Saturday, July 18

राजनीति

अध्यक्ष :पदका लागि नभइ देशलाई संकट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक
राजनीति, समाचार

अध्यक्ष :पदका लागि नभइ देशलाई संकट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक

नेपालअखबार, काठमाडाैं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले पदका लागि नभइ देशलाई संकट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्। बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पदका लागि नभइ देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए। उनले राष्ट्रिय सहमति के का लागि हो भन्दै सदनमा प्रश्नसमेत गरे। उनले मधेसवादी दलहरुदलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो भन्दै प्रश्न गरे। उनले अनुहार, जाति र समुदाय भन्दा माथि उठेर राष्ट्रिय सहमति खोज्न आग्रह गरे। ‘सभामुखको निर्वाचनको रुपमा विभिन्न दलबाट उम्मेदवार आउनुभएको छ । राष्ट्रिय सहमतिको लागि कुरा ल्याए । यो केका लागि पदको लागि मात्रै हो की , देश संकटको लागि पनि राष्ट्रिय सहमतिको कुरा गर्न मिल्दैन । पदको लागि मात्रै किन कुरा ? दल भन्दा माथिको कुरा गरिन्छ’, उनले भने, ‘कस्तो खालको राष्...
एकीकृत समाजवादीले सभामुखमा न्यौपानेको पक्षमा माग्यो मत
राजनीति, समाचार

एकीकृत समाजवादीले सभामुखमा न्यौपानेको पक्षमा माग्यो मत

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले विपक्षी गठबन्धनबाट सभामुखको उम्मेदवार बनेकी ईश्वरीदेवी न्यौपानेको पक्षमा मतदान गर्न आग्रह गरेको छ ।  सरकारले सहमति गर्न नचाहेकाले आफुहरुले विपक्षी गठबन्धनबाट सभामुखमा उम्मेदवारी दिएकी न्यौपानेलाई मत दिनुपर्ने अवस्थामा आएको सो पार्टीले जनाएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सो पार्टीका नेता राजेन्द्र पाण्डेले न्यौपानेको पक्षमा मतदान गर्ने बताएका हुन् ।  ‘म आज यो आधा आकाशको प्रतिनिधित्व गर्ने ईश्वरीदेवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् र सबै माननीय सदस्यको पनि मत रहोस भन्न चाहान्छु’, पाण्डेले न्यौपानेको पक्षमा मत माग्दै भने ।...
नेम्वाङले भने – संसदलाई निष्पक्ष रूपमा सञ्चालन गर्नसक्ने खुबी घिमिरेमा छ
राजनीति, समाचार

नेम्वाङले भने – संसदलाई निष्पक्ष रूपमा सञ्चालन गर्नसक्ने खुबी घिमिरेमा छ

नेपालअखबार, काठमाडाैं । नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले अहिलेको संसदलाई निष्पक्ष रूपमा सञ्चालन गर्नसक्ने खुबी सांसद देवराज घिमिरेमा रहेको भन्दै सभामुखमा विजयी गराउन आग्रह गरेका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिलेको संसदलाई निष्पक्ष रूपमा सञ्चालन गर्नसक्ने काम सभामुख उम्मेदवार घिमिरेले मात्रै सक्ने बताए। उनले सरकारलाई जनताप्रति व्यक्तिगत र सामुहिक रूपमा उत्तरदायी बनाउनुपर्ने जिम्मेवारी पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए। उनले सिंगो प्रतिनिधि सभालाई एकतावद्ध बनाएर, सांसदहरुको विश्वास जितेर सबैलाई एकजुट बनाएर अघि बढ्नको लागि निष्पक्ष सदनको भूमिकामा घिमिरे उपयुक्त पात्र रहेको बताए। उनले घिमिरेले नेपाली राजनीतिमा पुर्‍याएको योगदानको कदर गर्दै आफूले सभामुखमा प्रस्ताव गरेको बताए। ‘सरकारलाई जनताप्रति व्यक्तिगत र सामुहिक रुपमा उत्तरदायी बनाउनुपर्ने जिम्म...
सरकारलाई समर्थन गरेर कांग्रेसले कुनै पनि ढोक्सा थापेका छैनौं: महामन्त्री शर्मा
राजनीति, समाचार

सरकारलाई समर्थन गरेर कांग्रेसले कुनै पनि ढोक्सा थापेका छैनौं: महामन्त्री शर्मा

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले राष्ट्रपतिको निर्वाचनको प्रसंगमा एमाले झस्किनुपर्ने आवश्यकता नरहेको बताएका छन्। बिहीबार संसदमा बोल्दै उनले कांग्रेसले कुनै पनि ढोक्सा नथापेको बताएका हुन्। ‘सरकारलाई समर्थन गरेर कांग्रेसले कुनै पनि ढोक्सा थापेको छैन। राष्ट्रपतिको निर्वाचनको प्रसंगमा कोही पनि झस्किनुपर्ने आवश्यकता छैन,’ शर्माले भने। राष्ट्रपतिको निर्वाचनमा २०७४ सालबाट शिक्षा लिनुपर्ने उनले बताए। आवश्यक सहयोग नगर्ने सभामुख र अनावश्यक सहयोग गर्ने राष्ट्रपति हुन नहुने शर्माले बताए। ‘२०७४ सालमा कम्युनिस्ट पार्टीमा सभामुख र राष्ट्रपति हुँदा तत्कालीन प्रधानमन्त्रीले सभामुखले आवश्यक सहयोग नगरेको बताउनुभयो। राष्ट्रपतिले अनावश्यक सहयोग गरेको चर्चा भयो। संविधानले अनावश्यक सहयोग गर्ने राष्ट्रपति र आवश्यक सहयोग नगर्ने सभामुखको परिकल्पना ...
नेपाली विशेषताको समाजवादको वारे विचार-विमर्श
राजनीति, विचार, समाचार

नेपाली विशेषताको समाजवादको वारे विचार-विमर्श

नेपाली विशेषताको समाजवादको वारे विचार-विमर्श  : खनाल पार्टीका केन्द्रीय विभागका कमरेडहरू तथा हाम्रा वर्गीय संगठनका अध्यक्ष र महासचिव कमरेडहरू ! कमरेडहरू म सर्वप्रथम तपाईँहरूलाई हाम्रो पार्टीको केन्द्रीय कमिटीले बनाएको दस्तावेज मस्यौदा समितिको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु । - आज हामीले तपाईँहरूलाई विशेष उद्देश्यका साथ बोलाएका छौ । तपाईँहरूलाई थाहै छ हाम्रो पार्टी स्थापना भएको अहिले १ वर्ष र ५ महिना हुँदैछ । - हामीले सुरु मै आवश्यक दस्तावेजहरू बनाएर कम्तीमा पनि ती दस्तावेजहरूलाई राष्ट्रिय सम्मेलनबाट पारित गरेर अघि बढ्न पाएको भए पार्टी अहिले व्यवस्थित र विस्तृत हुने कुरालाई कसैले रोक्न सक्ने थिएन । तर हामी त्यता लाग्न सकेनौ । हाम्रा सामु एकपछि अर्को दायित्व र चुनौतीहरू थपिँदै गए। कहिले वार्ता र सहमतिको सबाल आयो, कहिले एम.सि.सि. को चुनौती आयो, कहिले स्थानीय निर्वाचनको चुनौती आयो...
एकीकृत समाजवादीले सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपानेलाई मत दिने  निर्णय
राजनीति, समाचार

एकीकृत समाजवादीले सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपानेलाई मत दिने निर्णय

नेपालअखबार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सभामुखमा कांग्रेस उम्मेदवारलाई मत दिने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा बिहीबार बिहान बसेको सचिवालयको ४८ औं बैठकले प्रतिनिधिसभा को सभामुख पदमा कांग्रेसका उम्मेदवारको पक्षमा मत दिने निर्णय गरेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयो । हिजो कांग्रेसबाट सभामुख पदमा उम्मेद्वारी दिएकी इश्वरी न्यौपानेको समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहनु भएको थियो  ।...
प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटारमा रामचन्द्र पौडेल
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटारमा रामचन्द्र पौडेल

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। बिहीबार बिहान पौडेल प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार गएका हुन्। पौडेलको सचिवालय स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको छ। प्रतिनिधि सभामा सभामुख चयनका लागि बैठक बस्नुभन्दा अघि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता पौडेलबीच भेटवार्ता भएको हो। आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। सभामुख पदका लागि सत्ता साझेदार दलबाट नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसलगायत दलबाट सांसद ईश्वरीदेवी न्यौपाने उम्मेदवार छन्। गत पुस २६ गते कांग्रेसले प्रधानमन्त्री  प्रचण्डलाई विश्वासको मत दिएको थियो। प्रधानमन्त्रीलाई विश्वासको मत द...
आज सभामुखको निर्वाचन हुँदै
राजनीति, समाचार

आज सभामुखको निर्वाचन हुँदै

नेपालअखबार, काठमाडौं । आज सभामुखको निर्वाचन हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । सभामुखमा दुई दकशपछि यसरी बहुमतीय प्रक्रियाअन्तर्गत निर्वाचन हुन लागेको हो । यसअघि २०५१ मा बाहेक त्यसपछि सर्वसम्त सभामुख चयन भएको नजिर छ । यसपटक एमाले सत्ता गठबन्धनका तर्फबाट एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । घिमिरे झापा-२ बाट निर्वाचित प्रतिनिधि सभा सदसस्य हुन् । एमालेको स्थायी समिति सदस्यसमेत रहेका घिमिरे यसअघि एकपटक राष्ट्रिय सभा सदस्य पनि निर्वाचित भएका थिए । सत्ता गठबन्धन बाहिर रहेको कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेवदार बनाएको छ । दाङकी न्यौपाने भने समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् । सभामुख निर्वाचित हुनका लागि बहुमत ल्याउनुपर्...
सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै
राजनीति, समाचार

सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । सङ्घीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको आजको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन् । त्यस्तै सभामुख पदको निर्वाचनका लागि नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभाका सदस्य देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उक्त प्रस्तावलाई प्रतिनिधि सभा सदस्यहरू हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछानेले समर्थन गर्ने कार्यसूची छ । त्यस्तै सभामुख पदको लागि नेपाली कांग्रेसको तर्फबाट विश्वप्रकाश शर्माले प्रतिनिधि सभा सदस्य ईश्वरीदेवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उक्त प्रस्तावलाई प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले समर्थन गर्ने कार्यसूची रहेको छ । ...
मधेसी र थारुलाई पाखा लगाइयो, मधेशले प्रतिकार गर्नेछ : सिके राउत
राजनीति, समाचार

मधेसी र थारुलाई पाखा लगाइयो, मधेशले प्रतिकार गर्नेछ : सिके राउत

नेपालअखबार, काठमाडाैं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मन्त्रपरिषद् विस्तारमा चरम असन्तुष्टि प्रकट गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दा मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरिएको राउतको आक्रोश छ । बुधबार राति ट्वीटर ह्यान्डलमा उनले जनमत पार्टीलाई मात्र नभइ जसपा, लोसपा र नाउपा सबैलाई पाखा लगाएको उल्लेख गरेका छन् । कुरा केवल जनमत पार्टीको होइन, जसपारलोसपारजनमतरनाउपा सबैलाई पाखा लगाउँदै ३शासकवर्गले बूलडोज गरेको हो, उनको आक्रोश छ । सत्ता साझेदारहरुलाई चरम नश्लवादीको संज्ञा दिँदै मधेशले यसको प्रतिकार गर्ने राउतले बताए । 'चरम नश्लवादीहरूको झुण्ड  पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, यो देश तिम्रो होइन भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन्।  मधेशले यसको प्रतिकार गर्नेछ,' उनको ट्वीटर ह्यान्डलमा  उल्लेख  छ । सु...