Saturday, August 15

राजनीति

विधायन व्यवस्थापन समितिको बैठक बस्दै
राजनीति, समाचार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।
‘संविधान संशोधनको लागि सबै दलहरू मिल्नुपर्छ’
राजनीति, विचार, समाचार

‘संविधान संशोधनको लागि सबै दलहरू मिल्नुपर्छ’

नेपालअखबार,काठमाडौँ । विसं २०३३ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका सुरेन्द्रराज आचार्य अहिले प्रतिनिधिसभाको सांसद छन् । पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री आचार्य अहिले कांग्रेसको लुम्बिनी प्रदेशको महामन्त्री हुन् । कपिलवस्तु जिल्लाको सभापति हुँदै उनी २०६९ सालमा सभासद् बनेका थिए । उहाँ २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा कपिलवस्तु–२ बाट ३९ हजार १४ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । सांसद आचार्यसँग गरिएको कुराकानीको सम्पादित अंश : भ्रष्टाचार देशको रोग जस्तै बनेको छ । सुशासनको निम्ति यसको अन्त्य हुन जरुरी छ । स्थानीय तहदेखि माथिसम्म नै भ्रष्टाचारले गाँजेको छ । त्यस कारण भ्रष्टाचारको अन्त्य गर्दै जनतालाई छिटोछरितो सेवा सुविधा दिने काममा तीनै तहको सरकार लाग्नुपर्छ । सरकारले सोचेअनुरुप काम गर्न नसक्दा जनतामा अलिकति वितृष्णा पैदा ...
आइपियूको दिगो विकास स्थायी समितिमा सांसद शाक्य निर्वाचित
राजनीति, समाचार

आइपियूको दिगो विकास स्थायी समितिमा सांसद शाक्य निर्वाचित

नेपालअखबार,काठमाडौं । अन्तर–व्यवस्थापिका संघ (आइपियू) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट राष्ट्रिय सभा सदस्य अञ्जान शाक्य निर्वाचित भएकी छन्। उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनका क्रममा उनी विजयी भएकी हुन्। सांसद शाक्यसँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो। अन्तरव्यवस्थापिका संघको १५० औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सभामुख देवराज घिमिरे सहितको टोलीले भाग लिएका छन्। सभामुख घिमिरेले आइपियूको दिगो विकास स्थायी समितिका ३६ देशका सभामुखलाई पत्र लेख्दै शाक्यको समर्थनका लागि आग्रह गरेका थिए। सांसद शाक्यले दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवारी प्रस्तुत गरेकी थिइन्। नेपालले पहिलो पटक यो मञ्चमा आफ्नो उपस्थिति जनाएको हो। सांसद शाक्यले आफ्नो जितसँगै यसले नेपालको प्रतिष्ठा...
अमेरिकामा ट्रम्पविरुद्ध ठुलो विरोध प्रदर्शन
राजनीति, विश्व, समाचार

अमेरिकामा ट्रम्पविरुद्ध ठुलो विरोध प्रदर्शन

नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ । राष्ट्रपतिको पदभार ग्रहण गरेपछि अमेरिकी जनताले ट्रम्पको विरोध गरेको यो पहिलो पटक हो । प्रदर्शनहरू अमेरिकाका सबै ५० राज्यहरूमा लगभग १ हजार २०० स्थानमा भइरहेको बीबीसीले समाचारमा भनेको छ । यी विरोध प्रदर्शनहरूलाई ‘ह्यान्ड्स अफ’ नाम दिइएको छ । यसको अर्थ ट्रम्पले जनताको मामिलामा हस्तक्षेप गर्नु हुँदैन भन्ने हो । प्रदर्शनकारीहरूले सामाजिक र आर्थिक मामिलाहरू सहित धेरै मुद्दाहरूमा ट्रम्पको एजेन्डाप्रति आक्रोश व्यक्त गरिरहेका छन् । ट्रम्पले विश्वभरका धेरै देशहरूमा कर लगाउने घोषणा गरेपछि अमेरिका बाहिर पनि यस मामिलामा निकै छलफल र चर्चा भए । ट्रम्प विरुद्धका प्रदर्शनमा डेमोक्र्याटिक सांसदहरूको भाषण सुन्न वासिङ्टन डीसीमा हजारौँ प्रदर्शनकारीहरू भेला भएका थिए । । यी भाषणहरूमा ट्रम्प प्रशासनका धनी व्...
आज प्रधानमन्त्री ओली थाइल्याण्डबाट स्वदेश प्रस्थान
राजनीति, समाचार

आज प्रधानमन्त्री ओली थाइल्याण्डबाट स्वदेश प्रस्थान

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिई आज स्वदेश प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली आज बिहान स्थानीय समय अनुसार १०:१५ बजे नेपाल प्रस्थान गरेका हुन्। उनलाई बैंककस्थित सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट सहितले बिदाइ गरे। त्यसैगरी थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली र नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नले पनि प्रधानमन्त्री ओलीलाई बिदाइ गरे। प्रधानमन्त्री ओली आज मध्याह्न १२.३० बजे स्वदेश आइपुग्ने तालिका रहेको छ । थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबा...
रविलाई भैरहवा ल्याइयो
प्रशासन, राजनीति, समाचार

रविलाई भैरहवा ल्याइयो

नेपालअखबार,बुटवल । सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याएको छ । उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा राखेको छ। शुक्रबार बूढानीलकण्ठस्थित हेपाली हाइटस्थित निवासबाट पक्राउ परेका लामिछानेलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको  थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले लामिछानेलाई सोमबार अदालत खुलेपछि कारागार पठाउने बताए । शुक्रबार नै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम बचत तथा सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् ।...
आज रवि काठमाडौं प्रहरीको हिरासतमा रहने
प्रशासन, राजनीति, समाचार

आज रवि काठमाडौं प्रहरीको हिरासतमा रहने

नेपालअखबार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राख्ने तयारी गरिएको प्रहरी स्रोतले जानकारी दियो । स्रोतका अनुसार उनलाई भोलि मात्रै भैरहवा लगिनेछ । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश भएको थियो । लगत्तै उनको निवास बुढानीलकण्ठमा प्रहरीको टोली पुगेको थियो । बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी माग गरेको थियो ।...
राष्ट्रपति युनलाई अदालतले पदमुक्त गरेपछि दक्षिण कोरियामा आपतकाल
राजनीति, विदेश, समाचार

राष्ट्रपति युनलाई अदालतले पदमुक्त गरेपछि दक्षिण कोरियामा आपतकाल

नेपालअखबार, काठमाडौं ।दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक सू ले आपतकाल घोषणा गरेका छन्। शुक्रबार संवैधानिक अदालतले राष्ट्रपति युन सुक योलविरूद्धको महाभियोग सदर गरेपछि कार्यवाहक राष्ट्रपति हानले सुरक्षा आपतकाल आदेश जारी गरेको बिबिसीले जनाएको छ। राष्ट्रपति यनविरूद्धको महाभियोगबारे संवैधानिक अदालतले शुक्रबार सुनुवाइ गर्ने भएपछि युनका पक्ष र विपक्षीहरू अदालत परिसरमा जम्मा भएका थिए। संवैधानिक अदालतका आठै जना न्यायाधीशहरूले युन विरूद्धको महाभियोग सदर गरेको  फैसला सार्वजनिक भएपछि परिस्थिति केही असामान्य बनेको थियो। युनका समर्थकहरूले अदालतको आदेश स्वीकार्य नभएको भन्दै प्रदर्शन गरेका थिए। त्यहीँ अदालतको आदेश लोकतन्त्रको पक्षमा आएको भन्दै  युनका विरोधीहरूले खुशियाली मनाएका थिए। परिस्थिति असामान्य बन्न नदिन र नागरिकको सुरक्षाका लागि लागि कार्यवाहक राष्ट्रपतिले हानले  आपतकाल घोष...
बिम्स्टेक शिखर सम्मेलन सुरु
राजनीति, विश्व, समाचार

बिम्स्टेक शिखर सम्मेलन सुरु

नेपालअखबार, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलन सुरु भएको छ। बैंककस्थित होटल सांग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरुको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो। सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरुलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले स्वागत गरेका थिए। सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षरपछि सदस्य मुलुकहरु थाइल्याण्ड, बङ्गलादेश, भूटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरुले सम्बोधन गर्नेछन्।...
राष्ट्रपतिद्वारा गैरआवासीय राजदूत नियुक्त
राजनीति, समाचार

राष्ट्रपतिद्वारा गैरआवासीय राजदूत नियुक्त

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम चीनका लागि नेपाली राजदूत प्राडा कृष्ण प्रसाद ओलीलाई मंगोलिया र प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया तथा इजिप्टका लागि नेपाली राजदूत सुशील कुमार लम्साललाई लेवनानका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेको शीतल निवासले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।...