पार्टी फुटको हल्लाबारे माधव नेपाल : कागले कान लग्यो भनेर नदौडिनुस्
नेपालअखबार, बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी फुटको हल्ला निराधार भएको बताएका छन् ।
कपिलवस्तुमा लुम्बिनी प्रदेशस्तरीय भेलालाई सोमबार सम्बोधन गर्दै उनले फुटको हल्ला निराधार रहेको बताए । ‘हाम्रो पार्टी एमाले वा माओवादी कसैसंग विलीन हुँदैन, विलिन हुन लागेको चर्चा गलत हो, बेकारको हल्ला हो’, नेपालले भने, ‘हामी आफ्नो अस्तित्वमा चलिरहेका छौँ, कागले कान लग्यो भनेर नदौडिनुस् कान छाम्नुस् ।’
उनले पार्टी विभाजन भए पनि सामना गर्नुको विकल्प नभएको बताए । ‘चुनाव आफै माग्ने, सबै प्रकृयामा भाग लिने अनि हारेपछि गलत भयो भनेर गीत गाएर हिंड्ने ?’– नेपालले भने, ‘पार्टी फुटको कुरा हल्ला हो तर फुटेछ भने आकाशै खस्दैन, हिम्मतका साथ सामना गर्नुको विकल्प छैन ।’
अध्यक्ष नेपालले पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने दुस्साहस नगर्न सरकारलाई आग्रह समेत गरे । प्रधानमन्त्री ओलीक...










