Monday, May 4

राजनीति

नेकपा सचिवालय बैठक बस्दै
राजनीति, समाचार

नेकपा सचिवालय बैठक बस्दै

नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । यसअघि २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो । यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए । सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी आसनको व्यवस्था मिलाइएको छ । गत २६ भदौमा बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनबारे सचिवालय बैठकमा छलफल हुने नेकपा नेताहरुले बताएका छन् । साथै पार्टी र सरकारका कामकारवाहीबारे पनि बैठकमा छलफल हुने बताइएको छ । बालुवाटारमा बसेको २६ भदौको स्थायी कमिटी बैठकल...
नेकपा सचिवालय बैठक आइतबारलाई सर्‍यो
राजनीति, समाचार

नेकपा सचिवालय बैठक आइतबारलाई सर्‍यो

नेपाल अखबार, काठमाडाैं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शुक्रबार बिहान ११ बजेलाई बोलाइएको सचिवालय बैठक सरेको छ । बैठक असोज ४ गते आइतबारसम्मका लागि सरेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । सचिवालय बैठकले समसामयिक विषयमा छलफल र निर्णयका साथै पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने विषयमा निर्णय गर्ने बताइएको थियो । सचिवालय बैठकपछि मन्त्रिपरिषदका सदस्यहरुको हेरफेर समेत गर्ने नेकपाको तयारी छ । बुधबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलले शुक्रबार पूर्व माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा बैठक बस्ने तय गरेको थियो । यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै राखिँदै आएको थियो...
वामदेव गौतमले लिए सपथ
राजनीति, समाचार, हाइलाइट-समाचार

वामदेव गौतमले लिए सपथ

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएका छन् । गौतमलाई बिहीबार राष्ट्रिय सभा अध्यक्षका गणेश तिमल्सिनाले सिंहदरवारमा सपथ गराएका हुन् । गौतमले जनताका नाममा सपथ लिएका हुन् । सपथ समारोहमा संक्षिप्त सम्बोधन गर्दै गौतमले अव आफ्नो कामकारवाही राष्ट्रिय सभामा केन्द्रीत हुने बताए । यस्तै उनले राष्ट्रियसभाको प्रतिष्ठा र गरिमा नगिराउने गरी काम गर्ने प्रतिवद्धता पनि जनाए ।   कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, सुवास नेम्वाङ लगायतका नेता तथा सांसदहरु सहभागी भएका थिए । राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गरेलगत्तै गौतमले सपथ लिएका हुन् । राष्ट्रपति भण्डारीले गौतमलाई संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम गौतमलाई मनोनित गरेकी हुन् । गत सोमबार बसेको मन्त...
वामदेव बने राष्ट्रियसभा सदस्य, ४ बजे सपथ
राजनीति, समाचार

वामदेव बने राष्ट्रियसभा सदस्य, ४ बजे सपथ

नेपाल अखबार, एजेन्सि। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् । गौतमलाई राष्ट्रपति भण्डारीले बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीलेसंविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम गौतमलाई मनोनित गरेकी हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो । राष्ट्रपतिले गौतमलाई मनोनित गरेसँगै बिहीबार ४ बजे गौतमले राष्ट्रिय सभा सदस्यको सपथ लिने तयारी भएको राष्ट्रिय सभा अध्यक्षका प्रेस संयोजक अशोक पौडेलले रातोपाटीलाई जानकारी दिए । नेकपाको भदौ १८ गते बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो । पहिला संविधान संशोधन नगरी राष्ट्रिय सभामा नजाने बताएका गौतम पछि पुनः जान तयार भएका थिए ।...
अपरेशन पोलो : भारतले यसरी कब्जा गरेको थियो हैदरावाद
राजनीति, विश्व

अपरेशन पोलो : भारतले यसरी कब्जा गरेको थियो हैदरावाद

नेपाल अखबार, एजेन्सि। आज १७ सेप्टेम्बर । सन् १९४८ मा हैदरावादमाथि भारतीय सेनाले कब्जा जमायो । यस्तो जबर्जस्ती किन भयो ? यसबारे बुझ्न हामी इतिहासतर्फ फर्कनुपर्छ । १५ अगस्ट, १९४७ अघि दुई तरिकाले भारत अस्तित्वमा थियो । पहिलो, बेलायती, फ्रान्स र पोर्चुगली साम्राज्य अधिनस्थ भारत, जहाँ विदेशीहरुको शासन थियो । दोस्रो, त्यस्तो भारत, जहाँ राजा–रजौटा र स्थानीयको शासन थियो । त्यस समय भारतमा ५ सय २२ वटा साना–ठूला  राज्य थिए । हैदरावाद देशको ठूलो राज्यमध्ये एक थियो । यहाँ झन्डै दुई शताब्दीदेखि आसफ जाही वंशको शासन थियो । हैदरावाद राज्यमा मुख्यत तेलुगु, मराठी र कन्नड भाषा बोलिन्थ्यों । यस राज्यमा कुल जनसंख्याको ८४ प्रतिशत हिस्सा हिन्दुको थियो । ११ प्रतिशत मुसलमान र बाँकी जैन धर्मका अनुयायी थिए । यसरी, सामाजिक दृष्टीले हेर्दा हैदरावाद राज्य सांस्कृतिक र धार्मिक विविधतासहित एकतामा बाँधिएको थियो, शान्तिपूर्...
युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त
राजनीति, समाचार

युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त

नेपाल अखबार ,काठमाडौँ । निवर्तमान अर्थमन्त्री युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले मन्त्री सरहको सेवा सुविधा पाउने गरी खतिवडालाईप्रधानमन्त्रीको आर्थिक विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए  । राष्ट्रियसभाको समयावधी सकिएपछि खतिवडाले यही भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।...
अध्यक्ष प्रचण्डद्वारा बोगटीप्रति श्रद्धाञ्जलि अर्पण
राजनीति, समाचार

अध्यक्ष प्रचण्डद्वारा बोगटीप्रति श्रद्धाञ्जलि अर्पण

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटी ‘दिवाकर’प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । पार्टी मुख्यालय धुम्बराहीमा आज ‘बोगटीको छैटौँ स्मृति दिवस’का अवसरमा आयोजित कार्यक्रममा उनले बोगटीको स्मरण गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । कोभिड–१९ का कारणले स्मृति दिवसमा वक्ताका रुपमा कसैलाई नराखिएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । अध्यक्ष दाहालले बोगटीको तस्बिरमा माल्यार्पण गरेका थिए । सोही अवसरमा वाग्मती प्रदेशका सहइन्चार्ज हितबहादुर तामाङ लगायतको सहभागिता रहेको थियो । नेता बोगटी २०७१ साल भदौ ३० गते हृदयाघातका कारणले निधन भएको थियो । एकीकृत माओवादीको हेटौँडामा भएको सातौँ महाधिवेशनमा महासचिवमा निर्वाचित बोगटीलाई विराटनगरमा भएको पार्टीको राष्ट्रिय सम्मेलनपछि गठित केन्द...
नेकपाको सर्कुलर ओली–प्रचण्डको कार्यविभाजन
राजनीति, समाचार, हाइलाइट-समाचार

नेकपाको सर्कुलर ओली–प्रचण्डको कार्यविभाजन

नेपाल अखबार, काठमाडौं । नेकपाका दुई अध्यक्षको कार्यविभाजनबारे नेकपाले आफ्नो आन्तरिक सर्कुलरमा थप प्रष्ट पारेको छ । स्थायी समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्ताव अनुमोदन गरेसँगै सोमबार पार्टीपंक्तिमा जारी गरिएको आन्तरिक सर्कुलरमा ओली र प्रचण्डको कार्यविभाजनबारे प्रष्ट पारिएको हो । ‘पार्टीमा दुई अध्यक्षात्मक व्यवस्थाको समझदारीपूर्ण एवम् प्रभावकारी कार्यान्वयन हुन नसक्दा शीर्ष नेतृत्व तहमा अविश्वास र अन्तर्विरोध उत्पन्न हुने गरेको छ । एउटा समस्या समाधान भएको केही समय नबित्दै नयाँ रूप र स्तरमा अर्को समस्या आइलाग्ने गरेको छ । यस अवस्थाको नकारात्मक प्रभाव समग्र पार्टी तथा सरकारको काममा समेत परिरहेको छ । वैधानिक व्यवस्थामा विद्यमान अस्पष्टतालाई स्पष्ट पार्दै पारस्परिक विश्वास र सहमतिका आधारमा यो समस्याको समाधान गर्नुपर्दछ । यसका लागि अध्यक्षद्वयको कार्यविभाजन र कार्याधिकारनि...
बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक तयारी
राजनीति, समाचार

बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक तयारी

नेपाल अखबार, काठमाडौं । सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईँले जानकारी दिए । उनका अनुसार आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो । आकस्मिक बाहेक मन्त्रिपरिषद्को बैठक प्रत्येक साताको आइतबार वा सोमबार बस्दै आएको छ । बालुवाटार स्रोतका अनुसार आज बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गर्दैछ  । नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख  र सरकारको प्रवक्ता समेत तोक्ने तयारी भएको बुझिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएको छ । त्यस्तै सरकारको प्रवक्ताको जिम्मेवारी समेत पाएका अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले भदौ २० गते राजीनामा दिएसँगै सो पद पनि खाली छ ।...
सरकारको काममा पार्टीले हस्तक्षेप नगर्ने नेकपा बैठकको निर्णय
राजनीति, समाचार

सरकारको काममा पार्टीले हस्तक्षेप नगर्ने नेकपा बैठकको निर्णय

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्वमा रहने निर्णय भएको छ । बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्ने निर्णय गरेको छ । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षको कार्यविभाजन टुंगो लगाइएको भन्दै प्रधानमन्त्री समेत रहेका ओली सरकारका काम कारबाहीमा केन्द्रीत रहने निर्णय भएको बताए । यस्तै अध्यक्ष प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी कामको नेतृत्व गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार सरकारका कामकारबाहीमा पार्टीले कुनै हस्तक्षेप गर्ने छैन । तर महत्त्वपूर्ण ...