Sunday, July 19

राजनीति

संघीयता र गणतन्त्रलाई लिएर सत्ता गठबन्धनमा खटपट
राजनीति, समाचार

संघीयता र गणतन्त्रलाई लिएर सत्ता गठबन्धनमा खटपट

नेपालअखबार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा वर्तमान व्यवस्थाका पक्षधर र विरोधी पार्टीहरू सहभागी छन् । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र गणतन्त्र र संघीयताको हिमायती शक्ति हो । जनयुद्ध र २०६२-०६३ सालको जनआन्दोलनले ल्याएको परिवर्तनको एजेण्डाहरू गणतन्त्र, संघीयता, धर्म निरपेक्षता लाई वकालत गर्ने शक्ति माओवादी केन्द्र हो । सत्ता साझेदार दलहरूमध्ये सबैभन्दा ठूलो पार्टी नेकपा एमाले पनि वर्तमान व्यवस्थाको पक्षधर शक्ति हो । यद्यपि, बेलाबखत एमालेका शीर्ष नेताहरूको अभिव्यक्ति वर्तमान व्यवस्था प्रतिकूलका हुन्छन् । केही समयअघि मात्र गठन भएर मंसिर ४ गते सम्पन्न निर्वाचनमा अप्रत्यासित नतिजा ल्याउन सफल र वर्तमान सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संघीयताविरोधी दलको रूपमा चिनिएको छ । स...
नेकपा एसको निर्देशन- जेठभित्र जिल्ला र कात्तिकभित्र सबै प्रदेशमा अधिवेशन गरिसक्नू
राजनीति, समाचार

नेकपा एसको निर्देशन- जेठभित्र जिल्ला र कात्तिकभित्र सबै प्रदेशमा अधिवेशन गरिसक्नू

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय कमिटी बैठक बोलाएको छ। माघ २१–२२ मा बस्नेगरी केन्द्रीय कमिटीको बैठक बोलाएको महासचिव डा. बेदुराम भुसालले बताए। बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा छलफल हुने उनले बताए। पार्टी निर्णयलाई अनुमोदन गर्ने र विकसित परिस्थितिमा पार्टी, संगठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई तीव्रता प्रदान गर्ने उद्देश्यसहित केही महत्वपूर्ण निर्णय गर्ने बताए। बैठकमा राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल र समसामयिक प्रस्ताव पेश हुने उनको भनाइ छ। यस्तै, महासचिव भुसालले अन्तर संगठन निर्देशन(असनि)  जारी गर्दै पार्टी तथा संगठनका कमिटीहरु अद्यावधिक गर्ने, सदस्यता नवीकरण तथा वितरण गर्ने र पार्टी कमिटी गठन हुन बाँकी रहेका पालिका तथा विशेष इलाकाहरुमा २०७९ चैत मसान्तभित्र कमिटी ...
माओवादीको स्थायी समिति बैठक बस्दै
राजनीति, समाचार

माओवादीको स्थायी समिति बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । सत्तारूढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।  बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्दैछ ।  बैठकमा पार्टी संगठन विकास र विस्तार लगायतका समसामयिक विषयमा पनि छलफल हुने छ । आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुने छ। बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ ।...
मन्त्री किराँती र राईसँग ‘गेसो’का प्रतिनिधिद्वारा भेटवार्ता
राजनीति, समाचार

मन्त्री किराँती र राईसँग ‘गेसो’का प्रतिनिधिद्वारा भेटवार्ता

नेपालअखबार, काठमाडाैं । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राई नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईसँग भेटवार्ता गरेको छ। सभापति कृष्णकुमार राई नेतृत्वको गेसो प्रतिनिधिमण्डल आइतबार मन्त्री किराँती र मंगलबार मन्त्री राईलाई भेट्न उनीहरुकै कार्यकक्षमा पुगेको थियो। भेटमा गेसोको टोलीले मन्त्रीहरूलाई बेलायत तथा नेपालबीच जारी सरकारस्तरीय वार्ता सफल निष्कर्षमा पुर्‍याउन माग गरेको छ। गेसो सभापति राईले मंगलबार एक वक्तव्य जारी गर्दै गोर्खा वार्ता सफल पार्न आवश्यक भूमिका खेलिदिन दुवै मन्त्रीलाई आग्रह गरेका थिए। बेलायतले गोर्खा सैनिकहरुमाथि सदियौँदेखि गर्दै आएको विभेद अन्त्यका लागि गोर्खाहरु समेतको सहभागितामा बेलायत र नेपाल सरकारबीच भइरहेको वार्ता सार्थक पार्न आवश्यक प्र...
गृहमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहेर्दैमा
प्रशासन, राजनीति, समाचार

गृहमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहेर्दैमा

नेपालअखबार, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ हेर्दाहेर्दैमा बसेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा बुधबार रिट निवेदकहरुले बहस सकेका छन् । लामिछानेले अमेरिकी ग्रिनकार्ड त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले पदमुक्त हुने उनीहरुको जिकिर छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतको तर्फबाट बहस नोट पेश गर्दै सहन्यायाधिवक्ता संजीवराज रेग्मीले भने यो सारवहन व्यवस्था नभई नितान्त कार्यविधिगत व्यवस्था मात्र भएको जिकिर गरेका छन् । ‘कुनै पनि व्यक्ति सामान्य कार्यविधिको पालना नगरेकै आधारमा गैरनागरिक हुने अवस्था हुँदैन’ उनले भनेका छन्, ‘नेपालको नागरिकतासम्बन्ध...
गण्डकीका कानूनमन्त्री गाहामगरले गरे पदभार ग्रहण
राजनीति, समाचार

गण्डकीका कानूनमन्त्री गाहामगरले गरे पदभार ग्रहण

नेपालअखबार, कास्की । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले पदभार ग्रहण गर्नुभएको छ । गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा हिजो नियुक्त हुनुभएका गाहामगरले आज (बुधाबार) पदभार ग्रहण गर्नुभएको हो । मन्त्रीगाहामगरले पदभार ग्रहण गर्दै मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने शान्ति सुरक्षा, प्रहरी प्रशासन, विपद् व्यवस्थापन, कारागार व्यवस्थापन, प्रदेश अनुसन्धान ब्यूरो लगायतका कार्य जिम्मेवारसँग सम्बन्धित विषयमा आवश्यक कानून, कार्यविधि, निर्देशिका आदिको पहिचान गरि मस्यौदा तर्जुमा प्रक्रियालाई अगाडी बढाउने निर्णय गर्नुभयो । मन्त्री गाहामगरले पदभार ग्रहणसँगै मन्त्रायल परिसरमा वृक्षारोपण र गण्डकी प्रदेशका सुरक्षा निकायका प्रमुखहरुसँग भेटघाटसमेत गर्नुभएको थियो । पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका खगराज अधिकारीले हिजो (मंगलबार) मन्त्रालयलाई पूर्...
संघियतार रणनितीक योजनाको कार्यन्वयनमालाग्नमन्त्रीचुमानको र्निर्देशन
राजनीति, समाचार

संघियतार रणनितीक योजनाको कार्यन्वयनमालाग्नमन्त्रीचुमानको र्निर्देशन

नेपालअखबार, पोखरा ।  गण्डकी प्रदेशकाभौतिकपुर्बाधार बिकास तथायातायातब्यबस्थामन्त्री हरि बहादुर चुमानले पदभार ग्रहण गनुभएको छ । सो क्रममाउहाँले कर्मचारीहरुलाई जनताको बलिदानबाट प्राप्त संघियताको बिकासमालाग्न सबैखालकाप्रयासमा साथदिनआग्रह गर्नुभएको छ । अहिलेको कार्यभार भनेको संघियताको पुर्ण कार्यन्वयन गरी जनतामा सकारात्मकभावपैदा गर्ने गरी काम गर्न उहाँले कर्मचारीलाई र्निदेशनदिनुभएको छ । योजनाको बर्गिकरण गरी संघ प्रदेश र स्थानियतहको कार्यबिभाजनबिना परिणाम नआउने भएकाले योजनाबर्गिकरण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको उहाँले सो अबसरमाउल्लेख गर्नुभयो । टुक्रे र परिणाम बिहिन योजनाले गण्डकी प्रदेशको बिकास संभवनहुने भएकाले दिर्घकालिन रुपमा रणनितिक योजनामाप्रदेशले कामथाल्ने उहाँको भनाई थियो । अहिलेको आधुनिकयुगमा सेबाग्राहीलाई सोफामा राखेर सेवादिन पर्ने बेलाआएको चुमानले बताउनु भयो । लामो लाईन बसेर सर...
मातहतका कार्यालयद्वारा प्रधानमन्त्रीसमक्ष ब्रिफिङ
राजनीति, समाचार

मातहतका कार्यालयद्वारा प्रधानमन्त्रीसमक्ष ब्रिफिङ

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका आयोग, विभाग र कार्यालयको ब्रिफिङ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्री दाहालले आफू मातहतका कार्यालयको ब्रिफिङ लिएका हुन्। राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी, राष्ट्रिय सतर्कता केन्द्रका सचिव रवीन्द्रनाथ श्रेष्ठ, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, राजस्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाल, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारीले सो अवसरमा आफ्नो प्रस्तुति दिएका थिए। ब्रिफिङमा कार्यालय प्रमुखले आफ्नो मातहतका कार्यालयको नीतिगत कार्यादेश, प्रगति अवस्था, गरिएका ...
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिने
राजनीति, विचार, समाचार

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिने

नेपालअखबार, दाङ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएको छ । नागरिक उन्मुक्तिको समर्थनमा एमालेका राजेन्द्र रावल २७ पुसमा मुख्यमन्त्री बनेका थिए । उनले एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ । तर नागरिक उन्मुक्तिले समर्थन गर्ने सुनिश्चित नभएका कारण अहिलेसम्म विश्वासको मत लिएका छैनन् । उनले शीर्ष तहबाटै सहमति खोजेका छन् । तर नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले भने सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने बताएकी छन् । बुधबार दाङमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भनिन्, ‘सत्ता गठबन्धनमा रहेर हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेका छौं । सुदूरपश्चिममा पनि सरकार बनाएका छौं । तर माग पूरा नभएपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं ।’ यद्यपि छलफलका क्रममा आफूहरुको माग र मुद्दाप्रति प्रधानमन्त्...
खानेपानी मन्त्री अब्दुल खानले पदभार ग्रहण
राजनीति, समाचार, हाइलाइट-समाचार

खानेपानी मन्त्री अब्दुल खानले पदभार ग्रहण

नेपालअखबार, काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले आज पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले केही नयाँ काम गर्नका लागि आफूले नचाहँदा नचाहँदै खानेपानी मन्त्रालय सम्हाल्न आइपुगेको बताए । सरकार र पार्टीबीचको तारतम्य नमिलेर मन्त्रालय सम्हाल्न ढिलो भएको बताउँदै उनले प्रधानमन्त्री प्रचण्ड, खानेपानी मन्त्रालयका सचिव र एक सांसदको आग्रहमा आफू मन्त्रालय सम्हाल्न बाध्य भएको प्रष्ट पारेका छन् । मन्त्रालयको विषयमा पटक पटक प्रधानमन्त्री प्रचण्डसँग छलफल भएको र उनको आग्रहमा आफुले मन्त्रालय सम्हालेको बताए । मन्त्री खांनले   भने, ‘प्रधानमन्त्री प्रचण्डले काम गर्दिनुस्, राम्रो काम गर्नुभयो भने सरकार बलियो हुन्छ, सरकार काम गर्न सक्षम छ, जनतामा पुगेपछि अन्य कामहरु अगाडि बढाउन पनि सजिलो हुन्छ भनेका कारण मन्त्रालय सम्हाल्न राजी भएँ  बताएका छन्।’ खानेपानी मन्त्रालयका सचिवले पनि मन्त्रालयमा...