Sunday, July 19

राजनीति

एकीकृत यातायात मजदुर संगठनद्वारा अधिकार सम्पन्न यातायात आयोग गठनको माग
राजनीति, समाचार

एकीकृत यातायात मजदुर संगठनद्वारा अधिकार सम्पन्न यातायात आयोग गठनको माग

नेपालअखबार, काठमाडौं ।एकीकृत यातायात मजदुर संगठन नेपालको चौथो  केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । बैठकले सरकार समक्ष सार्वजनिक यातायातलाई प्रभावकारी संचालन परिचालन व्यवस्थापन , यात्रुहरूलाई गुणस्तरीय सेवा , श्रम कानुनको पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सरोकारवाला सम्मिलित अधिकार सम्पन्न यातायात आयोग गठन लगायत एघार बुदे मागपत्र पेश गर्ने निर्णय गरेको छ। राज्यको अव्यावहारिक २० वर्षे नीति र ट्राफिक प्रहरीले चालकको लाइसेन्स निलम्बन गरि यातायात मजदुरलाई आतंकित पार्ने र विदेशिन बाध्य पार्ने कार्यको घोर भत्सर्ना गरेको छ । ट्राफिक प्रहरीको ज्यादती बिरूद्ध स्वरोजगार यातायात मजदुर संगठन र  सरोकारवाला पक्ष सहित बृहत छलफल गरि आन्दोलन गर्ने समेत बैठकले निर्णय गरेको  एकीकृत यातायात मजदुर संगठन नेपालका अध्यक्ष रबि के.सी.ले बताउनु भयो । संयुक्त यातायात प्रालि द्वारा सञ्चालित सवारीसाधन...
अध्यक्ष नेपालबाट विपी स्मारकको शिलान्यास
राजनीति, समाचार

अध्यक्ष नेपालबाट विपी स्मारकको शिलान्यास

नेपालअखबार,  रौतहट। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरमा विपी स्मारकको शिलान्यास गर्नुभएको छ । केही दिनदेखि गृहजिल्ला रौतहटमा रहनुभएका अध्यक्ष नेपालले विकास निर्माणको निरिक्षण, नयाँ विकासको शिलान्यास गरिरहनु भएको छ । विहीबार हिन्दु संस्कारअनुसार विधि नै लगाएर विपी स्मारक तथा घण्टाघरको शिलान्यास गर्नुभएको हो । गौर नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा विपी स्मारक तथा घण्टाघरको निर्माण हुन लागेको छ ।...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
राजनीति, समाचार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ। आजको बैठकमा पार्टी एकता र संगठन बिस्तार बारेमा छलफल हुने बताइएको छ। यस्तै बैठकमा राष्ट्रपतिको निर्वाचनको सम्बन्धमा पनि छलफल हुनसक्ने उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए। बिहीबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका हुन् । अध्यक्ष दाहालले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए। बैठकमा अध्यक्ष दाहालले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा (एमाले) सँग सहकार्य गर्नुपरेको अवस्थाको बारेमा ब्रिफिङ गरेका थिए। बैठकमा प्रधानमन्त्री प्रचण्डले वर्तमान राजनीतिक घटनाक्रमलाई समावेश गर्दै लिखित राजनीतिक प्रतिवेदन पनि पेश गरेका छन्। त्यसमा वर्तमान गठबन्धन निर्माण, कांग्रेसले विश्वासको मत दिएपछि उत्पन्न राजनीतिक घटनाक्...
राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
राजनीति, समाचार

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

नेपालअखबार, काठमाडाैँ । सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक अपरान्ह ३ः५९ बजे बस्नेछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्य तालिका रहेको छ । विधेयकबारे राष्ट्रिय सभा सदस्यहरूले आ-आफ्नो धारण राख्नेछन् ।...
खानेपानी मन्त्री अब्दुल खानले च्यूटहवा खानेपानीको निरिक्षण गरे
राजनीति, समाचार

खानेपानी मन्त्री अब्दुल खानले च्यूटहवा खानेपानीको निरिक्षण गरे

नेपालअखबार, बारा । खानेपानी मन्त्री अब्दुल खानले बुधबार पदभार ग्रहण गर्नुभएको थियाे । पदभार ग्रहण गरेकाे दाेस्राे दिन नै   बारा जिल्लाकाे आदर्श काेतवाल गा. पा. च्यूटहवामा खानेपानीको निरिक्षण गर्न पुग्नु भएकाे छ । मन्त्री  खानले  ‘खानेपानीमा थुप्रै समस्या छन्,  खानेपानीमा नयाँ र प्रभावकारी काम गर्न महत्वपूर्ण कामहरु गर्नु  वर्तमान आवश्कता रहेकाे बताउनु  भयाे । स्थानीय जनताकाे व्यापक उपस्थिति रहेकाे थियाे । मन्त्रीलाई आफ्नाे घर आगनमा देख्दा स्थानीयहरू खुसि हुदै जनताका लागि घरदैलाेमा पुग्ने  मन्त्रीसग सधै जनताले आशf गर्ने भएकाले हाम्राे विश्वास नताेड्न आग्रह गरेका थिए । सधै देश र जनताका साथमा रहन भन्दै आशि दिएका छन् । मन्त्री खानले खानेपानीका कर्मचारीहरूसंग,बारा,पर्सा र राैतहट जिल्लामा रहेका खानेपानी मन्त्रालय अन्तरगतकाे बिरिफिगं लिएका छन् ।  साथै ढिलासुस्ती हटाई,छिटाे छरिताे र चुस्...
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
राजनीति, समाचार

अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले पनि अर्थतन्त्रका परिसूचकहरु राम्रो नभएको बताए ।  उनले आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती रहेको बताए । प्रधानमन्त्री दाहालले सरकारको पहिलो बैठकमा नै आफूले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको बताए । उनले मारवाडी सेवा समाजले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले ३ सय शैय्याको अस्पताल बनाउने कुरा राखेको भन्दै सरकारको तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउने पहल आफूले गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री प्रचण्डले आफ्नो यो कार्यकालमा देशमा सुशासन नेपाली जनता...
प्रचण्ड सरकार तासको महल हो, छोटो समयमै आफैँ ढल्छ : नैनसिंह महर
राजनीति, समाचार

प्रचण्ड सरकार तासको महल हो, छोटो समयमै आफैँ ढल्छ : नैनसिंह महर

नेपालअखबार, दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस सत्ताको खेलमा लाग्न नहुने बताएका छन् । कांग्रेस घोराही उपमहानगरपालिका दाङको प्रथम सम्मेलनमा नेता महरले  अहिलेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार तासको महल जस्तो भएको बताए। ‘अहिलेको सरकारमा विभिन्न विचार र सिद्धान्त भएका मानिसहरू छन्। उनीहरूबीच आफैँमा लडाइ हुन्छ। यो सरकारलाई कसैले ढलाउनु पर्दैन। आफैँबीचमा स्वार्थ नमिल्दा छोटो समयमै सरकार आफैँ ढल्नेछ,’ महरले भने, ‘त्यसैले कांग्रेसका लागि प्रधानमन्त्री, राष्ट्रपति भनेका जनता हुन्। पाँच वर्ष उनीहरूकै बीचमा रहेर काम गर्नुपर्छ ।’ उनले मंगलबार पहिले संसद भवन अगाडि प्रेम आचार्यले आत्मदाह गरेको स्मरण गर्दै त्यो सरकारप्रतिको चरम निराशाको उदाहरण भएको बताए। उनले नयाँ आएका दलहरूप्रति पनि युवाको आसा मर्दै गएको टिप्पणी गरे। मुलुकमा केही गर्छु ...
सांसद राजेन्द्र पाण्डेद्वारा धादिङमा निर्माणाधीन धार्के -सितापाईला सडक अनुगमन
राजनीति, समाचार

सांसद राजेन्द्र पाण्डेद्वारा धादिङमा निर्माणाधीन धार्के -सितापाईला सडक अनुगमन

नेपालअखबार, धादिङ । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रतिनिधिसभा धादिङ १ का सांसद राजेन्द्रप्रसाद पाण्डेले धादिङमा निर्माणाधीन धार्के -सितापाईला सडक अनुगमन गर्नुभएको छ  । बुधबार धादिङ आएका पाण्डेले निर्माणाधीन थाँक्रे गाँउपालिका वडा नं. १ र गल्छी गाउँपालिका वडा नम्बर ८ खयरघारी जोड्ने महेशखोला पुल र धुनिबेशी नगरपालिकाको धार्के बजारबाट काठमाण्डौको सितापाईला जोड्ने वैकल्पिक सडकको स्थलगत अनुगमन गर्नुभएको हो । धार्के -ठूलोखोला सडक खण्ड पूर्णरूपमा कालोपत्रे गरी सम्पन्न गर्न यसअघि नै ठेक्का लागेर काम भईरहेको छ । २०५१ सालमै ट्रयाक खोलिएको यो सडक त्यसयता सामान्य स्तरोन्नति हुँदै आएको थियो । निरीक्षणका क्रममा पाण्डेले पक्की पुल र सडक निर्माणको कामलाई समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीका प्रतिनिधि र सडक डिभिजन कार्यालय नुवाकोटका प्रतिनिधिहरुलाई निर्देशन समेत दिनुभएको छ । यस सडकको लम्ब...
माघ २१ र २२ मा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक
राजनीति, समाचार

माघ २१ र २२ मा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले  केन्द्रीय समिति बैठक बोलाएकोक छ । यही माघ २१ र २२ गते बस्नेगरी बैठक बोलाएको पार्टीद्वारा जारी अन्तर संगठन निर्देशिका ३ मा उल्लेख छ । बैठकको कार्यसुचीमा निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल, समसामयिक प्रस्तावर विविध रहेको जनाइएको छ । पार्टीका महासचिव डा. बेदुराम भुसालद्वारा जारी अपानी ३ मा  पार्टी तथा संगठनका कमिटीहरु अद्यावधिक गर्ने,सदस्यता नवीकरण तथा वितरण गर्ने,पार्टी कमिटी गठन हुन बाँकी रहेका पालिका तथा विशेष इलाकाहरुमा २०७९ चैत मसान्तभित्र कमिटी गठन गर्ने निर्देशन गरिएको छ । त्यस्तै सवै वडाहरुमा २०८० वैशाख १५, पालिका अधिवेशन वैशाख मसान्तभित्र २०८० जेठ मसान्तभित्र सबै जिल्लामा जिल्ला अधिवेशन तथा २०८० कात्तिक मसान्तभित्र सबै प्रदेशमा प्रदेश अधिवेशन गर्न पार्टीले निर्देशन दिएको थियो । त्यसैगरी आगामी फागुन मसान्तभित्र सबै जनवर्गीय, पे...
गण्डकीका मुख्यमन्त्री अधिकारीद्वारा मन्त्री तथा सचिवहरुलाई निर्देशनः अनावश्यक खर्च घटाउनुस्
प्रदेश ४, राजनीति, समाचार

गण्डकीका मुख्यमन्त्री अधिकारीद्वारा मन्त्री तथा सचिवहरुलाई निर्देशनः अनावश्यक खर्च घटाउनुस्

नेपालअखबार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुमाझ प्रस्तुत भएको मन्त्रालयगत ब्रिफिङमा मुख्यमन्त्री खगराज अधिकारीले सुझाव तथा निर्देशन दिएका छन् । आज बसेको गण्डकी प्रदेशको मन्त्रीमण्डलको बैठकमा मुख्यमन्त्री अधिकारीले विविध निर्देशन दिएका हुन् । मुख्यमन्त्री अधिकारीले प्रदेशमा सुशासन कायम गर्न भाषण र नारामा सिमित नराखि काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । पूँजिगत खर्च बढाउन, चालु खर्च घटाउन, अनावश्यक चालु खर्च घटाई पूँजीगत बजेट र खर्चको बढोत्तरीमा लाग्न समेत मुख्यमन्त्रीले निर्देशन गरेका छन् । त्यसैगरि आर्थिक ऐन, नियम तथा कार्यविधिहरुको पूर्ण पालना गरी पुराना बेरुजुहरु फछ्यौट गर्न एवम् नयाँ बेरुजु हुन नदिने तर्फ विशेष पहल गर्न पनि अधिकारीले मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् र साथै प्रदेश गौरवका आयोजना सम्पन्न गराउन तदारुकताका साथ काम गर्न सबै जिम्...