Sunday, July 12

राजनीति

कांग्रेसका नेताहरूको बुद्धि कहिल्यै सुल्टो हुँदैन : अध्यक्ष ओली
राजनीति, समाचार

कांग्रेसका नेताहरूको बुद्धि कहिल्यै सुल्टो हुँदैन : अध्यक्ष ओली

नेपालअखबार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका नेताहरूको बुद्धि कहिल्यै पनि सुल्टो नहुने भएकाले संविधानमै पार्टीमाथि प्रतिबन्ध लगाउन नसक्ने व्यवस्था राखिएको बताएका छन् । शुक्रबार कञ्चनपुरमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले विगतको इतिहास हेर्दा कम्युनिस्टका लागि कांग्रेस र राणा शासनमा कुनै फरक नरहेको बताए । उनले राणा शासन ढालेपछि कांग्रेसले सवा चार वर्ष कम्युनिस्टमाथि प्रतिबन्ध लगाएको भन्दै पछि टंकप्रसाद आचार्य आएपछि फुकुवा गरेको बताए ।  ‘कांग्रेस राणा शासन भयो त्यतिबेला । कम्युनिस्टहरुका लागि केही फरक भएन, राणाले पनि प्रतिबन्ध लगाएका थिए, कांग्रेसले पनि प्रतिबन्ध लगायो’ ओलीले भने, ‘त्यसैकारण कथमकदाचित झुक्किएर कांग्रेस सरकारमा पुग्यो भने कुनैपनि पार्टीलाई प्रतिबन्ध लगाउँछ भनेर अहिलेको संविधानमै हामीले पार्टीमाथि प्रतिबन्ध लगाउन नसक्ने भनेर लेखेका छौ...
कृषि, पर्यटन र पुवार्धार नै सम्बृद्ध माछापुछेृको आधार – बराल
राजनीति, समाचार

कृषि, पर्यटन र पुवार्धार नै सम्बृद्ध माछापुछेृको आधार – बराल

नेपालअखबार, पोखरा । आगामी मंसिर चार गर्ने हुने प्रतिनिधि सभा निर्वाचनमा कास्कीको क्षेत्र नम्बर ३ बाट पाँच दलीय गठबन्धनका उम्मेदवार रामजीप्रसाद बरालले माछापुछ«े गाउँपालिकाको विकासको लागि आफुले नयाँ अवधारणा अवलम्बन गर्ने बताउनुभएको छ । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री समेत रहेका बरालले माछापुछेृको विकासको लागि कृषि, पर्यटन र पुर्वाधार विकासमा नयाँ अवधारणा लागु गरेर उक्त ठाउँको विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । कास्कीको माछापुछृे गाउँपालिकामा पाँच दलीय गठबन्धनले आयोजना गरेका विभिन्न चुनावी अभियानमा बरालले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । पालिका सदरमुकाम लाहाचोकमा भएको घरदैलो अभियानमा सहभागी हुँदै बरालले आफु जनताका आधारभुत आवश्यकता र समस्यासँग परिचित भएकोले आधारभुत आवश्यकता र समस्या समाधान गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । यसैगरी माछापुछेृ गाउँपालिकाको ...
संसद हुँदा काठमाण्डौ र अघिपछि जनताको घरदैलोमा भेटिने छु : बराल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

संसद हुँदा काठमाण्डौ र अघिपछि जनताको घरदैलोमा भेटिने छु : बराल

नेपालअखबार, पोखरा  । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं।२ का प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेदवार श्रीनाथ बरालले कास्की जिल्लाको समग्र विकासको योजना निर्माण गर्न विगतमा आफूहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । पोखरा ३३ भरत पोखरी डाँडा गाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार बरालले भने, “हामीले विगतमा समग्र कास्की जिल्लाको विकासको योजना निर्माण, ग्रामीण पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगार, यातायात गुरुयोजना, कृषि पर्यटन र निर्मल पोखरी–भरत पोखरी खानेपानी योजनाको सुरुवात लगायत महत्त्वपूर्ण योजनाहरू हाम्रै सक्रियतामा थालनी गरिएका हुन् ।” आफूहरू यस क्षेत्रको थप विकासका लागि प्रतिबद्ध रहेको उनले बताए । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बरालले कास्की २ मा विद्यमान तमाम समस्याहरू समाधानका लागि आफू स्पष्ट योजना सहित आएको बताए । “यस क्षेत्रमा खानेपानीको समस...
गोरखकाली रबर उद्योग फेरि सुरु गर्छौ : प्रचण्ड
राजनीति, समाचार

गोरखकाली रबर उद्योग फेरि सुरु गर्छौ : प्रचण्ड

नेपालअखबार, गाेरखा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउन बताएका छन् ।  शुक्रबार चुनाव प्रचारका लागि गोरखा नगरपालिका पुगेका उनले मतदातालाई सम्बोधन गर्दै लामो समयदेखि बन्द रहेको रबर उद्योग पुन सञ्चालन गर्ने बताएका हुन् । ‘सबैले गौरव गर्नुपर्ने धेरै राम्रो संरचना छ । ती संरचना यतिकै थन्किएका छन् । गोरखकाली टायर उद्योग यसलाई नयाँ व्यवस्थासहित सञ्चालन गर्छौँ  र यहाँका नागरिकलाई पुन रोजगारी र समृद्धिका लागि उपयोग गरिनेछ,’ प्रचण्डले भने । गोरखा नगरपालिका १३ स्थित रहेको गोरखकाली उद्योग नेपालकै एकमात्र रबर उद्योग हो ।  २०७२ सालको असारपछि कर्मचारी र मजदुरलाई तलब भत्ता तिर्न नसकेर काम नहुँदा उद्योग बन्द छ । प्रत्येक दिन ठूलो टायर ३ सय थान र सानो टायर २५० थान उत्पादन गर्ने क्षमता रहेको उद्योगमा ९७ कर्मचारी र १३५ मजदुर थिए ।...
भलाम ¥यालेचौरका मतदाताको थापालाई आग्रह ‘चेक ड्याम बनाइदेउ’
राजनीति, समाचार

भलाम ¥यालेचौरका मतदाताको थापालाई आग्रह ‘चेक ड्याम बनाइदेउ’

नेपालअखबार,  पोखरा । गण्डकी प्रदेश सभासदस्य क्षेत्र नं.२ ‘ख’ का उम्मेदवार विन्दु कुमार थापालाई मतदाताले पहिरो नियन्त्रणका लागि चेकड्याम बनाइदिन आग्रह गरेका छन् । बिहिबार पोखरा महानगरपालिका वडा २० भलामको ¥यालेचौरमा मतदाता भेट्न पुगेका थापालाई मतदाताले आफुहरुको आशा र भरोसा दुवै थापामाथि रहेको भन्दै चेकड्यामको काम गरिदिन आग्रह गरेका हुन् । उनीहरुले आफ्नो मत दिने प्रतिबद्धता व्यक्त गर्दै थापालाई समेत आफ्नो चेक ड्याम निमार्ण गरिदिन आग्रह गरेका हुन् । स्थानीय समस्या बताउँदै उनीहरुले रोए पनि कराएपनि माया गरेपनि थापालाई नै गर्ने बताए । मतदाताको समस्या बुझ्दै थापाले त्यहाँ पहिरो नियन्त्रणका लागि आफुले सकेको गर्ने र विजयी भएमा थप योजना पारेर स्थानीयलाई खुसी दिलाउने बाचा गरे । उनले भलाममा रहेका विद्यालयको स्तरोन्नति, सांस्कृतिक क्षेत्रको पहिचान गरि आन्तरिक तथा बाह्य पर्यटकको आगमनका लागि प्रयास गर्न...
गठबन्धनको मात्र नभई इमान्दार एमाले नेता कार्यकर्ताको पनि उम्मेदवार हुँ : श्रीनाथ बराल
राजनीति, विचार, समाचार

गठबन्धनको मात्र नभई इमान्दार एमाले नेता कार्यकर्ताको पनि उम्मेदवार हुँ : श्रीनाथ बराल

पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मदेवार श्रीनाथ बरालले आफू इमान्दार एमाले नेता कार्यकर्ताको पनि उम्मेदवार रहेको बताएका छन् । बिहीबार पोखरा ३३ को तल्लो पुँडिटारमा घरदैलो कार्यक्रम अगाडि आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस अगाडि पटक–पटक एमाले उम्मेदवार जिताउनका लागि आफै नेतृत्व गरेर जनतासंग मत मागेको तर मत पाएकाहरुले जनअपेक्षा अनुरुप काम नगरेको उनले बताए । त्यहि भएर एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी बनाउनु परेको उनले तर्क गरे । ‘म ५ दलको सझा उम्मेदवार त हुँदै हुँ, विगतमा मेरै नेतृत्वमा एमाले उम्मेदवारका लागि पटक पटक मत मागेको छु । निर्वाचित गराउन भुमिका खेलेको छु । तर, उहाँहरुले यहाँहरुको अपेक्षा अनुरुप काम गर्न सक्नुभएन । जनताको जीवनस्तर माथि उकास्न स...
‘जनताको विश्वास जितेर काम गर्छाै’—एमाले नेत्री भट्टराई
राजनीति, समाचार

‘जनताको विश्वास जितेर काम गर्छाै’—एमाले नेत्री भट्टराई

नेपालअखबार, पोखरा । नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले जनताको विश्वास जितेर काम गर्ने बताएकी छन् । पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीस्थित तल्लो खैरेनीका स्थानीय वासिन्दासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो क्षेत्रको समग्र विकास निर्माणमा कठिवद्ध भएर लाग्ने बताईन् । नेकपा एमालेले मुलुकका मुख्य प्राथमिकतालाई समेटेर निर्माण गरेको घोषणापत्र र पार्टी गण्डकी प्रदेशको प्रतिवद्धतालाई विकास निर्माणको आधार बनाएर अघि बढ्ने मतदाता समक्ष उनको प्रतिवद्धता छ । विकास निर्माण जसले गरे पनि मुलुक र जनताका लागि नै हो भन्दै उनले अघिल्लो सरकारले शुरु गरेका योजनाको वर्तमान गठबन्धनको सरकारले रकम कटौती गरेकोमा दुःख व्यक्त गरिन् । दुःख परिस्थितिमा यस क्षेत्रका मतदाताले भारी मतका साथ उपनिर्वाचनमा प्रतिनिधि सभा सद...
काठमाडौं क्षेत्र(४) का मतदाताहरूको समस्या र समाधान खोज्न टोल टोलमा गगन थापा
राजनीति, समाचार

काठमाडौं क्षेत्र(४) का मतदाताहरूको समस्या र समाधान खोज्न टोल टोलमा गगन थापा

सुजन तिमल्सिना, काठमाडौं। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिए सँगै राजनितीक दलहरू जनताको घर दैलोमा पुग्न थालेका छन् । उनिहरू जनताको समस्या र समाधान खोज्दै निर्वाचनमा आफ्नो पक्षमा मतदातालाई मतदान गर्न आग्रह गर्दै जनताको घरदैलोमा पुगेका हुन् । निर्वाचन नजिकिँदै गर्दा देशैभरका उम्मेदवारहरू प्रचारप्रसार तथा मतदाताहरू समक्ष आफ्नो एजेन्डा प्रस्तुत गरिरहेका छन् । निर्वाचनले देशको नेतृत्वमा परिवर्तन ल्याउने पक्का छ । यसैबीच काठमाडौं क्षेत्र नम्बर (४ )का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पनि मतदाताहरू समक्ष समस्या तथा समाधान खोज्न मतदाताहरू समक्ष पुग्नु भएको छ । आज काठमाडौं क्षेत्र (४ )ले विभिन्न ठाउँमा आयोजना गरेको कार्यक्रममा पुगेर महामन्त्री थापाले काठमाडौं क्षेत्र(४ )का मतदाताहरूको समस्या तथा समाधान पहिल्याँउने प्रयास गर्नुभएको हो । उक्त कार...
लालगढ मालेपाटनमा पहारीको घरदैलो
राजनीति, समाचार

लालगढ मालेपाटनमा पहारीको घरदैलो

नेपालअखबार, पोखरा, । पोखरा–५ मालेपाटन लालगढका रुपमा चिनिन्छ । गत स्थानिय निर्वाचनमा यस वडामा एमालेले प्यानल नै जितेर गठबन्धनलाई निल खुवाएको थियो । सोही वडामा मत माग्न पुगेका नेकपा एमाले कास्की क्षेत्र नम्बर ३ ख प्रदेश सभा उम्मेदवार राजिव पहारीलाई मालेपाटनवासीले फेरी पनि विजयी गराएरै छाड्ने बताएका छन् । विहीवारको घरदैलोमा उनलाई स्थानिय जेष्ठ नागरिकदेखि युवाहरुले साथ दिएका थिए । जेष्ठ नागरिकहरुको आर्शिवाद ग्रहण गर्दै घरदैलोमा निस्किएका पहारीले अघिल्लो पटक देखाएको क्रियाशिलतालाई मुल्याङकन गर्दै फेरी पनि विजयी गराउने मालेपाटनवासीहरुले बताए । मालेपाटनका जनताहरुले दिएको आर्शिवादले आफुलाई हौसला मिलेको पहारी बताउँछन । ‘यहाँका बुवाआमाको आर्शिवाद तथा युवाहरुको साथले ठूलो प्रेरणा मिलेको छ’ उम्मेदवार पहारीले भने । गण्डकी प्रदेशका निवर्तमान सांसद समेत रहेका पहारीले आफुले अघिल्लो कार्यकालमा विभिन्न स...
चुनावपछि भूमिहिन र अव्यवस्थित बसोबासीलाई रातोपूर्जा : उम्मेदबार बराल
राजनीति, समाचार

चुनावपछि भूमिहिन र अव्यवस्थित बसोबासीलाई रातोपूर्जा : उम्मेदबार बराल

नेपालअखबार, पोखरा  । आसन्न प्रनितिधिसभा निर्वाचनमा कास्की क्षेत्र नं ३ बाट पाँचदलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बरालले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या छिट्टै अन्त्य गरिने बताएका छन् । चुनावी घरदैलो तथा अभियानका क्रममा आज पोखरा महानगरपालिका–१ मा भएको सम्पर्क कार्यालय उद्घाटन तथा कोणसभामा उनले वडाका कसेरी, सिमपानी लगायतका स्थानमा बसोबास गरिरहेका वास्तविक भूमिहिन र अव्यवस्थित बसोबासीलाई लालपूर्जा प्रदान गरिने बताए । भूमि सम्बन्धी समस्या समाधानका लागि वर्तमान सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेर सो आयोगले अव्यवस्थित बसोबासी , भूमिहीन र भूमिहीन दलितको लगत सङ्कलन गरेर निस्सा प्रदान गरेकाले वास्तविक भूमिहिनले रातोपूर्जा प्राप्त गर्ने बताए । उम्मेदवार बरालले भने,“संविधानको भावना अनुसार पनि अब यो देशमा कोही पनि भूमिहिन हुनु पर्दैन । सुकुम्बासी समस्या समाधानका लागि काम ...