Wednesday, July 15

राजनीति

चिनियाँ दूतावासको स्पष्टीकरण : नेपालका नेताहरुलाई भेटेको छैन
राजनीति, समाचार

चिनियाँ दूतावासको स्पष्टीकरण : नेपालका नेताहरुलाई भेटेको छैन

नेपालअखबार, काठमाडौं । नेपालस्थित चिनियाँ राजदूतावासले आफ्नो नियोगका कार्यवाहकले नेपाली नेताहरूलाई नभेटेको स्पष्टीकरण दिएको छ । शनिबार दूतावासले एक वक्तव्य जारी गर्दै बाहिर आएजस्तो आफ्नो नियोगका कार्यवहाक वाङ सिनले नेताहरूलाई नभटेको बताएका हुन् । ‘चिनियाँ राजदूतावासका कार्यवाहक वाङ सीनले एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष यादवसँग भेट गरेको भन्ने खबर सार्वजनिक भइरहेको हाम्रो जानकारीमा आएका छन्,’ दूतावासले जारी गरेको छोटो इमेलमा उल्लेख छ, ‘ती सूचना गलत हुन् ।’ प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच गृहकार्य चलिरहेका बेला विभिन्न शक्ति राष्ट्रहरू सक्रिय भइरहेका छन् । भारतीय राजदूत नविन श्रीवास्तव अमेरिकी राजदूत डीन थम्प्सनले नेताहरूसँग पछिल्लो समय बाक्लो भेटघाट गरिरहेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका ...
बालुवाटारमा अपरान्ह ४ बजे गठबन्धन दलको बैठक बस्दै
राजनीति, समाचार

बालुवाटारमा अपरान्ह ४ बजे गठबन्धन दलको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । नयाँ सरकार गठनबारे छलफलका लागि सत्ता गठबन्धन दलको बैठक बस्दैछ । अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । बैठकमा सत्ता गठबन्धन दलका पहिलो तहका नेता र सहयोगीका रुपमा केही दोस्रो तहका नेताहरूबीच छलफल हुने महतले बताए । निर्वाचन सम्पन्न भएपश्चात नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको एक साताको समय सकिन एक दिन बाँकी रहँदा समेत दलहरूबीच सरकार गठनका लागि शक्ति बाँडफाँडमा सहमति जुट्न सकेको छैन । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका महत्वपूर्ण पदहरुको गठबन्धन दलहरूबीच भागवण्डा मिल्न नसक्दा सरकार गठन प्रक्रिया अघि बढ्न सकेको छैन । यसअघि बसेका सत्ता गठबन्धन दलको बैठक विना निष्कर्ष टुङ्गिँदै आएको छ ।...
प्रचण्डले प्रधानमन्त्री बन्ने इच्छा देखाउनुभयो, तर ढिलो गर्नुभयो: ओली
राजनीति, समाचार

प्रचण्डले प्रधानमन्त्री बन्ने इच्छा देखाउनुभयो, तर ढिलो गर्नुभयो: ओली

नेपालअखबार, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने इच्छा देखाएको बताएका छन्। शनिबार आयोजित प्युठान-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री बन्न देखाएको इच्छा ढिलो भएको बताएका हुन्। ‘पुष्पकमल दाहालजी प्रधानमन्त्री बन्ने इच्छा देखाइरहनुभएको छ। तर मलाइ लाग्छ उहाँले ढिलो गर्नुभयो। निर्णय गर्न ढिलो गर्नुभयो,’ उनले भने। उनले समयमा इच्‍छा देखाउन नसकेकाले प्रधानमन्त्री बन्ने सम्भावना समाप्त भएको उनले बताए। ‘सम्भावना सामान्यत समाप्त भएजस्तो छ। किनभने समयमा कदम चाल्नुभएन। अरूले पनि समयमा कदम चालेनभने आफूआफूलाई हेर्‍यो भने देश घुमिफिरि मध्यावधितिर जाने सम्भावना छ। जाँदैन भन्न सकिँदैन,’ उनले भने।...
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए पदबाट राजीनामा
राजनीति, समाचार

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए पदबाट राजीनामा

नेपालअखबार, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन् । पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् । गएको मंसिर ४ सम्मपन्‍न निर्वाचनमा उनी धादिङ-१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । बिहीबार मात्रै उनले प्रतिनिधिसभा सदस्यको रूपमा शपथग्रहण गरेका गिए। प्रतिनिधिसभा सदस्यको रूपमा सपथ लिइसकेकोले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएको उनले बताए । बागमती प्रदेश सरकारका प्रवक्ता कृष्ण खनालले नयाँ सरकार नआउन्जेल पाण्डेले कामचलाउ सरकारको रुपमा काम गर्ने बताए ।...
दाङमा मुख्यमन्त्रीहरूको सम्मेलन हुने
राजनीति, समाचार

दाङमा मुख्यमन्त्रीहरूको सम्मेलन हुने

नेपालअखबार, दाङ। पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा हुने भएको छ । सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरूले सरकारका कामको समीक्षा र अब बन्ने सरकारलाई सुझाव दिनका लागि भन्दै सम्मेलन गर्न लागेका हुन् । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा हुने सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले तयारीसमेत अगाडि बढाएको छ । प्रदेशको स्थायी राजधानी देउखुरीको भ्रमण गराएर यही मुख्यमन्त्रीहरूको सम्मेलन गर्न लागिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी दिए । २०७७ असोज २० गते प्रदेशसभाको बैठकले देउखुरीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । त्यसको करिब २६ महिनापछि स्थायी राजधानी कार्यान्वयनमा आएको हो ।  मुख्यमन्त्री कार्यालयले देउखुरीबाट यही मंसिर २८ गतेबाट काम गर्न सुरु गरि...
पत्रकारिताको विश्वसनीयतामाथि ख्याल गरौं : राष्ट्रपति भण्डारी
राजनीति, समाचार

पत्रकारिताको विश्वसनीयतामाथि ख्याल गरौं : राष्ट्रपति भण्डारी

नेपालअखबार, सुर्खेत । राष्ट्रप्रति विद्यादेवी भण्डारीले पत्रकारिताको मर्यादा र विश्वसनीयतामाथि ख्याल राख्न आग्रह गरेकी छन् । शुक्रबार सुर्खेतमा आयोजित नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभालाई सम्बोधन गर्दै पत्रकार आचारसंहिताको पालना र यसमा देखिएका समस्या समाधानको पहल गर्न आग्रह गरेकी हुन् । राष्ट्रपति भण्डारीले पत्रकारले सूचना प्रवाह गर्दा सत्यतथ्य हो कि होइन, समाजलाई हित गर्छ कि गर्दैन, व्यक्तिको आत्मसम्मानमा ठेस पुर्‍याउने काम भएको छ, छैन भनेर विचार गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘पत्रकारिता आवाज विहीनको आवाज बनेको छ की छैन ? यसले लोकतन्त्रलाई बलियो बनाउन भूमिका खेलेका छ की छैन ? समाजमा कतै विकृति फैलाउँदै त छैन ?’ उनले सञ्चारमाध्यमको भूमिकाप्रति चनाखो हुनुपर्नेमा जोड दिइन् । राष्ट्रपति भण्डारीले प्रजातन्त्रमाथि संकट आउँदा पत्रकारिता क्षेत्रको अहम् भूमिका हुने गरेक...
कांग्रेसबाट राष्ट्रपतिमा गोपालमानको पनि दौड
राजनीति, समाचार

कांग्रेसबाट राष्ट्रपतिमा गोपालमानको पनि दौड

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसभित्र राष्ट्रपतिका लागि हानथाप देखिएको छ । कांग्रेसका वरिष्ठ नेताद्वय रामचन्द्र पौडेल र गोपालमान श्रेष्ठ राष्ट्रपतिका आकांक्षी देखिएका छन् । प्रधानमन्त्रीमा दाबी गरेका पौडेल संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवाको प्रस्तावक बसे । कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित भएपछि अहिले पौडेल प्रधानमन्त्रीको रेसबाट स्वतः बाहिरिएको अवस्था छ । देउवाले पौडेल र श्रेष्ठ दुवै जनालाई राष्ट्रपतिको आश्वासन दिएको कांग्रेसवृत्तमा चर्चा छ । कांग्रेसले समानुपातिक सांसद छनोट गर्दा जनजाति कलस्टरको १ नम्बरमा रहेका श्रेष्ठ छुटेका थिए । कांग्रेसका ३२ जना समानुपातिक सांसदमा तीन पुरुषले मात्र अवसर पाउँदा सहमहामन्त्री जीवन परियार, प्रवक्ता प्रकाशशरण महत र नेता विमलेन्द्र निधिको स्थान सुरक्षित भएको थियो । त्यतिबेला देउवाले आफूलाई आउने अपर्च्युनिटीमा फर्स्ट प्रा...
दुई सांसदले आज शपथ ग्रहण गर्दै
राजनीति, समाचार

दुई सांसदले आज शपथ ग्रहण गर्दै

नेपालअखबार, काठमाडौं । बिहीबार शपथ ग्रहण गर्न छुटेका चार मध्ये दुई जना प्रतिनिधि सभा सदस्यहरुले आज शपथ ग्रहण गर्दैछन् । माओवादी केन्द्रका महिन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्न लागेका हुन् । उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बिहान साढे ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । उपत्यका बाहिर रहेका यादव र राई दुवै जना मौसम प्रतिकूलताका कारण हवाई उडान ढिलो हुँदा शपथ ग्रहण समारोहमा सहभागी हुन सकेका थिएनन् । एकीकृत समाजवादीका प्रेमबहादुर आले र नेपाली कांग्रेसकी माया राई पनि शपथ ग्रहण समारोहमा छुटेका थिए । आले पारिवारिक शोकमा छन् भने र राई सुत्केरी भएकाले अस्पतालमा भर्ना भएकी छन् । उनीहरुले आफ्नो अनुकूलतामा शपथ लिन सक्ने संसद सचिवालयले जनाएको छ ।प्रतिनिधि सभाका अन्य सदस्यहरुले संसद भवन नयाँबानेश्वरमा...
फागुन १४ मा स्ववियु चुनाव नहुने, २८ गते गर्न प्रस्ताव
राजनीति, शिक्षा, समाचार

फागुन १४ मा स्ववियु चुनाव नहुने, २८ गते गर्न प्रस्ताव

नेपालअखबार, काठमाडाैं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन फागुन १४  गतेमा नहुने भएको छ। १४ को ठाउँमा २८ गते गर्न प्रस्ताव गरिएको छ ।  बुधबार शिक्षाध्यक्ष शिवलाल भुसालको अध्यक्षतामा बसेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषदको बैठकले फागुन २८ गते गर्ने प्रस्ताव गरेको थियो। डीनहरूले विद्यार्थीको परीक्षाका कारण १४ गते चुनाव गर्न नसकिने बताएका थिए।   विद्यार्थीहरूको परीक्षा सञ्चालन भइरहेकाले यसअघि गर्दै आएको मितिमा चुनाव गर्न सकिने अवस्था नरहेको शिक्षाध्यक्ष भुसालले बताए । अब विद्यार्थी संगठनहरूसँग बसेर थप छलफल गरेर २८ गतेको मितिबारे टुंगोमा पुगिने भुसालले बताए । परिषदले त्रिविका ९ वटै संस्थान र संकायका डीनसँग चुनावी तयारीका विषयमा छलफल गरेको थियो । २८ गते चुनाव गर्ने मोटामोटी सल्लाह भएको विद्यार्थी संघ–संगठनसँग पनि छलफल गरेर निर्णयमा पुगिने उनको भनाई छ । ...
शपथपछि माधव नेपालले भने- यो गठबन्धन कायम रहन्छ
राजनीति, समाचार

शपथपछि माधव नेपालले भने- यो गठबन्धन कायम रहन्छ

नेपालअखबार,  काठमाडाैं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन कायम रहने बताएका छन्। बिहीबार प्रतिनिधि सभा सदस्यको शपथपछि संवाददाताहरूसँग कुरा गर्दै नेपालले शक्ति बाँडफाँटका विषयमा गठबन्धनका दलहरू बसेर छलफल गर्ने बताए। ‘बीचमा कांग्रेस संसदीय दलको नेता पनि चुनिएको थिएन। म पनि बिरामी थिएँ। अहिले पनि बिरामी नै छु। तर आज वा भोलि हामी बसेर सरकार निर्माणबारे छलफल गर्छौं,’ नेपालले भने। नेपालले राष्ट्रपतिमा दाबी गरेको भन्ने सन्दर्भमा उनले देशको आवश्यकताअनुसार भूमिका निर्वाह गर्ने बताए। ‘मैले राष्ट्रपति हुनलाई राजनीति गरेको भए त २०६४ र २०७२ सालमा नै राष्ट्रपति हुन अफर आएको हो तर मैले उमेर पुगेको छैन भनें,’ नेपालले भने,‘अब के गर्ने भन्नेबारे हामी गठबन्धनमा छलफल गर्छौं र देशले मलाई जहाँ आवश्यक देख्छ म त्यही भूमिका निर्वाह गर्न तयार छु।’ ...