Tuesday, July 14

राजनीति

प्रचण्ड दलको नेता, प्रमुख सचेतकमा हितराज पाण्डे
राजनीति, समाचार

प्रचण्ड दलको नेता, प्रमुख सचेतकमा हितराज पाण्डे

नेपालअखबार, काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने भएको छ । पार्टी कार्यायल पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको हो । यसलाई बिहीबार नै बस्ने संसदीय दलको बैठकले चयन गर्ने छ । प्रमुख सचेतक भने हितराज पाण्डे बन्ने भएका छन् । त्यस्तै बैठकले राष्ट्रियसभा संसदीय दलको नेतामा नारायणकाजी श्रेष्ठलाई चयन गर्ने निर्णय गरेको छ ।...
माधव नेपाल भन्छन्–राष्ट्रपति पद २०६४ र २०७२ मै अस्वीकार गरे
राजनीति, समाचार

माधव नेपाल भन्छन्–राष्ट्रपति पद २०६४ र २०७२ मै अस्वीकार गरे

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताएका छन् । बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले २०६४ साल र २०७२ सालमै आफूलाई राष्ट्रपतिका लागि प्रस्ताव गर्दा अस्वीकार गरेको बताए । नेता नेपालले त्यतिबेला उमेर नपुगेकाले आफूले अस्वीकार गरेको पनि बताए । ‘राष्ट्रपति बन्ने आकाङ्क्षा भएको भए २०६४ सालमा नै मलाई राष्ट्रपतिको निम्ति प्रस्ताव भएको थियो । २०७२ मा पार्टीबाट नै प्रस्ताव भएको थियो । मैले अस्वीकार गरेको हो । त्यतिबेला मैले मेरो उमेर पुगेको छैन भनेको हो ।’ आगामी दिनमा राजनीतिले मागेको आवश्यकतालाई मध्यनजर गरेर पद लिने भन्दै शक्ति बाँडफाँटबारे गठबन्धनमा छलफल नै सुरु भैनसकेको नेता नेपालको भनाइ छ । ‘हामीले छलफल प्रारम्भ गरेकै छैनौँ’, नेता नेपालले गठबन्धन कायम...
सांसदहरूको शपथग्रहण अगाडि सर्वदलीय बैठक बस्दै
राजनीति, समाचार

सांसदहरूको शपथग्रहण अगाडि सर्वदलीय बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । नवनिर्वाचित सांसदहरुको शपथग्रहण अगाडि आज सर्वदलीय बैठक बस्दैछ । बैठक प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराको अध्यक्षतामा मध्यान्ह १२ बजे बस्नेछ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्न लागेको हो । जबराले हिजो शपथ लिएसँगै सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एकएक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् ।...
महन्थ ठाकुर भए लोसपाको संसदीय दलको नेता
राजनीति, समाचार

महन्थ ठाकुर भए लोसपाको संसदीय दलको नेता

नेपालअखबार, काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदीय दलको नेता चयन गरेको छ। लोसपा संसदीय दलको बैठकले अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता बनाएको हो। अध्यक्ष ठाकुर सर्वसम्मतरूपमा बुधबार संसदीय दलको नेता चयन भएको लोसपाका नेता केशव झाले जानकारी दिए। प्रतिनिधि सभामा लोसपाका ४ जना सांसद छन्। लोसपाले मंसिर ४ को चुनावमा सात क्षेत्रमा सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको थियो।...
आज नवनिर्वाचित सांसदहरूको शपथ
राजनीति, समाचार

आज नवनिर्वाचित सांसदहरूको शपथ

नेपालअखबार, काठमाडाैं । संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराउने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आज दिउँसो १ बजे सपथ ग्रहण गराइनेछ । नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउने छन् । राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शपथ गराएकी थिइन् । शपथ अघि आज ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय  बैठक बस्ने भएको छ । मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्ने भएको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक एक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् । सर्वदलीय बैठकमा दलका प्रतिनिधि, सभाका अध्यक्ष राणा, संसद सचिवालयमा महासचिव डा. भरतराज गौतम लगायत सहभागी हुनेछन् ।...
गण्डकीमा मित्रलालले गराउनेछन् सांसदलाई शपथ
प्रदेश ४, राजनीति, समाचार

गण्डकीमा मित्रलालले गराउनेछन् सांसदलाई शपथ

नेपालअखबार, पोखरा । गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालका लागि चुनिएका सांसदमध्ये २ जना समान ६५ वर्षका छन् । कानुनमन्त्रीसमेत रहेका कांग्रेस सांसद विन्दुकुमार थापाभन्दा पर्वतबाट चुनाव जितेका एमाले सांसद मित्रलाल बस्याल २ दिन जेठा भएकाले उनैले शपथ खुवाउने र पहिलो बैठकको अध्यक्षता गर्नेछन् । ६० सदस्यीय प्रदेश सभामा १३ गते मित्रलालले प्रदेश प्रमुखसँग शपथ लिनेछन् र त्यसको भोलिपल्ट अरु सांसदलाई उनलै शपथ खुवाउने प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए । ‘१४ गते गण्डकीका सांसदलाई बस्यालले सपथ खुवाउने तय भएको छ,’ पोखरेलले भने, ‘भोलि (७ गते) सबै निर्वाचन सांसदलाई जानकारी पठाउँछौं ।’ प्रदेश प्रमुखसँग शपथ खुवाउने विषयमा समन्वय भइरहेको उनले बताए । पहिलो बैठक कहिले बस्छ भन्ने निर्णय भइसको छैन तर बैठकको अध्यक्षता बस्यालले नै गर्ने भएका छन् । संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुखले प्र...
झलनाथ खनाल र प्रभु साहबीच भेटघाट
राजनीति, समाचार

झलनाथ खनाल र प्रभु साहबीच भेटघाट

नेपालअखबार, काठमाडाैं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहबीच भेटघाट भएको छ । नेताद्वय खनाल र शाहबीच बुधबार खनाल निवास डल्लुमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीति विषयमा छलफल भएको बताइएको छ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता समेत रहेका खनालको नाम भावी राष्ट्रपतिका रुपमा चर्चामा आएको छ ।...
ज्येष्ठ सदस्य जबराले लिए शपथ
राजनीति, समाचार

ज्येष्ठ सदस्य जबराले लिए शपथ

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् । प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने प्रचलन छ । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपति कार्यालबाट शपथ लिनुपर्ने प्रावधान अनुसार जबराले शपथ लिएका हुन् ।४ मंसिरको चुनावबाट निर्वाचित प्रतिनिधिसभाका सदस्यले बिहीबार दिउँसो १ बजे शपथ लिनेछन् ।...
अध्यक्ष नेपालको स्वास्थ्य अवस्था बुझ्न सम्मानित नेता खनाल  अस्पतालमा
राजनीति, समाचार

अध्यक्ष नेपालको स्वास्थ्य अवस्था बुझ्न सम्मानित नेता खनाल अस्पतालमा

नेपालअखबार, काठमाडौ । नेकपा एकीकृत समाजवादीका  सम्मानित नेता झलनाथ खनाल अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएको छ  । अध्यक्ष नेपाललाई ज्वरोसहित रुघाखोकी र छाती दुख्ने समस्या देखिएपछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको थियो । अध्यक्ष नेपालको स्वास्थ्य अवस्था बुझ्न खनाल बुधबार पौने १ बजे अस्पताल पुगेको खनालको सचिवालयले जनाएको छ । अध्यक्ष नेपालको अहिले स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।  क्रमशः सुधार हुँदै गए बिहीबार नेपाललाई डिस्चार्ज गर्ने अस्पताल स्रोतले जनाएको छ ।...
माधव नेपाललाई भेट्न पुगे देउवा र प्रचण्ड
राजनीति, समाचार

माधव नेपाललाई भेट्न पुगे देउवा र प्रचण्ड

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न गएका छन् । त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाललाई भेट्न बुधबार दिउसो देउवा र प्रचण्ड गएका हुन् । नेपालको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिनुका साथै समसामयिक राजनीतिका विषयमा समेत छलफल भएको बताएको छ । नेपाल गत मंगलबार रूघाखोकी, ज्वरो र  छातिमा संक्रमण भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । राष्ट्रपतिले पुस १० गतेभित्र बहुमतको सरकार गठन गर्न आह्वान गरी सकेकी छन् । सत्ता गठबन्धनभित्र सहमति हुन नसक्दा अझै समझदारी बन्न सकेको छैन ।...