Tuesday, October 27

राजनीति

यूएईलाई इरानको चेतावनी : ‘गाजाका कसाई’लाई आतिथ्यता दिँदा कुनै फाइदा हुनेछैन
राजनीति, विश्व, समाचार

यूएईलाई इरानको चेतावनी : ‘गाजाका कसाई’लाई आतिथ्यता दिँदा कुनै फाइदा हुनेछैन

नेपालअखबार,काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाईले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आतिथ्यता दिएको भन्दै संयुक्त अरब इमिरेट्स (यूएई) को आलोचना गरेका छन्। रेजाईले सामाजिक सञ्जाल एक्समा अरबी भाषामा लेखिएको पोस्टमा यूएईको नाम नलिइकन भनेका छन्, ‘जसरी अमेरिकी सैन्य अखडाहरूलाई ठाउँ दिँदा तपाईंहरूले सुरक्षा पाउनुभएन, त्यसैगरी ‘गाजाका कसाई’लाई आतिथ्यता दिँदा पनि कुनै राम्रो नतिजा निस्कनेछैन।’ उनले आफ्नो पोस्टमा थपेका छन्, ‘हालैको युद्धबाट पाठ सिकौँ, युद्ध बढाउने काम बन्द गरौँ र इरानी टापुहरूबारे आधारहीन दाबी गर्न छोडौँ।’ यूएईले हालै संयुक्त राष्ट्रसङ्घमा फेरि एकपटक इरानको आलोचना गर्दै तीनवटा टापुमा इरानले गरेको भनिएको कब्जाको मुद्दा उठाएको थियो। यी टापुहरूलाई लिएर इरान र यूएईबीच लामो समयदेखि विवाद रहँदै आएको छ।बीबीसीका अनुसार, पछिल्ला महिनाहर...
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्न ‘अनुभव बैंक’ स्थापना गर्छौं : मन्त्री बादी
राजनीति, समाचार

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्न ‘अनुभव बैंक’ स्थापना गर्छौं : मन्त्री बादी

नेपालअखबार,काठमाडौ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ज्येष्ठ नागरिकलाई केवल संरक्षण र हेरचाहको विषयका रूपमा नभई ज्ञान, अनुभव, सीप र सामाजिक सम्पदाका रूपमा सम्मान गर्दै राष्ट्र निर्माणमा उहाँहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने बताएकी छन् । ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले परिवार, समाज र राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै सुस्वास्थ्य, सुख, शान्ति तथा दीर्घ जीवनको शुभकामना व्यक्त गरेकी छन् । यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘दीर्घायुको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ’ भन्ने रहेको छ । मन्त्री बादीले दीर्घ जीवन उमेरको निरन्तरता मात्र नभई ज्ञान, अनुभव, सीप, संस्कार, सभ्यता र योगदानको अमूल्य सम्पदा ...
प्रतिनिधिसभाको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्ने छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यसैगरी, बैठकमा कानुनमन्त्री गौतमले नै ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन् । बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ । त्यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गर...
संघीय संसदका संसद्का दुवै सदनको बैठक बस्दै
राजनीति, समाचार

संघीय संसदका संसद्का दुवै सदनको बैठक बस्दै

नेपालअखबार । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ । यसैगरी, महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘आमको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्। यस्तै आजको बैठकमा मन्त्री मेहताले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्...
देउवा पक्षले बनाए कांग्रेसको बेग्लै वेबसाइट
राजनीति, समाचार

देउवा पक्षले बनाए कांग्रेसको बेग्लै वेबसाइट

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेपाली कांग्रेसका नाममा बेग्लै वेबसाइट बनाएर सञ्चालनमा ल्याएका छन्। पूर्वमहामन्त्री शशांक कोइरालालाई १५ औं महाधिवेशन तयारी समिति संयोजक बनाएर असोज १५ गतेदेखि वडा अधिवेशन सुरू हुँदैछ। उक्त तयारी समितिले बेग्लै वेबसाइट बनाएको हो। यस वेबसाइटमार्फत् सदस्यता आवेदन दिन मिल्ने बनाइएको चुनदेवीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा नेताहरूले बताएका थिए। देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गर्दैछ।...
अमेरिका पुगेर पनि किन राष्ट्रसंघको महासभामा गएनन् चिनियाँ राष्ट्रपति ?
राजनीति, विश्व, समाचार

अमेरिका पुगेर पनि किन राष्ट्रसंघको महासभामा गएनन् चिनियाँ राष्ट्रपति ?

नेपालअखबार, काठमाडौँ । वासिङ्टन डीसीबाट न्यूयोर्क हवाईजहाजमार्फत पुग्न करिब डेढ घण्टा लाग्छ । तर, चीनका राष्ट्रपति सी जिनपिङ सेप्टेम्बर २३ मा अमेरिका पुग्दा न्यूयोर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी भएनन् । चीनका तर्फबाट उपराष्ट्रपति हान झेङले सेप्टेम्बर २४ देखि २६ सम्म न्यूयोर्कमा जारी महासभामा चीनको प्रतिनिधित्व गरिरहेका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनका अनुसार उपराष्ट्रपति हानले चीनले आयोजना गरेको ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ’को पाँचौँ वार्षिकोत्सवका अवसरमा हुने उच्चस्तरीय संवादमा सहभागिता जनाउने छन् । उनले संयुक्त राष्ट्रसंघका महासचिव, ८१ औँ महासभाका अध्यक्ष तथा विभिन्न देशका नेताहरूसँग भेटवार्तासमेत गर्नेछन् । तर सीको महासभामा अनुपस्थितिलाई चीनले संयुक्त राष्ट्रसंघको महत्वबारे दिँदै आएको जोडसँग जोडेर विश्लेषण गरिएको छ । जुन २०२६ मा चीनले स...
जय नेपाल पार्टीको केन्द्रीय कार्यालय उद्घाटन
राजनीति, समाचार

जय नेपाल पार्टीको केन्द्रीय कार्यालय उद्घाटन

नेपालअखबार, काठमाडौँ। राष्ट्रियताको संरक्षण र हिन्दु राष्ट्रको पुनर्स्थापना गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको जय नेपाल पार्टीले आफ्नो केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन गरेको छ। काठमाडौँको चाबहिलमा शनिबार आयोजित विशेष कार्यक्रमबिच कार्यालयको उद्घाटन गरिएको हो। पार्टीका सभापति डा. धवलशम्शेर राणाले कार्यालयको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै सभापति राणाले पार्टीको मुख्य ध्येय राष्ट्र निर्माण, सनातन हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापना रहेको बताए।‘हामीले दृढ सङ्कल्पका साथ यो पार्टीको स्थापना गरेका छौँ। नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउन, राजासहितको प्रजातन्त्र पुनर्बहाली गर्न र देशको आर्थिक विकासको मार्ग प्रशस्त गर्न यो पार्टी प्रतिबद्ध छ,’ राणाले भने। कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति थियो।...
ट्रम्पले अस्वीकार गरे हर्मुज खोल्ने इरानको नयाँ प्रस्ताव
राजनीति, विश्व, समाचार

ट्रम्पले अस्वीकार गरे हर्मुज खोल्ने इरानको नयाँ प्रस्ताव

नेपालअखबार,काठमाडौं । अमेरिकाले हर्मुज जलमार्ग सात दिनभित्र पुनः खोल्ने इरानको नयाँ प्रस्ताव अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रस्तावलाई अस्वीकार गरेको भनेर अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले समाचार लेखेको छ। इरानी विदेशमन्त्री अब्बास अराग्चीले बिहीबार न्युयोर्कमा मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष हर्मुज जलमार्ग खोल्न नयाँ सात दिने युद्धविराम प्रस्ताव अमेरिकासमक्ष राखेका थिए। इरानले निश्चित सर्त पूरा भए सात दिनभित्र हर्मुज खोल्ने र त्यसपछि अमेरिका–इरानबीच युद्धको स्थायी समाधानका लागि व्यापक वार्ता सुरु गर्ने प्रस्ताव अमेरिकासमक्ष राखेको थियो। राष्ट्रसंघको महासभाका क्रममा पत्रकार तथा प्राज्ञहरूको भेलामा अराग्चीले प्रस्ताव स्वीकार भएको भोलिपल्टदेखि सात दिनको समयसीमा सुरु हुने र त्यसपछि हर्मुज खोलिने बताएका थिए। ‘योजना एकदमै स्पष्ट छ। उनीहरूले यो योजना...
‘हामीले तताउँदै नतताएको जलवायु र सुरू नै नगरेको युद्धको मारमा पर्‍यौं’ (सम्बोधनको पूर्णपाठ)
राजनीति, समाचार

‘हामीले तताउँदै नतताएको जलवायु र सुरू नै नगरेको युद्धको मारमा पर्‍यौं’ (सम्बोधनको पूर्णपाठ)

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तन र युद्धका कारण नेपालजस्ता मुलुकले भोगिरहेको दोहोरो मारबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि त्यसको असर भोगिरहेको र आफूले सुरु नै नगरेका युद्ध तथा विश्वव्यापी आपूर्ति अवरोधको असरसमेत नेपालीले व्यहोर्नुपरेको बताएका हुन्। 'जब नेपालकी एक गरिब किसान मनसुनमा बीउ रोप्न गइन्, मल समयमा पुगेन। जब हामी नयाँ राजमार्गको भुक्तानी गर्न चाहन्थ्यौं, त्यहाँ बिटुमेन (अलकत्रा) थिएन। जब एउटा परिवार साँझको खानाका लागि बस्यो, त्यहाँ पकाउने ग्यासको अभाव थियो,' प्रधानमन्त्री बालेनले भने। शाहले एकातर्फ पग्लिँदै गरेका हिमनदी, असफल बालीनाली र बिना चेतावनी आउने बाढीको सामना गर्नुपरेको र अर्कोतर्फ विश्वव्य...
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबिच भेटवार्ता
राजनीति, समाचार

परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबिच भेटवार्ता

नेपालअखबार,काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबिच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको उक्त भेटवार्तामा उनीहरुबीच नेपाल–बेलायत सम्बन्ध तथा पारस्परिक हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ । भेटवार्तामा दुवै पक्षबीच पछिल्लो समय विस्तार हुँदै गएको नेपाल–बेलायत द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको थियो । विशेषगरी नेपालमा हालै आएको विनाशकारी विपद्पछिको पुनरुत्थान तथा पुनर्निर्माणमा बेलायतसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । मन्त्री खनालले नेपालले विपद्पछिको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका काम अघि बढाइरहेका सन्दर्भमा अन्तरराष्ट्रिय साझेदारी र सहयोगको ...