हामीले उठाएका मुद्धा कसैले नकार्न सक्दैन: महासचिव भुसाल
नेपालअखबार, काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले 'समाजवादी जागरण अभियान' ले उठाएका मुद्धाहरू राष्ट्रका मुद्धा भएको दाबी गर्नुभएको छ।
गत असोज १४-२८ सम्म सम्पन्न ‘समाजवादी जागरण अभियान’ का क्रममा एकीकृत समाजवादीले उठाएका विषयहरू राष्ट्रका लागि अत्यन्तै महत्वप्रर्ण भएको दाबी गर्नुभएको हो।
सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अभियानमा खटिएका स्वयंसेवकलाई आयोजना गरेको सम्मानार्थ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसाले उक्त कुरा बताउनु भएको हो।
महासचिव भुसालले भन्नुभयो, ‘पूर्व-पश्चिम राजमार्गलाई आधार बनाएर पार्टी विद्रोहपछि पहिलो पटक हामीले यस्तो महत्वपूर्ण अभियान सम्पन्न गरेका छौं। जसलाई कुनै पनि राजनीतिक दलहरू नकार्न सक्दैनन्। नेपाली जनता र देशको लागि हामीले उठाएका सवालहरू गम्भीर छन्। हामीले राष्ट्रका मुद्धा उठाएका छौं। जसको मूल्य निक्कैमाथि...










