Monday, October 5

राजनीति

रविको लामिछानेको सम्बोधन सकिएलगत्तै प्रतिनिधिसभाबाट बाहिरिए प्रधानमन्त्री बालेन
राजनीति, समाचार

रविको लामिछानेको सम्बोधन सकिएलगत्तै प्रतिनिधिसभाबाट बाहिरिए प्रधानमन्त्री बालेन

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको सम्बोधन सकिएलगत्तै प्रधानमन्त्री बालेन बैठकबाट बाहिरिएका हुन् ।
अमेरिकाले तेल ट्यांकरमा आक्रमण गरेपछि इरानले जोर्डनमा हान्यो मिसाइल
राजनीति, विश्व, समाचार

अमेरिकाले तेल ट्यांकरमा आक्रमण गरेपछि इरानले जोर्डनमा हान्यो मिसाइल

नेपालअखबार, काठमाडौँ। अमेरिकी सेनाले इरानी तेल बोकेका पाँचवटा ट्यांकर ध्वस्त पारेको छ। इरानले अमेरिकी नौसेनाको युद्धपोतमा आक्रमणको प्रयास गरेपछि त्यसको जबाफी कारबाहीस्वरूप ती ट्यांकरमाथि आक्रमण गरिएको भनेको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्डले अनुसार मंगलबार ओमानको खाडीमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) ले प्रयोग गरिरहेका चारवटा कच्चा तेल बोकेका ट्यांकर र इरानको खार्ग टापुनजिक अर्को एउटा ट्यांकरमाथि आक्रमण गरी ध्वस्त पारेको बताएको छ। खार्ग टापु इरानको प्रमुख तेल उद्योग केन्द्र हो। अमेरिकी कारबाहीपछि इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण गरेको छ। उसले अमेरिकी नौसेनाका दुई युद्धपोतलाई समेत निशाना बनाएको दाबी गरेको छ। जोर्डनको सेनाले बुधबार बिहानसम्म इरानबाट प्रहार गरिएका १८ देखि वटा ब्यालिस्टिक मिसाइललाई आफ्नो सेनाले आकाशमै नष्ट गरेको  बताएका छ। ...
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अर्थ समिति र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको हो । आज बिहान साढे ९ बजे बस्ने अर्थ समितिको बैठकमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले हालसम्म गरेका उद्दार, राहत वितरण तथा पुनर्स्थापनाका सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग छलफल गर्ने कार्यसूची छ । यसैगरी विपद्‍बाट समग्र अर्थतन्त्रमा पारेको प्रभावका सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल तथा विपद्‍पछिको क्षति र प्रभावको मूल्यांकनका सम्बन्धमा राष्ट्रिय योजना आयोगसँग छलफल गर्ने कार्यसूची छ । आजै बिहान १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापन सम्बन्धमा छलफल हुने कार्यसूची छ । छलफलका लागि समितिले उद...
सुशासन नरहे दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन भन्ने जेनजी आन्दोलनको सन्देश हो- पूर्वप्रधानमन्त्री कार्की
राजनीति, समाचार

सुशासन नरहे दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन भन्ने जेनजी आन्दोलनको सन्देश हो- पूर्वप्रधानमन्त्री कार्की

नेपालअखबार,काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताएकी छन्। मंगलबार जेनजी आन्दोलन भएको एक वर्ष पुगेकोमा उनले सामाजिक सञ्जालमा लेख्दै आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई सन्देश दिएको बताइन्। ‘जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको छ- सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन। राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ। त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सकोस् भन्ने अपेक्षा गर्दछु,’ उनले भनिन्। उनले भदौ २३ गतेको जस्तो दिन फेरि कहिल्यै नदोहोरियोस् भनेर बताएकी छन्। उनले सुशासन र परिवर्तनका लागि सबै आआफ्नो ठाउँबाट चनाखो भएर कर...
हिउँदमा रूस-युक्रेन युद्ध मत्थर पार्न अमेरिकाले प्रयास गर्दैछ- जेलेन्स्की
राजनीति, विश्व, समाचार

हिउँदमा रूस-युक्रेन युद्ध मत्थर पार्न अमेरिकाले प्रयास गर्दैछ- जेलेन्स्की

नेपालअखबार,काठमाडौं । अमेरिकाले रूस-युक्रेन युद्धलाई आगामी हिउँदमा मत्थर पार्न र बृहत् शान्ति सम्झौताका लागि पुनः वार्ता सुरू गर्न खोजेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ ज्यारेड कुश्नरले युद्ध अन्त्य गर्ने विषयमा पहिले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग र पछि जेलेन्स्कीसँग कुरा गरेका थिए। त्यसबारे अमेरिकी अनलाइन एक्सियससँग कुरा गर्दै हिउँदअघिका साताहरूले कूटनीतिको लागि एउटा अवसर प्रदान गर्ने जेलेन्स्कीले विश्वास व्यक्त गरेका छन्। पुटिनले युक्रेनलाई कमजोर बनाउन अर्को हिउँदको सहारा लिइरहेका छन् भन्ने कुरामा आफू विश्वस्त रहेको उनले बताए। तर पुटिन अक्टोबरमा हुने अमेरिकी संसदीय चुनावअघि ट्रम्पलाई चिढ्याउन चाहँदैनन् भन्ने कुरा उनले थपे। ‘मेरो बुझाइमा पुटिनलाई ट्रम्पको आवश्यकता छ। उनी ट्रम्पलाई चिढ्...
भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव
राजनीति, समाचार

भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव

नेपालअखबार,काठमाडाैँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उद्धार, राहत, पुनर्स्थापना र पुन र्निर्माणसम्बन्धी २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ। सो पार्टीको केन्द्रीय कार्यालयको बैठकले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, अस्थायी आवास तथा पुनस्र्थापना, अत्यावश्यक सेवा तथा पूर्वाधार पुनःसञ्चालन लगायतका विषयमा विशेष प्रस्ताव पारित गरेको हो। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा आइतबार बसेको बैठकले बाढीबाट प्रभावित क्षेत्रमा देखिएका समस्या तथा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका चुनौतीबारे छलफल गरेको थियो । बैठकले राहत, सुरक्षित आवास योजना, जोखिम मूल्याङ्कन, राष्ट्रिय जलवायु तथा विपद् कोष स्थापना, पूर्वसूचना प्रणालीको वि...
महाधिवेशन रोकिएन भने कांग्रेसलाई विभाजन हुनबाट कसैले रोक्न सक्दैन : रमेश लेखक
राजनीति, विचार, समाचार

महाधिवेशन रोकिएन भने कांग्रेसलाई विभाजन हुनबाट कसैले रोक्न सक्दैन : रमेश लेखक

नेपालअखबार,कञ्चनपुर। नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेसलाई विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन्। कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा नेता लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढिरहेको बताए । उनले विशेष महाधिवेशनमार्फत १४औँ महाधिवेशनको कार्यसमितिलाई हटाइएकाले अहिलेको समस्या सिर्जना भएको दाबी गरे। विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई एक ठाउँमा राखेर विवाद समाधान गर्नुपर्ने उनको भनाइ छ। लेखकले पार्टी सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पार्दै १४ औँ महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्ने प्रस्ताव आफूहरूले अघि सारेको बताए। त्यसरी सदस्य थप्दा सभापति थापा अल्पमतमा पर्ने चिन्ता ...
अमेरिका–इरान तनाव चर्किँदै, पानीजहाजमाथि आक्रमणको दाबी
राजनीति, विश्व, समाचार

अमेरिका–इरान तनाव चर्किँदै, पानीजहाजमाथि आक्रमणको दाबी

नेपालअखबार,काठमाडाैँ। इरानले होर्मुज जलडमरूमा प्रवेश गर्न खोजिरहेको अमेरिकी पानीजहाजमाथि आफूले आक्रमण गरेको दाबी गरेको छ । अमेरिका र इरानबीच पुनः सैन्य तनाव बढिरहेका बेला इरानले यस्तो दाबी गरेको हो । इरानका अनुसार अमेरिकी पानीजहाज होर्मुज जलडमरू प्रवेश गर्न खोजेपछि त्यसलाई लक्षित गरी आक्रमण गरिएको थियो । तर, इरानको उक्त दाबीलाई अमेरिकाले तत्काल पुष्टि गरेको छैन। यो घटना अमेरिकी सेनाले इरानी तेल ट्यांकर तीनवटामाथि आक्रमण गरेको जनाएको एक दिनपछि भएको हो । अमेरिकी सेनाका अनुसार आफ्ना नौसैनिक युद्धपोतलाई लक्षित गरी गरिएको मिसाइल आक्रमणको जवाफमा ती तेल ट्यांकरमाथि कारबाही गरिएको थियो। फेरि चर्कियो अमेरिका–इरान तनाव अमेरिका र इरानबीचको पछिल्लो युद्ध फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको थियो । जुन महिनामा युद्धविराम घोषणा भए पनि दुवै पक्षबीच पूर्ण रूप...
मस्कोमा अमेरिकी टोलीले पुटिनसँग गरे तीन घन्टा छलफल
राजनीति, विश्व, समाचार

मस्कोमा अमेरिकी टोलीले पुटिनसँग गरे तीन घन्टा छलफल

नेपालअखबार, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ ज्यारेड कुश्नरले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घण्टा लामो वार्ता गरेका छन्। मस्कोस्थित क्रेमलिनमा शनिबार भएको भेटमा विटकफ र कुश्नरले युक्रेनमा जारी युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्ताव तथा सम्भावित समाधानका उपायबारे पुटिनसँग छलफल गरेको अमेरिकी अनलाइन एक्सियसले जनाएको छ। जाडोयाम नजिकिँदै गर्दा दुवै पक्षबीच सैन्य गतिविधि बढेपछि रूस-युक्रेन वार्ता पुनः सुरू गराउने प्रयास स्वरूप अमेरिकी टोली मस्को पुगेको हो। विटकफ र कुश्नर आइतबार युक्रेनको राजधानी किभ जाने तयारीमा छन्। उनीहरूको किभ भ्रमणलाई सहज बनाउन रुस र युक्रेन छोटो समयका लागि हवाई आक्रमण रोक्न सहमत भएको पनि एक्सियसले जनाएको छ। वार्ताको सुरुवातमै पुटिनले रुस–युक्रेनबीचको मध्यस्थतामा अमेरिकी ...
मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी
राजनीति, समाचार

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

नेपालअखबार, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसारपसारमुक्त, सुरक्षित, मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताएकी छन् । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औं राष्ट्रिय दिवस–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संघ, प्रदेश र स्थानीय तहका सरकार, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संघसंस्था, नागरिक समाज, सञ्चारमाध्यम, विकास साझेदार तथा आमनागरिकलाई आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्न आग्रह गरेकी छन् । यस वर्ष ‘प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइँदैछ । मन्त्री बादीले प्रविधिको तीव्र विकाससँगै मानव बेचबिखनका स्वरूप, माध्यम र चुनौतीहरू समेत परिवर्तन भइरहेक...