Friday, August 14

राजनीति

पतञ्जलि प्रकरणमा कुनै बदमासी गरेको छैन: अध्यक्ष नेपाल
राजनीति, समाचार

पतञ्जलि प्रकरणमा कुनै बदमासी गरेको छैन: अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि प्रकरणमा आफूले कुनै बदमासी नगरेको दाबी गर्नुभएको छ। बिहिबार रौतहटमा पत्रकारसँग कुरा गर्दै नेपालले उक्त दाबी गर्नुभएको हो। उहाँले भन्नुभयो, ‘कसले के लुपहोल राखे होलान्, मलाई त्यसबारे जानकारी भएन। पतञ्जलिजस्तो संस्थामा त्यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिएन।’ आफूले कुनै अनुचित काम नगरेको र त्यस्तो कामलाई प्रोत्साहन पनि नगरेको उहाँले जिकिर गर्नुभयो। पतञ्जलि जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको विषयमा पत्रकारले राखेको जिज्ञासामा उहाँले भन्नुभयो,‘अहिलेसम्म के भयो मलाई जानकारीमा छैन। कानुन व्यवसायीसँग परामर्श गर्नुपर्छ।’ पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।...
संघीय संसदका दुवै सदनको बैठक बस्दै
राजनीति, समाचार

संघीय संसदका दुवै सदनको बैठक बस्दै

नेपालअखबार, काठमाडौं ।  संघीय संसदका दुवै सदनको बैठक बिहीबार बस्दैछ। प्रतिनिधि सभा बैठक दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्नेत तय भएको छ। राष्ट्रिय सभा बैठक बुधबार बस्दै नबसी स्थगित भएको थियो। भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दल लगायत प्रतिपक्षी दलहरूले छानबिनको माग गर्दै संसद अवरोध गर्दै आएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा आयोग नै बनाएर छानबिन गर्नुपर्ने माग राखेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्रीको राजीनामा नै माग गरेको छ। प्रतिपक्षी दलहरूले बजेट प्रस्तुत गर्न दिए पनि त्यसपछिका छलफलहरुमा अवरोध गर्दै आएका छन्। आजको बैठकको सम्भावित कार्यसूचीमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने तथा प्रतिनिधि सभा अन्तर्गतको विषयगत स...
अग्नि सापकोटाविरुद्ध प्रहरी अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश
राजनीति, समाचार

अग्नि सापकोटाविरुद्ध प्रहरी अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश

नेपालअखबार,काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्दाको उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको इजलासले उनीविरुद्धको उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णयलाई खारेज गरेको हो । सर्वोच्च अदालतले आफ्नो वेबसाइटमा सापकोटा विरुद्धको मुद्दामा ‘उत्प्रेषण जारी’ भनेपनि अरु विवरण सार्वजनिक गरेको छैन । काभ्रेकी पूर्णिमाया लामाले आफ्ना पति अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लगाउँदै सापकोटा विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले त्यो जाहेरी तामेलीमा राख्ने निर्णय गरेको थियो, जसका विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो ।सर्वोच्च अदालतको आदेशपछि जिल्ला प्रहरी कार्यालय, काभ्रेले सापकोटाविरुद्ध परेको जाहेरीमाथि फेरि ...
मोदीलाई भारतीय कांग्रेसको चेतावनी : नेपाल चीनसँग नजिकिँदैछ
राजनीति, विश्व, समाचार

मोदीलाई भारतीय कांग्रेसको चेतावनी : नेपाल चीनसँग नजिकिँदैछ

नेपालअखबार,काठमाडौं । भारतीय कांग्रेस पार्टीका नेता पवन खेडाले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) सरकारमाथि नेपाल-चीन सम्बन्धलाई लिएर प्रश्न उठाएका छन् । उनले नेपाल चीनतिर थप नजिक भइरहेको जिकिर गरेका हुन् । नेता खेडाले पत्रकार सम्मेलनमा भने, ‘नेपालमा अहिले जुन भारतविरोधी भावना देखिन्छ, त्यो १० वर्ष पहिले थिएन । नेपालमा यति ठूलो भूकम्प आउँदा भारतले धेरै सहायता गरेको थियो ।’ उनले अगाडि थपे, ‘तर आज नेपाल चीनसँग नजिक भइसकेको छ । यदि यो आत्मसमर्पण नीति होइन भने के हो ?’ मोदी नेतृत्वको संघीय सरकारमाथि कटाक्ष गर्दै पवन खेडाले थपे, ‘पाकिस्तान र अन्य देशहरूसँग मिलेर चीनले जुन कोरिडोर (मार्ग) बनाइरहेको छ, तपाईंहरूले त्यसको विरुद्ध के गर्न सक्नुभयो ? यदि तपाईंहरूले आईएमएफ (अन्तर्राष्ट्रिय मुद्रा कोष) को ऋण रोक्न सक्नुभएको हो भने भन्नुस् ।’...
दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी उम्मेदवार ली जे-म्युङ विजयी
राजनीति, विश्व, समाचार

दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी उम्मेदवार ली जे-म्युङ विजयी

नेपालअखबार, काठमाडौं । दक्षिण कोरियाको राष्ट्रपति चुनावमा वामपन्थी झुकाव भएको लिबरल डेमोक्रेटिक पार्टी अफ कोरिया (डीपीके) का नेता ली जे–म्युङ विजयी भएका छन्। उनी सत्तारूढ पीपुल पावर पार्टी (पीपीपी) का उम्मेदवार किम मून–सूलाई पराजित गर्दै विजयी भएका हुन् । प्रारम्भिक मतगणनाका अनुसार लीले ४८.३१ प्रतिशत मत प्राप्त गर्दा किम ४२.९ प्रतिशतमा मात्र सीमित भए। जीतपछि लीले भने, ‘म मतदाताहरूसँग आभारी छु। म यो जिम्मेवारी कहिल्यै बिर्सिने छैन। म देशलाई एकताबद्ध गर्न, अर्थतन्त्र सुधार्न र उत्तर कोरियासँग शान्ति स्थापना गर्न काम गर्नेछु।’ त्यसैगरी, पराजित उम्मेदवार किम मून–सूले हार स्वीकार गर्दै भने, ‘म जनताको निर्णय विनम्रतापूर्वक स्वीकार गर्छु र ली जे–म्युङलाई जितको लागि बधाई दिन्छु।’ ७८ प्रतिशत भन्दा बढी मतदाता सहभागी यसपटकको राष्ट्रपति चुनावमा ७८.३ प्रतिशत मतदाताले मतदान गरे, जुन सन् १...
आन्दोलन नछाडेसम्म राजावादी नेताहरुले अंगरक्षक नपाउने : गृहमन्त्री रमेश लेखक
राजनीति, समाचार

आन्दोलन नछाडेसम्म राजावादी नेताहरुले अंगरक्षक नपाउने : गृहमन्त्री रमेश लेखक

नेपालअखबार,काठमाडौं । राजावादी नेताहरुले आन्दोलन नछाडेसम्म पीएसओ (अंगरक्षक) नपाउने भएका छन् । राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलन थालेपछि सरकारले राजावादी नेताहरुको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फिर्ता गरेको थियो । बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था सुशासन समितिको बैठकमा राप्रपा नेता बुद्धिमान तामाङले अंगरक्षक फिर्ता बोलाउनुपर्नाको कारणबारे गृहमन्त्री रमेश लेखकलाई सोधेका थिए । त्यसपछि गृहमन्त्री रमेश लेखकले राजावादीहरुको आन्दोलन रोकिए नेताहरुको अंगरक्षक पुनः खटाइने बताए । गृहमन्त्री लेखकले भने, ‘हजुरहरुले गर्ने घटनामा सुरक्षा बढ्ता चाहियो, ती सुरक्षाकर्मीहरुलाई तत्कालका लागि यता सुरक्षा दिन राखिएको हो । यी घटनाहरु भएनन् भने सुरक्षा पुनः स्थापित गरिन्छ ।’ गृहमन्त्री लेखकले आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुल...
जातीय विभेदको समुल अन्त्य गर्नुपर्छ: अध्यक्ष नेपाल
राजनीति, समाचार

जातीय विभेदको समुल अन्त्य गर्नुपर्छ: अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मावन सभ्यताको कलंकका रुपमा रहेको जातीय विभेदको समुल अन्त्य गर्नुपर्ने बताउनु भएको छ। त्यसका निम्ति अध्यक्ष नेपालले कानुनको प्रभावकारी कार्यान्वयन, सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील हुन सबैमा आव्हान गर्नुभएको छ। बुधबार जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०८२ को शुभकामना दिदै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो। जारी विज्ञप्तिमा भनिएको छ, 'जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। मानव सभ्यताको कलङ्कको रूपमा रहेको जातीय विभेद तथा छुवाछुत प्रथाको समूल अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन, सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि न...
दलित बस्तीहरूका नागरिकलाई नागरिकता लिन समस्या रहेको छ : सांसद अधिकारी
राजनीति, विचार, समाचार

दलित बस्तीहरूका नागरिकलाई नागरिकता लिन समस्या रहेको छ : सांसद अधिकारी

नेपालअखबार,काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले चोर बाटोबाट गैर नेपालीले समेत नेपाली नागरिकता लिएको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । समितिमा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल थियो । जहाँ भाग लिंदै उनले भने, ‘कतिपय वास्तविक नेपाली नागरिक बन्न सकेका छैनन । तर, चोर बाटोबाट हजारौं हजारले नागरिक लिइसके ।’ नेपालभित्रै रहेका सुकुमबासीलाई नागरिकता लिन समस्या रहेको बताए । दलित बस्तीहरूका नागरिकलाई नागरिकता लिन समस्या रहेको बताए । जमिनको लालपुर्जा नभएकालाई नागरिकता लिनमा अप्ठ्यारो पर्ने गरेको बताए । यी समस्यालाई समेत ख्याल गरेर नागरिकता ऐन संशोधन गर्न आवश्यक रहेको उनले बताए ।नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गर्ने र त्यस्तो पुरुषसँग सम्बन्ध विच्छेद भएको हकमा फेरि नेपाल आएर...
मन्त्री भण्डारीसँग जोर्डनका गैरआवासीय राजदूत घानीको भेटवार्ता
राजनीति, समाचार

मन्त्री भण्डारीसँग जोर्डनका गैरआवासीय राजदूत घानीको भेटवार्ता

नेपालअखबार,काठमाडौँ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा नेपालका लागि जोर्डनका गैरआवसीय राजदूत युसुफ अब्देलघानीले सोमबार शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री भण्डारीले सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र जोर्डनबिच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र राजदूत घानीको कार्यकालमा थप प्रगाढ हुने अपेक्षा व्यक्त गरे । उनले नेपाल र जोर्डनबिच भइरहेको सीमित व्यापार र नेपालको व्यापार घाटाका विषय उल्लेख गर्दै भविष्यमा व्यापार तथा लगानी बढाउन नेपालबाट कृषिजन्य वस्तुहरू निर्यात गर्ने र जोर्डनबाट मल आयात गर्न सकिने विषयमा सहकार्य हुन सक्ने विचार व्यक्त गरे । साथै, सन् २०२६ सम्म नेपाल अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने तयारी भइरहेकाले नेपालमा विदेशी लगानीको प्रचुर सम्भावना रहेको र नेपाल सरकारले लगानी प्रवर्द्धनका लागि विभिन्न नीतिगत, कानुनी त...
आज सङ्घीय संसदको दुवै सदनको बैठक बस्दै
राजनीति, समाचार

आज सङ्घीय संसदको दुवै सदनको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । सङ्घीय संसदको दुवै सदनको बैठक आजका लागि बोलाइएको छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो  १ बजे बोलाइएको छ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुनेछ । राष्ट्रिय सभाको बैठक  दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । बैठकमा पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ । मंगलबार पनि दुवै सदनको बैठक बोलाइएको थियो तर प्रतिपक्षी दलहरूसँग सहमति ह...