Friday, July 10

राजनीति

सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालन गर्ने
राजनीति, समाचार

सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालन गर्ने

नेपालअखबार,काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालन गर्ने भएको छ । अभियान सञ्चालनका लागि सरकारले शुक्रबार अभियान सञ्चालन सम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग, सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयहरू र स्थानीय तहहरूलाई परिपत्र गरेर मार्गदर्शन कार्यान्वयन गरेर प्रतिवेदन पठाउन भनेको छ । कानुनबाट दिइएको अधिकारको प्रयोग नगरी अनावश्यक रूपमा माथिल्लो तहमा पठाइनेलगायतका प्रवृत्तिले सेवाप्रवाह प्रभावित हुने अवस्थालाई निराकरण गर्न सरकारले अभियान सञ्चालन गर्न लागेको बताइएको छ । सरकारी कार्यालयमा दर्ता भएका फाइल, सुरुवात भएका टिप्पणीलगायत अन्य फाइलहरू विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने, निर्णयमा ढिलाइ हुने प्रवृत्ति हटाउन अभियान सञ्चालन गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...
अमेरिका र इरानबीच आज इस्लामावादमा वार्ता
राजनीति, विश्व, समाचार

अमेरिका र इरानबीच आज इस्लामावादमा वार्ता

नेपालअखबार, काठमाडौँ । अमेरिका र इरानबीच आज वार्ता हुँदैछ। पाकिस्तानको मध्यस्थतामा राजधानी इस्लामावादमा शनिबार दुई देशबीच वार्ता हुन लागेको हो। वार्ताका लागि तेहरानको टोली इस्लामावाद आइपुगेको पाकिस्तानी अखबार द डनले पुष्टि गरेको छ। इरानबाट सभामुख मोहम्मद बाघे गालिबाफ, विदेशमन्त्री अब्बास अरागचीसहितको टोली इस्लामावाद पुगेको छ। उनीहरूलाई पाकिस्तानी सेना प्रमुख असिम मुनिरले स्वागत गरेका छन्। इरानी प्रतिनिधिमण्डलमा आर्थिक, सुरक्षा, कूटनीतिक तथा प्राविधिक विशेषज्ञहरू, सञ्चारकर्मी र सहयोगी कर्मचारीहरूसहित करिब ७० जना सदस्य रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। अमेरिकी प्रतिनिधिमण्डल भने अझै इस्लामावाद आइपुगेको छैन। उनीहरू बाटोमै रहेको रोयटर्सले जनाएको छ। अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्नेछन्। टोलीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्...
उपसभामुखमा नेकपाले रुबीकुमारीलाई मत दिने
राजनीति, समाचार

उपसभामुखमा नेकपाले रुबीकुमारीलाई मत दिने

नेपालअखबार, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएको छ । शुक्रबार प्रतिनिधिसभामा हुँदै गरेको उपसभामुखको निर्वाचनमा श्रम संस्कृतिका उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने पार्टी निर्णय भएको सांसद रमेश मल्लले जानकारी गराएका हुन् । ‘सभामुखजस्तै उपसभामुख पनि सर्वसम्मत गर्न सकेको भए धेरै राम्रो हुने थियो । तर सम्भव भएन’, नेकपा सांसद मल्लले भने, ‘हाम्रो पार्टीले रुबीकुमारी ठाकुरलाई समर्थन गर्छ । पक्कै पनि राजनीतिमा मूल्य र इमानको ठुलो महत्त्व हुन्छ ।’...
ट्रम्प र उनका पुराना समर्थक सञ्चारकर्मीबीच आरोप–प्रत्यारोप
राजनीति, विश्व, समाचार

ट्रम्प र उनका पुराना समर्थक सञ्चारकर्मीबीच आरोप–प्रत्यारोप

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनलाई निर्वाचनमा जिताउन भूमिका खेल्ने सञ्चारकर्मीबीचको सम्बन्धमा दरार उत्पन्न भएको छ । विगतमा आफूलाई सघाएका टकर कार्ल्सन, मेगिन केली, क्यान्डिस ओवेन्स र एलेक्स जोन्ससँग ट्रम्पको सम्बन्ध बिग्रिएको हो । ट्रम्पले हालै ‘ट्रुथ सोसल’ मार्फत उनीहरूविरुद्ध आक्रामक अभिव्यक्ति नै दिएका थिए । जसमा उनले ‘पागल’ र ‘उपद्रवी’को संज्ञा नै दिएका छन् ।ती सञ्चारकर्मी ट्रम्पको ‘मागा’ अभियानको बलिया खम्बा मानिन्थे । पछिल्लो समय उनीहरूले इरानसँगको युद्धलाई लिएर ट्रम्पको आलोचना गर्दैआएका थिए । आफ्नै पूर्वसमर्थकले आलोचना गरेपछि ट्रम्पले आक्रोश पोखेको बताइन्छ । ट्रम्पले ती सञ्चारकर्मी हाल टेलिभिजनबाट निकालिएको र अन्य टेलिभिजनमा काम नपाएको भन्दै उपहाससमेत गरेका छन् ।ती सञ्चारकर्मीहरू आफ्नो पोडकास्टको सस्तो प्रचारका लागि मात्रै आफ्नो आलोचना गरिरहेको ट्र...
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुँदै
राजनीति, विश्व, समाचार

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुँदै

नेपालअखबार, काठमाडौं । अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुँदैछ। पाकिस्तानको राजधानी इस्लामाबादमा शनिबार दुई देशबीच वार्ता हुने निश्चित भएको अमिरिकी र पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्। वार्ताका लागि दुवै पक्षका उच्चस्तरीय प्रतिनिधिमण्डल शुक्रबार नै इस्लामाबाद आइपुग्ने पाकिस्तानी अखबार द डनले उल्लेख गरेको छ। बुधबार युद्धविराम भए पनि दुई देशबीच तनाव अझै कायमै छ। इरानले हर्मुज खुला गर्ने र परमाणु कार्यक्रम रोक्ने सर्त मानेपछि युद्धविराम भएको वासिङ्टनको दाबी छ। तेहरानले भने परमाणु कार्यक्रमबारे कुनै पनि सहमति नभएको बताउँदै आएको छ। सँगै युद्धविराममा लेबनन पनि समेटिनुपर्नेमा सोही दिन भीषण हमला गरेको थियो। यसमा पनि इरान रूष्ट छ। अमेरिका-इसराइल र इरानबीच आक्रमण प्रत्याक्रमण नभए पनि एक अर्कामाथि भइरहेको आरोप-प्रत्यारोपले युद्धविराम नै खतरामा पुग्न सक्ने भएकाले वार्ताको आ...
रास्वपा संसदीय दलको बैठक बस्दै
राजनीति, समाचार

रास्वपा संसदीय दलको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने छ । बैठकमा आज हुन लागेको उपसभामुखको निर्वाचन र विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ । उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार छन् । श्रम संस्कृतिकी २५ वर्षीया ठाकुरले विहीबार रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन् । प्रतिनिधि सभामा रास्वपा झण्डै दुई तिहाइ बहुमतमा रहेको रास्वपाको साथ पाउँदा ठाकुर उपसभामुख निर्वाचित हुने पक्का छ ।...
२५ वर्षमै उपसभामुख बन्ने तयारीमा रुबीकुमारी ठाकुर 
राजनीति, समाचार, हाइलाइट-समाचार

२५ वर्षमै उपसभामुख बन्ने तयारीमा रुबीकुमारी ठाकुर 

नेपालअखबार, काठमाडौं । श्रम–संस्कृति पार्टीकी युवा समानुपातिक सांसद रुबीकुमारी ठाकुर उपसभामुख बन्ने निश्चितप्रायः भएपछि यतिबेला राष्ट्रिय राजनीतिमा उनको चर्चा चुलिएको छ। विभिन्न दलहरूबीच सहमति जुट्दै गएको र विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन घोषणा गरेपछि ठाकुरको उम्मेदवारी बलियो बनेको हो। २५ वर्षीया ठाकुरको राजनीतिक उचाइसँगै उनको लोकप्रियता पनि तीव्र रूपमा बढिरहेको छ। सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म उनको नाम व्यापक रूपमा उठ्न थालेको छ। यसक्रममा स्वतन्त्र छविका लागि परिचित धरान उपमहानगरपालिकाका मेयर तथा श्रम–संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सँग तुलना हुँदै उनलाई ‘नयाँ पुस्ताको प्रभावशाली अनुहार’का रूपमा हेरिन थालिएको छ। यस राजनीतिक उचाइमा पुग्न ठाकुरलाई पार्टी अध्यक्ष साम्पाङको महत्वपूर्ण भूमिका रहेको विश्लेषण गरिएको छ। श्रम, पारदर्शिता र वैकल्पिक राजनीत...
प्रधानमन्त्री बालेनले विदेशी राजदूतहरूसँग सामूहिक छलफल गर्दै
राजनीति, समाचार

प्रधानमन्त्री बालेनले विदेशी राजदूतहरूसँग सामूहिक छलफल गर्दै

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दैछन् । बालेन नेतृत्वको सरकार गठन भएपछि विभिन्न देशका राजदूतहरुसँग सामूहिक छलफल हुन लागेको यो पहिलोपटक हो । आज मध्याह्न १२ बजे पछि हुने छलफलमा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुनेछन् । देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सामूहिक छलफलका लागि भारत, चीन, अमेरिका, जापान र बेलायतसहित एक दर्जन बढी देशका राजदूतहरुलाई प्रधानमन्त्री कार्यालयमा बोलाइएको छ । कार्यक्रममा राजदूतहरूले आफ्नो परिचय दिने र प्रधानमन्त्री शाहले संक्षिप्त सम्बोधन गर्ने तयारी छ । त्यसबाहेक अन्य औपचारिक कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ...
अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा
राजनीति, विश्व, समाचार

अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

नेपालअखबार,काठमाडौं । अमेरिका र इरानबीच दुई साताको युद्धविराम गर्ने सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको सहमति भएको घोषणा बुधबार बिहान आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर गरेका हुन्। उनले इरानलाई स्ट्रेट अफ हर्मुज खुला गर्न बुधबार बिहानसम्मको अल्टिमेटम दिएका थिए। त्यसो नभए सम्पूर्ण इरानी सभ्यता नै ध्वस्त पार्ने धम्की दिएका थिए। ट्रम्पले दिएको अल्टिमेटम सकिन दुई घन्टा बाँकी हुँदा उनी युद्धविरामका लागि सहमति भएका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ट्रम्पले इरानी सभ्यता नै सखाप पार्ने धम्की दिएपछि पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले रातभरि दुवै पक्षसँग संवाद गरेका थिए। युद्धविराममा सहमति भएपछि अमेरिका र इरान दुवैले प्रधानमन्त्री सरिफलाई धन्यवाद दिएका छन्। 'संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान लगायत उनीहरूका सबै सहयोगी र...
इरानले अमेरिकासँग सम्झौता नगरे पूरै सभ्यता आजै राति नष्ट हुने ट्रम्पको  चेतावनी
राजनीति, विश्व, समाचार

इरानले अमेरिकासँग सम्झौता नगरे पूरै सभ्यता आजै राति नष्ट हुने ट्रम्पको चेतावनी

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न तयार नभए पुरै सभ्यता आजै राति नष्ट हुने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसियलमा पोस्ट गर्दै चेतावनी दिएका छन्,’पूरै सभ्यता आज राति नष्ट हुनेछ, जुन फेरि कहिल्यै फर्किने छैन । म यस्तो होस भन्ने चाहन्न, तर सम्भवतः त्यस्तै हुनेछ।’उनले इरानलाई समाप्त पार्न चाहेको सन्देश दिँदै यस्तो लेखेको हुन् । उनले भनेका छन्, ‘तर, अब पूर्ण र सम्पूर्ण शासन परिवर्तन भइसकेपछि, जहाँ फरक, बुद्धिमान र कम उग्र विचार भएका मानिसहरू हावी हुनेछन्, सायद केही क्रान्तिकारी रूपमा अद्भुत कुरा हुन सक्छ । कसलाई थाहा ? हामी आज राति थाहा पाउनेछौं यो विश्वको लामो र जटिल इतिहासको सबैभन्दा महत्वपूर्ण क्षणमध्ये एक हो । ४७ वर्षको जबर्जस्ती, भ्रष्टाचार र मृत्यु अन्ततः समाप्त हुनेछ। भगवान् इरानका महान जनतालाई आशीर्...