Monday, August 10

राजनीति

कार्यवाहक निर्वाचन आयुक्त भण्डारी र राष्ट्रियसभा अध्यक्षबिच भेटघाट
राजनीति, समाचार

कार्यवाहक निर्वाचन आयुक्त भण्डारी र राष्ट्रियसभा अध्यक्षबिच भेटघाट

नेपालअखबार, काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरेका छन् । सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आयुक्त भण्डारीले भेट गरेको दाहालको सचिवालयले जानकारी दिएको छ । भेटमा भण्डारीले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि आयोगले गर्नुपर्ने तयारी र भए गरेका कामकारबाहीको बारेमा जानकारी दिएका हुन् । साथै उनले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागि आयोगले गरिरहेका कामको बारेमा पनि जानकारी गराएको दाहालको सचिवालयले जानकारी दिएको छ । सो अवसरमा सम्माननीय अध्यक्ष दाहालले निर्वाचन आयोगको सक्रियता र पहलकदमीले निर्वाचनको राम्रो माहौल बनेको भन्दै निर्वाचन सफल बनाउन आयोगको काम प्रशंसनीय रहेको बताएका थिए । साथै अध्यक्ष दाहालले निर्वाचनको काममा राष्ट्रियसभाले आवश्यक सहयोग गर्न तयार रहेको ब...
कांग्रेस कार्यसमितिको म्याद २ महिना थपियो
राजनीति, समाचार

कांग्रेस कार्यसमितिको म्याद २ महिना थपियो

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको म्याद दुई महिना थप गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रित कार्यसमितिको बैठकले १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको हो । अब देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी माघ मसान्तसम्म रहनेछ । १४औं महाधिवेशन सम्पन्न भएको मितिले यही मंसिरबाट केन्द्रीय कार्यसमितिको म्याद सकिँदै थियो । कांग्रेसको विधानमा विशेष परिस्थितिमा एक वर्षसम्म म्याद थप्न सकिने प्रावधान छ । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका कारण देउवाले वरिष्ठ उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् । सोमबारको बैठक पनि खड्काकै अध्यक्षतामा बसेको हो ।...
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको अवस्था गम्भीर
राजनीति, समाचार, स्वास्थ्य

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको अवस्था गम्भीर

नेपालअखबार, ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको स्वास्थ्यअवस्था निकै गम्भीर भएको र उनलाई भेन्टिलेटरमा राखिएको खबर बाहिरिएको छ । उनको पार्टी ‘बंगलादेश नेसनलिस्ट पार्टी’ (बीएनपी)का नेताहरूले बताएको भन्दै बीबीसी हिन्दीले यसबारे समाचार छापेको छ । ८० वर्षीया खालिदा जियालाई नोभेम्बर २३ मा छातीमा संक्रमण भएर एक निजी अस्पतालमा भर्ना गरिएको थियो । संक्रमणले उनको मुटु र फोक्सोलाई समेत असर गरेको थियो । चार दिनपछि उनको अवस्था झनै बिग्रियो र उनलाई कोरोनरी केयर युनिटमा सारियो । समाचार पोर्टल टीबीएसन्यूजडटनेटका अनुसार बीएनपीका उपाध्यक्ष अहमद आजम खानले खालिदा जियाको अवस्था धेरै गम्भीर रहेको र उनलाई भेन्टिलेटरमा राखिएको बताएका छन् छ । ‘यसलाई धेरै गम्भीर अवस्था पनि भन्न सकिन्छ । यस समयमा, सम्पूर्ण राष्ट्रसँग प्रार्थना माग्नबाहेक अरू केही भन्न सकिँदैन,’ उनले भनेका छन् ।...
देशमा औद्योगिकीकरण हुन नसक्दा २५ प्रतिशतभन्दा बढी जनसंख्या विदेशिन बाध्य : झलनाथ खनाल
राजनीति, समाचार

देशमा औद्योगिकीकरण हुन नसक्दा २५ प्रतिशतभन्दा बढी जनसंख्या विदेशिन बाध्य : झलनाथ खनाल

नेपालअखबार,विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेकपा एमालेले सत्ता केन्द्रित राजनीति गरेको भन्दै कडा आलोचना गरेका छन् । सोमबार विराटनगरमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै खनालले जोसुकैसँग साँठगाँठ गरेर जसरी पनि बालुवाटार पुग्ने प्रवृत्तिलाई ‘एमाले बाटो’ को संज्ञा दिए । ‘जोसुकैसँग साँठगाँठ गरेर अघि बढ्ने बाटो क्रान्तिको बाटो होइन । जसरी पनि बालुवाटार पुग्ने बाटो एमाले बाटो हो,’ खनालले भने, ‘त्यसरी क्रान्तिको बाटो लिन सकिँदैन । त्यही भएर हामीले सिद्धान्त र नीतिका आधारमा नयाँ एकता गरेका हौं ।’ नेता खनालले पटक–पटक कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बने पनि क्रान्तिकारी भूमिसुधार हुन नसकेको स्वीकार गरे । उनले संविधानमा र पार्टीका महाधिवेशनमा कृषि क्रान्तिको कुरा लेखिए पनि सत्तामा पुगेपछि बिर्सने प्रवृत्ति देखिएको बताए । ‘खै अ...
पार्टीलाई गतिशील बनाउन संकल्प गरेर अघि बढ्न आग्रह : माधव नेपाल
राजनीति, समाचार, हाइलाइट-समाचार

पार्टीलाई गतिशील बनाउन संकल्प गरेर अघि बढ्न आग्रह : माधव नेपाल

नेपालअखबार, विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी चरित्रसँग राष्ट्र र राष्ट्रियता रक्षाका लागि कम्युनिस्ट पार्टीबीच एकता भएको बताएका छन् । विराटनगरमा आयोजित नेकपाको सन्देशसभालाई सम्बोधन गर्दै उनले जनताको पीरमर्कालाई सम्बोधन गर्दै सबै किसिमको विकृति अन्त्यका लागि नयाँ सोच बोकेर अघि बढेको बताए । उनले राम्रा काममा गौरबबोध र कमजोरीलाई सुधार गर्ने संकल्प गर्न पनि आग्रह गरे । उनले पार्टीलाई गतिशील बनाउन संकल्प गरेर अघि बढ्न आग्रह गरे । उनले आउने चुनावबाट देश बनाउने पार्टी ठूलो शक्ति बन्ने अभियानमा जुट्न पनि आग्रह गरे ।...
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना १६ वर्षअघिको सामूहिक हत्यामा पनि दोषी किटान
राजनीति, विश्व, समाज

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना १६ वर्षअघिको सामूहिक हत्यामा पनि दोषी किटान

नेपालअखबार, काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध बंगलादेशमा अर्को फाइल पनि खोलिएको छ ।मृत्युदण्ड र २१ वर्षको जेल सजायपछि अब अर्को फाइल खुलाइएको हो । बंगलादेशमा आजभन्दा १६ वर्षअघि हिंस्रक विद्रोह भएको थियो, जसमा दर्जनौं वरिष्ठ सैन्य अधिकारीहरूको हत्या भएको थियो। यी सामूहिक हत्याहरूको अनुसन्धानका लागि गठित आयोगले आइतबार पूर्व प्रधानमन्त्री शेख हसिनाले नै यी हत्याहरूको आदेश दिएको दाबी गरेको छ । बंगलादेश राइफल्स (बीडीआर) का उग्र सैनिकहरूले ढाकाबाट सुरु भई सन् २००९ मा देशभर फैलिएको दुई दिने विद्रोहको क्रममा सैन्य अधिकारीहरू सहित ७४ जनाको हत्या गरेका थिए। यी हत्याहरूका कारण तत्कालीन प्रधानमन्त्री हसिनाको सरकारको ठूलो आलोचना भएको थियो । उनले पद सम्हालेको केही हप्ता मात्र भएको थियो। गत वर्ष अर्थात् २०२४ मा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहपछि शेख हसिनालाई पदम...
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
राजनीति, समाचार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपालअखबार,काठमाडौं । पटक पटक सर्दै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे  पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्ने भन्नेबारे बहस र विवाद पेचिलो बन्दै जाँदा बैठक पटक–पटक सर्दै आएको छ । पछिल्ला छलफलमा पुस अन्तिम सतामा १५ औं महाधिवेशन गर्ने कार्यतालिकामा प्रारम्भिक सहमति जुटेको नेताहरुले बताएका छन् । आजको बैठकमा कार्यवाहक सभापति खड्काले २६–२९ पुसमा नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गर्ने बताइएको छ । बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सबै पक्षसँग अनौपचारिक छलफल गर्ने तयारी गरेका छन् । केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा आइतबार कार्यबाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग सामू...
आज नेपाली कम्युनिष्ट पार्टीको सभा विराटनगरमा
राजनीति, समाचार

आज नेपाली कम्युनिष्ट पार्टीको सभा विराटनगरमा

नेपालअखबार,विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले आज कोशी प्रदेशको विराटनगरमा ‘एकता सन्देश सभा’ गर्दैछ । एकताको सन्देश तल्लो तहसम्म पुर्‍याउन सातै प्रदेशमा सभा गर्ने क्रममा आज कोशी प्रदेशको विराटनगरमा सभा गर्न लागिएको हो । जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुल्ला मैदानमा दिउँसो १२ बजेदेखि सभा आयोजना हुने नेकपाका स्थानीय नेताहरुले बताएका छन् ।  १० हजार समर्थकलाई उपस्थित गराउने दाबी उनीहरुले गरेका छन् । सभालाई नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावललगायतले सम्बोधन गर्नेछन् । यसअघि नेकपाले सुदूरपश्चिमको धनगढी, लुम्बिनीको लमही, गण्डकीको पोखरामा सभा गरिसकेका छन् । कर्णाली प्रदेशस्तरीय सभा सुर्खेतको वीरेन्द्रनगरमा यही मंसिर १८ गते गर्ने भनिएकोमा स्थगित गरेर २७ गते पुर्‍याइएको छ । मंसिर १८ गतेको दिन ...
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२० दलले दिए
प्रशासन, राजनीति, समाचार

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२० दलले दिए

नेपालअखबार,काठमाडौँ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२० दलले दिए निवेदन दिएका छन् । १२० दलभित्र संयुक्त चुनाव चिह्नमा चुनाव लड्ने दलहरू पनि रहेका छन् । निर्वाचन आयोगका सहसचिव एवं कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाप्रमुख यज्ञ प्रसाद भट्टराईका अनुसार प्राप्त निवेदनमाथि आयोगले अध्ययन गरेर निर्णय दिनेछ । अध्ययनका क्रममा दलको संख्या सामान्य रुपमा हेरफेर समेत हुन सक्ने उनले बताए । निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार मंसिर १ गतेदेखि मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थियो। तर, दलहरू दर्ता प्रक्रियामा रहेको र केही दिन समय थप गर्न आग्रह आएको भनेर आयोगले चार दिन समय थप गरेको थियो । थप गरिएको समयभित्र १२० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका राजनीतिक दलले आगाम...
कोहीपनि द्धिविधामा बस्न जरुरी छैन, चुनाव फागुन २१ गते हुन्छ र हुनुपर्छ :संयोजक प्रचण्ड
राजनीति, विचार, समाचार

कोहीपनि द्धिविधामा बस्न जरुरी छैन, चुनाव फागुन २१ गते हुन्छ र हुनुपर्छ :संयोजक प्रचण्ड

नेपालअखबार,पोखरा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते निर्वाचन हुने दावी गरेका छन् । उनले कोहीपनि द्धिविदामा नरहन आग्रह गरे । आइतबार पोखरामा भएको प्रदेश स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै चुनावका लागि सरकार र छिमेकीहरु (चीन र भारत लगायत देशहरु) समेत सकारात्मक रहेको बताए । ‘कोहीपनि द्धिविधामा बस्न जरुरी छैन, चुनाव फागुन २१ गते हुन्छ र हुनुपर्छ । हाम्रो एकता सभा सकिँदासम्म चुनावी माहोल बन्छ,’ उनले भने, ‘हाम्रा छिमेकीहरु पनि चुनाव होस् भन्ने चाहन्छन् । सरकार वार्ता बसिरहेको छ, चुनावका लागि ।’ उनले चुनावको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । सरकारले धेरै जनाधार भएको पार्टीलाई छोडेर जनाधार नै नभएको पार्टीसँग मात्रै संवाद गरिरहेको भन्दै उनले आफूहरुसँग संवाद गर्न चेतावनी दिए । उनले अहिलेको सरकार नै आफू र माधवकुमार नेपालले बनाएको भन्दै हेक्का...