Friday, July 10

राजनीति

आज देशभर उम्मेदवारी दर्ता
राजनीति, समाचार

आज देशभर उम्मेदवारी दर्ता

नेपालअखबार, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुन लागेको जनाएको हो । उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ । त्यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ । आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ । आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ । भीडभाड कम गराउने र उम्मेदव...
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार
राजनीति, समाचार

नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले देशभरका उम्मेदवारहरू टुंगो लगाएको छ । भोलि (माघ ६) गते देशभर उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि नेकपाले देशभरका उम्मेदवार तय गरेको हो । नेकपाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुकुम पूर्वबाट उम्मेदवार बनाएको छ । अन्य को कहाँबाट उम्मेदवार ?
मेयरको पदबाट राजीनामा दिएसँगै फुर्सदमा भएकाले भाषण दिन आए :बालेन शाह
राजनीति, समाचार

मेयरको पदबाट राजीनामा दिएसँगै फुर्सदमा भएकाले भाषण दिन आए :बालेन शाह

नेपालअखबार, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाहले काठमाडौंमा अधिकार माग्न नभई घुम्न जाने बताएका छन्। उनले सोमबार जनकपुरधाममा मैथिली भाषामै भाषण गर्दै प्रदेश सरकारलाई बलियो बनाउने बताउँदै अधिकारका लागि काठमाडौं धाउनु नपर्ने बताएका हुन्। उनी योसँगै संघीयताको पक्षमा खुलेका छन्। यस्तै उनले आफू मेयरको पदबाट राजीनामा दिएसँगै फुर्सदमा भएकाले भाषण दिन आएको बताए।...
बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु : अमरेशकुमार सिंह
राजनीति, समाचार

बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु : अमरेशकुमार सिंह

नेपालअखबार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन् । बालेन प्रधानमन्त्री नबने जनकपुरमा आएर आत्मदाह गर्ने उनको भनाइ छ । ‘हामी सीता माताका सन्तान हौं । सीमा माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु,’ उनले दोहोर्‍याएर भने, ‘बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’ बालेनलाई देशको महानायक भन्दै उनले आफ्नो गम्झा देखाउँदै भोट मागे ।‘म हात जोडेर भन्छु, मसँग केही छैन । केवल आग्रह गर्छु, तपाईंहरूसँग गम्छामा भिख माग्छु, मधेशलाई प्रधानमन्त्री देऊ,’ आक्रामक भाषण गरेका सिंहले भने ।...
नेकपाबाट काठमाडौंका १० उम्मेदवार
राजनीति, समाचार

नेकपाबाट काठमाडौंका १० उम्मेदवार

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंका १० क्षेत्रमै उम्मेदवार टुंगो लगाएको छ। फागुन २१ गते हुने चुनावका लागि नेकपाले प्रत्यक्षतर्फका १० जना उम्मेदवार टुंगो लगाएको हो। घोषित उम्मेदवारमध्ये काठमाडौं-१० का हितमान शाक्य २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं–६ बाट निर्वाचित भएका थिए। उम्मेदवारहरू यस प्रकार छन् — काठमाडौं–१ मेनुका भण्डारी (कृतु) काठमाडौं–२ नितेश पौडेल काठमाडौं–३ निरज लामा काठमाडौं–४ पूर्व इन्द्र भुषाल काठमाडौं–५ कल्पना शर्मा काठमाडौं–६ हिमाल शर्मा काठमाडौं–७ वसन्त मानन्धर काठमाडौं–८ सुमन सायमि काठमाडौं–९ राधाकृष्ण महर्जन काठमाडौं–१० हितमान शाक्य...
आशिका तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने
राजनीति, समाचार

आशिका तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने

नेपालअखबार, काठमाडौं । आशिका तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने भएकी छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट लिएर चुनाव लड्ने भएकी हुन् । सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका छन् । विभिन्न सामाजिक अभियानमा सक्रिय तामाङले रास्वपाकै समानुपातिक टिकट वितरणलाई लिएर सामाजिक सञ्जालमै असन्तुष्ट व्यक्त गरेकी थिइन् ।जेनजी आन्दोलनका घाइते तथा ज्यान गुमाएका परिवारलाई सहयोग संकलन गर्दै आएकी उनलाई अन्तत: रास्वपाले नै उम्मेदवार बनाएको छ ।...
ट्रम्पको धम्कीपछि डेनमार्ककी प्रधानमन्त्रीले दिइन् चेतावनी
राजनीति, विश्व, समाचार

ट्रम्पको धम्कीपछि डेनमार्ककी प्रधानमन्त्रीले दिइन् चेतावनी

नेपालअखबार,कोपेनहेगन । डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्याण्ड कब्जा गर्ने  धम्कीको कडा प्रतिक्रिया दिँदै ‘युरोपलाई ब्ल्याकमेल गर्न नसकिने’ चेतावनी दिएकी छन् । पछिल्लो समय ग्रिनल्यान्डको ममिलामा अमेरिका र युरोप आमने सामने भइरहकै बेला उनले साे  प्रतिक्रिया दिएकी हुन् । ट्रम्पले ग्रिनल्याण्ड आफ्नो नियन्त्रणमा लिन गरेको प्रस्तावको विरोध गरेमा फेब्रुअरीदेखि डेनमार्कसहित आठ युरोपेली देशमाथि नयाँ ट्यारिफ लगाउने धम्की दिएका छन् । ट्रम्पले डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे, स्विडेन र बेलायतलाई लक्षित गर्दै ग्रिनल्याण्ड अमेरिकी सुरक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण भएको दाबी गरेका छन् । आवश्यक परे बल प्रयोगको विकल्प पनि उनले नकारेका छैनन् । यसको युरोपभर तीव्र आलोचना भइरहेको छ । ट्यारिफको धम्की पाएका देशहरूले संयु...
रेखा शर्मा यसपाली चुनाव नलड्ने
राजनीति, समाचार

रेखा शर्मा यसपाली चुनाव नलड्ने

नेपालअखबार,काठमाडौं । तीनवर्षअघि भएको संसदीय निर्वाचनमा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी नेपाली कम्युनिष्ट पार्टीकी नेता रेखा शर्मा यसपालि चुनाव नै नलड्ने भएकी छन्। तत्कालिन नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखाले १९६ मतान्तर सहित पोखरेललाई पराजित गरेकी थिइन्। २६ हजार ८ सय ७७ मत ल्याएकी थिइन्।। पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका थिए। यसपाली पनि दाङ-२ बाट एमाले महासचिव पोखरेल नै उम्मेदवार छन्। माओवादी सहितका पार्टी मिलेर बनेको नेपाली कम्युिनस्ट पार्टीलेले भने यहाँ निर्मल आचार्यलाई उठाउने पक्का जस्तै भएको छ। दुईचोटी समानुपातिक र एकपटक प्रत्यक्ष जितेर सांसद भएकोले यसपाली आफू चुनाव नलड्ने शर्माले बताइन्। ‘म दुईचोटी समानुपातिक सांसद भएँ। एकपटक प्रत्यक्ष चुनाव जितेँ।  यसपालीको चुनावमा उम्मेदवारी नै दिन्न,’ उनले भनिन्। राष्ट्रिय स्वतन्त्र पार्टीले यहाँ सहमहामन्त्री विप...
काठमाडौंका मेयर बालेनले राजीनामा दिए
राजनीति, समाचार

काठमाडौंका मेयर बालेनले राजीनामा दिए

नेपालअखबार,काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।
सर्वोच्चमा देउवा पक्षले दायर गरेको रिटमा के छ ? (पूर्णपाठसहित)
राजनीति, समाचार

सर्वोच्चमा देउवा पक्षले दायर गरेको रिटमा के छ ? (पूर्णपाठसहित)

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद उत्कर्षमा पुग्दै गर्दा शेरबहादुर देउवा पक्षले निर्वाचन आयोग र गगन थापा पक्षविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई वैधानिकता दिने गरी गरेको निर्णय बदरको माग गर्दै देउवा पक्ष अदालत गएको हो। रिट निवेदनमा नेपाली कांग्रेसको विधान र प्रचलित कानुन विपरीत बोलाइएको विशेष महाधिवेशन अवैध रहेको जिकिर गरिएको छ। निवेदक देउवा र पूर्णबहादुर खड्का समेतले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल २०८२ माघ मसान्तसम्म थप गरिएको अवस्थामा, बीचमै अवैध तरिकाले विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गर्नु लोकतान्त्रिक मूल्य मान्यता र पार्टी विधानको धारा १७, २७ र ४३ विपरीत रहेको दाबी गरेका छन्। पार्टीको विधानअनुसार केन्द्रीय कार्यसमितिको निर्णय बिना विशेष महाधिवेशन ...