Saturday, July 11

राजनीति

मंगलबार नै मनोनयन दर्ता भएकाले उम्मेदवारी चयन नै रोक्न माग : खड्का
राजनीति, समाचार

मंगलबार नै मनोनयन दर्ता भएकाले उम्मेदवारी चयन नै रोक्न माग : खड्का

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान शेरबहादुर देउवाको नाममा सर्वोच्च अदालतमा दायर रिटमा तीन वटा माग राखेको देखिएको छ। आइतबार बिहान निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेताहरूले सर्वोच्च पुगेर रिट दायर गराएका थिए। कांग्रेस नेताहरूले आजै सुनुवाइको माग राखेका थिए। तर कानुन अनुसार नमिल्ने सर्वोच्च प्रशासनको भनाइ थियो। रिटको पेसी मंगलबारका लागि तोकिएको छ। रिटमा देउवापक्षले विशेष महाधिवेशन अवैधानिक बताउँदै कार्यसमितिलाई भंग गर्नुपर्ने पहिलो माग राखेका छन्। त्यस्तै फागुन २१ गते हुने निर्वाचनको लागि माघ ६ गते मनोनयन दर्ताको मिति तोकिएको छ। मंगलबार नै मनोनयन दर्ता भएकाले उम्मेदवारी चयन नै रोक्न माग गरेका छन्। यदी मनोनयन भइसकेको भए स्थगित गरी अर्को मनोनयन मिति घोषणा गर्न पनि सर्वोच्चमा कांग्रेस नेताहरूको माग छ।...
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत  निर्वाचन आयोगको निर्णयविरुद्ध पुग्यो
राजनीति, समाचार

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत निर्वाचन आयोगको निर्णयविरुद्ध पुग्यो

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्च अदालत पुगेकाे हाे । नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको अधिवक्ता लक्ष्मी दाहाल रावलले जानकारी दिइन् । उनका अनुसार रिट निवेदन दर्ता हुने प्रक्रियामा रहेको छ । उनका अनुसार विशेष महाधिवेशन पक्षधरले विधि विधान विपरीत महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेकाले उक्त महाधिवेशन अवैधानिक करार गर्न माग गरिएको छ ।...
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जाँदै
राजनीति, समाचार

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जाँदै

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाँदै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्न जाने बताए । ‘हामी आज रिट लिएर जाने तयारीमा छौं,’ उनले भने । देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । कानुनी पाटोको जिम्मा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो । खड्का अहिले रिट तयार पार्नका लागि कानुन व्यवसायीहरुसँग छलफलमा छन् । त्यसमा बरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसी लगायतले साथ दिइरहेको स्रोत बताउँछ । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवे...
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।  राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो सवा १२ बजे बस्दैछ । सिंहदरबारस्थित समितिको बैठक कक्षमै बस्ने बैठकमा पर्यटन विधेयकमा दफाबार छलफल गर्ने कार्यसूची छ ।सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/०८२ माथि छलफल गर्ने कार्यसूची छ ।...
राष्ट्रियसभाको अधिवेशन आइतबारदेखि
राजनीति, समाचार

राष्ट्रियसभाको अधिवेशन आइतबारदेखि

नेपालअखबार, काठमाडौं । राष्ट्रियसभाको १९औँ अधिवेशन यही माघ ४ गते आइतबारदेखि सुरु हुँदैछ । नयाँ वानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुनेछ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको थियो । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोकप्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ ...
कांग्रेस विवादमा योगेशको प्रतिक्रिया- अदालत जान सबैलाई खुला छ
राजनीति, समाचार

कांग्रेस विवादमा योगेशको प्रतिक्रिया- अदालत जान सबैलाई खुला छ

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसको हालको अवस्थालाई लिएर नेकपा एमालेका नेताहरूले चासो व्यक्त गरेका छन् । विशेष महाधिवेशनबाट गगन थापा पक्षले नयाँ नेतृत्व चयन गरेसँगै काँग्रेस विभाजित भएको छ । निर्वाचन आयोगले थापा पक्षलाई आधिकारिकता दिएसँगै यसले आगामी निर्वाचनमा ठूलो प्रभाव पार्ने विश्लेषण गरिएको छ । कांग्रेसको हालको स्थितिबारे एमाले उपमहासचिव योगेशकुमार भट्टराईले विभाजनसम्बन्धी विवादलाई कानूनी र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्न सकिने बताए । उनले अदालत जान सबै खुला रहेको र अदालतमा आफूलाई ठिक नलागेपछि उजुरी लिएर जान सकिने बताए ।‘अदालत जान त जसलाई पनि खुला छ नि । अदालत त्यसकै लागि त गठन गरिएको हो । कोही आए भने, उजुरी लिएर कानुनसम्मत छ की छैन, संविधानसम्मत छ की छैन भनेर जाने न हो,’ उनले भने ।...
लामिछानेविरुद्धको मुद्दा फिर्ता सर्वोच्चको नजिरविपरीत
प्रशासन, राजनीति, समाचार

लामिछानेविरुद्धको मुद्दा फिर्ता सर्वोच्चको नजिरविपरीत

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लगाइएको मुद्दामा महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालतले स्थापित गरेको नजिरभन्दा बाहिर गएको छ । कार्यालयले लामिछानेमाथि सम्पत्ति शुद्धीरकण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिनु सर्वोच्चले प्रतिपादन गरेको नजिरविपरीत भएको ठहरिएको हो । कार्यालयलाई सीधै अभियोगपत्र फिर्ता लिने अधिकार कानुनले दिएको छैन, तर महान्यायाधिवक्ता कार्यालयले कास्की जिल्ला अदालत, रुपन्देही जिल्ला अदालत, काठमाडौँ जिल्ला अदालत र पर्सा जिल्ला अदालतमा सुनुवाइ भएर प्रारम्भिक आदेशसमेत भइसकेको सहकारी ठगीसँग जोडिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसँग सम्बन्धित दुई वटा अभियोग हटाउने गरी सम्बन्धित जिल्ला सरकारी वकील कार्यालयलाई निर्देशन गरिसकेकी छन् । कार्यालयले आरोपपत्र सच्याउन निर्देशन दिने निर्णय गर्दा विभिन्न आधारहरू प्रस्तुत ग...
कांग्रेस बैठकका ६ बुँदे निर्णय सार्वजनिक
राजनीति, समाचार

कांग्रेस बैठकका ६ बुँदे निर्णय सार्वजनिक

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले गरेका ६ बुँदे निर्णय सार्वजनिक गरिएको छ। शनिबार सभापति गगन थापाको सभापतित्वमा नयाँ बानेश्वरमा बसेको बैठकले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई स्वागत गर्दै पार्टी एकता, आगामी निर्वाचन र पूर्वसभापति शेरबहादुर देउवाको भूमिका लगायतका विषयमा निर्णय गरेको हो। बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले सार्वजनिक गरेको निर्णयअनुसार कांग्रेसले निर्वाचन आयोगको निर्णयलाई कसैको हारजित नभई विधि र लोकतन्त्रको विजयको रूपमा व्याख्या गरेको छ। बैठकले देउवाले लामो समयदेखि पार्टी नेतृत्वमा रहेर पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेको छ। साथै, देउवाबाट आगामी दिनमा अभिभावकीय भूमिका प्राप्त हुने विश्वास समेत बैठकले व्यक्त गरेको छ। कांग्रेसले अब उप्रान्त कुनै पनि अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्याए...
निर्वाचन आयोगविरूद्ध अदालत जान पूर्वकार्यवाहक सभापति खड्कालाई अख्तियारी
राजनीति, समाचार

निर्वाचन आयोगविरूद्ध अदालत जान पूर्वकार्यवाहक सभापति खड्कालाई अख्तियारी

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको विघटित केन्द्रीय समितिको बैठकले पार्टीको आधिकारिकताको विषयमा निर्वाचन आयोगले गरेको निर्णय विरूद्ध अदालत जाने निर्णय गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले आयोगविरूद्ध आइतबार नै सर्वोच्च अदालत जाने निर्णय गरेको थियो। मुद्दा मामिला तथा कानुनी कारबाहीका लागि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अख्तियारी दिने निर्णय भएको पनि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। बैठकले कानुनीसँगै राजनीतिक प्रतिवाद गर्ने पनि निर्णय लिएको छ। शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिएको थियो। नियमित महाधिवेशन टरेपछि पुस २७ देखि काठमाडौंमा विशेष महाधिवेशन भएको थियो।  त्यसले गगन थापाको नेतृत्वमा १३४ सदस्यीय कार्यसमिति चयन गरेको छ।...
देउवा पक्षद्वारा भोलि नै सर्वोच्च जाने निर्णय
राजनीति, समाचार

देउवा पक्षद्वारा भोलि नै सर्वोच्च जाने निर्णय

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेस (देउवा पक्ष) को केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आयोगले माघ २ गते गरेको निर्णय नेपालको संविधान, प्रचलित कानुन र पार्टीको विधान विपरीत रहेको ठहर गरेको हो। बैठकका निर्णयबारे जानकारी दिँदै नेता डा. प्रकाशशरण महतले आयोगको निर्णयलाई ‘दुराशयपूर्ण’ र ‘दूषित मनसाय’ बाट प्रेरित रहेको टिप्पणी गरे। उनले भने, 'देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी गम्भीर क्षति पुर्‍याउने मनसाय स्पष्ट देखिन्छ। यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो।' बैठकले आयोगको निर्णयविरुद्ध संवैधानिक तथा कानुनी उपचार खोज्ने निर्णय गरेको महतले बताए । उनले भने, 'हामी भोलि नै यसको खिलाफ...