Saturday, July 11

राजनीति

संसदमा जाने रहर छ, चुनाव लड्छु- सञ्चारमन्त्री खरेल
राजनीति, समाचार

संसदमा जाने रहर छ, चुनाव लड्छु- सञ्चारमन्त्री खरेल

नेपालअखबार,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने बताएका छन्। शनिबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित नेपाल पत्रकार महासंघको एशोशियट प्रदेश समितिको दोस्रो सम्मेलनमा बोल्दै मन्त्री खरेलले आगामी निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने बताएका हुन्। 'अबको चुनाव कहीँ न कहीँ प्रतिनिधित्व गरी लड्छु। संसदमा जाने मेरो चाहना छ। इच्छा छ,' उनले भने। कानुन बनाउने ठाउँमै गएर पत्रकाहरूको हकहितमा काम गर्ने उनको भनाइ थियो। मन्त्री खरेलले कहाँ र कुन पार्टीबाट चुनाव लड्ने भन्ने चाहिँ खुलाएनन्। फागुन २१ को निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यक्रम छ।...
प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

नेपालअखबार,काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको हो । प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले उम्मेदवारको टुंग्याउन बैठक बोलाएको नेताहरूले बताएका छन् । एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरुले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । जसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालले सूर्य चिह्नबाहक उम्मेदवार अघि बढाउने भएको छ । यसअघिको केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा ...
देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु
राजनीति, समाचार

देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको बैठक सुरु भएको छ । शनिबार बिहान ८ बजेका लागि बोलाइएको बैठक झण्डै तीन घण्टा ढिलागरी अर्थात पौने १२ बजेदेखि सुरु भएको हो । बैठकमा देउवा पक्षका नेताहरु पूर्णबहादुर खड्का, रमेश लेखक, विमलेन्द्र निधि, शशांक कोइराला लगायतको सहभागिता रहेको छ । उता नवनिर्वाचित केन्द्रीय समितिको बैठक पनि बानेश्वरमा बस्दैछ ।...
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं : पूर्णबहादुर खड्का
राजनीति, समाचार

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं : पूर्णबहादुर खड्का

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगले षड्यन्त्रपूर्वक निर्णय गरेको आरोप लगाएका छन् । उनले कानुनी र राजनीतिक दुवै लडाईं लड्ने बताए । ‘हामी वैधानिक कानुनी लडाईं सबै लड्छौं । यो निर्णय धेरै समय अघि देखि नै सेटिङ भएको भनिएका छन् । ती सबै कुरा चिर्दै आएको छ’ उनले पत्रकारहरूसँग भने,’एकपक्षले दाबी गरेको आधारमा गरिएको निर्णय प्रक्रियागत रुपमा त्रुटीपूर्ण छ । षड्यन्त्रपूर्वक भएको निर्णय खारेज गर्छौं ।’ उनले निर्वाचन आयोगले आधिकारिक कानुनी रुपमा निर्वाचित समितिलाई एकपटक नबोलाइ निर्णय गरेकोमा असन्तुष्टि जनाए ।निर्वाचन आयोगले शुक्रबार साँझ  विशेष महाधिवशेनबाट निर्वाचित नेतृत्वलाई वैधानिकता दिएको थियो ।...
निर्वाचन आयोगको निर्णय मान्न सकिँदैन : प्रकाशशरण महत
राजनीति, समाचार

निर्वाचन आयोगको निर्णय मान्न सकिँदैन : प्रकाशशरण महत

नेपालअखबार,काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेता डा. प्रकाशशरण महतले पार्टीको आधिकारिकता गगन थापा नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णय मान्न नसकिने बताएका छन् । आयोगको निर्णय सार्वजनिक भएलगत्तै संक्षिप्त कुराकानी गर्दै महतले पार्टीको विधानलाई आयोगले नजरअन्दाज गरेको भन्दै आपत्ति जनाए । ‘आयोगको निर्णय आएको बुझियो । यो निर्णयमा दलसम्बन्धी नियम, पार्टीको विधानलाई नजरअन्दाज गरिएको छ । यो निर्णय मान्न सकिँदैन,’ उनले भने । अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अब हामी हामी छिटै बैठक बसेर कसरी जाने भन्ने निष्कर्ष निकाल्छौँ ।...
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
राजनीति, समाचार

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

नेपालअखबार, काठमाडौँ ।  निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आधिकारिता दाबी गर्दै आयोग पुगेका थिए । आयोगले सबै डकुमेन्ट अध्ययन  गरेर थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको हो । कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म भएको थियो । यससँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा शेरबहादुर देउवाबाट गुमेको छ । देउवा पक्षले पनि आफू नै आधिकारिक भएको जिकिरसहित आयोगमा डकुमेन्ट बुझाएको थियो ।...
सरकारका प्रवक्ता भन्छन्– कांग्रेस विवादले निर्वाचन सर्दैन
राजनीति, समाचार

सरकारका प्रवक्ता भन्छन्– कांग्रेस विवादले निर्वाचन सर्दैन

नेपालअखबार,काठमाडौं । सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले २१ फागुनको निर्वाचन नसर्ने बताएका छन् । मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीले कांग्रेस विवादले निर्वाचन र मनोनयनको मिति सर्छ भनेर सोधेको प्रश्नको जवाफमा प्रवक्ता खरेलले निर्वाचन नसर्ने बताएका हुन् । ‘फागुन २१ मा निर्वाचनको मिति तोकिएको छ । त्योभन्दा यताउता हुँदैन । सरकार त्यही तयारीमा छ,’ उनले भने, ‘ निर्वाचन गर्ने र गराउने जिम्मेवारी भनेको सरकारको मात्रै होइन । निर्वाचन आयोगको हो । राजनीतिक दलको हो । अरू सरोकारवाला पनि छन् । चुनाव यताउता हुँदैन ।’ उनले अन्य कुरा भने निर्वाचन आयोगको अधिकारको विषय भएको भन्दै आयोगको निर्णयको पर्खनु पर्ने बताए ।‘फागुन २१ को निर्वाचन यताउता हुँदैन । बाँकी निर्वाचन आयोगको जिम्मेवारी हो । उसको अधिकारको कुराहरूमा निर्वाचन आयोगकै निर्णय पर्खनुपर्‍यो,’ उनले भने ।...
२१ फागुनमा होस् कि, जेठमा, कातिक, मंसिरतिर होस् चुनाव त हुन्छ : केपी ओली
राजनीति, समाचार

२१ फागुनमा होस् कि, जेठमा, कातिक, मंसिरतिर होस् चुनाव त हुन्छ : केपी ओली

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहिले भएपनि मुलुकमा चुनाव हुने भएकाले त्यसको तयारीमा लाग्न पार्टीका नेता-कार्यकर्तालाई आग्रह गरेका छन् । नेकपा एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको पक्षमा चुनावी परिणाम ल्याउने गरी अगाडि बढ्न आग्रह गरेका हुन् । ‘चुनाव २१ फागुनमा होस् कि, जेठमा होस् कि कात्तिक, मंसिरतिर होस् चुनाव त हुन्छ’ ओलीले भनेका छन्, ‘जहिले चुनाव भएपनि हामीले स्वीपआउट गर्ने हो । प्रमुख पार्टी बन्न धेरै मेहनत गर्नैपर्दैन । अरु पार्टी छँदै छैन त ।’ २१ फागुनका लागि तय भएको निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मनोनयन भएर अगाडि बढिसकेको छ । प्रत्यक्षतर्फको मनोनयन यही माघ ६ गते हुँदैछ । प्रत्यक्ष तर्फको मनोनयन हुनु केही दिन अगाडि समेत एमालेका अध्यक्ष ओलीले जहिले भएपनि चुनाव हुने बताएका हुन् । एमालेका उम्मेदवारलाई चुन...
आन्दोलनको धम्कीसँग निर्वाचन आयोग प्रभावित हुँदैन भन्ने विश्वास छ : विश्वप्रकाश शर्मा
राजनीति, समाचार

आन्दोलनको धम्कीसँग निर्वाचन आयोग प्रभावित हुँदैन भन्ने विश्वास छ : विश्वप्रकाश शर्मा

नेपालअखबार,काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले आन्दोलनको धम्कीसँग निर्वाचन आयोग प्रभावित हुँदैन भन्ने विश्वास व्यक्त गरेका छन् । निर्वाचन आयोगका पदाधिकारीलाई भेट्दै उपसभापति शर्माले केहीबेरअघि कांग्रेस केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनको सन्दर्भ कोट्याउँदै यस्तो बताएका हुन् ।शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलनमा आफूहरूले नेतृत्व गरिरहेको कांग्रेसलाई निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए । ‘पार्टीका केही पूर्वपदाधिकारीसहितका साथीहरू आज निर्वाचन आयोग आउनुभएको थाहा पाएपछि निर्वाचन आयोगलाई केही कुरा स्पष्ट पार्नुपर्छ भन्ने लागेर हामी यहाँ आएका छौं,’ उपसभापति शर्माले भने, ‘निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गर्छौं भनेर केहीबेर अघि मात्र ...
कांग्रेसको देउवा समूह पनि निर्वाचन आयोगमा जाँदै
राजनीति, समाचार

कांग्रेसको देउवा समूह पनि निर्वाचन आयोगमा जाँदै

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पनि निर्वाचन आयोगमा जाने भएकाे छ ।  शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनपछि देउवा समूह निर्वाचन आयोगमा जाने भएकाे हाे । देउवा समूहकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले आफूहरू निर्वाचन आयोग जान लागेकाे बताइन् । यसअघि गगन थापा नेतृत्वकाे कांग्रेस निर्वाचन आयाेगमा पुगिसकेकाे छ । गगन थापाको नेतृत्वमा नयाँ कांग्रेस बनेपछि आधिकारिकताको लडाइँ निर्वाचन आयोगसम्म पुगेको छ ।...