Wednesday, July 22

राजनीति

सर्लाहीको चन्द्रनगरमा फागुन १ गतेदेखि ई-हाजिरी अनिवार्य
राजनीति, समाचार

सर्लाहीको चन्द्रनगरमा फागुन १ गतेदेखि ई-हाजिरी अनिवार्य

नेपालअखबार, वीरगञ्ज । सर्लाहीको चन्द्रनगर गााउँपालिकाले पालिकाले पालिका तथा मातहतका सबै कार्यालय, स्वास्थ्य संस्था, विद्यालयमा ई-हाजिरीको व्यवस्था मिलाएको छ । फाल्गुन १ गतेदेखि गाउँपालिकाका कार्यालय, वडा कार्यालय, विद्यालय तथा पालिका मातहतका अन्य कार्यालयमा अनिवार्य ई-हाजिरी गर्नु पर्ने गरि व्यवस्था मिलाईएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष राजकुमार महतोले बुधबार सूचना जारी गर्दै प्रत्येक महिनाको ई-हाजिरीमा अनुपस्थित देखिएको दिनका बारेमा आवश्यक कागजात तथा उचित कारण नभएको अवस्थामा नियमानुसारको हाजिर कट्टी गर्ने चेतावनीसमेत दिएका छन् । जनताको करबाट उठेको राजश्वबाट जनतालाई सेवा प्रदान गर्न दिईएको तलब र सेवा प्राप्त गर्ने शिक्षक, कर्मचारी र जनप्रतिनीधिलाई गुणस्तरीय सेवा प्रदान गर्न जिम्मेवार भईदिन सूचनामा अनुरोध गरिएको छ । सूचनामा गाउँपालिका कार्यालय र विद्यालयहरुमा कार...
राष्ट्रपतिको चुनावपछि जनमतलाई थप एक मन्त्रालय
राजनीति, समाचार

राष्ट्रपतिको चुनावपछि जनमतलाई थप एक मन्त्रालय

नेपालअखबार, काठमाडौँ । राष्ट्रपति चुनावपछि जनमत पार्टी नेपाललाई थप एउटा मन्त्रालय दिने छलफल सुरु भएको छ । खानेपानी मन्त्रालयबाट असन्तुष्ट रहेको जनमत पार्टीले थप एउटा मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिँदै आएको छ । सुरुमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति भएको थियो तर पछि खानेपानी मन्त्रालय दिँदा जनमत पार्टी असन्तुष्ट बनेको थियो । केही दिन मन्त्रालयको कार्यभार नै सम्हाल्न नै गएन । प्रधानमन्त्री प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भएको छलफलपछि मन्त्रालयको कार्यभार सम्हालिएको थियो । प्रधानमन्त्री प्रचण्डले थप एउटा मन्त्रालय पछि मिलाउने आश्वासन दिएपछि जनमत पार्टी मन्त्रालय गएको हो । जनमत पार्टीका प्रवक्ता एवं खानेपानी मन्त्री अब्दुल खानले आफूहरूले थप एउटा मन्त्रालय पाउने र त्यसका लागि छलफल चलिरहेको बताए । खानेपानी मन्त्रालय आफूहरूको प्राथमिकतामा नभए...
आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
राजनीति, समाचार

आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

नेपालअखबार, काठमाडौं । लामो समयदेखि बस्न नसकेको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बिहीबार बस्ने भएको छ । बिहीबार साँझ ५ बजे केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट बस्न लागेको हो माघ १२ गतेदेखि २१ गतेसम्म पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । भर्चुअल बैठकका लागि जुम आइडी र पासवर्ड सम्बन्धित माध्यमबाट पठाइने जनाइएको छ । स्थायी समिति बैठकले २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समिति गठन गरिसकेको छ ।...
प्रतिनिधिसभाका सांसदहरुलाई राष्ट्रपतिले ‘पार्टी’ दिने
राजनीति, समाचार

प्रतिनिधिसभाका सांसदहरुलाई राष्ट्रपतिले ‘पार्टी’ दिने

नेपालअखबार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सांसदहरुलाई पार्टी दिने भएकी छन् । राष्ट्रपति भण्डारीले यही माघ २८ गते शनिबार ३ बजे राष्ट्रपति कार्यालयमा पार्टी दिन लागेकी हुन् । राष्ट्रपति कार्यालयले माघ २८ गते पार्टी आयोजना गरेको र त्यसमा सहभागी हुन सांसदहरुलाई एसएमएसमार्फत निम्तो गरेको एक सांसदले जानकारी दिए ।...
कांग्रेस संसदीय दलको बैठक स्थगित
राजनीति, समाचार

कांग्रेस संसदीय दलको बैठक स्थगित

नेपालअखबार, काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । बिहीबारका लागि बोलाइएको दलको बैठक अनिश्चितकालका लागि स्थगित भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । पार्टी संसदीय दल कार्य समितिको यही माघ २२ गते बसेको बैठकबाट माघ २६ गते बस्ने गरी बैठक बोलाउने निर्णय गरिएको थियो ।...
प्रधानमन्त्री प्रचण्ड र बेलायतका रक्षामन्त्री एण्ड्र्यू मोरिसनबीच भेट
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्ड र बेलायतका रक्षामन्त्री एण्ड्र्यू मोरिसनबीच भेट

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बेलायतका रक्षामन्त्री एण्ड्र्यू मोरिसनबीच भेटवार्ता भएको छ । बुधवार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर मोरिसनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
राष्ट्रियसभा उपनिर्वाचन : एमालेका कुमार दसौदी निर्वाचित
राजनीति, समाचार

राष्ट्रियसभा उपनिर्वाचन : एमालेका कुमार दसौदी निर्वाचित

नेपालअखबार, दाङ । लुुम्बिनीको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदी विजयी भएका छ । बुधबार भएको मतदानपछिको मतगणनाअनुसार दसौली ४ हजार २६ मतभार प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार माधव आचार्यले ३७ सय २० मतभार प्राप्त गरेका छन् । राष्ट्रियसभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि सोही स्थानमा उपनिर्वाचन भएको हो । निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखहरूले मतदान गरेका थिए । ।...
टर्कीमा मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी
राजनीति, समाचार

टर्कीमा मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी

नेपालअखबार, काठमाडाैं । टर्कीमा गएको विनासकारी भूकम्पपछि राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने भएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौं बैठकले उक्त निर्णय गरेको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने बताए। ‘नेपाल हाम्रो असल मित्रराष्ट्र हो। हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको हो। टर्की सरकारको दुःखमा हामीले पनि सहयोग गर्नुपर्छ। त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौं,’ प्रधामन्त्री प्रचण्डले भने। बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति लगायत समितिक...
प्रधानमन्त्री र युरोपेली युनियनकी आयुक्तबीच भेटवार्ता
राजनीति, समाचार

प्रधानमन्त्री र युरोपेली युनियनकी आयुक्तबीच भेटवार्ता

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्तर्राष्ट्रिय साझेदारीका लागि यूरोपेली यूनियन (ईयू) कि आयुक्त जुट्टा उर्पिलाइनेनबीच बुधबार भेटवार्ता भएको छ । बुधबार नै नेपाल भ्रमणमा आएकी उनले प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलसहित भेट गरेकी हुन् । नेपालसँगको साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विविध विषयमा संलग्न हुनका लागि जुट्टा भ्रमणमा  आएकी काठमाडौंस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलको कार्यालयले जनाएको छ युरोपेली सङ्घले आफ्नो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्दै साझेदारसँग डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्क बढाउन तथा स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीलाई सुदृढ गर्न सकारात्मक रहेको जनाएको छ । सङ्घले नेपालको समावेशी हरित अर्थतन्त्र, मानव विकास सूचकाङ्क र सुशासन प्रवर्द्धनमा सहयोगको प्राथमिकता निर्धारण गरेको छ । आयुक्त उर...
उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत सुकबीच भेटवार्ता
राजनीति, समाचार

उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत सुकबीच भेटवार्ता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले भेटवार्ता गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधबार भएको भेटमा उनीहरुबीच नेपाल र कोरिया सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । सन् १९७४ मा नेपाल–कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कोरिया सरकारले कोइकामार्फत नेपालको शिक्षा, स्वास्थ्य, ग्रामीण विकास र सूचना प्रविधिका क्षेत्रमा सहयोग गरिरहेको छ । भेटका क्रममा मन्त्री भण्डारीले सुदूरपश्चिम प्रदेश मानव विकासका दृष्टिले अन्य प्रदेशभन्दा पछाडि रहेको हुँदा सुदूरपश्चिममा पोलिटेक्निकल स्कुल, अस्पताल तथा विद्यालय भवन निर्माणमा सहयोग गर्न राजदूत सुकलाई आग्रह गरे । निर्यातजन्य वस्तुको सम्भावना हुँदाहुँदै पनि नेपाली वस्तु कोरियामा निर्यात हुन नसकेको उल्लेख गर्दै मन्त्री भण्डारीले राजदूत सुकलाई नेप...