Monday, August 10

राजनीति

भ्रष्टाचार गर्ने, व्यभिचार गर्ने प्रवृत्तिलाई समाप्त पार्ने कुरालाई हामीले केन्द्रविन्दुमा राखेका छौं : सहसंयोजक नेपाल
राजनीति, विचार, समाचार

भ्रष्टाचार गर्ने, व्यभिचार गर्ने प्रवृत्तिलाई समाप्त पार्ने कुरालाई हामीले केन्द्रविन्दुमा राखेका छौं : सहसंयोजक नेपाल

नेपालअखबार, पोखरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले भ्रष्टाचार समाप्त गर्ने कुरालाई केन्द्रविन्दुमा राखेर पार्टी बनाएको बताएका छन्। पोखरामा आइतबार भएको नेकपा एकता सभालाई सम्बोधन गर्दै सहसंयोजक नेपालले उक्त कुरा बताएका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आफूविरूद्ध भ्रष्टाचार मुद्दा लागेको विषयमा भने उनले केही बताएनन्। उनले भ्रष्टाचार अन्त्य गर्ने पार्टीको योजना रहेको पनि उनले बताए। ‘भ्रष्टाचार गर्ने, व्यभिचार गर्ने प्रवृत्तिलाई समाप्त पार्ने कुरालाई हामीले केन्द्रविन्दुमा राखेका छौं,’ उनले भने, ‘त्यसैले यत्तिकै पार्टी बनाएको होइन।’ नेपालका सबै पार्टी र नेताको नाडी छामेको भन्दै नेपालले अघि बढ्नेहरू बढिरहेने र छुट्नेहरू छुटिरहने बताए। एमाले का...
विराजभक्तले भने– नेपालको राजनीतिमा तेस्रो ध्रुव जन्मियो
राजनीति, समाचार

विराजभक्तले भने– नेपालको राजनीतिमा तेस्रो ध्रुव जन्मियो

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता विराजभक्त श्रेष्ठले नेपालमा तेस्रो राजनीतिक शक्तिको अर्को अध्याय सुरु भएको जिकिर गरेका छन् । राष्ट्रिय सभा गृहमा आइतबार भएको एकता सभामा बोल्दै उनले तेस्रो राजनीतिक ध्रुव जन्मिएको घोषणा गरेका हुन् । ‘आज दुई पार्टी बिचको एकता मात्र होइन वैकल्पिक राजनीतिको अर्को अध्याय सुरु भयो । सुसंस्कृत राजनीतिको तेस्रो ध्रुव जन्मियो भनेर मैले घोषणा गरेँ । देश जहिले पनि दुई ध्रुवमा बाँडिने गर्थ्यो । आज यसले सुसंस्कृत तरिकाले पनि तेस्रो ध्रुव देशमा उदायो’, उनले भने, ‘आजकै सभामा तपाईंहरूलाई साक्षी राखेर छरेर बसेका साथीहरूलाई आह्वान गर्न चाहन्छु  । तेस्रो ध्रुवले देशको राजनीतिलाई सन्तुलित बनाउँछ । सांस्कृतिक, सामाजिक अन्तर्विरोधलाई यसले सम्बोधन गरेर  अगाडि बढ्छ भन्ने सङ्कल्प पनि गर्न चाहन्छु ।’ सुसंस्कृत विचार समर्पित युवाहरूले देशलाई अ...
प्रदेश सांसद घिमिरे एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित
राजनीति, समाचार

प्रदेश सांसद घिमिरे एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित

नेपालअखबार,अर्घाखाँची । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटका लागि अर्घाखाँचीमा भएको निर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे पराजित भएका छन् । निर्वाचन कमिटी अर्घाखाँचीका अनुसार कुल ३ हजार ६५० मतमध्ये पुरुष खुल्लातर्फ पिताम्बर भुसाल ३ हजार १८७ मतसहित विजयी हुँदा घिमिरे १ हजार ९८० मत अन्तरले पछि परे । बसन्त कुमार श्रेष्ठ २ हजार ८४१, रेशम थापा २ हजार ७७०, शम्भु प्रसाद पोख्रेल २ हजार ७४३, तेज प्रसाद खनाल २ हजार ५३३ र कमलप्रसाद घिमिरे २ हजार ४४४ मतसहित निर्वाचित भएका छन् । पराजित भएका प्रेमनारायण गैरेले १ हजार २६५, रामजीप्रसाद घिमिरेले १ हजार २०७ र श्रीकृष्ण भुसालले १ हजार ८८ मत पाए । महिला खुला तर्फ दिपा आचार्य ३ हजार ३७, विष्णुमाया आचार्य २ हजार ९९३, लक्ष्मी गौतम २ हजार ९१० र सुषमा श्रेष्ठ २ हजार ८६३ मतसहित निर्वाचित भएका छन् । गीता भाट क्षेत्री १ ह...
दाङमा ओली र शंकर पोखरेलमाथि खनिए भीम रावल
राजनीति, समाचार

दाङमा ओली र शंकर पोखरेलमाथि खनिए भीम रावल

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफ्नो पूर्वपार्टी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको चर्को आलोचना गरेका छन्। शनिबार नेकपाले लुम्बिनी प्रदेश सन्देश सभा अन्तर्गत लमहीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रावलले ओली र पोखरेलको आलोचना गरेका हुन्। जनताले यसअघि नै दिएको झन्डै दुई तिहाई मतको अबमूल्यन गरेकोदेखि दुई-दुई पटक संसद विघटन गर्ने असंवैधानिक काम गरेको आरोप रावलले ओलीमाथि लगाए। ‘नेपाली जनताले दुई तिहाइ मत दिँदा दुई पटकसम्म प्रतिनिधि सभा बिघटन गरेर नेपाली जनतालाई धोका दिए।  कम्युनिष्ट पार्टीलाई धोका दिए,’ रावलले भने ‘त्यस्ता धोकेबाजहरुलाई सदाका लागि पराजित गर्नुपर्छ।' भर्खरैको जेनजी आन्दोलनमा त्यसबेला प्रधानमन्त्री रहेका ओलीको कार्यशैलीले उनलाई पुनः प्रधानमन्त्री बन्ने नैतिक आधार नदिने रावलले बताए। ‘सिंहदरबार ज...
सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ : प्रधानमन्त्री कार्की
राजनीति, समाचार

सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ : प्रधानमन्त्री कार्की

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको प्रस्ट पारेकी छन् । उनले शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सवैमा अनुरोध समेत गरेकी छन् । लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भका क्रममा आफूले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएको भन्दै प्रधानमन्त्रीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आशय र नियत नभएको बताएकी हुन् । प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भनेको छ, ‘सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ । शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ । मङ्सिर ९ गते आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले मुसलमानहरूको प्रवृत्ति–व्यवहार अन्यायपूर्ण देखिएको बताएकी थिइन् । उनले उक्त समुदायमा जिउँदै लगेर महिलालाई गाड्ने, तान्ने, कतिपय मुस्लिम देशमा महिलालाई आजादी नदिने, पढ्न नदिने पनि देखि...
ओली सुध्रिने मान्छे नै होइनन् – सहसंयोजक माधव नेपाल
राजनीति, समाचार

ओली सुध्रिने मान्छे नै होइनन् – सहसंयोजक माधव नेपाल

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले एमाले अध्यक्ष केपी ओलीलाई आफूहरूले सुधार्ने प्रयास गरेको भएपनि पार नलागेको बताएका छन्। लुम्बिनी स्तरीय एकता सभालाई सम्बोधन गर्दै केपी ओली सुध्रिने मान्छे नै नभएको टिप्पणी गरे। उनले भने, ‘मैले त कति मान्छेहरूलाई भनेँ, तपाईँहरूले सक्नुहुन्छ भनेर सुधार्नुस्, नानीदेखि लागेको बानी सुध्रिँदो रहेनछ। अहिले पनि मति सुध्रिन्छ भनेर स्यावास् भनौँला। ठुलो मालाले स्वागत गरौँला। सबै मान्छे असल भइदिए हुन्थ्यो नि। देश र जनताको लागि।’उनले अब आफूहरूको चाहना देशलाई अग्रगतिमा लिएर जानेबाहेक अरू केही नभएको बताए।...
स्वास्थ्य मन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट
राजनीति, समाचार

स्वास्थ्य मन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट

नेपालअखबार,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबिच शुक्रबार शिष्टाचार भेटघाट भएको छ । मन्त्रालयमा भएको भेटका क्रममा दुई देशबिचको ऐतिहासिक र अतुलनीय मित्रता रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए। भेटमा मन्त्री गौतमले नेपाल–भारतबिचको सम्बन्ध गहिरो रहेको र स्वास्थ्य क्षेत्रमा भारतले गरेको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरिन। साथै उनले मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा, राष्ट्रिय औषधि प्रयोगशालाको परीक्षण क्षमता अभिवृद्धि र प्रवासमा रहेका नेपाली श्रमिकको स्वास्थ्य सुधार मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताइन।राजदूत श्रीवास्तवले भारत–नेपाल सम्बन्धको महत्त्व दोहो...
विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्प प्रशासनको रोक
राजनीति, विश्व, समाचार

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्प प्रशासनको रोक

नेपालअखबार,काठमाडौं । अमेरिकाले विदेशी नागरिकलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने घोषणा गरेको छ । वाशिङटन डीसीमा नेशनल गार्डका दुई सदस्यमाथि भएको गोली प्रहारको घटनापछि ट्रम्प प्रशासनले विदेशी नागरिकलाई शरण दिनेसम्बन्धी सबै फैसलामा रोक लगाउने घोषणा गरेको हो । अमेरिकी नागरिकता एवं आप्रवासन सेवा (यूएससीआईएस) का निर्देशक जोसेफ एडलोले एक्समा पोस्ट गरेर यसबारे जानकारी दिएका छन् । एडलोले पोस्टमा भनेका छन्, ‘अमेरिकी नागरिकको सुरक्षा सधैँ सबैभन्दा पहिलो आउँछ ।’ राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्वका देशका अमेरिका आउन नदिने अभिव्यक्ति दिएको केही घण्टापछि एडलोले शरण नदिने सम्बन्धी घोषणा गरेको बीबीसीले जनाएको छ ।बुधबार वाशिङटन डीसीमा ह्वाइट हाउस नजिकै नेशनल गार्डका दुई सदस्यमाथि गोली प्रहार भएको थियो । गोलीबाट गम्भीर घाइते भएकामध्ये एक गार्डको मृत्यु भएको थियो । यस घटनामा संलग्न रहेको ...
नेपाली कम्युनिष्ट पार्टीले आज लुम्बिनीको देउखुरीमा एकता सन्देश सभा हुदै
राजनीति, समाचार

नेपाली कम्युनिष्ट पार्टीले आज लुम्बिनीको देउखुरीमा एकता सन्देश सभा हुदै

नेपालअखबार,बुटवल । नेपाली कम्युनिष्ट पार्टीले आज लुम्बिनीको देउखुरीमा एकता सन्देश सभा गर्न लागेको छ  । नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय गरे बमोजिम आज दाङको देउखुरीमा सभा गर्ने भएको हो । सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल , भीम रावल, वर्षमान पुनलगायतका नेताहरूले सम्बोधन गर्ने छन् । नेकपा माओवादी केन्द्रसहित विभिन्न १५ भन्दा बढी घटक मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन भएसँगै संगठानिक गतिविधि शुरु गरेको छ ।...
धनगढीमा तीसौं हजार मानिस उतार्छौं: माधव नेपाल
राजनीति, समाचार

धनगढीमा तीसौं हजार मानिस उतार्छौं: माधव नेपाल

नेपालअखबार,काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले धनगढीको सन्देश सभामा हजारौं मानिसहरू उतार्ने बताएका छन्। जनता समाजवादी पार्टीसहित ४ वटा घटकहरूसँगको एकता समारोहमा बोल्दै सह-संयोजक नेपालले बिहीबार नेपाली कम्युनिस्ट पार्टीले गर्ने सन्देश सभामा तीसौं हजार मानिसहरू उतार्ने बताएका हुन्। ‘भोलिदेखि सन्देश सभाको कार्यक्रम गर्न गइरहेका छौं। पहिलो सन्देश सभा सुदूरपश्चिमको धनगढीमा गर्न गइरहेका छौं। धनगढीमा सुदूरपश्चिमकै नेताहरू बसेर दसौं हजार, बीसौं हजार अझै त्यो भन्दा बढी संख्या तीसौं हजारलाई उपस्थित गर्न लाग्नु भएको छ,’ उनले भने। उनले अरू प्रदेशका कार्यक्रमलाई पनि सफल बनाउन लाग्नका लागि त्यहाँका नेताहरूलाई आह्वान गरे। अरू प्रदेशका कार्यक्रम कति भव्य बन्छ भन्ने कुराले त्यहाँका नेताहरूको परीक्षा हुने पनि सहसंयोजक नेपालले बताए। यसअघि विभिन्न जिल्लामा भएका सन...