Wednesday, July 15

राजनीति

नयाँ प्रधानमन्त्रीलाई शपथ खुवाउन शीतल निवास तयार
राजनीति, समाचार

नयाँ प्रधानमन्त्रीलाई शपथ खुवाउन शीतल निवास तयार

नेपालअखबार, काठमाडाैं। नयाँ प्रधानमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउन राष्ट्रपति कार्यालय तयारी अवस्थामा रहेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको एक साताको समय आइतबार बेलुका ५ बजे सकिँदै छ । दलहरू घनीभूत छलफल छन् । तर, हालसम्म कुनै पनि दलले बहुमत जुटाउन सकेका छैनन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदमा बहुमतसहित दाबी गर्न राष्ट्रपति भण्डारीले दिएको समय सकिन सवा ३ घण्टा बाँकी छ । तर, दलीय सहमति जुटिसकेको छैन । यही बेला राष्ट्रपति कार्यालय भने नयाँ प्रधानमन्त्रीलाई शपथ ग्रहण गराउन तयारी अवस्थामा छ । ‘नयाँ प्रधानमन्त्रीलाई शपथ गराउन राष्ट्रपति कार्यालय तयारी अवस्थामा छ,’ राष्ट्रपतिको प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।...
प्रचण्ड आफू निकट नेताहरूसँग सल्लाह गर्दै
राजनीति, समाचार

प्रचण्ड आफू निकट नेताहरूसँग सल्लाह गर्दै

नेपालअखबार, काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू निकट नेताहरूसँग परामर्श गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट गठबन्धनको औचित्य सकिएको भन्दै निस्किएका प्रचण्ड आफू निकट नेताहरूसँग परामर्श गर्ने भएका छन् ‘अब बालुवाटार संवाद लगभग सकियो । एकढंगले गठबन्धन टुट्यो’ प्रचण्डको सचिवालय स्रोतले भन्यो,‘अहिले खाना खाना निवासमा आएका छौं । पार्टीका नेताहरुसंग अध्यक्षले परामर्श गर्नुहुन्छ । त्यसपछि कसरी अघि बढ्ने निर्णय हुन्छ ।’ तर,  देउवा लचक भएमा पुनः छलफल हुने नभए गठबन्धनको औचित्य सकिने खुमलटार स्रोतले जनाएको छ । अब गठबन्धनको औचित्य सकिएपछि प्रचण्ड  एमालेसँग संवाद गर्ने वा प्रतिपक्षमा बस्छन् त्यो उनको निर्णयमा भर पर्ने बताएको छ ।...
पौडेलले भने : हाम्रो हातबाट सबैथोक जान्छ कि भन्ने डर छ
राजनीति, विचार, समाचार

पौडेलले भने : हाम्रो हातबाट सबैथोक जान्छ कि भन्ने डर छ

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिस्थिति नियन्त्रणबाहिर जान्छ कि भन्ने डर लागेको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारको बैठक छाडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भन्दै हिँडेपछि पौडेलले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘हाम्रो हातबाट सबैथोक जान्छ कि भन्ने डर छ, के हुन्छ यो देशको अवस्था मलाई चिन्ता छ ।’ कांग्रेस नेता विमलेन्द्र निधिले राष्ट्रपति र प्रधानमन्त्री पद कांग्रेसले लिने देउवाको सन्देश आइतबार विहान प्रचण्डलाई सुनाएका थिए । उनले दोस्रो पालोमा प्रधानमन्त्री पद लिन प्रचण्डलाई आग्रह गरेका थिए ।आइतबार नै बालुवाटारमा बोलाइएको सत्तारुढ गठबन्धनको बैठक पनि रोकिएको छ भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष ओलीसँग संवाद गर्न बालकोटतर्फ गएका छन् ।...
गठबन्धन जोगाउन आवश्यक छ, सबै कुरा अन्तिम घडीमा हुन्छ : कार्की
राजनीति, समाचार

गठबन्धन जोगाउन आवश्यक छ, सबै कुरा अन्तिम घडीमा हुन्छ : कार्की

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन जोगाउनु अहिलेको आवश्यकता भएको बताएका छन् । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्कीले भने, ‘गठबन्धन जोगाउनु अहिलेको आवश्यकता हो । प्रधानमन्त्रीले प्रधानमन्त्रीले निरन्तर छलफल गरेर एउटा निष्कर्षमा पुर्‍याउनुहुन्छ ।’ प्रचण्डलाई प्रधानमन्त्री छाड्न तयार हो भन्ने प्रश्नमा उनले ठोस जवाफ दिएनन् । उनले अघि भने, ‘सबै कुरा अन्तिम घडीमा हुन्छ ।’...
प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिए प्रचण्ड
राजनीति, समाचार

प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिए प्रचण्ड

नेपालअखबार, काठमाडाै. । सरकार निर्माणबारे निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठक स्थलबाट बाहिरिएका छन् । पहिलो पालीमा आफ्नो पार्टीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्दै प्रचण्ड छलफलका लागि बालुवाटार पुगेका थिए । सरकार निर्माणबारे बालुवाटारमा प्रचण्डले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । पछि बैठकमा सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पनि पुगेका थिए ।सत्तारुढ गठबन्धनमा आलोपालो सरकार बनाउँदा कसले पहिला नेतृत्व लिने भन्ने विवाद रहेको छ । नेपाली कांग्रेसले जनमतको आधारमा आफूले नै प्रधानमन्त्री र राष्ट्रपति पद पाउनुपर्ने अडानमा छ भने माओवादीले पूर्व समझदारी अनुसार प्रधानमन्त्रीमा आफ्नो दाबी पेस गरेको छ । प्रचण्ड बालुवाटारबाट बाह...
आज सरकार गठनका लागि दाबी पेस गर्ने  अन्तिम दिन
राजनीति, समाचार

आज सरकार गठनका लागि दाबी पेस गर्ने अन्तिम दिन

नेपालअखबार, काठमाडौं । सरकार गठनका लागि दाबी गर्ने आज अन्तिम दिन । बहुमतसहित सरकारको नेतृत्वको दाबी गरेर आउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आज साँझ पाँच बजेसम्मको समयसीमा सकिंदै छ । राष्ट्रपति भण्डारीले यही पुस ३ गते सूचना जारी गर्दै सात दिनभित्र सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेकी थिइन् । संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्नेछन् । दाबी पेस गर्ने म्याद सकिन लाग्दा पनि दलहरूले भने सहमति गर्न सकेका छैनन् । हालको सत्ता गठबन्धनले सरकार गठन गर्ने तयारी गरे पनि कसलाई प्रधानमन्त्री बनाउने भन्ने टुंगो लगाउन सकेको छैन । गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा वा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भन्ने सहमति भएको छैन । यद्यपि, एकीकृत समाजवाद...
आज क्रिसमस डे, प्रधानमन्त्री देउवाले दिए शुभकामना
राजनीति, समाचार

आज क्रिसमस डे, प्रधानमन्त्री देउवाले दिए शुभकामना

नेपालअखबार, काठमाडाैं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत चाडपर्वलाई आफ्नो संस्कार र संस्कृतिको अभिव्यक्तिका रूपमा उत्साहपूर्वक मनाउँदा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूका बीच आपसी भाइचारा, सौहार्दता र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले संसारभर नै मानव समुदायले आफ्ना देवता र धर्म प्रवर्तकजस्ता महान् व्यक्तित्वहरूको जन्मदिनलाई व्यापक उत्साह र सद्भावका साथ मनाउने उल्लेख गर्दै डिसेम्बर २५ का दिन इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट अर्था...
थारु विद्यार्थीलाई मन्त्री चौधरीको सुझाव : सीमान्तकृत समुदाय हौँ भनेर दङ्ग नपरौँ
राजनीति, समाचार

थारु विद्यार्थीलाई मन्त्री चौधरीको सुझाव : सीमान्तकृत समुदाय हौँ भनेर दङ्ग नपरौँ

नेपालअखबार, काठमाडाैं। सहरी विकास मन्त्री मेटमणि चौधरीले थारु समुदायलाई सीमान्तकृत हौँ भनेर दङ्ग नपर्न सुझाएका छन् । पुल्चोक क्याम्पसमा शनिबार आयोजित थारु विद्यार्थी सभाको वार्षिक सभामा प्रमुख अतिथिका रूपमा बोल्दै मन्त्री चौधरीले थारु समुदायले दुःख, गरिबीका कुरा मात्र गर्ने गरेको बताउँदै मन्त्री चौधरीले भने, ‘अब हामीले दुःखका, गरिबीका गीत मात्रै गाउने होइन । सीमान्तकृत समुदाय हौँ भनेर दङ्ग पर्ने होइन । हिम्मतका, मिहिनेतका कुरा गर्नुपर्छ । सफलताका कथा सुन्नुपर्छ । दंगिशरण चौधरी राजा भएको इतिहास छ । थारुहरू प्रधानपञ्च, हेड मास्टर भएको इतिहास छ । पञ्चायतकालमा परशुनारायण राजदरबारका स्थायी सदस्य भएका थिए ।’ उति बेला थारुहरूले समाजको अगुवाइ गरेको प्रसङ्ग निकाल्दै मन्त्री चौधरीले थपे, ‘त्यो बेला पनि समाज मिश्रित थियो । आज पनि मिश्रित नै छ । त्यतिबेला नेतृत्व गरेको थारु समाज आज किन पछाडि पर्‍यो...
नेपाल पत्रकार महासंघले जारी गर्‍यो १५ बुँदे घोषणापत्र
राजनीति, समाचार

नेपाल पत्रकार महासंघले जारी गर्‍यो १५ बुँदे घोषणापत्र

नेपालअखबार, सुर्खेत। नेपाल पत्रकार महासंघको सुर्खेतमा भएको केन्द्रीय साधारण सभाले १५ बुँदै घोषणापत्र जारी गरेको छ। शुक्रबारदेखि सुरू भएको साधारण सभा घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ। यस्तै साधारण सभाले महासंघका महासचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन पारित गरेको छ। नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सूचनाको हक सुनिश्चित गर्न पनि माग गर्ने, सम्बन्धित निकायलाई ‘डिजिटल’ माध्यममार्फत प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नमाथि कानूनी कारबाहीका लागि माग गर्ने, संविधान अनुसारका सञ्चार कानूनहरू तत्काल निर्माण गर्न र पुराना कानूनहरूमा सुधार ल्याउन माग गर्ने, श्रमजीवी पत्रकारका पक्षमा गर्दै आएको दबाबमूलक कार्यक्रम तथा कानूनी उपचारलाई अझ सशक्त बनाउन महासंघ केन्द्रीय समितिलाई निर्देश गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ। यस्तै छापा प्रकाशनलाई डिजिटल माध्यममा रुपान्तरण गर्...
स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी
राजनीति, शिक्षा, समाचार

स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी

नेपालअखबार, काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै संकायका डिन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरी त्रिवि अगाडि बढेको बताए। ‘हामीले त्रिवि पदाधिकारी, नौ वटै संकायका डिन र परीक्षा नियन्त्रकसँग स्ववियु निर्वाचन गर्नका लागि उपयुक्त मितिका लागि छलफल गर्‍यौं,’ उनले भने, ‘परीक्षा र भर्नालगायत सबै प्रक्रिया सकिने भएकाले नै स्ववियु निर्वाचन गर्ने फागुन २८ गते हामीलाई उपयुक्त समय लागेको छ, हामी सोही मितिको प्रस्ताव विद्यार्थी संगठनसँग गर्छौं‌।’ स्ववियु निर्वाचनको मिति प्रस्ताव गर्नका लागि यही पुस ११ गते विद्यार्थी संगठनका अध्यक्षको बैठक बोलाइएको छ। निर्देशनालयका नि...