अघि बढ्यो आमाको नामबाट मात्रै पनि नागरिकता पाउने विधेयक
नेपालअखबार,काठमाडौं । संसदीय समितिले नागरिकता ऐन संशोधन विधेयक अगाडि बढाएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारबाट विधेयकमाथि छलफल अगाडि बढाएको हो ।
गृहमन्त्री रमेश लेखकले यो विधेयक १५ माघ २०८१ मा प्रतिनिधि सभामा दर्ता गरेका थिए । प्रतिनिधि सभाले दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको छ । दफावार छलफल अगाडि राज्य व्यवस्था समितिले सैद्धान्तिक छलफल चलाएको छ ।
प्रस्तावित विधेयकमा आमाको नामबाट मात्रै पनि नागरिकता पाउन सकिने प्रावधान छ ।
‘…नेपाली नागरिकताको प्रमाणपक्र र कुनै व्यत्तिले नागरिकताको प्रमणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना उल्लेख हुनुपर्ने स्थानमा कुनै बेहोरा उल्लेख नगरी दिनुपर्नेछ’ प्रस्तावित विधेयकको दफा...










