Friday, August 14

राजनीति

इरानले भन्यो- अमेरिकाले सीमा नाघ्यो, जबाफ दिन्छौं
राजनीति, विश्व, हाइलाइट-समाचार

इरानले भन्यो- अमेरिकाले सीमा नाघ्यो, जबाफ दिन्छौं

नेपालअखबार,काठमाडौं। इरानले अमेरिकालाई जबाफ दिने बताएको छ। अमेरिकाले इरानको आणविक भट्टीहरूमा आइतबार बिहान आक्रमण गरेपछि इरानी विदेशमन्त्री अब्बास अराघ्चीले त्यसको जबाफ दिने बताएका हुन्। हाम्रो आणविक पूर्वाधारमा आक्रमण गरेर अमेरिकाले सीमारेखा पार गर्‍यो। हामीले जबाफ दिनैपर्छ,' अराघ्चीको भनाइ उद्धृत गरेर सिएनएनले लेखेको छ। अराघ्चीले अमेरिकालाई जबाफ दिनू इरानको आत्मरक्षाको अधिकार नै हो भनेका छन्। उनले कुटनीतिक तवरबाट समाधान गर्नका लागि कति ठाउँ खाली छ भन्ने विषय आफूलाई थाहा नभएको बताए। 'तर अमेरिकाको कदम राष्ट्रसंघको घोषणापत्र र अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्तहरूको अकल्पनीय, गम्भीर र अभूतपूर्व उल्लङ्घन हो,' उनले भने। उनले वाशिङ्टनको कदमले निम्त्याउने आक्रामक र खतरनाक परिणामको जिम्मेवार ऊ आफै हुने पनि बताएका छन्। उनले संयुक्त राष्ट्र सुरक्षा परिषद्‌ले तत्काल आपतकालीन...
बैंकिङ कसुर मुद्दामा जनमत पार्टीकी प्रदेश सांसद रायमाझी विरुद्ध पक्राउ
राजनीति, समाचार

बैंकिङ कसुर मुद्दामा जनमत पार्टीकी प्रदेश सांसद रायमाझी विरुद्ध पक्राउ

नेपालअखबार,काठमाडौं। बैंकिङ कसुरको मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बर्दियाको गुलेरिया नगरपालिका–५ घर भएकी रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको माग बमोजिम पर्सा जिल्ला अदालतले १६ जेठमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । ‘उहाँविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएको छ । हामी कानूनी प्रक्रिया अघि बढाउँदैछौं।’ पर्सा प्रहरीका एक अधिकृतले भने । उनीविरुद्ध आशा कुमारी चौहानले बैंकिङ कसुरमा जाहेरी दिएकी थिइन् । २ लाख ७५ हजार रुपैयाँ सापटी लगेको र लामो समयसम्म नतिरेपछि पटक–पटक माग्दा चेक दिएको तर रकम नभएको भन्दै चेक बाउन्स भएको उल्लेख चौहानले दिएको उजुरीमा छ । रायमाझीले एभरेष्ट बैंकको चेकमा २ लाख ७५ हजार रुपैयाा उल्लेख गरेर दिए पनि रकम पर्याप्त नभएको भन्दै चेक बाउन्स भएको थि...
कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ : डा‍. शेखर कोइराला
राजनीति, विचार, समाचार

कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ : डा‍. शेखर कोइराला

नेपालअखबार,तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा‍. शेखर कोइरालाले पार्टीको महाधिवेशन वि.सं. २०८३ मङ्सिरभित्र हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले पार्टीको महाधिवेशन निर्धारित मितिमा हुनुपर्ने बताए । उनले भने,“म पार्टीको महाधिवेशन निर्धारित मितिमा हुनुपर्छ भन्ने पक्षमा छु, नेपाली कांग्रेसको महाधिवेशन जति लम्बिँदै जान्छ, यसले पार्टीलाई फाइदा गर्दैन ।” नेता कोइरालाले २०८४ को आमनिर्वाचन अगाडि महाधिवेशन हुनुपर्नेमा जोड दिए । स्थानीय, प्रदेश तह र सङ्घीय निर्वाचन समयमा हुने भएकाले त्यसतर्फ सोचेर अगाडि बढ्न नेता कोइरालाले आग्रह गरे । विगतमा नेपाली कांग्रेसको बलियो साङ्गठनिक जिल्लाका रूपमा तनहुँ रहे पनि अहिले त्यस्तो अवस्था नरहेकाले त्यसतर्फ सोच्न उहाँले सबै नेताकार्यकर्तालाई आग्रह गरे । तनह...
ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्ने पाकिस्तानको घोषणा
राजनीति, समाचार

ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्ने पाकिस्तानको घोषणा

नेपालअखबार,इस्लामवाद। पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्ने घोषणा गरेको छ। गत महिना भारत र पाकिस्तानबिच युद्धविराम गराउन ट्रम्पले खेलेको भूमिकाको कदर गर्दै इस्लामवादले यस्तो घोषणा गरेको हो। पाकिस्तानी सरकारले सामाजिक सञ्जाल एक्समा भनेको छ, 'हालैको भारत–पाकिस्तान सङ्कटका बेला निर्णायक कूटनीतिक हस्तक्षेप र महत्त्वपूर्ण नेतृत्वका लागि' ट्रम्प यो पुरस्कारको हकदार छन्। यद्यपि, भारतले गत महिनाको लडाइँ अन्त्य गर्न अमेरिकाले मध्यस्थता गरेको कुरालाई अस्वीकार गर्दै आएको छ र कुनै पनि तेस्रो पक्षबाट कूटनीतिक हस्तक्षेप नचाहेको स्पष्ट पारेको छ। ट्रम्पले आफैँ पनि पटक–पटक नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताउँदै आएका छन्। यस वर्षको विजेताको नाम अक्टोबरमा घोषणा गरिनेछ। गत मे महिनामा आणविक शक्ति सम्पन्न दुई छिमेकीबिच चार दिनको लडाइँपछि ट्रम्पल...
इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण
राजनीति, विश्व, समाचार

इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण

नेपालअखबार, काठमाडौं । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले जानकारी दिएका छन् । इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिसकेका जानकारी पनि उनले दिएका छन् । ट्रम्पले भनेका छन्, ‘सबै विमान सुरक्षित तरिकाले आफ्नो घरतिर फर्किरहेका छन् । हाम्रा महान् अमेरिकी योद्धाहरुलाई बधाई । विश्वमा यस्तो गर्न सक्ने सेना अरु कसैसँग छैन ।’ उनले अब शान्तिको समय पनि आएको बताएका छन् । अमेरिकाले इरानका परमाणु केन्द्रमा बंकर बस्टर बम प्रयोग गरिएको जनाएको छ । यो बम जमिन मुनि करिब ६० मिटर भित्र छिरेर विष्फोट हुन्छ । यो बमले कहाँ कति क्षति भयो भन्ने खुलिसकेको छैन । इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिका पनि इरानविरुद्धको आक्रमणमा उत्रिएको ह...
प्रतिनिधिसभाको बैठक आज  बस्दै
राजनीति, समाचार

प्रतिनिधिसभाको बैठक आज बस्दै

नेपालअखबार, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ । सङ्घीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ । यस्तै, सांसदहरूले राखेको खर्च कटौतीको प्रस्तावसमेत पेस हुनेछ । यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्नेछन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउनुहुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ...
संघीय निजामति ऐन संसदमा पेश भएर पनि नआउँदा दु:ख व्यक्त : सांसद अमनलाल मोदी
राजनीति, समाचार

संघीय निजामति ऐन संसदमा पेश भएर पनि नआउँदा दु:ख व्यक्त : सांसद अमनलाल मोदी

नेपालअखबार,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले थोरै समयमा धेरै मन्त्रालयको खर्च कटौतीमा टिप्पणी गर्नुपर्ने अवस्थामा समय कम भएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् । शनिबार प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद मोदीले छलफलमा मन्त्रीहरु पनि नआउने र मन्त्रालय थप्दै जाने होभने समयपनि थप्न आग्रह गरेका हुन् । उनले संघीय निजामति ऐन संसदमा पेश भएर पनि नआउँदा दु:ख लागेको बताउँदै आफू मन्त्री भएको समयमा कर्मचारीको तलव वृद्धिका लागि कार्यदल बनाइएको भएपनि त्यो अहिले नदेखिएको स्पष्ट पारे । सांसद मोदीले कर्मचारीको तलव कम हुँदा भ्रष्टाचार बढिरहेको दाबी गरे । ‘नेपालमा विशिष्टिकृतको सेवा प्रणालीमा सरुवा प्रणाली, व्यवस्थित र प्रक्रिय प्रणाली त्यसको कुरामा चाहिँ हामीले केही गरेका थियौं । तर, त्यसको कार्यान्वयनका कुरामा कार्यदल ...
विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा
राजनीति, समाचार

विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरूलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् । शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भएपनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने देउवाको भनाइ थियो । ‘नागरिकता लिइसकेकालाई हामी नेपालको नागरिकता दिन सक्दैनौँ । अरु कामहरुका लागि एनआरएन नागरिकता दिन सकिन्छ । हाम्रो जस्तो सानो देशमा धेरै गाह्रो पर्छ । नागरिकताको सम्बन्धमा छलफलको विषय छ,’ देउवाले भने, ‘अरु देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन गाह्रो छ । अरु सुविधाहरु दिन सकिन्छ । नेपाल फर्किन चाहनेलाई स्वागत भइहाल्छ ।’ ब्रिटिश गोरखा सैनिकब...
बंकरमा लुकेका खामेनीले आफ्नो हत्या भएमा छाने नयाँ सुप्रिम नेता
राजनीति, विश्व, समाचार

बंकरमा लुकेका खामेनीले आफ्नो हत्या भएमा छाने नयाँ सुप्रिम नेता

नेपालअखबार,काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले आफ्नो उत्तराधिकारी छनोट गरेका छन्। इसराइलले लगातार इरानमाथि कठोर हमला गरिरहेको अवस्था र संयुक्त राज्य अमेरिकाको लगातारको चेतावनीबीच खामेनीले आफ्नो सम्भावित हत्याको आकलन गर्दै उत्तराधिकारी छानिसकेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन्। अमेरिकी पत्रिका न्युयोर्क टाइम्सका अनुसार खामेनीले तीन जना धर्मगुरूहरूबाट एकजनालाई उत्तराधिकारी छान्न निर्देशन दिएका छन्। खामेनी आफै पनि अहिले गुप्त बंकरमा लुकेका छन्। आफू बसेको ठाउँ पत्ता नलगाउन् भनेर विद्युतीय सञ्चारमाध्यमहरूको पहुँचबाट पनि उनी टाढा रहेको तीन इरानी अधिकारीहरूलाई उद्धृत गरेर न्युयोर्क टाइम्सले लेखेको छ। इरानमा  विज्ञहरूको सभा (एसेम्ब्ली अफ एक्सपर्ट)ले सर्वोच्च नेता छान्छ। सभामा ८८ जना धार्मिक विद्वानहरू हुन्छन्। सोही सभालाई खामेनीले तीन जनाको ...
प्रतिनिधिसभाको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । प्रतिनिधिसभाको आज विहान ११ बजेका लागि तय गरिएको बैठकमा विभिन्न १० वटा मन्त्रालयको बजेट प्रस्ताव माथि छलफल हुने सम्भावित कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक विनियोजन माथि छलफल हुनेछ । त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट प्रस्ताव माथि छलफल हुने कार्यसूची छ । त्यस्तै, विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव ...