Friday, October 16

विचार

केही अराजक समूहले बैंकबाट लिएको ऋण तिर्नु पर्दैन भन्दै जनताहरूको भावनामाथि खेलिरहेका छन्: अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

केही अराजक समूहले बैंकबाट लिएको ऋण तिर्नु पर्दैन भन्दै जनताहरूको भावनामाथि खेलिरहेका छन्: अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले वर्तमान समयमा देखिएका चुनौतीको सामना गर्न आफूहरू तयार रहेको बताउनु भएको छ। बागमती प्रदेश कमिटी तथा केन्द्रीय लेखापरीक्षण आयोगको संयुक्त आयोजनामा लेखा सञ्चलन तथा व्यवस्थापन सम्बन्धि पशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो। शीर्ष नेताहरूबीच बिहिबार बसेको बैठकले वर्तमान समयमा देखिएका सबैखाले चुनौतीहरूको सामना गर्न तयार हुनुपर्नेमा एकमत रहेको बताउनु भएको छ। बागमती प्रदेश कमिटी अध्यक्ष सावित्री भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले बैंकबाट लिएको ऋण तिर्नु पर्दैन भन्ने खालको अतिवादी कुरा गरेर अराजकता मच्चाउन खोज्नेहरूबाट सचेत बन्नुपर्नेमा जोड दिनुभयो। वर्तमान समयमा देखिएका चुनौतीहरूमाथि ब्रिफिङ गर्दै उहाँले भन्नुभयो, ‘केही अराजक ...
छठ पर्वले समतामुलक समाज निर्माणमा भूमिका खेल्छ: अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

छठ पर्वले समतामुलक समाज निर्माणमा भूमिका खेल्छ: अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री माधव कुमार नेपालले छठ पर्व २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुुभाईमा सुुख, शान्ति, समृद्धि, आपसी एकता र प्रगतीको कामना गर्नु भएको हो। छठ पर्व धार्मीक मान्यताले मात्रै नभएर वैज्ञानिक दृष्टिकोणबाट पनि महत्वपूर्ण पर्व भएको बताउँदै अध्यक्ष नेपालले छठ पर्वले समाजमा रहेका विकृतिको अन्त्य गर्दै समतामुलक समाज निर्माणमा भूमिका खेल्ने विश्वास गर्नु भएको छ। विज्ञप्ति हेर्नुहोस् ...
संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका विभिन्न धर्म समुदायका मौलिक संस्कृति तथा चाडपर्वले सामाजिक सद्भाव, सहिष्णुता अभिवृद्धि गरी सामाजिक एकता कायम गर्ने बताएका छन् । हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो पर्व भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले विविधताले भरिपूर्ण नेपाली समाजका फरक धार्मिक रीतिरिवाज, वेशभूषा, कला, साहित्य तथा संस्कृतिले समग्र राष्ट्रको गौरव बोकेको बताए । सबै जाति समुदायका चाडपर्वले नेपालीलाई एकताबद्ध गरी सांस्कृतिकरूपमा एकापसमा जोड्ने काम गरेको उल्लेख गर्दै उनले सामाजिक भ्रातृत्व, सहअस्तित्व, पारस्परिक सहयोगले नै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरे । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै पूर्वप्रधानमन्त्री नेपालले सबै समुदायका भाषा स...
देशको अवस्था बुझ्न एयरपोर्टमा विदेश जानेको ताँती हेरे पुग्छः माधव नेपाल
राजनीति, विचार, समाचार

देशको अवस्था बुझ्न एयरपोर्टमा विदेश जानेको ताँती हेरे पुग्छः माधव नेपाल

नेपालअखबार, काठमाडाैं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको अवस्था बुझ्न विमानस्थलमा विदेश जानेको ताँती हेरे पुग्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जेबी टुहुरेले गाएझैं ‘लाहुर हिँड्नेको ताँतीले बस्नेको मन रूवाउँछ’ जस्तै देशको अवस्था रहेको बताएका हुन्। ‘म भन्न चाहन्छु– जेबी टुहुरेको त्यो गीत, लाहुर हिँड्नेको ताँतीले बस्नेको मन रूवाउँछ, लाखौंका लागि उजाड छ यो देश मुट्ठिभरका लागि स्वर्ग छ,’ उनले संसद् बैठकमा भने, ‘जब विमानस्थलमा हामी जान्छौं, बाहिर जानेहरूको ताँती देख्छौं। ती जाने परिवारको हालत जब हामी देख्छौं, हाम्रो मन पोल्न थाल्छ।’ उनले युवा मिटरब्याजमा ऋण काढेर भए पनि विदेश जानेको ताँतीमा रहेको बताए। ‘वास्तवमा देशको अवस्थालाई हेर्न विमानस्थलमा गएर नेपाली युवाको ताँती, विदेश जानेको ताँती देख्यौं भने, विदेश जानका लागि ऋण काढेर, अनि मि...
जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति दिलाउन सक्नुपर्छ : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति दिलाउन सक्नुपर्छ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडाैं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको मुलुकमा सबै समुदायका धर्म संस्कृति, भाषा साहित्यको संरक्षण गर्नुपर्ने बताएका छन्। विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले विभिन्न समुदायबीच एकता, सद्भाव, भाइचारा र सहिष्णुता अभिवृद्घि गर्न पर्वको संरक्षण गर्नुपर्ने बताए। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण गर्न समाजवादी अर्थव्यवस्था कार्यान्वयन तथा जनताको चाहनाअनुसार उनीहरूको व्यापक सहभागितामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिनुपर्नेमा जोड दिए। सुश...
ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौती  : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौती : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनावमा लड्न चुनौती दिएका छन् । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन अध्यक्ष नेपालले चुनौती दिए । पूर्वराजा ज्ञानेन्द्रलाई इंकित गर्दै उनले भने, ‘अस्ति भएको निर्वाचन आफैंमा जनमत संग्रह हो । जनताले सीधै पार्टीलाई विश्वास गरेका छौं भन्ने देखाए । अरुलाई पनि लाग्छ भने पार्टी बनाउन् आउन्, चुनावमा सामेल होउन् ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले वंशको शासन नेपाली जनतालाई स्वीकार्य नरहेको भन्दै भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने बताए । अर्को प्रशंगमा उनले सत्ता गठबन्धन पाँच वर्षका लागि बनेको बताउँद...
दशैंको शुभकामना दिंदै झलनाथ खनालले औंल्याए नेपालका ४ संकट
राजनीति, विचार, समाचार

दशैंको शुभकामना दिंदै झलनाथ खनालले औंल्याए नेपालका ४ संकट

नेपालअखबार,काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दशैं, तिहार, छठ, नेपाल संवत्, ल्सोसार, उधौली लगायत चाडपर्वको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् । पूर्वप्रधानमन्त्री खनालले मंगलबार भिडियो मार्फत शुभकामना सन्देश जारी गर्दै नेपालीहरुको अग्रगमन र प्रगतिको कामना गरेका हुन् । शुभकामा सन्देशमा उनले नेपालको अवस्थाको पनि चित्रण गरेका छन् । ‘हाम्रो देश यति बेला विभिन्न कारणले अनेक खालका संकटहरुबाट अगाडि बढिरहेको छ’ उनले भने । पूर्वप्रधानमन्त्री खनालले चार वटा संकट औंल्याए । ‘राजनीतिक संकट, आर्थिक संकट, सामाजिक/सांस्कृतिक संकट, राष्ट्रियताको संकट सबै बढिरहेको छ’, उनले भने । देशमा मूल्यवृद्धि भइरहेको, महँगी बढिरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा आम श्रमिक जनताले चाडपर्वहरु कसरी मनाउने होला भन्ने परिस्थितिको सामना गर्नुपरेको बताए । जुनस...
प्रधानमन्त्री प्रचण्डले दिए सडकमा लाखौं जनता उतार्ने चेतावनी
राजनीति, विचार, समाचार

प्रधानमन्त्री प्रचण्डले दिए सडकमा लाखौं जनता उतार्ने चेतावनी

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको सन्देश सभा सकिएपछि सडक संघर्ष चर्काउने बताएका छन् । सोमबार सुदूरपश्चिमको धनगढीमा मोर्चाले गरेको सभालाई सम्बोधन गर्दै सडक संघर्ष चर्काउने बताएका हुन् । छिट्टै मोर्चाको बैठक बसेर समीक्षा गरी संघर्षका लागि जनपरिचालन गर्ने उनले चेतावनी दिए । ‘मदेसदेखि सुदूरपश्चिमसम्म भएका सन्देशसभा रियल्सन मात्र हो । छिट्टै मोर्चाको बैठक बसेर अहिलेसम्म भएका कामको समीक्षा गर्छौँ । म चाहन्छु प्रतिक्रान्तिकारीको विरुद्ध देशभर ठूला सहरमा जनपरिचालन तुरुन्त गर्न जरुरी छ’, चुनौती दिँदै उनले भने, ‘परिवर्तन विरोधी, स्वैच्छाचारी, अराजकतावादीहरू सडकमा आएर क्रान्तिकारी र परिवर्तनकारीलाई चुनौती दिएका छन् । तीनका विरुद्ध लाखौं जनता र कार्यकर्ता सडकमा ल्याएर चुनौती दिन जरुरी छ ।’ जनपरिचालनको कार्यक्रम बनाउन लागेको जानकारी दि...
नेपाल भन्छन्- समाजवादी मोर्चा बनेपछि कतिपय पार्टीको सातो गयो
राजनीति, विचार, समाचार

नेपाल भन्छन्- समाजवादी मोर्चा बनेपछि कतिपय पार्टीको सातो गयो

नेपालअखबार, धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चार दल एक भएर समाजवादी माेर्चा बनेपछि देशमा तरङ्गित भएको दाबी गरेका छन् । उनले वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले मोर्चा बनाइएको बताउँदै त्यसले कतिपय पार्टीको सातो गएको समेत बताए । ‘चार दल एकतावद्ध भएपछि देशमा तरंग पैदा गरेको छ,’ समाजवादी मोर्चाले धनगढीमा गरेको कार्यक्रममा नेपालले भने, ‘कतिपय पार्टीको झण्डै सातो गएको छ ।’ आफूहरुले एकअर्काको विचारको सम्मान गर्ने भएकाले कोही पनि मोर्चाबाट डराउन नपर्ने उनले बताए । नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि कम्युनिस्ट भएको दाबी गरे । ‘उपेन्द्रजी पनि खाँटी कम्युनिस्ट हो, यो देशका पुरानो कम्युनिस्ट नै हुन्,’ नेपालले दाबी गरे ।...
संविधानको कार्यान्वयन नुहँदा भ्रष्टचार माैलायाे : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

संविधानको कार्यान्वयन नुहँदा भ्रष्टचार माैलायाे : अध्यक्ष नेपाल

नेपालअखबार, धनगढी।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले संविधान राम्रो बनेको भएपनि कार्यान्वयनको पाटो फितलो बनेका कारण जनतामा निराशा उत्पन्न भएको बताउनु भएको छ। यहि असोज १४ गते झापाको काँकरभिट्टाबाट सुरू गरिएको समाजवादी जागरण अभियानको १४औं दिन धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो।...