राष्ट्रसंघमा इरानले भन्यो− अमेरिकासामु आत्मसमर्पण गर्दैनौं
नेपालअखबार,काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा इरानले अमेरिकी दबाबसामु आफू नझुक्ने बताएको छ।
महासभालाई बुधबार सम्बोधन गर्दै इरानी राष्ट्रपति मशुद पेजिस्कियानले अमेरिकासँगको युद्धमा इरानले आत्मसमर्पण नगर्ने बताएका हुन्।
यद्यपि युद्ध अन्त्य गर्ने वविषयमा कुटनीतिक माध्यमबाट समाधान खोज्न भने इरान हरदम तयार रहेको उनले बताएका छन्।
उनले महासभामै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धबारे दिएको अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई 'दादागिरी' भनेका छन्।
उनले सम्झौता नभए ट्रम्पले इरानलाई ध्वस्त पार्न सक्ने पनि बताएका छन्।
‘अमेरिकी राष्ट्रपतिको हिजोको भनाइ दादागिरीको मानसिकताको संकेत हो। इरानी जनता दबाबसामु झुक्ने छैनन्,’ पेजेश्कियानले भने। उनले अमेरिकाले इरानलाई विश्वकै प्रमुख आतंकवाद प्रायोजक भन्दै आएकोप्रति पनि आपत्ति जनाउँदै भने, ‘जो आफैं आतंकवादी हुन् र आतंकवादीलाई तालिम दिन...









