिन नपाउने ?’ साहले भने, ‘कित भन्नुपर्‍यो अब कसैले ट्वाइलेटमा सफा गर्ने छैन । पिउनको काम कसैले गर्ने छैन । ड्राइभरको काम कसैले गर्ने छैन । गर्नेछ भने तिनको जीवन जीवन होइन ?’ विधेयकले कमजोर पक्षको सुरक्षा गर्नुपर्नेमा तल्लो तहमा काम गर्नेको सुरक्षा निजामती विधेयकले नगरेको बताए । ‘तर आज तिनलाई (तल्लो स्तरमा काम गर्ने श्रेणिविहीन कर्मचारीलाई) रुवाउने विधेयक हामीलाई स्वीकार्य छैन’ साहले थपे, ‘नेपाली जनतालाई रुवाउने कामको साक्षी म बन्न सक्दिनँ । सांसदहर...
एकीकृत समाजवादीको बैठक १९ गते बस्ने गरी स्थगित
राजनीति, समाचार

एकीकृत समाजवादीको बैठक १९ गते बस्ने गरी स्थगित

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक असार १९ गते बस्ने गरी स्थगित भएको छ । शुक्रवार र शनिबार बसेको सचिवालय बैठक आज आइतबार दिउँसो १ बजे बसेर समापन गर्ने तयारी थियो । ‘आजका लागि तय भएको बैठक बस्न सकेन । अब अर्को बैठक असार १९ गते बस्छ’, सचिव सोमप्रसाद पाण्डेले भने, ‘अन्य कार्यक्रमले नेताहरू व्यस्त बनेकाले बैठक सरेको हो ।’ सचिवालय बैठकमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबाहेक अन्य नेताहरूले बोल्ने क्रम शनिबारै सकिएको छ । खनाल, भुसाल बोलेपछि अध्यक्षले समापन सम्बोधन गरेर बैठक सक्ने तयारी रहेको थियो ।...