Wednesday, September 23

विदेश

अनिल अम्बानीको बयानः ‘गहना बेचेर तिरेँ वकिलको शुल्क’
विदेश, समाचार

अनिल अम्बानीको बयानः ‘गहना बेचेर तिरेँ वकिलको शुल्क’

नेपाल अखबार, एजेन्सि। ऋणको बोझले थिचिएका रिलायन्स ग्रुपका अध्यक्ष अनिल अम्बानीले शुक्रबार लण्डन अदालतसमक्ष आफूले साझा जीवन बिताइरहेको जानकारी दिए । उनले आफूसँग एउटा मात्रै का र भएको र गहना बेचेर वकिलको शुल्क तिरिरहेको पनि बताए । चीनका तीन सरकारी बैंकसँग ऋण लिएको मामिलामा अनिल अम्बानीले पहिलो पटक भिडियो कन्फरेन्सिङमार्फत् लण्डनको उच्च अदालतमा पेश भएका थिए । ९.९ करोड भारुको गहना बेचेः अनिल अम्बानीले सन् २०२० को जनवरीदेखि जूनसम्म गहना बेचेर उनले ९.९ करोड भारु जुटाएका छन् । अब उनीसँग आफ्नो केही पनि छैन । कारको लाइनको प्रश्नमा अनिल अम्बानीले यसलाई मिडियाको आधारहीन खबर बताए । उनले भने, ‘मसँग कहिले पनि रोल्स रोयस कार थिएन । अहिलेको समयमा मसँग एउटा कारमात्रै छ । अब परिवारले नै मेरो सबै खर्च उठाइरहेका छन् ।’ अदालतमा आमा र छोराबाट लिएको ऋणबारे सोधियो प्रश्नः शुक्रबार सुनुवाईको क्रममा अदालतले विलासी ...
कोरोनाको कारण गायक एसपी बालासुब्रमण्यमको निधन
मनोरञ्जन, विदेश, समाचार, स्वास्थ्य

कोरोनाको कारण गायक एसपी बालासुब्रमण्यमको निधन

नेपाल अखबार, मुम्बई । दक्षिण भारतीय तथा हिन्दी फिल्मका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । ७४ वर्षीय बालासुब्रमण्यमले चेन्नइको एक अस्पतालमा अन्तिम श्वास फेरेका हुन् । कोरोना संक्रमित बालासुब्रमण्यमलाई गत ५ अगस्टमा अस्पताल भर्ना गरिएको थियो । उनको शुक्रबार १ बजेर ४ मिनेटमा निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् । दक्षिण भारतीय फिल्ममा पहिचान बनाएपछि बालासुब्रमण्यमले १९८१मा हिन्दी फिल्मका गीत गायन सुरु गरेका थिए । कमल हसन अभिनित ‘एक दुजेके लिए’   फिल्मको ‘तेरे मेरे बीचमे’ बोलको गीतबाट उनले बलिउड गायन करियर सुरु गरेका थिए । यो फिल्मको गीतबाट उनलाई नेशनल अवार्ड समेत मिलेको थियो । यसपछि उनले कयौ राम्रा गीतहरु हिन्दी फिल्मका लागि दिएका छन् । दक्षिण भारतमा जन्मिएका बालासुब्रमण्यम धेरै भाषामा समेत गीत गाउथे । तर गीत गाउने प्रेरणा आफुलाई हिन्दी गीतबाट मिलेको बताउदै आएका थिए । हिन्दी...
शुक्रबार भारतमा चक्काजाम
विदेश, समाचार

शुक्रबार भारतमा चक्काजाम

नेपाल अखबार, एजेन्सि। भारतको संसदको दुबै सदनबाट पारित कृषि विधेयकविरुद्ध शुक्रबार किसान संगठनले भारतभरी चक्काजामको आह्वान गरेका छन् । सरकारले यी विधेयकलाई किसानको हितैषी बताउँदै यसले किसानको आय बढ्ने र बजार उनको उत्पादनका लागि खुल्ने जानकारी दिएको छ । यस्तै किसान संगठनले यो विधेयक कृषि क्षेत्रलाई व्यापारीको हातमा सुम्पिने कोसिसको हिस्सा भएको बताएको छ । यी विधेयकविरुद्ध सबैभन्दा व्यापक प्रदर्शन पंजाब र हरियाणामा भइरहेको छ । पंजाबमा त बिहिबार नै रेल रोक भन्ने अभियान चलाइएको छ । किसान संगठनका अनुसार शुक्रबार पूरा देशभरी यी विधेयकविरुद्ध प्रदर्शन हुनेछ । भारतीय किसान युनियन (बिकेयू) ले उत्तर प्रदेशमा शुक्रबार चक्का जाम गर्ने तयारी गरिरहेको छ । बिकेयूसँग सम्बन्धित किसान नेता धर्मेन्द्र सिंहले पश्चिमी उत्तर प्रदेशका सबै जिल्लामा शुक्रबार बिहान १० बजेदेखि बेलुका चार बजेसम्म चक्का जाम गरिने जानकार...
भारतमा बच्चाको लिङ्ग थाहा पाउन एक पुरुषले पत्नीको पेट चिरिदिए!
विदेश, समाचार

भारतमा बच्चाको लिङ्ग थाहा पाउन एक पुरुषले पत्नीको पेट चिरिदिए!

नेपाल अखबार, एजेन्सि। भारतमा बच्चाको लिङ्ग थाहा पाउनको लागि एक पुरुषले गर्भवती पत्नीको पेट चिरिदिएका छन्। ती पुरुषले धारिलो हतियारले पत्नीको पेट चिरिदिएपछि उनले मृत बच्चा जन्माएको अल्जाजिराले जनाएको छ। यस घटना उत्तर प्रदेशको बदायूँ जिल्लाको भएको बताइएको छ। हालसम्म यी दम्पतीको पाँच जना छोरी थिए। ती पुरुषले आफ्नी श्रीमतीलाई छोरा जन्माउन दबाब दिइरहन्थे। महिलाकी माइती पक्षले पनि ती पुरुषले छोरा जन्माउन दबाब दिने गरेको बताएका छन्। हाल पक्राउ परेका ती पुरुषले यस घटनालाई दुर्घटनाको सङ्ज्ञा दिँदै आफूले जानीजानी त्यस्तो कार्य नगरेको प्रहरीसँग बताएका छन्। यद्यपी पारिवारिक स्रोतले प्रहरीलाई छोरा पाउने विषयलाई लिएर यी दम्पतीबीच नियमित रूपमा झगडा हुने गरेको बताएका छन्।...
अस्ट्रेलियामा ९० ह्वेलको मृत्यु, अलपत्र १८० को उद्धारका लागि प्रयास जारी
विदेश, समाचार

अस्ट्रेलियामा ९० ह्वेलको मृत्यु, अलपत्र १८० को उद्धारका लागि प्रयास जारी

नेपाल अखबार, एजेन्सि। अस्ट्रेलियाको दक्षिणी क्षेत्रमा पर्ने एउटा खाडीमा कम्तीमा ९० ह्वेल माछाको सोमबार मृत्यु भएपछि खतरामा रहेका १८० भन्दा बढीको उद्धारका लागि मङ्गलबार उद्धारकार्य सुरु गरिएको छ। ह्वेलविद्हरूले तस्मिनियाको पश्चिमी तटमा पानीको सतह कम भएको स्थानमा ह्वेल पुगेपछि उनीहरूलाई अनुकुल वातावरण नहुँदा मरेको बताएका छन्। उनीहरूले ह्वेलको समूह अन्टार्कटिकातर्फ जानेक्रममा बाटो विराएर तस्मिनियातर्फ गएको र पानीको गहिराई नभएको स्थानमा पुगेपछि अनुकुल वातावरणको अभावमा ठूलो सङ्ख्यामा ह्वेलको मृत्यु भएको हुनसक्ने बताइएको छ। सरकारी जलचरविद् क्रिस कार्लियनका अनुसार सोमबार साँझसम्म झण्डै एक तिहाई ह्वेलको मृत्यु भएको र अन्यलाई सुरक्षित स्थलतर्फ लान उद्धारका लागि सवयम्सेवक तथा माछापालनमा काम गर्ने श्रमिकहरूको सहायतामा करिब ४० ह्वेलको उद्धार गरिएको छ। उनले उद्धार चुनौतीपूर्ण रहेको बताउँदै यसका लागि ...
भारतमा कोरोना संक्रमितको संख्या बढे पनि ताजमहल खुल्यो
विदेश, समाचार

भारतमा कोरोना संक्रमितको संख्या बढे पनि ताजमहल खुल्यो

नेपाल अखबार, आग्रा । भारतमा कोरोनाभाइरसका संक्रमितको संख्या बढे पनि उत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालयहरु स्थानीय प्रशासनले खुला गरेको छ ।  भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या ५४ लाख नाघिसकेको छ । संयुक्तराज्य अमेरिकापछि भारतमा सबैभन्दा बढी मानिस कोभिड–१९ बाट संक्रमित भइसकेका छन् । गत मार्च महिनामा सरकारले गरेको कडा लकडाउनका कारण लाखौं मानिसको जीविकामै असर परेको छ । त्यहीकारण प्रधानमन्त्री नरेन्द्र मोदी पछिल्ला दिनहरुमा अरु मुलुकले अबलम्बन गरेझैं कडा नियमहरु लागू गर्न इच्छुक देखिएका छैनन् । सरकारले पछिल्ला महिनाहरुमा रेलसेवा, घरेलु विमान सेवा, बजार र रेष्टुराँ समेतका पेशा व्यवसायमा गरिएका प्रतिबन्धहरु खुकुलो बनाउन थालेको छ । सरकारले अब भारतकै विश्वप्रसिद्ध स्मारक ताजमहल सर्वसाधारणका लागि खुला गरेको छ । ताजमहल घुम्न परिवारसहित आइपुगेका बैंकका एक अधिकृत आयुब शेखले लकडाउनका का...
अमेरिकी राष्ट्रपति ट्रम्पलाई विषाक्त पत्र पठाएको आशंका गरिएकी महिला पक्राउ
विदेश, समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पलाई विषाक्त पत्र पठाएको आशंका गरिएकी महिला पक्राउ

नेपाल अखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त पत्र पठाएको आशंका गरिएकी एक महिला पक्राउ परेकी छिन्। क्यानडाबाट अमेरिका प्रवेश गर्ने क्रममा न्युयोर्कको सीमामा ती महिलालाई गिरफ्तार गरिएको सीएनएनले जनाएको छ। ती महिलाको साथबाट एक थाक बन्दुक पनि फेला परेको अमेरिकी अधिकारीहरुले बताएका छन्। गतहप्ता मात्र अमेरिकी राष्ट्रपति ट्रम्पलाई क्यानडाबाट एउटा पत्र पठाइएको थियो। उक्त पत्र ह्वाइट हाउस पुग्न अगाडि नै नियन्त्रणमा लिइएको थियो। त्यस पत्रमा ‘रिसिन’ नामको विष लतपत गरिएको भेटिएको थियो। यस विष सेवन गरिएमा अथवा यस विष जुनै माध्यमबाट पनि शरीरमा प्रवेश गरेमा मानिसहरुको मृत्यु हुने र यसको उपचार नहुने बताइएको छ। हाल पक्राउ परेकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन। प्रहरीले यतिबेला यस विषयमा अनुसन्धान गरिरहेको छ। यसअघि पनि ह्वाइट हाउसमा विषाक्त पत्र, पार्सलहरु पठाइएको थियो। एजेन्सी...
मोदीको जन्मदिनमा भारतीय युवाले मनाए राष्ट्रिय बेरोजगार दिवस
विदेश, समाचार

मोदीको जन्मदिनमा भारतीय युवाले मनाए राष्ट्रिय बेरोजगार दिवस

नेपाल अखबार, एजेन्सि। भारतको विभिन्न शहरमा बेरोजगार युवाहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा बेरोजगार दिवसका रुपमा मनाएका छन्। बिहीबार भारतका कतिपय स्थानमा युवाहरुले राष्ट्रिय बेरोजगार दिवसका रुपमा मनाएका हुन्। बेरोजगार युवाहरुको यो प्रदर्शनमा प्रमुख विपक्षी दलको पनि समर्थन थियो । यो प्रदर्शनमा विपक्षी दलका नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता थियो। राजस्थानका पूर्व उप–मुख्यमन्त्री तथा कांग्रेस नेता सचिन पायलटले पछिल्लो ६ वर्ष यता युवाहरुलाई रोजगारका नाममा मात्र झुठो आश्वासन प्राप्त भएको बताएका छन्।...
कंगनाले भनिन्, ‘जयाजी, तपाईं र तपाईंको इन्डष्ट्रिले कुनै थाल दिएको छैन, दुइ मिनेटको भूमिका पनि हिरोसँग सुतेपछि पाइन्छ’
मनोरञ्जन, विदेश, समाचार

कंगनाले भनिन्, ‘जयाजी, तपाईं र तपाईंको इन्डष्ट्रिले कुनै थाल दिएको छैन, दुइ मिनेटको भूमिका पनि हिरोसँग सुतेपछि पाइन्छ’

नेपाल अखबार, एजेन्सि। फिल्म इन्डष्ट्रिमा सुशान्त सिंहको मामिलाबाट सुरु भएको विवाद भारतीय संसदसम्म पुगेको छ । र कुरा बलिउडको थालमा प्वाल पार्ने विषयमा भइरहेको छ । सपा सांसद जया बच्चनले राज्यसभामा थालमा प्वाल पारेको बयान दिएका थिए । यसमा कंगना रनौटले बुधबार जवाफ दिएकी छिन् । यसैबीच कंगना रनोटले जया बच्चनलाई दिएको जवाफमा स्वरा भास्करले बुधबार नायिकामाथि निशाना साँधेकी छिन् । उनले कंगनालाई ठूलाको इज्जत गर्न भनेकी छिन् । कंगनाले भने, ‘कुन थाल दिएको छ जयाजी र उनको इन्डष्ट्रिले ?’ यसअघि कंगनाले ट्वीट गरिन्, ‘जयाजी र उनकी इन्डष्ट्रिले कस्तो थाली दिएको छ ? एक थाल पाएको थिएँ जसमा दुई मिनेटको भूमिका आइटम नम्बर्स र एक रोमान्टिक सीन पाइन्थ्यो त्यो पनि हिरोसँग सुतेपछि । मैले यो इन्डष्ट्रिलाई फेमिनिज्म सिकाएँ । थाललाई देश भक्ति, नारी प्रधान फिल्मबाट सजाएँ । यो मेरो आफ्नो थाल हो, जयाजी तपाईंको होइन ।’ जय...
बिहारमा चट्याङ लागेर १५ जनाको मृत्यु
विदेश, समाचार

बिहारमा चट्याङ लागेर १५ जनाको मृत्यु

नेपाल अखबार ,एजेन्सी । भारतको बिहार राज्यका विभिन्न जिल्लामा हालै केही दिनयता भएको अविरल वर्षा र त्यसपछिको चट्याङमा परी १४ जनाको ज्यान गएको छ । यसै हप्ता बिहारका विभिन्न छ जिल्लामा परेको चट्याङ लागेर १५ जनाको मृत्यु भएको हो । समाचारमा जनाइएअनुसार अविरल वर्षासँगै परेको चट्याङले लागेर उनीहरुको निधन भएको हो । चट्याङका कारण गएको तीन दिनमा ती नागरिकको ज्यान गएको र अरु केही व्यक्ति नराम्ररी घाइते भएका बिहारका विपद् व्यवस्थानसम्बन्धी अधिकरीहरुले जानकारी दिएका छन् । बिहारको विपद् व्यवस्थापन विभागले बुधबार बिहान सो कुराको जानकारी दिएको हो । गएको सोमबारदेखि यहाँ चट्याङ पर्न शुरु गरेको र बुधबार बिहानसम्म यो संख्या १५ पुगेको बिहारको विपद व्यवस्थापन विभागले जानकारी दिएको हो । भारतीय सञ्चार माध्यमहरुका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत महिना मात्र पनि चट्याङका कारण  १०० जनाभन्दा बढीको ज्यान गएको ...