Thursday, October 29

राजनीति

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक
राजनीति, समाचार

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

नेपालअखबार,काठमाडौं । सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार, आजको बैठकले मुख्य ५ वटा निर्णयहरू गरेको हो । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू– – नगरपालिकाहरूमा स्वच्छ ऊर्जा, रुपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने । – नेपाल इन्जिनियरिङ सेवा, गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू २०८३ स्वीकृत गर्ने । – वैकल्पिक विकास वित्त परिचालन नियमावली २०८३ स्वीकृत गर्ने । – जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश श्री बाबु...
उद्योग क्षेत्रमा रहेका कानुनी तथा प्रक्रियागत अवरोध हटाउँछौं : मन्त्री साह
राजनीति, समाचार

उद्योग क्षेत्रमा रहेका कानुनी तथा प्रक्रियागत अवरोध हटाउँछौं : मन्त्री साह

नेपालअखबार,काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले उद्योग क्षेत्रमा रहेका कानुनी तथा प्रक्रियागत अवरोध हटाउँदै लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबार बसेको बैठकमा उनले समयअनुसार कानुन, प्रक्रिया र कार्यशैलीमा सुधारको आवश्यकताबारे सरकार सचेत रहेको बताएका हुन् । सरकारको भूमिका सहजीकरण, नियमन र नीति निर्माण गर्ने तथा निजी क्षेत्र उत्पादन, लगानी, रोजगारी र नवप्रवर्तनको प्रमुख साझेदार रहेको उल्लेख गर्दै मन्त्री साहले सरकार र निजी क्षेत्र मिलेर समाधान खोज्नुपर्ने बताए । उनले कानुन बाधक भए सुधार गर्ने, प्रक्रिया बाधक भए सरल बनाउने, समन्वयको कमी भए समन्वय र सहकार्य गर्ने तथा भ्रष्टाचार वा अनावश्यक हस्तक्षेपमा शून्य सहनशीलताको नीति अपनाउने प्रतिबद्धता व्यक्त गरे । डिजिटल अर्थतन्त्...
आज चार वटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

आज चार वटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रि सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । सोमबार दिउँसो १ बजे बस्ने अन्तर्राष्ट्रि सम्बन्ध र पर्यटन समितिकै बैठकमा नेपाल वायुसेवा निगमको सुधारका लागि भावी मार्गचित्र सम्बन्धी र समिति अन्तर्गत गठित उपसमिति तथा कार्यदलमा सदस्यहरू छनोट गर्ने सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । यसैगरी आज बिहान साढे १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग वाणिज्य क्षेत्रमा देखिएका नीतिगत एवं व्यवहारिक समस्याहरू सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची छ । यसैगरी आज पौने १२ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार सम...
देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा
राजनीति, समाचार

देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा

नेपालअखबार,काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसको सबैभन्दा ठुलो शक्ति उसको लामो राजनीतिक इतिहास भएको बताएका छन् । कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको आफूले सधैँ सम्मान गर्ने भन्दै उनले कांग्रेसको इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले आफू अहिलेको मञ्चमा सत्तापक्षको भए पनि एक्लो प्रतिपक्षीजस्तो देखिएको बताए। उनले आफू प्रायः एक्लै रहने बानी परेको भन्दै त्यसलाई समेत राजनीतिक प्रसङ्गसँग जोडेर व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरे । ‘खुलामञ्च १० वर्षपछि खुलेको छ। यो काठमाडौंको चौर मात्रै होइन,’ थापाले भने, ‘यहाँ बसेर ठूला दल बनेका छन्, यहीँबाट साना पनि बनेका छन्।’ जननायक बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले समेत यही खुला...
लामिछानेको चुनौती :  लोकतन्त्रको ठेक्का नलिनुस्, हामीले काम गर्न नसके डाँडो कटाउनुस्
राजनीति, समाचार

लामिछानेको चुनौती : लोकतन्त्रको ठेक्का नलिनुस्, हामीले काम गर्न नसके डाँडो कटाउनुस्

नेपालअखबार, काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसको सबैभन्दा ठुलो शक्ति उसको लामो राजनीतिक इतिहास भएको बताएका छन् । कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको आफूले सधैँ सम्मान गर्ने भन्दै उनले कांग्रेसको इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले आफू अहिलेको मञ्चमा सत्तापक्षको भए पनि एक्लो प्रतिपक्षीजस्तो देखिएको बताए। उनले आफू प्रायः एक्लै रहने बानी परेको भन्दै त्यसलाई समेत राजनीतिक प्रसङ्गसँग जोडेर व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरे । ‘आज यो मञ्चको एक्लो प्रतिपक्षी भएछु। सत्तापक्ष तर यो मञ्चको एक्लो प्रतिपक्ष। प्रायः एक्लो हुने बानी पनि छ मलाई,’ लामिछानेले भन । लामिछानेले नेपाली कांग्रेसको लामो राजनीतिक इतिहासलाई उसको ठुलो राजनीतिक पुँजीका...
कांग्रेस महाधिवेशनमा देउवालाई प्रमुख अतिथिको निम्ता
राजनीति, समाचार

कांग्रेस महाधिवेशनमा देउवालाई प्रमुख अतिथिको निम्ता

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसले भोलिबाट सुरु हुने १५ औं महाधिवेशनको प्रमुख अतिथिका लागि पूर्वसभापति शेरबहादुर देउवालाई निमन्त्रणा दिएको छ । सभापति गगनकुमार थापाको हस्ताक्षरसहितको पत्र पूर्वसभाति देउवाको निवासमा पुर्‍याइएको हो । पार्टीका तर्फबाट सहमहामन्त्री योगेन्द्र चौधरी नेतृत्वको टोली देउवालाई निमन्त्रणा दिन चुनदेवीस्थित देउवा निवास पुगेको थियो । शनिबार साँझ देउवानिवास पुग्दा पूर्वसभापति देउवासँग भेट भने हुन नसकेको सहमहामन्त्री चौधरीले बताए । ‘भेट भएन, घरभित्रसम्म गयौं । हामीले भानुजी(देउवाका स्वकीय सचिव भानु देउवा)लाई फोन गर्दा भेट्टाउन सकेनौं । त्यसपछि घरमा गएर सुरक्षाकर्मीलाई दिएर आयौं,’ चौधरीले भने ।...
खुलामञ्चमा सुरू हुँदैछ कांग्रेसको १५ औं महाधिवेशन, आज उद्घाटन समारोह
राजनीति, समाचार

खुलामञ्चमा सुरू हुँदैछ कांग्रेसको १५ औं महाधिवेशन, आज उद्घाटन समारोह

नेपालअखबार, काठमाडौँ ।  नेपाली कांग्रेसको १५ औं महाधिवेशन आजदेखि सुरू हुँदै छ। काठमाडौंको खुलामञ्चमा असोज २२ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे सुरू हुनेछ। उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निम्ता गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरेको छ। महाधिवेशनमा करिब ७ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुनेछन्। कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका थिए। त्यसबेला प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि आउने व्यवस्था थियो। यसपटक भने प्रत्येक निर्वाचन क्षेत्रबाट ३३ ...
प्रधानमन्त्रीले संसद्लाई अपमान गरेको भन्दै संसद्‌मै खेद प्रकट
राजनीति, समाचार

प्रधानमन्त्रीले संसद्लाई अपमान गरेको भन्दै संसद्‌मै खेद प्रकट

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन शाहले संसद्लाई अपमान गरेको भन्दै खेद प्रकट गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले राष्ट्रसंघको ८१ औं महासभामा देशको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन शाह गएको स्मरण गरे । महासभामा प्रधानमन्त्री बालेनले देशको साझा राष्ट्रिय एजेण्डाहरू, हिमालमा जलवायु परिवर्तनको प्रभाव र भोटेकोशी त्रिशुली नदीमा आएको हिमालयन सुनामी र त्यसले पुराएको क्षति, जलवायु न्याय, अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग लगायतका विषयमा प्रस्तवहरू राखे । यसप्रति नेकपाका प्रमुख सचेतक दुलालले प्रधानमन्त्री शाह र सरकारलाई धन्यवाद दिए । तर यसबारे संसद्लाई कुनै जानकारी दिएनन् । यसप्रति सांसद दुलालले संसद्मै खेद प्रकट गरेका हुन् । ‘तर महासभामा जानु अघि र आए पछि संसदलाई जानकारी नगराएर प्रधानमन्त्रीले व्यवस्थाप...
अस्ट्रेलियाका राजदूतले भेटे प्रधानमन्त्री शाह
राजनीति, समाचार

अस्ट्रेलियाका राजदूतले भेटे प्रधानमन्त्री शाह

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्नस्टबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा पारस्परिक हितका विषयमा छलफल भएको जनाइएको छ। नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कूटनीतिक, शैक्षिक, विकास साझेदारी तथा जनस्तरमा सम्बन्ध रहँदै आएको छ। विशेषगरी शिक्षा, विकास सहयोग, व्यापार तथा नेपाली समुदायसँगको सम्बन्धले दुई देशबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै आएको दूतावासले जनाएको छ ।प्रधानमन्त्री शाहसँगको भेटलाई नेपाल-अस्ट्रेलिया सम्बन्धलाई निरन्तरता दिने कूटनीतिक संवादका रूपमा लिइएको नेपालस्थित अस्ट्रेलियन दूतावासले जनाएको छ।...
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक
राजनीति, समाचार

दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक

नेपालअखबार, काठमाडौं । नेकपा एमाले सांसद विष्णुमाया विकले ‘जेन–जी’ आन्दोलनको नाममा भएको हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्र र राजनीतिक स्थिरतामाथि प्रहार भएको बताएकी छिन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विकले राजनीतिक इमान्दारीको अभावमा सरकारले जनताको आशामाथि कुठाराघात गरेको आरोप लगाएकी हुन् । सांसद विकले ३५ वर्षको लोकतान्त्रिक कालखण्डमा नेपालले हासिल गरेका विकासका उपलब्धिहरूलाई कतिपयले गलत भाष्य निर्माण गरी ओझेलमा पार्न खोजेको बताइन् । साथै, उनले मध्यपहाडी लोकमार्ग, मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत र अन्तर्राष्ट्रिय विमानस्थलहरू जस्ता गौरवका आयोजनाहरू यही समयमा सम्पन्न भएको स्मरण गराइन् । नेपालले विकासशील राष्ट्रको सूचीमा प्रवेश गरिरहँदा भदौ महिनामा भएको आन्दोलनले भौतिक र मानवीय संरचनामा पुर्‍याएको क्षति दु:खद् रहेको उल्लेख उनले गरिन् । ...