Monday, July 6

राजनीति

स्वीस बैङ्कमा प्रधानमन्त्री ओलीको खाता छैन : प्रेस सल्लाहकार थापा
राजनीति, समाचार

स्वीस बैङ्कमा प्रधानमन्त्री ओलीको खाता छैन : प्रेस सल्लाहकार थापा

नेपाल अखबार, काठमाडाैं। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैङ्कको खातामा साढे ५ मिलियन अमेरिकी डलर रहेको रिर्पोट तथाकथित र कपोलकल्पित भएको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक प्रेस विज्ञप्ति जारी गर्दै सल्लाहाकार थापाले  ‘ग्लोबल वाच एनालाइसिस’को हवाला दिँदै केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्प्रेषणप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । उनले स्वीस बैंकमा खाता र साढे ५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको उल्लेख गरेका छन् । उनले भनेका छन् –‘जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम...
निर्वाचन आयोगले दियो जसपालाई प्रमाण पत्र
राजनीति, समाचार

निर्वाचन आयोगले दियो जसपालाई प्रमाण पत्र

नेपाल अखबार, काठमाडौं । निर्वाचन आयोगले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टी (जसपा) नेपाललाई दल दर्ता प्रमाण पत्र दिएको छ । जसपाले दल दर्ताका लागि गत वैशाख ११ गते आयोगमा निवेदन दिएको थियो । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो दललाई निर्वाचन आयोगले आधिकारिक प्रमाणपत्र प्रदान गरेको जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘हामी निर्वाचन आयोगलाई धन्यवादका साथ आभार व्यक्त गर्दछौं । यस अवसरमा अग्रगामी परिर्वतनका पक्षधर, संघीयता, राष्ट्रिय पहिचान, सुशासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजावदप्रति समर्पित सम्पूर्ण राजनीतिक शक्ति र व्यक्तिहरुलाई जसपामा आवद्ध हुन आव्हान गर्दछौं ।’...
प्रधानमन्त्री ओलीको राष्ट्रियताको मुद्दा कागजी बाघ मात्र हो  : रामचन्द्र पौडेल
राजनीति, समाचार

प्रधानमन्त्री ओलीको राष्ट्रियताको मुद्दा कागजी बाघ मात्र हो : रामचन्द्र पौडेल

नेपाल अखबार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको बताएका छन् । गण्डकी प्रदेशका काँग्रेस नेता कार्यकर्तासँगको भर्चुअल बैठकमा नेता पौडेलले राष्ट्रियताको मुद्दालाई ओलीले कागजी बाघ मात्र बनाएको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई कागजी बाघ बनाएकाले नेपाली भूमि फिर्ता गर्न नसक्ने उनले बताए । उनले वार्ता गर्ने बेलामा गाली गलौजमा उत्रिएर भारतसँगको वार्ताको वातावरण विगारेको आरोप लगाए । पौडेलले कम्युनिष्टहरुको राष्ट्रियता मात्र नभएर समाजवाद पनि कागजी बाघ भएको बताए । कम्युनिष्टहरुले भन्ने समाजवाद, समानता तर काम भने भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माउने  उनले गरेको बताए । पौडेलले गरिबी, अशिक्षा, तथा महामारी रोक्न कम्युनिष्ट सरकार असफल भएको बताए । कम्युनिष्टहरुसँग जनतालाई झुक्याउने र ...
विपद व्यवस्थापन बैठक : बाढी-पहिरो पीडितहरुको व्यवस्थापनका लागि  तयारी
राजनीति, समाचार

विपद व्यवस्थापन बैठक : बाढी-पहिरो पीडितहरुको व्यवस्थापनका लागि तयारी

नेपाल अखबार,काठमाडौं । बाढी पहिरो पीडितहरुलाई तत्काल उद्धार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।  राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँग गरेको छलफलमा तत्काल उद्धार गरी सामुदायिक विद्यालयमा राख्न सकिने विषयमा छलफल गरेको हो । कोरोना संक्रमणको जोखिमसँगै मनसुन सुरु भएपछि देशका विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पु¥याउँदै आएका बेला प्राधिकरणले उद्धार र राहतका विषयमा सरोकारवालाहरुसँग गरेको छलफलमा यस्तो निश्कर्ष निकालिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बाढी पहिरोका घटनाहरु बढिरहेको अवस्थामा तत्काल उद्धार, राहत र पुनस्र्थापनाका विषयमा प्राधिकरणले सरोकारवालहरुसँग छलफल गरेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । प्राकृतिक विपदबाट पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरुमा पुनस्र्थापना गर...
बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक जारी, देउवा पनि सहभागी
राजनीति, समाचार

बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक जारी, देउवा पनि सहभागी

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहितको विपद् व्यवस्थापन परिषद्को बैठकमा राखेका छन् । शनिबार विहान १० बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।  बैठकमा विपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागी छन् । लगातारको वर्षापछि आएको बाढीपहिरोले सिन्धुपाल्चोक, म्याग्दी, लमजुङ, कास्की, तनहुँ, पश्चिम नवलपरासी, गुल्मी, जाजरकोट, रुकुमपश्चिम र कालीकोट ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रधानमन्त्री ओेली विपद् व्यवस्थापनका लागि छलफलमा जुटेका हुन् । शनिबार वहानसम्म २७ जनाको मृत्यु भएको छ । थुप्रै बेपत्ता र घाइते भएका छन् । कतिपय घर पुरिएको र जोखिममा छन् । विभिन्न ठाउँमा डुवानको जोखिम पनि उस्तै छ ।...
नेकपा स्थायी कमिटी बैठक एक साताका लागि स्थगित
राजनीति, समाचार

नेकपा स्थायी कमिटी बैठक एक साताका लागि स्थगित

नेपाल अखबार, काठमाडाैं। पटक-पटक स्थगित हुँदै आएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक पुनः एक साताको लागि स्थगित भएको छ। केहीबेर अघि ट्वीट गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक सात दिनका लागि स्थगित भएको जानकारी गराएका हुन्। देशमा भइरहेको भारी वर्षा र बाढी पहिरोको कारण बैठक स्थगित गर्नुपरेको प्रवक्ता श्रेष्ठको भनाई छ। १० असारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक पटक-पटक स्थगित हुँदै आएको छ। पछिल्लोपटक बैठक आज (शुक्रबार) का लागि सारिएको थियो। स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्। ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने आवाज चर्को रुपमा उठेपछि नेकपामा विवाद चुलिएको छ। विवाद समाधानका लागि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तीनदिनसम्म एक्ला एक्लै वार्ता भएपनि सहमतीको विन्दु फेला परेको छैन। बैठ...
एकैपटक ६० अर्ब वैदेशिक ऋण स्वीकार, १८ अर्ब थप्न वार्ता टोली गठन
अर्थ, राजनीति

एकैपटक ६० अर्ब वैदेशिक ऋण स्वीकार, १८ अर्ब थप्न वार्ता टोली गठन

नेपाल अखबार, काठमाडौं । सरकारले एकैपटक करिब ६० अर्ब वैदेशिक ऋण स्वीकार गर्ने निर्णय गरेको छ । असार २३ मा बसेको मन्त्रिपरिषद् बैठकले थप १८ अर्ब वैदेशिक ऋण लिन समेत वार्ता टोली गठन गरेको छ । सरकारले स्वीकार गरेको कुल वैदेशिक ऋणमध्ये विश्व बैङ्कबाट ७२ अर्ब लिन लागिएको हो । जसमा रणनीतिक सडक सुधार आयोजना र व्यापारिक मार्ग सुधार आयोजनाका लागि ३० करोड अमेरिकन डलर ऋण स्वीकार गर्ने निर्णय भएको छ । त्यस्तै, विश्व बैंकबाटै ‘स्केल अफ फेसिलिटी’ अन्तर्गत १५ करोड डलर ऋण पनि सरकारले स्वीकारेको छ । यी दुवै ऋण रकम करिब ५४ अर्ब बराबरका हुन् । अर्थमन्त्रालयको प्रस्तावमा सहरी क्षेत्रको शासकीय सुधार र पूर्वाधार विकासका लागि विश्व बैङ्क अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमबाट थप १८ अर्ब ऋण लिन वार्ता टोली पनि गठन भएको अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए । यो १८ अर्ब रकम २९ वटा न...
सरिता गिरीको सांसद पद रिक्त
राजनीति, समाचार

सरिता गिरीको सांसद पद रिक्त

नेपाल अखबार, काठमाडौं । समाजवादी पार्टी (नवगठित जनता समाज पार्टी) की सांसद सरिता गिरीको प्रतिनिधिसभा सदस्य पद रिक्त भएको संघीय संसद सचिवालयले जनाएको छ । संसदका महासचिव डा. भरतराज गौतमले बिहीबार प्रकाशित गरेको सूचना अनुसार गिरीको समानुपातिक सांसद पद रिक्त हुन आएको हो । समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने गिरीले पार्टीको ह्वीप उल्लङ्घन गरेको भनी केन्द्रीय समितिको बैठकले निष्काशन गर्ने निर्णय भएको पत्र प्राप्त हुन आएकोले उनको पद रिक्त भएको सचिवालयले जनाएको हो । समाजवादी पाटीले गिरीलाई निष्काशन गरेको सूचनासहित उनलाई सांसदबाट पदमुक्त गर्न बुधबार सचिवालयमा पत्र पठाएको थियो । राजनीतिक दल सम्बन्धी ऐन बमोजिम आवश्यक प्रक्रिया पूरा गरेको देखिएकाले संविधान बमोजिम उनको पद रिक्त भएको सचिवालयले जनाएको छ । गिरीको पद रिक्त भएसँगै उनको ठाउँमा अब लिला सिटौला सांसद बन्नेछिन् ।...
नेकपा प्रवक्ताले भारतीय सञ्चार माध्यमलाई भने –हद भयो, बकवास बन्द गर
राजनीति, समाचार

नेकपा प्रवक्ताले भारतीय सञ्चार माध्यमलाई भने –हद भयो, बकवास बन्द गर

नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघेको भन्दै उनले ट्विटरमा लेखेका छन, ‘हद भयो, बकवास बन्द गर ।’ राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति आफूहरु एक ढिक्का रहेको उनले बताएका छन् । श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘विदेशीको फुटाउ र स्वास्थ्य पूरा गर नीति सफल हुन दिने छैनौं । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ’ श्रेष्ठको भनाइ छ ।  ...
ओली-प्रचण्डबीच आज पनि सहमति हुन सकेन, छलफललाई निरन्तरता दिइने
राजनीति, समाचार

ओली-प्रचण्डबीच आज पनि सहमति हुन सकेन, छलफललाई निरन्तरता दिइने

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको छलफल पनि विना निष्कर्ष टुंगिएको छ । पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार करिब दुई घण्टा ओली र प्रचण्डबीच छलफल भएको थियो । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल)का अनुसार अध्यक्षद्वयबीच भोलि (विहीबार) पनि छलफल हुनेछ । आइतबार यता ओली र प्रचण्डबीच निरन्तर वार्ता हुँदै आएको छ । तर अध्यक्ष प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागिरहेका छन् भने ओली राजीनामा बाहेकमा मात्र सहमति गर्न सकिने बताउँदै आएका छन् । दुवै पक्षको यहीँ अडानका कारण सहमति हुन सकेको छैन । असार १० गतेदेखि जारी स्थायी समिति बैटक १८ गतेयता बस्न सकेको छ...