Monday, August 24

विचार

म कडा रक्षामन्त्री थिएँ, राजा वीरेन्द्रले भनेको नमानी प्रधानसेनापतिलाई हटाइदिएँः माधव नेपाल
राजनीति, विचार, समाचार

म कडा रक्षामन्त्री थिएँ, राजा वीरेन्द्रले भनेको नमानी प्रधानसेनापतिलाई हटाइदिएँः माधव नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालीहरू हरेक क्षेत्रमा प्रतिभाशाली र योग्य रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली विद्यार्थी र युवा पुस्ताले विभिन्न क्षेत्रमा कीर्तिमान कायम गरेको उल्लेख गरे। नेपाली युवा अध्ययन, अनुसन्धान, खेलकुद लगायत सबै क्षेत्रमा प्रतिभाशाली रहेको उनको भनाइ थियो। उनले आफू २०५१ सालमा रक्षामन्त्री बन्दा ‘कडा’ रुपमा प्रस्तुत भएको पनि बताए। तत्कालीन राजा वीरेन्द्रले तत्कालीन प्रधानसेनापतिलाई बर्खास्ती गर्न नचाहँदा पनि आफूले बर्खास्ती गरेको उनको भनाइ छ। तत्कालीन प्रधानसेनापतिले भ्रष्टाचार गरेपछि बर्खास्त गर्नुपरेको उनले बताए। ‘२०५१ सालमा म रक्षामन्त्री थिएँ। म कडा रक्षामन्त्री थिएँ। प्रधानसेनापतिलाई जागिरबाट निकालिदिएँ, भ्रष्टाचार गरेको हुनाले,’ उनले ...
संविधान संशोधनबाट नागरिकका अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने चेतावनी  : प्रचण्ड
राजनीति, विचार, समाचार

संविधान संशोधनबाट नागरिकका अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने चेतावनी : प्रचण्ड

नेपालअखबार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनबाट नागरिकका अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा उनले दुई दलले संविधान संशोधन गर्छु भन्नु शंकाको विषय भएको बताए । सशस्त्र युद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि संविधान संशोधनबाट समाप्त पार्न खोजिएको आशंका गर्दै उनले भने, ‘फेरि जरुरी पर्छ भने सडकमा पलेंटी कसेर भए पनि जनताको साथमा बसेर भए पनि त्यसो हुन दिने छैनौं ।’ समानुपातिक पद्धतिमा थ्रेसहोल्ड बढाउने चर्चा भएको भन्दै प्रचण्डले नेपालमा दुई पार्टी पद्धति बेठीक हुने बताए । ‘थ्रेसहोल्ड बढाएर साना पार्टीलाई निस्तेज बनाउने र तथाकथित दुई पार्टी सिस्टम जो पश्चिमा देशमा चलेको छ, नेपाललाई पनि त्यता ...
गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र नहोस्: अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र नहोस्: अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधनको विषयमा बहस गर्न आवश्यक रहेको बताउनु भएको छ। अध्यक्ष नेपालले संविधान संशोधन आवश्यक रहेको र त्यसका लागि व्यापक छलफल र बहस हुनुपर्ने कुरामा जोड दिनुभयो। ‘संविधान संशोधनका लागि बहस र छलफल हुनुपर्ने तर यहाँ गुपचुपमा संविधान संशोधन गर्ने कार्य हुन गइरहेको छ’ उहाँले भन्नुभयो, ‘त्यसको आवश्यक किन पर्‍यो?’ अध्यक्ष नेपालले संविधान संशोधन नभई त्यसको नाममा अर्कै खेलोमेलो हुन लागेको आशङ्कासमेत व्यक्त गर्नुभयो। लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र नहोस् भनी सचेत गराउँदै उहाँले नेपाली जनताले सुशासन र देशलाई समृद्ध बनाउन चाहेको र यसको लागि बहस हुनु आवश्यक रहेको बताउनुभयो। नेपाली समाजको चरित्र अझै पनि अर्धसमान्तवादी रहेको बताउँदै नेपालले नेपाली समाजवादका बारेमा चर्चा गर्नु आवश्यक रहेक...
सरकारले उच्च मनोबलका साथ कूटनीतिक सम्बन्धलाई अघि बढाउनु पर्छ : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

सरकारले उच्च मनोबलका साथ कूटनीतिक सम्बन्धलाई अघि बढाउनु पर्छ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले परराष्ट्र सम्बन्धलाई उच्च मनोबलका साथ अघि बढाउन सरकारलाई सुझाव दिएका छन् । बुधबार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले देशको हितको रक्षाका लागि सरकारले उच्च मनोबलका साथ परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने तर्क गरे । परराष्ट्र मामिलामा नेपालको शक्ति भनेको गौरवपूर्ण इतिहास भएको उल्लेख गर्दै उनले त्यसैलाई अवलम्बन गरेर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराए । अध्यक्ष नेपालले अरूले स्वीकार गर्ने र नेपालले पनि त्यसमा बलियोसँगले राख्नसक्ने विषयहरूको पहिचान गरेर नेपालले परराष्ट्र सम्बन्धलाई भरपर्दो बलियो बनाउन सक्नुपर्ने बताए । अध्यक्ष नेपालले सरकारले विभिन्न देशमा रहेका नेपालीहरूलाई स...
नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्र पुष्पलाल : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्र पुष्पलाल : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताएका छन् । अध्यक्ष नेपालले ४६औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि पुष्पलालले सुरु गरेको यात्रा अहिले विभिन्न किसिमले विस्तारित भइरहेको बताए । क्रान्तिले एकपछि अर्को उपलब्धि हासिल गरिरहेको बताउँदै उनले भने, “यस अर्थमा हामी उहाँलाई कहिल्यै बिर्सन सक्दैनौँ, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि सुरु गरेको कम्युनिष्ट आन्दोलनमा उहाँले निर्वाह गरेको भूमिका आज पनि उत्तिकै महत्वपूर्ण छ ।” विसं १९९७ मा दाजु सहिद गङ्गालाल, अरू सहिद र २००७ सालको क्र...
संविधानको रक्षाका लागि दलहरूबीच सहकार्यको खाँचो छ: अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

संविधानको रक्षाका लागि दलहरूबीच सहकार्यको खाँचो छ: अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रलाई सुदृढ बनाउन आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन्। ‘संविधान र गणतन्त्रको रक्षाका लागि सबै दलहरूबीच समन्वय र सहकार्यको खाँचो छ,’ उनले भने। आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले राष्ट्रको विकास र जनताको समृद्धिका लागि देशमा सुशासन कायम गरी उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताए । सो अवसरमा सितेरियो कराते खेलाडी पुरेन्द्रविक्रम लाखे र ललितपुरका राजकुमार श्रेष्ठ  नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए।...
ओलीले आफूलाई वाम एकताको सपना देखाएर ठूलो धोका दिए : प्रचण्ड
राजनीति, विचार, समाचार

ओलीले आफूलाई वाम एकताको सपना देखाएर ठूलो धोका दिए : प्रचण्ड

नेपालअखबार, काठमाडौं । सत्ता बहिर्गमित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू केपी ओलीबाट ठूलो धोकामा परेको भन्दै संविधान र अधिकार रक्षाको अभियानमा जान प्रस्ताव गरेका छन् । मंगलबार समाजवादी मोर्चाको बैठकमा प्रचण्डले ओलीले आफूलाई वाम एकताको सपना देखाएर ठूलो धोका दिएको भन्दै अब भ्रममा नपर्ने बताए । ‘बरु मै प्रधानमन्त्री बन्छु, तपाईं छाड्नुस् भनेको भए पनि मैले मान्दिन्थें, तर ओलीले किन यसरी धोका दिनुभयो ?’, प्रचण्डको भनाइ उद्धृत गर्दै मोर्चाको बैठकमा सहभागी एक नेताले सुनाए, ‘संविधानलाई सही ट्र्याकमा राख्ने नियत छैन, उहाँहरु मिलेर परिवर्तनविरुद्ध जालसाजी गर्ने खतरा छ, हामी जनतामा यो कुरा लगेर जाउँ ।’ प्रचण्डले संविधान रक्षा र लोकतन्त्रको प्रगतिशील सारतत्व जोगाउने योजना अबको बाटो हुनुपर्ने प्रस्ताव पनि गरे । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रचण्डले सत्तामा हुँदा समाजवादी मोर्च...
नेपालको राजनीतिमा एकीकृत समाजवादी निर्णायक : माधव नेपाल
राजनीति, विचार, समाचार

नेपालको राजनीतिमा एकीकृत समाजवादी निर्णायक : माधव नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा आफ्नो पार्टी अहम् र निर्णायक रहेको बताएका छन् । प्रवासी नेपाली  एकता मञ्च अन्तरास्ट्रिय कमिटी प्रवास विशेष प्रदेश कमिटीको शनिबार सम्पन्न प्रथम अन्तर्राष्ट्रिय अधिवेशनलाई सम्वोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले नेपाली राजनीतिमा जुनसुकै परिघटनामा एकीकृत समाजवादीको खोजी हुने गरेको समेत बताए । सो पार्टीका सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिष्ट आन्दोलनका भष्मासुर केपी ओलीले कम्युनिष्ट आन्दोलनलाई  समाप्त पार्न खोजेको भन्दै कम्युनिष्ट आन्दोलन जोगाउन नेपालमा पहिलो पल्ट नेपाली विशेषताको समाजवादी कार्यक्रम पारित गर्दै नेकपा (एकीकृत समाजवादी) ले पार्टीको दशौ महाधिवेशन सम्पन्न गरेको बताए । अधिवेशनले ध्रुव सुवेदी अस्ट्रेलियाको अध्यक्षतामा ४५ सदस्यीय प्रवासी नेपाली एकता म...
मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन : प्रचण्ड
राजनीति, विचार, समाचार

मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन : प्रचण्ड

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफूसँग जादुमय नम्बर रहेकाले त्यो सम्भव हुन नदिएको दाबी गरे । ‘केही दिन पछि सरकार जाँदै छ रे भन्ने र तपाई हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोसिस भएको छ । यो भन्न थालेको म प्रधानमन्त्री भएदेखि नै हो । तर  तरिका मिल्यो भने पूरै अवधि बसिन्छ’, प्रचण्डले भने, ढुक्क भएर काम गरे हुन्छ । हामीलाई हटाउन सजिलो छैन । थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाई हाल्छ ।’ उनले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको उल्लेख गर्दै हट्छ कि भन्ने चिन्ता ...
सरकारसँगको सहकार्य हाम्रा कारणले टुट्दैन: अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

सरकारसँगको सहकार्य हाम्रा कारणले टुट्दैन: अध्यक्ष नेपाल

नेपालअखबार,महोत्तरी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकास र जनचाहना सम्बोधनका लागि आफ्नो दलले सरकारसँग सहकार्य गरेको बताएका छन् । महोत्तरीको बर्दिबासमा समाजवादी प्रेस संगठन नेपालद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले निश्चित उद्देश्य प्राप्तिका लागि गरिएको सहकार्यले निरन्तरता पाउने उल्लेख गरे । ‘जनताका आवश्यकता पूरा गर्न र समृद्धिको यात्रा अघि बढाउने उद्देश्यकासाथ सरकारसँग सहकार्य गरिएको हो’, अध्यक्ष नेपालले भने, ‘सरकारसँगको सहकार्य हाम्रा कारणले टुट्दैन ।’ यद्यपि सत्ता गठबन्धनमा सहभागी दलहरुबीच सघन संवाद भने हुन नसकेको उनको गुनासो थियो। ‘सरकार सञ्चालन गर्न सत्ता गठबन्धन दलहरुबीच सरसल्लाह भइरहनुपर्छ, यो पर्याप्तरुपमा हुन सकेको छैन’, अध्यक्ष नेपालले भने । गठबन्धन दलहरुबीचको सम्बन्ध जीवन्त राख्न प्रधानमन्त्री पुष्पकमल द...