Tuesday, August 25

विचार

मधेसलाई खडेरी क्षेत्र घाेष्णा गरि किसानलाई तत्काल राहत दिनु पर्ने : अध्यक्ष महन्थ ठाकुर
राजनीति, विचार, समाचार

मधेसलाई खडेरी क्षेत्र घाेष्णा गरि किसानलाई तत्काल राहत दिनु पर्ने : अध्यक्ष महन्थ ठाकुर

नेपालअखबार, काठमाडाैं । वर्तमान समयमा मधेशमा देखा परेकाे समस्यालाई राज्यले तत्काल सम्वाेधन गर्नु पर्ने भएता पनि सरकार आफै अल्मलिदा मधेशका जनताले दुख  पाए रहेकाे लोकतांत्रिक समाजबादी पार्टि अध्यक्ष महन्थ ठाकुरकाे भनाइ रहेकाे छ । मधेश प्रदेशमा याे बेला प्राकृतिक प्रकाेपले गर्दा सुख्खा खडेरी,  गाइ वस्तुमा लम्पी  राेगकाे प्रकाेप र जनतामा खाद्यान्नकाे अभाव रहेकाे नेपालअखबारलाई  जनकारी दिएकाछन् । सरकारले मधेश प्रदेशलाई कर संकलनका लागि मात्र चासाे दिने हाेइन जनताकाे घरमा चुलाे बलेकाे छ कि नाइ खाचाे लिन पर्ने अवस्था  आएकाे छ । अहिले सिमा क्षेत्रमा बसाेबास गर्ने जनताले सरकार र राज्यकाे अनुभूित गर्न सकेका छैनन् । दैनिकि गुजाराका लागि मुश्किल रहेकाे अवस्था छ ।  याे माैसममा पनि जनताले पिउने पानी पाउन सकेका छैनन् । दालचामल जस्ता अति आवश्यक रहेका खाद्यान्न काेअभाव भाेग्नु परेकाे छ । सरकारले सिमापारिव...
पहिलो दिनको बैठकमा १८ जना केन्द्रीय सदस्यहरुले धारणा राखे
राजनीति, विचार, समाचार

पहिलो दिनको बैठकमा १८ जना केन्द्रीय सदस्यहरुले धारणा राखे

नेपालअखबार, काठमाडौँ । नेकपा माओवादीको केन्द्रीय समितिको पहिलो दिनको बैठकमा १८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् । पहिलो दिनको बैठकमा १८ जना केन्द्रीय सदस्यले धारणा राखेको केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गरेका थिए । बैठक  भोलि बिहान ११ बजे बस्नेछ । अध्यक्ष प्रचण्डले भदौदेखि तीन महिने ‘जनतासँग पार्टी’ अभियानदेखि पार्टी सुदृढ बनाउनेबारे प्रस्ताव अघि सारेका छन् ।...
देश बनाउने सवालमा हामी इमान्दार बन्न सकेका छैनौँः अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

देश बनाउने सवालमा हामी इमान्दार बन्न सकेका छैनौँः अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं  । नेकपा ( एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देश बनाउने सवालमा हामी इमान्दार बन्न नसकेको बताउनु भएको छ । मंगलवार काठमाडौंमा अनेरास्ववियूले एस इ इ पास गरेका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको  कार्यक्रमा सम्बोधन गर्दै उहाँले सबै नेताहरु बन्नुपर्ने जति इमान्दार बन्न नसकेको बताउनुभएको हो। उहाँले देश बनाउने भावना जागृत भएमात्रै देश विकास हुने बताउनुभयो। उहाँले आफूलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न खोज्दा देशको विकास नभएको भन्दै नेपालले कुनै पनि कार्य गर्न इमानदारिता मुख्य कुरा रहेको बताउनु भयो । पहिलो कुरा इमान्दारीता हो आफूप्रति इमान्दार हौं। आफ्नो पढाइप्रति इमान्दार हौं। र, मिहिनेती बनौ अध्यक्ष नेपालले भन्नुभयो । इमान्दार र मेहनती भयो भने जस्तो सुकै क्षेत्रमा पनि सफल हुन सकिन्छ। अल्छी हुनुहुँदैन, ढाँट्नु हुँदैन, छलछाम गर्नु हुँदैन। हाम...
भ्रष्टाचार मुक्त पार्टी नै समाजवादको आधार : घनश्याम भुसाल
राजनीति, विचार, समाचार

भ्रष्टाचार मुक्त पार्टी नै समाजवादको आधार : घनश्याम भुसाल

नेपालअखार, काठमाडौं।  भ्रष्टाचारको आँखि झ्यालबाट हेर्दा हाम्रो नेता, हाम्रो हाकिम मात्र भ्रष्ट हो कि भन्ने लाग्छ । तर, समग्र इतिहासलाई हेर्दा त्यस्तो देखिँदैन । हाम्रोमा नेता भ्रष्ट छ। अन्य देशमा पनि नेता भ्रष्ट थिए र छन् । उनीहरूका कारण क्रान्ति तुहिएका थिए । यदि भ्रष्टाचार भन्ने औजार र पूँजिवादी भ्रष्टाचार हुँदैन थियो भने करिब २०औं शताब्दिको अन्त्यसम्ममा विश्वमै समाजवाद आइसक्थ्यो । दोस्रो विश्वयुद्धपछि जति मुलुकमा क्रान्ति भए । ति जनवादी क्रान्ति थिए । जति देशमा लोकतन्त्र स्थापित भयो । मुलभुत रूपमा ति क्रान्ति जनवादी क्रान्ति थिए । चीनको जस्तै मौलिक क्रान्ति थिए । एशियाका मुलकमा सम्पन्न क्रान्तिहरू जनवादी क्रान्ति थिए । एकसेएक नेता, पार्टी र क्रान्तिहरूले लोकतन्त्र, समानता, भ्रातृत्व र समाजवादप्रति कबुल गरेका थिए । तर, क्रमशः ति पछौटे र गरिब मुलुकमा क्रान्तिकारी कबुल गरेका मान्छेहरू ज...
अध्यक्ष नेपाल र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता नेपाली श्रमिकका बारेमा छलफल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

अध्यक्ष नेपाल र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता नेपाली श्रमिकका बारेमा छलफल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र मलेसियाका गृहमन्त्री सैफुद्दीन नासुसनबीच भेटवार्ता भएको छ। मेलेसियाको राजधानी क्वालालम्पुरमा मंगलबार अध्यक्ष नेपाल र गृहमन्त्री बीच भेटवार्ता भएको हो। भेटमा  नेपाली श्रमिककाे अवस्थाबारेमा छलफल भएकाे थियाे ।  नेपाल-मलेसियाबीच सम्बन्ध  दुइ देश बिचकाे मित्रताबारे कुराकानी भएको थियो। अध्यक्ष नेपालले मलेशियामा काम गरि रहेकाे नेपाली कामदारकाे अवस्था बारेमा मलेसिया सरकारका गृहमन्त्री सैफुद्दीन नासुसनसंग चासाे राख्यका थिए । नेपाली कामदारकाे हकिहत र नेपालबाट जाने श्रमिककाे सिप र क्षमाता विकासकाे लागि पनि  मलेसियाले थप पहल गर्न पर्ने बताउनु भयाे । अध्यक्ष नेपाल त्रिदेशीय भ्रमणका क्रममा इण्डोनएशीयाहुँदै मेलेसिया पुग्नु भएको हो । आइतबार अध्यक्ष अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागि हुन...
शेखरलाई खड्काको जवाफ- हामी भएकै बैठकमा समाजवादी मोर्चा बनाउने सहमति भएको हो
राजनीति, विचार, समाचार

शेखरलाई खड्काको जवाफ- हामी भएकै बैठकमा समाजवादी मोर्चा बनाउने सहमति भएको हो

नेपालअखबार, काठमाडाैं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसलाई जानकारी दिएरै समाजवादी मोर्चा बनेको बताएका छन्। सभापति शेरबहादुर देउवा र आफू बालुवाटारमा रहेकै बेला समाजवादी मोर्चा बनाउने सहमति बनेको उनको भनाइ थियो। ‘समाजवादी मोर्चाबारे एउटा कुरा उठेको छ। म प्रष्ट भन्न चाहन्छु- गठबन्धन पुनर्स्थापित गर्न बालुवाटारमा छलफल भएका बेला सभापति र मेरै अगाडि समाजवादी मोर्चा बनाउन प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच सहमति भएको हो,’ सोमबारको केन्द्रीय समितिमा खड्काले भने। यसअघि केन्द्रीय समितिमै धारणा राख्दै नेता शेखर कोइरालाले समाजवादी मोर्चा किन बनेको हो भन्ने प्रश्न गरेका थिए। कोइरालालाई जवाफ दिँदै खड्काले भने, ‘मोर्चा बन्दा विश्वासको वातावरण बन्छ र आशंका हट्छ भनेर तीन दल मिले समाजवादी मोर्चा बनाउनुभएको हो। त्यसमा पछि विप्लवजी थपेर समाजवादी मोर्चा बन्यो।’ यसबारे ...
कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गर्नुपर्छः माधव नेपाल
राजनीति, विचार, समाचार

कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गर्नुपर्छः माधव नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु नहुने बताएका छन् । आइतवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले कम्यनिष्ट पार्टीहरु आफ्नो आफ्नो पसल थापेर बसेको बताए । तर, ती थापिएका सबै कम्युनिस्ट पसललाई सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको उनको भनाइ छ । उनले मिल्नसक्ने, सहकार्य गर्नसक्नेहरुबीच सहकार्य र एकता गरेर अघि बढ्ने बताए । नेपालले कम्युनिष्टहरुलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने बताए । नेपालले भने, ‘कमरेड वामदेव गौतमले कम्युनिष्ट पार्टी शक्तिलाई मिलाउँ भनेर जोड दिनुभयो । सबै कम्यनिष्ट पार्टीहरु आफ्ना आफ्ना पसल थापेर बसेका छन्, आफ्ना आफ्नै पाराले चलिरहेका छन् । त्यसका बाबजुत पनि ...
पुष्पलालको योगदान र हाम्रो दायित्व
राजनीति, विचार, समाचार

पुष्पलालको योगदान र हाम्रो दायित्व

बुद्ध महर्जन नेपालको राजनैतिक इतिहासको कालखण्डमा पृथ्वीनारायण शाहले शुरुआत गरेको नेपाल एकीकरणको अभियान भिमसेन थापासम्म चल्यो । सो अवधिमा नेपालको राजनैतिक राज्यसत्ता र शक्तिको खिचातानी पनि सँगसँगै मौलाइरहेको थियो । शाहवंशको शक्ति खिचातानीको रुप राज्यलक्ष्मीसम्म आईपुग्दा  राजनैतिक शक्तिको हस्तान्तरण जंगबहादुरको हातमा पुग्यो र राणा शासनकोे उदय भयो । १०४ वर्षसम्म जहानियाँ राणा शासन चल्यो । सो दौरानमा राणाहरूले आफ्नो शासन सत्ता टिकाउनका लागि जनताको मौलिक हक अधिकारहरूमाथि अंकुश लगाए भने जनजीविकाका सवालमा ज्यादै कमजोर भएको इतिहासबाट प्रष्ट हुन्छ । तर राणाहरूले राष्ट्र र राष्ट्रियताका सवालमा भने सतिसाल झैं दरो र निर्भिकतापूर्वक विश्वराजनीतिमा उभ्याए । जुन सबैका लागि एउटा अनुशरणीय, प्रशंसनीय र गौरवमय छ । मातृभूमिको अस्मिताका खातिर देखाएको वीरता र कुटनीतिक चातुर्यता सिंगो नेपाल र नेपालीको लागि गौ...
समाजवाद
विचार, साहित्य \कला

समाजवाद

समाजवाद धोका र कपटसँग साँठगाँठ गरेर अपराध र स्वार्थका विस्कुन सुकाएर न्यायलाई काखी च्यापेर वुट बजार्दैमा आउँदैन समाजवाद । श्रम र पसिनाको मूल्यसँगै स्वाभिमानमा बाँच्न पाउनु विश्व भाइचाराको नाता र सम्बन्ध गाँस्दै स्वतन्त्रताको श्वास फेर्दै हाँसीखुसी बाँच्नु र रमाउनु हो समाजवाद । रोग शोक र भोकमा कमिसनको व्यापर शिक्षामा नवउद्धार सबैखाले सामाजिक विभेदको अन्त्यसँगै समानतामा ढुकक हुनु हो समाजवाद ।...
‘समाजवाद बहस र संघर्ष’ विषयक अन्तरक्रिया कार्यक्रम शनिबार
राजनीति, विचार, समाचार

‘समाजवाद बहस र संघर्ष’ विषयक अन्तरक्रिया कार्यक्रम शनिबार

नेपालअखबार, काठमाडौँ। समाजवाद अध्यक्ष केन्द्र धनकुटा नेपालले समाजवाद बहस र संघर्ष' विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। संघीय राजधानी काठमाडौँको कदलादिस्थित प्रज्ञा भवनको पारिजात प्रवचन हलमा शनिबार उक्त अन्तरक्रिया कार्यक्रम राखिएको आयोजकले जनाएको छ। दिउँसो १२:४५ बजेदेखि सुरु हुने कार्यक्रमलाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल, नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई, पम्फा भुसाल, डा.खगेन्द्र प्रसाई र अशेष घिमिरेले लगायतका समावादी नेताहरुले सम्बोधन गर्नु हुनेछ।...