Monday, September 14

राजनीति

बागमतीमा मन्त्री बनेका तीन सांसद पदमुक्त गर्न राप्रपाको पत्र
राजनीति, समाचार

बागमतीमा मन्त्री बनेका तीन सांसद पदमुक्त गर्न राप्रपाको पत्र

नेपालअखबार, हेटौंडा । बागमती सरकारमा मन्त्री बनेका आफ्ना तीन जना सांसदलाई पदमुक्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेशसभालाई पत्राचार गरेको छ । उपसभामुख अप्सरा चापागाईंलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको निर्देशन उल्लंघन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न पत्र लेखेका हुन् । लिङ्देनले यसअघि राप्रपा प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पनि प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न पत्रचार गरेका थिए । राप्रपाले पार्टीको पटक-पटकको निर्देशन अवज्ञा गरेको, पार्टीको ह्विप उल्लंघन गरेको तथा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत सरकारमा सहभागी भएको आरोप लगाउँदै प्रदेशसभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा पदमुक्त गरेको जनाएको छ ।...
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै
राजनीति, समाचार

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै

नेपालअखबार,काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची। यस्तै, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोध...
डेटा सेन्टरको विरोध गर्ने समुदायले ‘ठूलो गल्ती’ गरिरहेको ट्रम्पको भनाइ
राजनीति, विश्व, समाचार

डेटा सेन्टरको विरोध गर्ने समुदायले ‘ठूलो गल्ती’ गरिरहेको ट्रम्पको भनाइ

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डाटा सेन्टरको विस्तारको समर्थन गर्दै यसको विरोध गर्ने समुदायले ठूलो गल्ती गरिरहेको बताएका छन् । पूर्व सहयोगी माइकल कोहेनसँगको अन्तर्वार्तामा उनले यो कुरा भनेका हुन्। अन्तर्वार्तामाअमेरिका एआईमा चीनभन्दा धेरै अगाडि रहेको ट्रम्पले दाबी गरे। डाटा सेन्टरहरूले राष्ट्रिय ग्रिडबाट बिजुली नलिएको उनले बताए। ‘उनीहरूले आफ्नै पावर प्लान्टहरू बनाइरहेका छन्। उनीहरूले सुन्दर पावर प्लान्टहरू बनाइरहेका छन्, तपाईंहरूले यस्ता पावर प्लान्टहरू कहिल्यै देख्नुभएको छैन’, ट्रम्पले भने। डाटा सेन्टरले धेरै रोजगारी सिर्जना गर्ने भएकाले डाटा सेन्टर स्वीकार नगर्ने समुदायले ठूलो गल्ती गरिरहेको ट्रम्पको भनाइ छ। ‘डाटा सेन्टर स्वीकार नगर्ने समुदायहरूले गल्ती गरिरहेका छन्’, ट्रम्पले थपे। ट्रम्पको यो भनाइ डाटा सेन्टरहरूको विरोध भइरहेको समयमा आएको हो।केही डाट...
‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रुपमा हेर्छौं : डोनाल्ड ट्रम्प
राजनीति, विश्व, समाचार

‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रुपमा हेर्छौं : डोनाल्ड ट्रम्प

नेपालअखबार, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रुपमा हेर्ने गरेको बताएका छन् । साउथ क्यारोलाइनामा आयोजित चुनावी ¥यालीका दौरान उनले ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रुपमा हेर्ने गरेको बताएका हुन् । ट्रम्पले अमेरिकासँग सम्झौता गर्न चाहिरहे पनि इरान सही सम्झौताका लागि तयार नरहेको आफ्नो राय रहेको पनि बताए । इरानलाई कहिले पनि परमाणु हतियार हासिल गर्न दिन नहुने उनको भनाइ थियो । राष्ट्रपति ट्रम्पले परमाणु हतियार इरानले हासिल गरे अत्यन्तै नराम्रो हुने चेतावनी पनि दिए । अमेरिकाले क्षेत्रमा आफ्नो ठूलो सैन्य उपस्थिति राख्नुका साथै इरानमाथि आर्थिक दबावसमेत बढाएका बेला ट्रम्पको पछिल्लो धारणा सार्वजनिक भएको हो । अमेरिकाले सोमवार इरानविरुद्ध नयाँ प्रतिबन्धबारे जानकारी दिने तयारी गरेको बीबीसीले जनाएको छ । अमेरिकी अधिकारीहरूका ...
बागमतीका मुख्यमन्त्री किरण थापामगरले आइतबार विश्वासको मत लिने
राजनीति, समाचार

बागमतीका मुख्यमन्त्री किरण थापामगरले आइतबार विश्वासको मत लिने

नेपालअखबार,हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आइतबार (७ भदौ)मा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै प्रदेशसभाको आठौँ अधिवेशनको १८ औँ बैठक भदौ ७ गते आइतबार दिउँसो १ बजे बस्ने जनाएको हो । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सभामुखले बैठक बस्ने मिति र समय निर्धारण गरेका छन् । उक्त बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार थापाले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । बागमतीमा नयाँ सत्ता समीकरणअन्तर्गत एमाले, नेकपा र राप्रपाको समर्थनमा ४ भदौ बिहीबार थापा मुख्यमन्त्री नियुक्त भएका हुन् ।...
अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगे प्रधानमन्त्री बालेन
राजनीति, समाचार

अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगे प्रधानमन्त्री बालेन

नेपालअखबार,पोखरा । प्रधानमन्त्री बालेन शाह कास्कीको माच्छापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगेका छन् । उनी आज पोखरा हुँदै अस्ताम पुगेका हुन् । उनी दिउँसो ३ बजे रिसोर्ट पुगेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, उनी पूर्णत: पारिवारिक भ्रमणका लागि त्यसतर्फ गएका हुन् । उनी आज सोही रिसोर्टमा बस्नेछन् भने भोलि त्यहाँबाट मुस्ताङ जाने कार्यतालिका छ ।...
कानुन बनाएर मन्त्रीले एक जना मात्रै स्वकीय सचिव राख्ने व्यवस्था गर्न माग
राजनीति, समाचार

कानुन बनाएर मन्त्रीले एक जना मात्रै स्वकीय सचिव राख्ने व्यवस्था गर्न माग

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीले एक जना मात्रै स्वकीय सचिव राख्न पाउने गरी ऐन बनाउन माग गरेका छन् । शुक्रबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले यस्तो माग राखेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आफू सरकारमा नहुँदा मन्त्रीको स्वकीय सचिवालयको संख्या कटौती गर्ने प्रस्ताव राखेको बताए । तर, अहिले रास्वपा नेतृत्वको सरकारका मन्त्रीले दर्जनौं स्वकीय सचिवालय राखेर चलाइराखेको बताए । ‘यो राज्यको दोहन र साधन/स्रोतको दुरुपयोग हो,’ उनले भने, ‘यसबारे कानुन बनाएरै व्यवस्थित गर्नुपर्छ ।’उनले दर्जनौं रहेका स्वकीय सचिवालय, स्वकीय सचिवहरू, सल्लाहकार कटौती गरेर मन्त्रीलाई एक जना मात्रै स्वकीय सचिव रहने व्यवस्था गर्न उनले माग गरे ।...
बंगलादेशको राष्ट्रपतिमा मिर्जा आलमगीर निर्वाचित
राजनीति, विश्व, समाचार

बंगलादेशको राष्ट्रपतिमा मिर्जा आलमगीर निर्वाचित

नेपालअखबार,काठमाडौं । बंगलादेशको संसद्‍ले मिर्जा फखरुल इस्लाम आलमगीरलाई देशको नयाँ राष्ट्रपति चयन गरेको छ। करिब ३५ वर्षपछि बंगलादेशमा २३औँ राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष मतदानमार्फत भएको थियो । सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का तर्फबाट उम्मेदवार बनेका मिर्जा फखरुल इस्लाम आलमगीर २५५ मत प्राप्त गर्दै राष्ट्रपति निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी उम्मेदवार अवकाशप्राप्त कर्णेल ओली अहमदले ८८ मत पाए । राष्ट्रपति चुनिएका आलमगीर सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टीका नेता हुन् । उनी पूर्वप्रधानमन्त्री शेख हसिनाका प्रमुख विरोधीमध्ये एक रहँदै आएका छन् । सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि शेख हसिनालाई सत्ताबाट हटाइएको थियो । शेख हसिना अहिले भारतमा बस्दै आएकी छन् । बंगलादेशले भारतसँग उनको प्रत्यर्पण गर्न माग गरेको छ । आलमगीरले कठिन समयमा बीएनपीको नेतृत्व गर्न महत...
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
राजनीति, समाचार

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै छ।  पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा बिहान ११:०० बजे बैठक आयोजना गरिएको हो।बैठकमा उपस्थितिका लागि समितिका सदस्यहरूलाई अनुरोध गरिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव दिनेश थापामगरले जानकारी दिएका छन् ।...
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
राजनीति, समाचार

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

नेपालअखबार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ । वनस्थलीस्थित केन्द्रीय कार्यालय घण्टी घरमा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको छ । महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्तावेज, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम तथा अभियान लगायतका विषयमा छलफल हुने कार्यसूची छ । उनका अनुसार पार्टीको दस्तावेज अन्तर्गत स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन एवं राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची छ । यसैगरी साङ्गठनिक व्यवस्थापन तथा मनोनयन अन्तर्गत केन्द्रीय समिति सदस्य मनोनयन, पदाधिकारी मनोनयन, सचिवालय सदस्य मनोनयन, विभागीय प्रमुखहरूको मनोनयन, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन बैठकको कार्यसूचीमा छ । योजना, कार्यक्रम त...