Monday, July 6

राजनीति

प्रचण्ड पुगे ओलीलाई भेट्न बालुवाटार
राजनीति, समाचार

प्रचण्ड पुगे ओलीलाई भेट्न बालुवाटार

नेपाल अखबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता भएकाे छ । ओलीलाई भेट्न प्रचण्ड आइतबार साँझ बालुवाटार पुगेका हुन् । करिब २ घण्टा भएको छलफल बिनानिष्कर्ष सकिएको बालुवाटार स्रोतले जनाएको छ । पार्टीभित्र विवाद चुलिँदै गएपछि शीर्ष नेताहरुबीचको भेटघाट बाक्लिएको छ । आइतबार बिहान पनि प्रचण्डले माधव नेपाल पक्षधर नेताहरुसँग भेटघाट गरेका थिए । प्रचण्डले आइतबार बिहान आफ्नै निवासमा माधव नेपाल पक्षधर नेताहरुलाई शनिबारको बैठकमा ओलीले राखेको प्रस्तावको विषयमा स्पष्टीकरण दिएका थिए । शनिबारको बैठकमा ओलीले मंसिरमा महाधिवेशनको प्रस्ताव राखेको र त्यसमा प्रचण्डले सहमति जनाएको भन्दै नेपालसहितका सचिवालयका नेताहरु झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले असहमति जनाएका थिए । तर प्रचण्डले आ...
प्रचण्डले भने  : ओलीसँग कुनै सहमति गरेको छैन
राजनीति, विचार, समाचार

प्रचण्डले भने : ओलीसँग कुनै सहमति गरेको छैन

नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताएका छन् । शनिबार सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्य सहमत देखिएका थिए भने वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले वैचारिक बहस नगरी महाविशेनमा गर्ने प्रस्तावमा प्रश्न उठाएका थिए । तर आइतबार सचिवालय र स्थायी कमिटीका केही सदस्यहरुसँग भएको भेटमा प्रचण्डले महाधिवेशन गर्ने प्रस्तावमा आफूले कुनै सहमति नगरेको बताएका छन् । ‘छलफल गरौं सम्म भनेको हुँ, तर हाम्रो कुनै सहमति भएको छैन,’ उनले भने । अर्का अध्यक्ष ओलीले महाधिवेशन गर्नका लागि नभई भुल्याउन अर्को कार्ड फालेको महसुस आफूलाई भएको उनले बताए । विचारमा छलफल नै नभएको र सदस्यता टुंगो नलागेको अवस्था...
नेकपा स्थायी कमिटी बैठक साउन ६ गतेसम्मलाई स्थगित
राजनीति, समाज

नेकपा स्थायी कमिटी बैठक साउन ६ गतेसम्मलाई स्थगित

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो । नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् । स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ ।...
प्रदेश नम्बर २ मा प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोधमा प्रदर्शन
राजनीति, विचार, समाचार

प्रदेश नम्बर २ मा प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोधमा प्रदर्शन

नेपाल अखबार, जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मस्थल पर्साको ठोरीमा रहेको अभिव्यक्ति दिएकोप्रति प्रदेश नम्बर २ का विभिन्न जिल्ला सदरमुकाममा विरोध प्रदर्शन भएको छ । शनिवार प्र्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम र रौतहटमा समेत प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको विरोधमा प्रदर्शन भएको हो । जनकपुरधामको नगरको विभिन्न भागमा ¥याली निकाल्दै हिन्दु युवा परिषद नेपाल, विश्व हिन्दु परिषद, रामानन्दीय वैष्णव संघ लगायतका आयोजनामा प्रधानमन्त्री ओलीको विरुद्धमा प्रदर्शन भएको छ । भानु जयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अयोध्या भारतमा नभई नेपालकै पर्साको ठोरीमा रहेको भन्दै भारतले नक्कली अयोध्या खडा गरेको बताएका थिए । प्रधानमन्त्री ओलीले राम जन्मस्थल सम्बन्धमा विवादित बयान दिएको भन्दै नेपाल–भारतमा यस अभिव्यक्तिलाई लिएर व्यापक आलोचना भइरहेको छ । प्र...
ओलीलाई प्रधानमन्त्रीबाट हटाएर देशलाई बचाऔँ : बाबुराम भट्टराई
राजनीति, विचार

ओलीलाई प्रधानमन्त्रीबाट हटाएर देशलाई बचाऔँ : बाबुराम भट्टराई

नेपाल अखबार, काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर देशलाई बचाउन आग्रह गरेका छन् । नेकपाका अध्यक्षसमेत रहेका ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नेकपा किन अलमलमा परेको भन्दै शनिबार बिहान ट्वीट गर्दै भट्टराईले प्रश्न समेत गरेका छन् । उनले ‘संसदबाटै संकटमोचन किन हुन्न ? ओली हटाऔं, देश बचाऔं,’ ट्वीटमा लेखेका छन् । प्रधानमन्त्री ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर गएको आरोप पनि भट्टराईले लगाए । उनले हिटलरसँग तुलना गर्दै ओलीको आलोचना समेत गरेका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ,’ ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘हिटलर पनि निर्वाचित थिए । चरम राष्ट्रवाद उनको पनि हतियार थियो । आखिर के भयो ?’ प्रम@kpsharmaoli को वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ।कोरोना,अर्थतन्त्र,भ्...
नेकपा सचिवालय बैठक बस्दै
राजनीति, समाचार

नेकपा सचिवालय बैठक बस्दै

नेपाल अखबार, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ । पार्टीको आन्तरिक विवाद समाधानका लागि दिउँसो ३ बजे सचिवालय बैठक बस्ने भएको हो । सरकारका क्रियाकलाप तथा पार्टी एकताका बाँकी प्रक्रियामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्न थालेको भन्दै पार्टीमा आन्तरिक असन्तुष्टि बढेको छ । नेकपाको विवाद उत्कर्षमा पुगेपछि शुक्रबार प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा यसअघि जारी स्थायी कमिटी बैठक स्थगित गरेर सचिवलाय बैठक बोलाउने सहमति भएको थियो । बिहीबार पनि प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । आन्तरिक विवाद मिलाउन भन्दै कैयौं पटक शीर्ष नेताहरु छलफलमा जुटे पनि निष्कर्षमा पुग्न सकेका छैनन् । असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले ओलीले...
स्थायी कमिटी बैठकअघि ओली र प्रचण्डबीच छलफलको तयारी
राजनीति, समाज

स्थायी कमिटी बैठकअघि ओली र प्रचण्डबीच छलफलको तयारी

नेपाल अखबार, काठमाडौं । नेकपा स्थायी कमिटीको बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुँदैछ । छलफल केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा केन्द्रित हुने बताइएको छ । स्थायी कमिटीको बैठक ११ बजे बस्दै छ । दुई अध्यक्ष बीचको भेटवार्ताको समय भने टुंगो लागेको छैन । नेकपाभित्रको विवाद स्थायी कमिटीबाट समाधान हुन नसकेपछि ओली इतर समूह केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने निष्कर्षमा पुगेको छ । त्यसमा सहमत गराउन प्रचण्डले ओलीलाई भेट्न लागेको बताइएको छ । बिहीबार ओली, प्रचण्ड र माधव नेपाल पक्षबीच बालुवाटारमा छलफल भइसकेपछि दुवै पक्षका नेताहरु अलग–अलग छलफलमा जुटेका थिए । प्रचण्ड–माधव नेपाल पक्षको खुमलटारमा भएको भेलाले केन्द्रीय कमिटी बोलाउने निष्कर्ष निकालेको थियो । यसैगरी बालुवाटारमा भेला भएका ओली निकट नेताहरुले प्रचण्ड–नेपाल पक्षको कडा प्रतिवाद गर्ने निर्णय गरेका थिए । उनीहरुले प्...
ओलीले राजीनामा दिनुपर्ने प्रचण्ड–नेपालको आग्रह
राजनीति, समाचार

ओलीले राजीनामा दिनुपर्ने प्रचण्ड–नेपालको आग्रह

नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका छन् । भोलि साउन २ गतेका लागि तय भएको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सहमति खोज्न भन्दै तीन नेता बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए । यसअघिका वार्तामा ओली र प्रचण्ड मात्र बस्दै आए पनि यो पटक प्रचण्ड नेता नेपाललाई लिएर पुगेका थिए । बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । बालुवाटारमा भएको भेटमा प्रचण्ड र नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरे । बालुवाटार जानुअघि अध्यक्ष प्रचण्डको निवास  खुमलाटारमा नेकपा सचिवालय समितिका  ६ नेता (प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल) को छलफलमा पनि प्रधानम...
यातायात व्यवसायी र मजदुरलाई सरकारले राहत दिनुपर्छ : प्रचण्ड
राजनीति, समाचार

यातायात व्यवसायी र मजदुरलाई सरकारले राहत दिनुपर्छ : प्रचण्ड

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यातायात व्यवसायी र मजदुरका समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिएका छन् । उनले राहत व्यवस्थाका लागि पार्टी र सरकारमा छलफल गर्ने बताए । यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि गठित कार्यदलको प्रतिवेदन बिहीबार खुमलटारस्थित निवासमा बुझ्दै प्रचण्डले सो कुरा बताएका हुन् । व्यवसायीहरुसँगको भेटमा प्रचण्डले भने, ‘व्यवसायीले राखेका सबै कुराहरु गम्भीर छन् । कोभिड–१९ का सन्दर्भमा संसारभरिका देशहरुले राहत प्याकेज दिने गरेको देखिएको छ । यहाँ पनि यातायात व्यवसायी र मजदुरका समस्या समाधान गर्न केही न केही राहत वा सुविधाका बारेमा पार्टी र सरकारमा छलफल गर्छु । बरु नीतिगत कुरा अलिक पछि गर्दा पनि हुन्छ ।’ प्रचण्डले तत्काल बैंकको किस्तालाई रोक्ने कुरा, यातायात व्यवसाय सञ्चालनका लागि पुनःकर्जाका कुरा, राह...
ओली –प्रचण्ड तीन घण्टा वार्ता विना निष्कर्ष
राजनीति, समाज

ओली –प्रचण्ड तीन घण्टा वार्ता विना निष्कर्ष

नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अआफ्नो अडानमा रहँदा बुधवार करीव ३ घण्टाको छलफल पनि विना निष्कर्ष टुंगिएको छ । साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति कायम गर्ने प्रयास स्वरुप ओली र प्रचण्डबीच निरन्तर छलफल भइरहेको छ । बुधबार भएको छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । दुई अध्यक्षबीच सौहार्दपूर्ण ढंगले छलफल भएको र बिहीबार पनि सहमतिको प्रयासमा वार्ता हुने महासचिव पौडेलले बताए । ‘उहाँहरुबीच सकारात्मक कुराकानी भएको छ तर निष्कर्षमा पुगिसक्नुभएको छैन’ पौडेलले अनलाइनखबरसँग भने, ‘उहाँहरुबीच भोलि पुनः छलफल हुन्छ । पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएका समस्या समाधान गर्दै पार्टी एकताको रक्षा गर्न हामी सफल हुनेछौं ।’ अध्यक्षद्वयबीच छलफल सकारात्...