सबैभन्दा पारदर्शी नेता नै माधव नेपाल हो: सुदेश पराजुली
नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीका युवा नेता सुदेश पराजुलीले जीवित शीर्ष नेता मध्य सबैभन्दा पारदर्शी नेता माधवकुमार नेपाल भएको दाबी गर्नुभएको छ।
बुधबार उज्यालो नेटवर्कसँगको अन्तरवार्तामा नेता पराजुलीले जीवित नेतामध्ये सबैभन्दा पारदर्शीे नेता अध्यक्ष नेपाल भएको दाबी गर्नुभएको हो।
अनेरास्ववियूका निवर्तमान अध्यक्षसमेत रहेका नेता पराजुलीले लतिला निवास प्रकरणमा अध्यक्ष नेपालको कुनै दोष नभएको समेत ठोकुवा गर्नुभयो।
नेता पराजुलीले भन्नुभयो, ‘सरकारको नेतृत्वमा पुगेर वा प्रधानमन्त्री बन्दा कुनै पनि त्यस्ता गलत कार्य गर्नुभएन भन्ने हामीलाई लाग्छ। तर, ललिता निवास प्रकरणमा उहाँको नाम आएको छ। हामीले भनेकै छौं कि उहाँमाथि छानविन गरियोस्। हामीलाई विश्वास छ, जीवित शीर्ष नेता मध्य सबैभन्दा प्रष्ट र पारदर्शी नेता नै माधव नेपाल हो।’
उहाँले अगाडि भन्नुभयो, ‘कुनै पनि व्यक्ति र मु...










