Wednesday, October 28

राजनीति

इटलीमा सरकार टिकाउन चुनावी प्रणाली बदल्ने विधेयकमा मतदान, विपक्षीको चर्को आलोचना
राजनीति, विश्व, समाचार

इटलीमा सरकार टिकाउन चुनावी प्रणाली बदल्ने विधेयकमा मतदान, विपक्षीको चर्को आलोचना

नेपालअखबार,काठमाडौं । इटलीमा चुनावी प्रणाली परिवर्तन गर्ने विवादास्पद विधेयकमाथि आज संसद्को तल्लो सदनमा अन्तिम मतदान हुँदैछ। प्रधानमन्त्री जर्जिया मेलोनी नेतृत्वको सरकारले अघि बढाएको नयाँ चुनावी कानुनमा ४२ प्रतिशत मतको सीमा पूरा गर्ने सबैभन्दा बढी मत पाउने पार्टी वा गठबन्धनलाई संसद्मा १०५ सिटको बोनस दिने प्रस्ताव छ। यो बोनसमा तल्लो सदन चेम्बर अफ डेपुटिजका लागि ७० र माथिल्लो सदन (सिनेट) का लागि ३५ सिट छन्। तर यी सिट संसद्को कुल सङ्ख्यामा थपिने होइनन्। इटलीको संसद्मा रहेका कुल ६०० सिटभित्रैबाट ७० र ३५ सिट बोनसका रूपमा विजयी गठबन्धनलाई दिइनेछन्। विधेयकअनुसार बोनस पाउन एउटै पार्टी वा गठबन्धनले चेम्बर अफ डेपुटिज र सिनेट दुवैमा कम्तीमा ४२ प्रतिशत मत पाउनुपर्छ। ४२ प्रतिशत नपुगेमा वा दुवै सदनमा सबैभन्दा बढी मत पाउने पार्टी वा गठबन्धन फरक भएमा बोनस सिट दिइने छैन र सिट समानुपातिक प्रणालीबाट...
मंसिर पहिलो हप्ता एमालेले राष्ट्रिय भेला गर्ने
राजनीति, समाचार

मंसिर पहिलो हप्ता एमालेले राष्ट्रिय भेला गर्ने

नेपालअखबार,काठमाडौं । नेकपा एमालेले आगामी मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार तल्लो तहको भेला सम्पन्न गरेर मंसिर पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला काठमाडौंमा गर्ने निर्णय आजको बैठकले गरेको छ। ‘मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेलाको रुपमा हामी भेला गर्छौं,’ स्थायी कमिटी बैठकपछि उनले भने। भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिसहित सङ्घ, प्रदेश, पालिकाका जनप्रतिनिधि उपस्थित हुने बस्नेतको भनाइ छ।मंसिर २६ गते वडा र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय भएको उनले बताए। नगर र वडा अधिवेशनपछि प्रदेशस्तरीय भेला गर्ने निर्णय भएको बताए। बैठक भोलि पनि दिउँसो १ बजे बस्ने उनको भनाइ छ। आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी थिइन्। उनले वरिष्ठ नेताको शपथ पनि लिइन्...
नेकपाले बोलायो केन्द्रीय कार्यसंयोजन समितिको बैठक
राजनीति, समाचार

नेकपाले बोलायो केन्द्रीय कार्यसंयोजन समितिको बैठक

नेपालअखबार, काठमाडौं । नेकपाले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने नेकपाले जनाएको छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आगामी रणनीति तय गर्नेबारे छलफल हुने बताइएको छ।
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच भेटवार्ता, नेपाललाई थप १५ मिलियन सहयोगको बचन
राजनीति, समाचार

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच भेटवार्ता, नेपाललाई थप १५ मिलियन सहयोगको बचन

नेपालअखबार, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच भेटवार्ता भएको छ । भेटमा दुवै पक्षले नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा सहकार्यलाई थप विस्तार गर्ने विषयमा जोड दिएका थिए । मन्त्री खनालको सचिवालयका अनुसार मेलबर्नमा बिहीबार भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो । भेटवार्ताका क्रममा अस्ट्रेलियाकी विदेशमन्त्री वङले नेपालमा हालै आएको बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति दु:ख व्यक्त गर्दै विपद्पछिको उद्धार, प्रारम्भिक पुनर्लाभ र पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा रहेको बताइन् । उनले बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरिन् । यसअघि ...
मैले आठ युद्ध रोकेँ, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : डोनाल्ड ट्रम्प
राजनीति, समाचार

मैले आठ युद्ध रोकेँ, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : डोनाल्ड ट्रम्प

नेपालअखबार, वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन्। बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले आठवटा युद्ध समाप्त पारेको र सम्भावित विश्व विनाशलाई रोकेको बताएका हुन्। कुनै पनि राष्ट्रपतिले अहिलेसम्म युद्ध अन्त्य नगराएको तर आफूले आठवटा युद्ध रोकेकाले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने उनको भनाइ थियो। सन् २०२६ को नोबेल शान्ति पुरस्कारको घोषणा नर्वेको नोबेल समितिले शुक्रबार गर्दै छ। सोही पुरस्कारका विषयमा सोधिएको प्रश्नमा ट्रम्पले नोबेल समितिको निर्णय के हुन्छ भन्ने आफूलाई थाहा नभएको बताए। समितिको छवि ट्रम्प जस्ता मानिसहरूलाई पुरस्कार नदिने खालको रहेको टिप्पणी पनि उनले गरे। पुनः सत्तामा आएदेखि नै ट्रम्पले आफू विश्वकै प्रतिष्ठितमध्येको एक नोबेल शान्ति पुरस्कारको वास्तविक हकदार भएको बताउँदै आएका छन्। अब त्यो समय आएको ...
कांग्रेस प्रवक्ता चालिसेले फिर्ता लिए उपसभापतिमा दिएको उम्मेदवारी
राजनीति, समाचार

कांग्रेस प्रवक्ता चालिसेले फिर्ता लिए उपसभापतिमा दिएको उम्मेदवारी

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले उपसभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । उनले भनेका छन्– '१५ औ महाअधिवेशनबाट उपसभापति पदमा रहेर पार्टीका लागि काम गर्ने उद्देश्यका साथ मैले उम्मेदवारी दिएको थिए । यसक्रममा देशभरका साथीहरूबाट प्राप्त माया ,विश्वास,समर्थन र हौसला प्रति म ह्रदयदेखि नै आभारी छु । श्रद्धेय पार्टी सभापति गगन कुमार थापाको विशेष आग्रहलाई सम्मान गर्दै मैले आफ्नो मनोनयन फिर्ता गरेको हुँ । ' उनी थप भन्छन्– 'साथिहरूमा मेरो अनुरोध छ, यो निर्णय बिलकुल पार्टीको एकता, संस्थागत मर्यादा र सामूहिक हित लाई ध्यानमा राखी गरिएको निर्णय थियो । यो निर्णय चुनाव लक्षित छैन र व्यक्ति लक्षित पनि छैन, यसमा साथीहरू स्वतन्त्र हुनुहुन्छ । पार्टी प्रणालीमा सभापतिको राजनैतिक निर्णयको सम्मान गर्नु मैले आफ्नो कर्तव्य ठानेरै यो निर्णय लिएको हुँ। ' 'हामी...
चन्द्रागिरि–२ बाट सुरु भएको राजनीतिक यात्रा : पराजय, घात र नयाँ राजनीतिक यात्रासम्म
राजनीति, समाचार

चन्द्रागिरि–२ बाट सुरु भएको राजनीतिक यात्रा : पराजय, घात र नयाँ राजनीतिक यात्रासम्म

नेपालअखबार, काठमाडौं, चन्द्रागिरि । राजनीति प्रायः सत्ता, शक्ति र राजनीतिक दाउपेचसँग जोडेर हेर्ने गरिन्छ। तर, स्थानीय तहबाट सामाजिक सेवामा सक्रिय हुँदै राजनीतिमा आएका केही पात्रको यात्रा भने संघर्ष, निष्ठा, पराजय र नयाँ राजनीतिक खोजसँग जोडिएको देखिन्छ। चन्द्रागिरि नगरपालिका–२ को ग्रामीण भूगोलबाट सामाजिक सेवामार्फत सार्वजनिक जीवनमा आएका एक युवाको राजनीतिक यात्रा पनि यस्तै उतारचढावपूर्ण छ। २०७२ सालको विनाशकारी भूकम्पपछि चन्द्रागिरि–२ क्षेत्रमा खानेपानीको समस्या गम्भीर बनेपछि उनले स्थानीय युवासँगको सहकार्यमा खानेपानी व्यवस्थापनको पहल अघि बढाएका थिए। पहिरो र भूकम्पका कारण प्रभावित बस्तीमा खानेपानीको अभाव भएपछि योजना निर्माणदेखि कार्यान्वयनसम्म उनी सक्रिय रहे। विभिन्न चुनौतीका बीच योजना सम्पन्न भएपछि स्थानीय घर–घरमा खानेपानीको पहुँच विस्तार भएको उनको दाबी छ। सामाजिक काममा सक्रिय रहेकै क्र...
इजरायल पठाउने भन्दै ठगी गर्ने गिरोहविरुद्ध उजुरी दिन सीआईबीको आह्वान
राजनीति, समाचार

इजरायल पठाउने भन्दै ठगी गर्ने गिरोहविरुद्ध उजुरी दिन सीआईबीको आह्वान

नेपालअखबार,काठमाडौं । इजरायल पठाउने भन्दै ठगी गर्ने गिरोहबाट पीडित भएकाहरुलाई उजुरी दिन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आह्वान गरेको छ । सीआईबीले एक सूचना जारी गर्दै ठगी आरोपमा पक्राउ परेका भरतप्रसाद चौलागाईंसमेतका व्यक्तिबाट पीडित भए उजुरी दिने आग्रह गरेको छ । यो ठगी प्रकरणमा अहिलेसम्म चौलागाईंसहित ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए । अहिलेसम्म २ करोड ५० लाख रुपैयाँ ठगी भएको भन्दै सीआईबीमा उजुरीमा परेको छ । नेपाल सरकार र इजराय सरकारबीच सम्झौता भएर केयरगिभर परीक्षामा उत्तिर्ण भएकाहरुलाई प्रधानमन्त्रीको सल्लाहाकारसँग चिनजान रहेको बताउँदै छिटो इजरायल पठाउने भनेर रकम उठाउँदै ठगी गरेको आरोप छ ।...
फ्रान्समा चर्कियो विद्यार्थी आन्दोलन, सरकार दबाबमा
राजनीति, विश्व, समाचार

फ्रान्समा चर्कियो विद्यार्थी आन्दोलन, सरकार दबाबमा

नेपालअखबार,काठमाडौं । फ्रान्समा विद्यार्थीहरुले थप स्रोतसाधनको माग गर्दै थालेको आन्दोलन चर्किंदै जाँदा सयौं उच्च मावि प्रभावित भएका छन् । केही स्थानमा तोडफोड र आगजनीका घटना भएका छन् । साथै कर्मचारी, विद्यार्थी र प्रहरीहरु घाइते भएका छन् । प्रहरीको दंगा नियन्त्रणसम्बन्धी हतियारका कारण युवा प्रदर्शनकारी गम्भीर रूपमा घाइते हुन थालेपछि सरकारको आलोचना पनि बढेको छ । यसबाट राष्ट्रपति इम्यानुएल म्याक्रोनको सरकार दबाबमा परेको बताइएको छ । गृहमन्त्री लरेन्ट नुनेजका अनुसार हालसम्म प्रहरीले ६ हजार १०० भन्दा बढीलाई पक्राउ गरेको छ भने ७१५ जना प्रहरी अधिकारी घाइते भएका छन् । गृहमन्त्री नुनेजले प्रहरीको प्रतिक्रिया लगभग सबै घटनामा परिस्थितिअनुसार उचित रहेको दाबी गरेपछि आक्रोश बढेको बताइएको छ । स्रोत साधनको माग गर्दै सुरु भएको थियो प्रदर्शन फ्रान्सको राष्ट्रिय आदर्श वाक्य ‘स्वतन्त्रता, समानता, भ्रातृत्व...
सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता
राजनीति, समाचार

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

नेपालअखबार, काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा भाग लिइरहेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँ रहेको चिनियाँ प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीनबीच जनस्तरमा समेत रहिआएको न्यानो र मित्रवत् सम्बन्ध तथा संसदीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने विषयमा केन्द्रित रही विचारविमर्श भएको थियो । भेटका अवसरमा सभामुख अर्यालले नेपाल र चीनबीच निकट मित्रता, असल छिमेकीपन, पारस्परिक सम्मान तथा पञ्चशीलका सिद्धान्तमा आधारित सम्बन्ध रहेको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ । उनले नेपाल ‘एक चीन नीति’प्रति दृढ प्रतिबद्ध रहेको तथा नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पारे । सभामुख अर्यालले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा रूपान्तरण गर्न चीनले पुर्‍य...