Saturday, July 18

राजनीति

प्रधानमन्त्री प्रचण्डले गरे मृत्युपश्चात् शरीरका सबै अंग दान दिने
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्डले गरे मृत्युपश्चात् शरीरका सबै अंग दान दिने

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सबै अंग दानको घोषणा गरेका छन् । शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्रीले भने, ‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु ।’ अंगदानको घोषणाले सिंगो देश र जनसमुदायमा सकरात्मक प्रेरणा मिल्ने उनको विश्वास छ । भने, ‘मृत्युपश्चात् आफ्नो सम्पूर्ण शरीर अंग प्रत्यारोपणका लागि दान गर्ने घोषणा गर्दछु। यसले अंग प्रत्यारोपणका क्षेत्रमा सिंगो देश र जनसमुदायलाई सकारात्मक प्रेरणा मिल्ने विश्वास लिएको छु।’ नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनरासी खर्च गरेर मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेकोमा केन्द्रले त्यो अवस्थालाई ध...
आज उपसभामुखका लागि उम्मेदवारी दर्ता, भोलि निर्वाचन
राजनीति, समाचार

आज उपसभामुखका लागि उम्मेदवारी दर्ता, भोलि निर्वाचन

नेपालअखबार, काठमाडाैं । उपसभामुख पदका लागि आज मनोनयन दर्ताको समय दिइएको छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रकाशित गरेको कार्यतालिकाअनुसार शुक्रबार उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ। शुक्रबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारहरूले उम्मेदवारी गर्ता गरिसक्नुपर्नेछ। शुक्रबार नै उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारी छ। उपसभामुख चयन भने प्रतिनिधि सभाको शनिबार बस्ने बैठकबाट हुनेछ। शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। उपसभामुखका लागि सत्ता गठबन्धनबाट र नेपाली कांग्रेसलगायत दलहरूबाट उम्मेदवार हुने देखिएको छ। सत्ता गठबन्धनमा भागबन्डा भएअनुसार उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ। उक्त पार्टीले उपसभामुख उम्मेदवार चयन गर्न संसदीय दलको बैठकसमेत बोलाएको छ। रवि लामिछाने नेतृत्वको उक्त पार्टीबाट उपसभामुखमा २ जना दाबेदार छन्। सांसदद्वय सोबिता गौत...
प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता मिटरब्याजको समस्या समाधान गर्ने
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता मिटरब्याजको समस्या समाधान गर्ने

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले समस्या समाधान गर्ने बताएका हुन् । ‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छ । मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ । यसलाई मैले राम्रोसँग बुझेको छु,’ प्रधानमन्त्रीले भने, ‘यसपटक तपाईंहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु ।’ प्रधानमन्त्रीसँग भेटमा किसानका प्रतिनिधिहरूले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेका थिए ।...
आज सभामुखमा घिमिरेको शपथग्रहण
राजनीति, समाचार

आज सभामुखमा घिमिरेको शपथग्रहण

नेपालअखबार, काठमाडौँ । सभामुखमा देवराज घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । बिहान ११ बजे राष्ट्रपति कार्यालयमा उनले शपथ लिने कार्यक्रम तय भएको छ । शपथग्रहण लगत्तै उनले लैनचौर स्थित सहिदको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । उनले आजै मध्यान्ह १२ः३० मा पद बहाली गर्नेछन् । बिहीबार मात्र उनी सभामुखमा निर्वाचित भएका थिए । सत्ता गठबन्धनका दलहरूको साथमा घिमिरे सभामुखमा निर्वाचित भएका हुन् ।...
गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु दलहरुले आफैँमाथि विश्वास नगर्नु हो : सांसद नेम्वाङ
राजनीति, विचार, समाचार

गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु दलहरुले आफैँमाथि विश्वास नगर्नु हो : सांसद नेम्वाङ

नेपालअखबार, काठमाडौं । नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको राजनीतिक दलहरुले आफैँमाथि विश्वास नगर्नु रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपतिका लागि राजनीतिक दलहरुले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्ने बताए । नेकपा एमालेबाट राष्ट्रपति बन्ने भएसँगै नेम्वाङको नाम चर्चामा रहेको छ । उनले संविधानले कल्पना गरेको सक्षम व्यक्तिले संविधानअनुसार काम गर्नसक्ने बताए । उनले राष्ट्रपति बन्नका लागि अब कुनै कुलमा जन्मिनु आवश्यक नरहेको पनि बताए । उनले प्रतिनिधि सभामा आज निर्वाचित सभामुख देवराज घिमिरेले सबैको विश्वास जितेर काम गर्ने बताए । सांसद नेम्वाङले सभामुखले सबैसँग सहकार्य गरेर सबैको विश्वास लिएर अघि बढ्नुपर्ने बताए ।...
राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन संशोधन गर्नुपर्छ: प्रमुख सचेतक लेखक
राजनीति, विचार, समाचार

राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन संशोधन गर्नुपर्छ: प्रमुख सचेतक लेखक

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, कानुनको संशोधन गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले संविधानको व्यवस्था र राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुन, ऐनको व्यवस्थाका बीचमा केही विरोधाभाषहरू रहेकाले त्यसलाई समाधान गरेर अघि बढ्न सबै सहमत हुनुपर्ने बताए। उनले संविधानले राष्ट्रपतिको निर्वाचन भएकै दिनदेखि कार्यकाल प्रारम्भ हुने भनेको तर ऐनले कार्यकाल समाप्त हुनुभन्दा १ महिना पहिला निर्वाचन गर्नुपर्छ भनेकाले ऐनलाई संशोधन नगरीकन जाँदा प्रत्येक कार्यकालमा १/१ महिना घटेर जाने बताए। उनले संविधान र ऐनको भावनमा एकरूपता ल्याउन आफूहरू लाग्ने पनि बताए। उनले भने, ‘राष्ट्रपतिको निर्वाचनका लागि हाम्रो संविधानको व्यवस्था र राष्ट्रप...
राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोसिस जारी राख्छौं : प्रधानमन्त्री दाहाल
राजनीति, समाचार

राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोसिस जारी राख्छौं : प्रधानमन्त्री दाहाल

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोसिस जारी राख्ने जनाएका छन् । सभामुखको चुनावपछि संसद्‌बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले दाहालले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारीको कोसिस जारी राख्ने जनाए । सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिबारे समझदारी बनाउन कोसिस गरिरहेको उनको भनाइ छ । उपसभामुखको निर्वाचनमा पनि आजकै प्रक्रियाअनुसार सत्ता गठबन्धन अघि बढ्ने प्रतिक्रिया दिए । ‘आज सभामुखको निर्वाचन भयो । सबै कुरा थाहा पाउनुभयो । हामी सत्ता साझेदार दलहरु सबै एक ठाउँमा उभियौं । प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो । प्रतिस्पर्धा भयो । बहुमतले सभामुख निर्वाचित भएको घोषणा भयो । भोलि उपसभामुखको निर्वाचन हुन्छ,’ उनले भने, ‘आजकै प्रक्रियामा हुन्छ । राष्ट्रपतिको कुरा बाँकी रहेको छ । हामी सत्ता साझेदार र मैले पनि ...
प्रतिनिधिसभाको नवौं सभामुखका रुपमा घिमिरे निर्वाचित
राजनीति, समाचार

प्रतिनिधिसभाको नवौं सभामुखका रुपमा घिमिरे निर्वाचित

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मत विभाजनमार्फत भएको मतदान प्रक्रियामा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत पुगेकाले सभामुख पदमा निर्वाचित भएको संसदका जेयष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गरे । सत्ता गठबन्धनका तर्फबाट सभामुख पदमा उम्मेदवार बनेका घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत परेको छ । त्यसैगरी हुन्न भन्ने पक्षमा सय मत परेको छ भने मत दिन्न पक्षमा १ मत परेको छ । २६८ जना सांसद मतदानमा सहभागी भएका थिए । घिमिरेलाई एमाले, माओवादी केन्द्र रास्वपा, राप्रपा, जसपा,नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदले मतदान गरेका थिए । घिमिरे नेपालको संसदीय इतिहासमा नवौं सभामुखका रुपमा निर्वाचित भएका हुन् । यसअघि कृष्णप्रसाद भट्टराई, रामचन्द्र पौडेल, दमननाथ ढुंग...
प्रतिनिधि सभा सभामुख पदका लागि मतदान प्रक्रिया शुरू
राजनीति, समाचार

प्रतिनिधि सभा सभामुख पदका लागि मतदान प्रक्रिया शुरू

नेपालअखबार, काठमाडाैं । प्रतिनिधि सभा सभामुख पदका लागि मतदान प्रक्रिया शुरू भएको छ। सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया शुरु भएको हो। सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे र नेपाली काँग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिस्पर्धामा छन्। घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हीतराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्। यस्तै न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला छन्। २ सय ७५ सदस्य रहेको प्रतिनिधि सभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ।...
संसदलाई सरकारले नियन्त्रण गर्नुहुँदैन– भण्डारी
राजनीति, समाचार

संसदलाई सरकारले नियन्त्रण गर्नुहुँदैन– भण्डारी

नेपालअखबार, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य शरदसिंह भण्डारीले विभिन्न घटनाको छानविनका लागि समिति बनेपनि त्यसको कार्यान्वयन नभएको गुनासो गरेका छन् । विभिन्न घटनाहरुका बारेमा छानविन गर्न गठन भएको समितिले तयार पारेका प्रतिवेदन कार्यान्वयन गराउन लागि उनले माग पनि गरे । बिहीबार प्रतिनिधिसभामा बोल्दै उनले सबैको अपनत्व हुने गरी संविधान बनाउन सबैले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको र सोही अनुसारको काम गर्न पनि आग्रह गरे । विगतको संसद अनाकर्षण तरिकाले बितेको बताउँदै नेता भण्डारीले सरकारको छायाँको रुपमा संसद हुन नहुने बताए ।  भण्डारीले यदि त्यस्तो भएमा अपेक्षा अनुसारको काम गर्न नसकिने बताए । यो सदनबाट निकै आशा र भरोसा गरेको बताउँदै उनले जनताको अपेक्षा यो सदनले पुरा गर्नुपर्ने धारणा राखे । संसदमा बसेर प्रधानमन्त्री र मन्त्रीहरुले आदेश र उपदेश ...