Sunday, October 4

राजनीति

परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै
राजनीति, समाचार

परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै

नेपालअखबार,काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ । मन्त्री खनालको टोली आइतबार साँझ ६ बजे न्युयोर्क प्रस्थान गर्ने उनका प्रेस सल्लाहकार जगदीश्वर पाण्डेले जानकारी दिए । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन शाह १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ६ असोजमा अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले महासभामा ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ ।...
राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ
प्रशासन, राजनीति, समाचार

राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ

नेपालअखबार,काठमाडौं । राजनीति विश्लेषक भरत दाहाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । नेपाल प्रहरको साईबर व्युरोले पक्राउ पुर्जी जारी गरेको आधारमा दाहाललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । उनलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।...
सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने
राजनीति, समाचार

सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

नेपालअखबार,  काठमाडौँ ।  जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने भएका छन् । छठ पर्वको भोलिपल्ट जनकपुरधामबाट मेची-महाकाली पद यात्रा गर्ने सांसद सिंहले बताएका छन् । आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग भेटघाट गर्दै उनले मधेशलाई थप बुझ्न र मधेशलाई जोड्न पदयात्रा गर्ने बताएका हुन् । सीताको जन्मभूमि जनकपुरमा छठको पारनको दिन गंगासागरमा अर्घ्य दिएर मेची-महकाली पदयात्रा गर्छु,’ उनले भने, ‘मेरो पदयात्राको थिम छ । समाज जोड्नु पर्छ । राजनीति भनेको समाज जोड्नका लागि हो । देशको समृद्धिका लागि हो । अबको एकताको बाटो हुनुपर्छ ।’ उनले मधेशमा ६ वटा ‘स’ शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, सुरक्षा र सरसफाइमा परिवर्तन रहेको बताए । पदयात्राको क्रममा आफू जनताको कुरा सुन्ने उनको भनाइ छ । ‘पदयात्रा जनताको बीचमा गएर, जनताको कुरा सुन्छु । आफैं ...
दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए
राजनीति, विदेश, समाचार

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

नेपालअखबार,  काठमाडौँ ।  दक्षिण फिलिपिन्सको बाङसामोरो अटोनोमस रिजन इन मुस्लिम मिन्डानाओमा शनिबार फिलिपिनी सेना र प्रहरीसँग भएको झडपमा छ जना सशस्त्र व्यक्ति मारिएका छन् । हत्यासहित सवारी साधन चोरी (कान्यार्पिङ) को आरोप लागेका एक संदिग्धलाई पक्राउ गर्न सरकारी सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । त्यस क्रममा ती संदिग्ध र उनका सहयोगीहरूले सुरक्षाकर्मीमाथि गोली चलाएपछि दोहोरो गोली हानाहान भएको अधिकारीे बताएका छन् । झडपमा छ जना सशस्त्र व्यक्ति मारिएको र घटनास्थलबाट पाँच थान राइफल बरामद गरिएको सरकारी अधिकारीले जनाएका छन् । घटनापछि सुरक्षा जोखिमका कारण करिब ३५० स्थानीय बासिन्दा अस्थायी रूपमा आफ्नो बस्तीबाट विस्थापित भएका छन् ।...
हामी प्रतिक्रियावादीसँग पञ्जा लडाउन तयार छौं : ओली
राजनीति, विदेश, समाचार

हामी प्रतिक्रियावादीसँग पञ्जा लडाउन तयार छौं : ओली

नेपालअखबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्ताहरूलाई बनोबल दह्रो बनाउन आग्रह गरेका छन् । संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमामा उनले पार्टीका नेता–कार्यकर्ताहरूलाई मनोबल दह्रो बनाउन आग्रह गरेका हुन् । ‘संविधान दिवसको अवसरमा म साथीहरूलाई आग्रह गर्न चाहन्छु– मनोबल दह्रो बनाउनुस्,’ अध्यक्ष ओलीले भने, ‘प्रतिक्रियावादीहरूले खुट्टा ढ्यापढ्याप गरेभन्दैमा भाग्ने होइन ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिक्रियावादीहरूसँग एमाले पञ्जा लडाउन तयार रहेको पनि बताए । ‘हामी प्रतिक्रियावादीसँग पञ्जा लडाउन तयार छौं,’ उनले भने, ‘फेरि पनि पञ्जा लडाउँदा हामीले विजय हासिल गर्ने छौं ।’ प्रतिगमनले एकछिन जिने पनि सत्यले सधैंका लागि जित्ने अध्यक्ष ओलीको भनाइ थियो । उनले अहिले पार्टीविरूद्ध हमला भइरहेको पनि बताए ।...
नेपाल विदेशीहरूको खेलमैदान बन्ने खतरा छ : माधव नेपाल
राजनीति, विचार, समाचार

नेपाल विदेशीहरूको खेलमैदान बन्ने खतरा छ : माधव नेपाल

नेपालअखबार, काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको टिप्पणी गरेका छन्।  शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरे। नेपालजस्तो भूपरिवेष्टित मुलुकले दुई ठुला छिमेकीसँग सुमधुर सम्बन्ध कायम गर्दै राष्ट्रिय स्वाभिमान र सम्मानको रक्षा गर्नुपर्ने कुरामा गम्भीर हुनुपर्ने उनले बताए। मुलुकको राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र संविधान निर्माणमा आफूहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सङ्घीयताको रक्षा गर्ने जिम्मेवारी पनि आफूहरूकै काँधमा आइपुगेको दाबी उनले गरे। गणतन्त्र, संविधान र सङ्घीयताको संरक्षण र सुदृढीकरणका लागि सबै पक्...
पूर्वप्रधानसेनापति गौरव बेलायतका लागि राजदूत सिफारिस
राजनीति, समाचार

पूर्वप्रधानसेनापति गौरव बेलायतका लागि राजदूत सिफारिस

नेपालअखबार, काठमाडौं । पूर्वसेनापति गौरव शमशेर जबरा राजदूतका लागि सिफारिस भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बेलायतका लागि सिफारिस गरेको हो। उनीसँगै आज मन्त्रिपरिषद्ले १३ देशका लागि राजदूतका लागि नाम सिफारिस गरेको छ।
दसैं–तिहारलगत्तै सरकारको प्रतिक्रान्तिकारी षड्यन्त्रका विरूद्ध सडकमा उत्रिन्छौं- प्रचण्ड
राजनीति, समाचार

दसैं–तिहारलगत्तै सरकारको प्रतिक्रान्तिकारी षड्यन्त्रका विरूद्ध सडकमा उत्रिन्छौं- प्रचण्ड

नेपालअखबार, काठमाडौं ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले दसैं, तिहारलगत्तै सरकारविरूद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले कथाकथित नयाँ भनिएको सरकारले सुकुम्बासी तथा अव्यवस्थित नागरिक, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनमाथि दमन गरेको आरोप पनि लगाए। उनले सरकारका गतिविधि तथा कार्यशैलीविरूद्ध प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने कार्य भइरहेको पनि बताए। उनले चाडपर्वपछि देशको परिस्थितिको मूल्यांकन गर्दै सरकारका गतिविधिविरूद्ध आन्दोलनमा उत्रिने तयारी भइरहेको बताए। उनले सरकारका गतिविधि र कार्यशैलीका कारण जनता रहेको भ्रम क्रमशः हट्दै गएको पनि बताए। उनले पुनः जनतामा पुराना तथा स्थापित राजनीतिक दल, नेता र उनीहरूको ए...
आज चार वटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

आज चार वटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिजिय र श्रम तथा उपभोक्ता हित समिति र राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दै छ । शुक्रबार दिउँसो २ बजे बस्ने अर्थ समितिको बैठकमा रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । यसैगरी शुक्रबार बिहान साढे ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन/भ्रमण लगायत समसामयिक विषयमा छलफल गर्न समितिको आन्तरिक बैठक सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । यसैगरी शुक्रबार बिहान १० बजे बस्ने उद्योग तथा वाणिजिय र श्रम तथा उपभोक्ता हित समितिक...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
राजनीति, समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

नेपालअखबार, ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार उक्त बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्ने भएको हो ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ । पार्टीको १५औँ महाधिवेशनलगायत विविध विषयमा बैठकमा छलफल हुने बताइएको छ ।...