Sunday, August 9

राजनीति

उज्यालो नेपाल पार्टी’ ले आफ्नो स्थापनाको घोषणापत्र सार्वजनिक
राजनीति, समाचार

उज्यालो नेपाल पार्टी’ ले आफ्नो स्थापनाको घोषणापत्र सार्वजनिक

काठमाडौँ । कुलमान घिसिङ संरक्षक रहेको 'उज्यालो नेपाल पार्टी’ ले आफ्नो स्थापनाको घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार राजधानीमा आयोजित पार्टी घोषणा कार्यक्रमका बिच सार्वजनिक घोषणापत्रमार्फत पार्टीले संविधान संशोधनका लागि सात बुँदे एजेन्डा अघि सारेको छ। २०८२ सालको नवयुवा (जेनजी) विद्रोहको जगमा स्थापना भएको दाबी गर्ने यस पार्टीले विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आमूल परिवर्तनको प्रस्ताव गर्दै आफ्नो प्राथमिक लक्ष्य सुशासन, समृद्धि र सामाजिक न्याय रहेको स्पष्ट पारेको छ। पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा हालको शासकीय व्यवस्थाबाट बलियो र स्थिर सरकार निर्माण गर्न असम्भव प्रायः रहेको निष्कर्ष निकाल्दै संविधानका केही महत्त्वपूर्ण धाराहरू संशोधन गर्नुपर्ने औँल्याएको छ। उज्यालो नेपाल पार्टीले प्रस्ताव गरेको सात बुँदे संशोधन एजेन...
संविधानलाई लिकमा फर्काउने सहज बाटो प्रतिनिधिसभाको पुनर्स्थापना नै उपयुक्त विकल्प :विष्णु पौडेल
राजनीति, समाचार

संविधानलाई लिकमा फर्काउने सहज बाटो प्रतिनिधिसभाको पुनर्स्थापना नै उपयुक्त विकल्प :विष्णु पौडेल

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले कहिल्यै पनि जेनजीको भावना र माग विपरीत नभएको दाबी गरेका छन् । बुधबार प्रेस चौतारी नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा नेता पौडेलले नेकपा एमाले जेनजीका विरुद्ध नरहेको र नरहने बताएका हुन् । ‘एमाले जेनजीका जायज माग सम्बोधन गर्ने पार्टी हो एमाले’, पौडेलले भने– ‘जेनजी मुभमेन्ट अलमलको कुरा होइन । जेनजी मुभमेन्ट र नेकपा एमाले विपरीत दिशामा थियो भनेर जुन भाष्य बनाइएको छ त्यो भाष्य सत्य होइन । एमाले कहिल्यै पनि जेनजीको भावना र माग विपरीत थिएन र छैन ।’ उपाध्यक्ष पौडेलले राष्ट्रिय राजनीति जहाँ आइपुगेको छ त्यो चिन्ता र चासोको विषय भएको समेत बताए । संविधानलाई लिकमा फर्काउने सहज बाटो प्रतिनिधिसभाको पुनर्स्थापना नै उपयुक्त विकल्प भएको पौडेलको भनाइ छ । ‘नेपाली जनताको ७ दशक लामो त्याग र बलिदानबाट निर्माण भएको संविधानमा कहीँ ल्याक...
मधेसका मुख्यमन्त्री यादवले दिए राजीनामा
राजनीति, समाचार

मधेसका मुख्यमन्त्री यादवले दिए राजीनामा

नेपालअखबार,काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन्। बुधबार दिउँसो २ बजेको प्रदेश सभा बैठकमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्। २४ घन्टाभित्र विश्वासको मत लिन सर्वोच्चले दिएको परमादेशपछि मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने बताएका थिए। तर, विश्वासको मत पाउने अवस्था नदेखेपछि मुख्यमन्त्रीले विपक्षी दलहरूप्रति रोषयुक्त मन्तव्य प्रकट गर्दै उनले राजीनामा दिएका हुन्। कात्तिक २३ को मितिमा मुख्यमन्त्री नियुक्त एमाले मधेस प्रदेश संसदीय दलका नेता यादवले कात्तिक २४ को बिहान महोत्तरीको बर्दिबासस्थित एक होटलमा शपथ लिएका थिए। तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट मुख्यमन्त्री नियुक्त भएको पत्र पाएर उनले शपथ लिएका थिए। उनलाई प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री नियुक्त गरेपछि ७ दलका स...
पुटिनले ट्रम्पका दूतसँग गरे ५ घन्टा छलफल, भएन सहमति
राजनीति, विश्व, समाचार

पुटिनले ट्रम्पका दूतसँग गरे ५ घन्टा छलफल, भएन सहमति

नेपालअखबार,काठमाडौँ ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी अधिकारीहरूसँग पाँच घन्टासम्म छलफल गरेका छन्। युक्रेन युद्ध अन्त्यका लागि सम्भावित शान्ति सम्झौताबारे सहमति जुटाउन भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना मध्यपूर्व हेर्ने विशेष दूत स्टिभ विटकोफ र ज्वाँइ ज्यारेड कुश्नरलाई मस्को पठाएका थिए। मंगलबार क्रेमलिनमै पुटिनले उनीहरूसँग ५ घन्टासम्म कुराकानी गरेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। यद्यपि शान्ति सम्झौताबारे सहमति भने हुन नसकेको पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले बताएका छन्। 'सम्झौताका बुँदाहरूमा अहिलेसम्म समझदारी बनेको छैन। त्यसमा धेरै काम गर्न बाँकी छ,' उशाकोभले क्रेमलिनमा पत्रकारहरूसँग भने। उनले सम्झौतामा भएका केही प्रस्तावहरूबारे पुटिन सकारात्मक नरहेको पनि बताएका छन्। यद्यपि वार्ता रचनात्मक भएको र अमेरिका–रुसबीच आर्थ...
कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै
राजनीति, समाचार

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ को बैठक आज बस्दै छ । पार्टीले २६–२८ पुसमा महाधिवेशन गर्ने निर्णय गरेसँगै लामो समयपछि समितिको बैठक बस्न लागेको हो । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बिहान ११ बजे बैठक बस्न लागेको समिति सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले जानकारी दिए । उनले बुधबारदेखि समितिले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणका लागि आवश्यक काम सुरू गर्न लागेको पनि बताए । ‘पार्टीले गरेको निर्णयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न, केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणमा गरेको सहजता र उदारतालाई तलसम्म पुर्‍याउने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो,’ नेता रसाइलीले भने । उनले समितिले अहिलेसम्म क्रियाशील सदस्यताबारे भएका कामहरूलाई लिपीबद्ध गर्ने र त...
प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्रीको लिखित जवाफ : यो सरकार नियमितभन्दा फरक हो
राजनीति, समाचार

प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्रीको लिखित जवाफ : यो सरकार नियमितभन्दा फरक हो

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै आफू संविधान अनुसार नै प्रधानमन्त्री भएको दाबी गरेकी छन् । प्रधानमन्त्री र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट कानुनसचिव फडिन्द्र गौतमले एउटै बेहोराको लिखित जवाफ सर्वोच्चमा पेस गरेका छन् । दुवै लिखित जवाफमा २७ भदौमा प्रधानमन्त्रीका रूपमा नियुक्त भएको कार्की सरकार नियमित रूपमा गठन हुने सरकारभन्दा फरक भएको दाबी गरिएको छ । लिखित जवाफमा कार्की नेतृत्वमा बनेको सरकारको बचाउ गर्दै प्रतिनिधिसभा विघटन गलत नभएको तर्क गरिएको छ । सरकार निर्वाचनका प्रक्रियामा अगाडि बढिसकेको अवस्थामा यसलाई रोक्नु अर्को विद्रोह र खतरालाई आमन्त्रण गर्नु जस्तै भएको दाबी जवाफमा गरिएको छ । ‘अन्तिम निर्णयकर्ता सार्वभौम जनता नै हुन्। जनताले आफूमा अन्तर्निहित सार्वभौमसत्ता र राजकीयसत्ताको प्रयोग गर्ने प्रत्यक्ष विधि न...
गगन थापाले बोलाए क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठक
राजनीति, समाचार

गगन थापाले बोलाए क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठक

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठक आह्वान भएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय गरेपछि महामन्त्री गगन थापाले आफू संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठक बोलाएका हुन् । बुधबार बिहान ११ बजेका लागि समिति बैठक आह्वान भएको समितिका सदस्य तथा पार्टी केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जानकारी दिए । चौधरीका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । समितिमा केन्द्रीय सदस्यहरू चौधरी, सीता गुरुङ र प्रकाश रसाइली (स्नेही) सदस्य छन् ।केन्द्रीय समितिले पारित गरेको महाधिवेशनको कार्यतालिकामा पुस १२ गतेसम्म सबै तहबाट केन्द्रमा आइपुग्ने मिति राखिएको छ । समयको दबाबमा रहेको समितिका संयोजक थापाले बैठक बोलाएका हुन् ।...
मुख्यमन्त्री यादवविरुद्धको रिटमा सर्वोच्चकाे आदेश संविधान विपरीत : केपी ओली
राजनीति, विचार, समाचार

मुख्यमन्त्री यादवविरुद्धको रिटमा सर्वोच्चकाे आदेश संविधान विपरीत : केपी ओली

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिनका लागि सर्वोच्चले दिएको परमादेशप्रति असन्तुष्टि जनाएका छन् । एमाले वन तथा वातावरण विभागले मंगलबार च्यासलमा आयोजना गरेको वन वातावरण तथा जलवायु परिवर्तन श्रोत पुस्तिका विमोचन कार्यक्रममा ओलीले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्धको रिटमा सर्वोच्चले दिएको आदेश संविधान विपरीत रहेको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले संविधानले प्रदेश सरकार गठन भइसकेपछि एक महिनाभित्र विश्वासको मत लिने व्यवस्था गरेको भन्दै सर्वोच्चको आदेश संविधानसँग बाझिएको जिकिर गरे । आफूले अदालतको फैसलाको सम्मान गर्ने भन्दै उनले अदालतले व्यक्तिभन्दा पनि संविधान, कानुन, न्याय हेरेर फैसला गर्नुपर्नेमा जोड दिए । त्यस्तै अध्यक्ष ओलीले जेनजी आन्दोलनलाई क्रान्ति भन्दै केहि मान्छेहरूले त्यसको लाभ...
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
राजनीति, समाचार

निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल

नेपालअखबार,कैलाली ।  गृहमन्त्री ओमप्रकाश अर्यालले लुटिएका हतियार र भागेका कैदीबन्दीका कारण निर्वाचनलाई बिथोलिन नदिने बताएका छन् । धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीका विषयमा धेरै अतिरञ्जित गर्न जरुरी नभएको उल्लेख गरे । जेनजी आन्दोलनको घटनामा लुटिएका ७२७ थान हतियार फिर्ता भइसकेको र चार हजार ५५२ कैदीबन्दी फिर्ता हुन बाँकी रहेको जानकारी दिँदै उनी फरार बाँकी कैदीबन्दीलाई पक्राउ गर्न ‘अप्रेसन’ चलाइएको र लुटिएका थप हतियार पनि फिर्ता हुने क्रममा रहेको बताए । लोकतान्त्रिक पद्धतिमा चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै उनले भने, “सरकारले वार्ता, संवाद र छलफललाई प्राथमिकता दिएको छ, कसैलाई पनि काखा र पाखा नगरी सबैका कुरा सुनिरहेका छौँ, सबैका भावना समेट्दै चुनावमा होमिसकेका छौँ ।” उ...
सामाजिक विसंगतिमा दोषी ठहर भएकालाई कांग्रेसले उम्मेदवार नबनाउने
राजनीति, समाचार

सामाजिक विसंगतिमा दोषी ठहर भएकालाई कांग्रेसले उम्मेदवार नबनाउने

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसले सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्तिलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार नबनाउने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई कांग्रेसले गरेको परिपत्रमा कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्तिलाई उम्मेदवार सिफारिस नगर्न भनिएको छ । ‘जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति नेपाली कांग्रेसको उम्मेदवार बन्न अयोग्य हुने छन्,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ । कांग्रेसले प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरूलाई प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई सोमबार परिपत्र गरेको छ ।कांग्रेस ...