Tuesday, November 4

विदेश

गोरखाका मेयरको खण्डन ः 'पूर्वनिर्धारित सबै कार्यक्रममा सहभागी छु'
प्रदेश ४, विदेश, समाचार, हाइलाइट-समाचार

गोरखाका मेयरको खण्डन ः 'पूर्वनिर्धारित सबै कार्यक्रममा सहभागी छु'

गाेरखा । बेलायत भ्रमणलाई लिएर आफ्नो चरित्र हत्याको प्रयास भएको भन्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले दुख ब्यक्त गरेका छन् । केहि हप्ताअघि भगिनी सम्बन्ध स्थापनाका लागि औपचारिक कार्यक्रममा सहभागी हुन बेलायतको रशमोर बरो काउन्सिल पुगेका नगरप्रमुख पन्तले केहि अनलाइन समाचारले भ्रम सृजना गर्ने प्रयास गरेको बताएका हुन् । शनिबार केहि अनलाइन पोर्टल र सामाजिक सञ्जालहरुमा ‘भगिनी सम्बन्ध गाँस्न बेलायत पुगेका गोरखाका मेयर पन्त हराए’ भन्ने जस्ता शिर्षकमा समाचार संप्रेसण गरेको भन्दै उनले खण्डन गरेका छन् । पूर्वनिर्धारित तालिका अनुसार केहि दिनअघि नै रश्मोर काउन्सिलसंग भगिनी सम्बन्ध स्थापनामा हस्ताक्षर भइसकेको र काउन्सिल, राजदुतावास लगायत बिभिन्न संघसंस्थाहरुको कार्यक्रममा सहभागी भइरहेको स्पष्ट पार्दै नगरप्रमुख पन्तले नकरात्मक प्रचार नगर्न अनुरोध समेत गरेका छन् । ‘आफुखुसी मनगणन्ते शिर्षकमा...
चीनबाट फर्काइने नेपालीलाई यी चार स्थानमा राख्ने तयारी
विदेश, समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

चीनबाट फर्काइने नेपालीलाई यी चार स्थानमा राख्ने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट उद्धार गरिने नेपालीहरुलाई उपत्यकाका चार ठाउँमा राख्न निर्देशन दिएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव र सम्बद्घ सचिवहरू, सुरक्षा अधिकारीहरूसहितको विशेष बैठकमा प्रधानमन्त्री ओलीले चीनबाट उद्धार गरिने नेपालीहरुलाई काठमाडौँ र भक्तपुरका चार स्थानमा राख्ने व्यवस्था गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति निर्धारित कार्ययोजना अनुरूप समग्र तयारीमा जुट्न सम्बद्घ मन्त्रालय र निकायहरूलाई निर्देशन दिए। प्रधानमन्त्री ओलीले शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी राख्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाए...
गोरखा नगर र रश्मोर काउन्सिलबीच भगिनी सम्बन्ध, राजदुतावासमा विशेष कार्यक्रम (भिडिओ सहित)
पर्यटन, विदेश, समाचार, हाइलाइट-समाचार

गोरखा नगर र रश्मोर काउन्सिलबीच भगिनी सम्बन्ध, राजदुतावासमा विशेष कार्यक्रम (भिडिओ सहित)

गाेरखा । बेलायतमा सबैभन्दा धेरै नेपालीहरुको बसोवास रहेको रश्मोर बरो काउन्सिल र गोरखा नगरपालिकाबीचमा भगिनी सम्बन्ध स्थापना भएको छ । बेलायतस्थित नेपाली दूतावासको पहल र स्थानीय काउन्सिलसंगको सहकार्यमा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र रश्मोर काउन्सिलका मेयर सु कार्टरले गत बिहीबार रश्मोर काउन्सिल भवनमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । उक्त सम्झौतापत्रमा सांस्कृतिक, प्रजातान्त्रिक, प्राविधिक र शैक्षिक अवसरहरु एकअर्काबीच आदानप्रदान गर्ने सहमति भएको छ । यसैगरि दुवै निकायबीचमा भ्रमण, सामाजिक आर्थिक विकासमा हातेमालो, संयुक्त अनुसन्धान, विभिन्न परियोजना सञ्चालन, भौतिक पूर्वाधार निर्माण र सुशासनमा समेत सहयोग गर्दै अघि बढ्ने उल्लेख गरिएको छ । मेयर पन्तका साथमा नेपालबाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठ र नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा भगिन...
गोरखाबाट रश्मोर पुगेको मेयर पन्तसहितको टोलीलाई बिभिन्न संघसंस्थाद्धारा भब्य स्वागत
पर्यटन, विदेश, समाचार

गोरखाबाट रश्मोर पुगेको मेयर पन्तसहितको टोलीलाई बिभिन्न संघसंस्थाद्धारा भब्य स्वागत

गाेरखा । रश्मोर बरो काउन्सिलसंग भगिनी सम्बन्ध जोड्न बेलायत पुगेको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त सहितको टोलीलाई बिभिन्न साामाजिक संघसंस्थाहरुले स्वागत एवं सम्मान गरेका छन् । बुधबार बिहान बेलायतको लण्डन पुगेका प्रमुख पन्त सहित प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापालाई बिहिबार नेपाली समाज र गोरखाली समाजले औपचारिक कार्यक्रम गरी स्वागत गरेका छन् । कार्यक्रममा गोरखाबाट गएको टोलीलाई ग्रेटर रश्मोर नेपाली समाजका अध्यक्ष रामधन राई, गोरखा समाजका अध्यक्ष राम दर्लामी, गोरखा गुरुङ समाजका अध्यक्ष फडक जित गुरुङ लगायतले स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रममा नगरप्रमुख पन्तले भ्रमण बर्ष २०२० मा नेपालमा पर्यटक भित्राउन बेलायतमा रहेका नेपाली संघसंस्थाहरुले भुमिका खेल्नुपर्नेमा जोड दिए । भगिनी सम्बन्ध स्थापनाका लागि बेलायती समय अनु...
रश्मोरसंग भगिनी सम्बन्ध जोड्न लण्डन पुगे गोरखाका मेयर
पर्यटन, विदेश, समाचार, हाइलाइट-समाचार

रश्मोरसंग भगिनी सम्बन्ध जोड्न लण्डन पुगे गोरखाका मेयर

गोरखा । रश्मोर बरो काउन्सिलसंग भगिनी सम्बन्ध जोड्न गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त सहितको टोली बेलायत पुगेको छ । भगिनी सम्बन्ध स्थापनाका लागि बिहिबार एक औपचारिक कार्यक्रमका बिच बेलायतको रश्मोर काउन्सिल र गोरखा नगरपालिकाबिच हस्ताक्षर हुने कार्यक्रम छ । सोही कार्यक्रममा सहभागी हुन नगरप्रमुख पन्त सहित प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठ र नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष बुधबार बिहान बेलायत पुगेका हुन् । उनिहरुलाई लण्डन स्थित विमानस्थलमा बेलायतका लागि नेपाली दुतावासका कर्मचारी तेजेन्द्र रेग्मी, रश्मोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेल्वासे, रश्मोर काउन्सिलका डेमोक्रेशी स्ट्राटेजी मेनेजमेन्ट विभागका प्रमुख एन्ड्रयु कोल्भर लगायतले स्वागत गरेका थिए । रश्मोरसंगको भगिनी सम्बन्ध स्थापना कार्यक्रममा भ्रमण बर्ष २०२० तथा गोरखा जाऔं अभियानको जानकारी दिने साथै भ्रमण...
गोरखा ५ ठूलोरिपका अर्जुनको कस्मिर भिडन्तमा मृत्यु
प्रदेश ४, विदेश, समाज, हाइलाइट-समाचार

गोरखा ५ ठूलोरिपका अर्जुनको कस्मिर भिडन्तमा मृत्यु

मोहसिन अलि मियाँ गोरखा । कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी) मा भारत र पाकिस्तानबीच गोली हानाहान हुदा मृत्यु हुने नेपाली गोरखाका रहेको पुष्टी भएको छ । मृत्यु हुनेमा भारतीय सेनामा कार्यरत गोरखा नगरपालिका ५ ठूलोरिपका २६ वर्षीय अर्जुन थापामगर रहेको बताइएको छ । थापा ५ बर्ष अघि भारतिय सेनामा भर्ती भएका थिए । बुधबार भारितय सेनाले परिवारलाई अर्जुन मृत्युको बारेमा खबर गरेका थिए । सो लगत्तै बुधबार नै परिवार एवं आफन्त उनको शव लिन काकडभित्ता गएको उनका नातेदार सुजित थापा मगरले सिभिलखबरलाई जानकारी दिए । भारतिय सेनाको टोलीले काकडभित्तासम्म उनको शव ल्याइदिने र परिवारको जिम्मा लगाउने खबर आएको थापा मगरले बताए । २ बर्षअघि आमा गुमाएका अर्जुनले ६ महिना अघि मात्रै विहे गरेका थिए । बिहे गरेर उनि पहिलो छुट्टी गएको नातेदार थापा मगरले बताए । उनले गोरखा नगरपालिका ९ लक्ष्मीबजारको द्रब्यशाह बहुमुखी क्याम...
कास्मिरमा भिडन्त : गोरखाका अर्जुन थापामगरकाे ज्यान गयाे
प्रदेश ४, विदेश, हाइलाइट-समाचार

कास्मिरमा भिडन्त : गोरखाका अर्जुन थापामगरकाे ज्यान गयाे

कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भारत र पाकिस्तानबीच गोली हानाहान हुदा एक नेपालीकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा भारतीय सेनामा कार्यरत गोरखाका २५ वर्षीय अर्जुन थापामगर रहेकाे भारतिय सञ्चार माध्यमहरुले जनाएका छन । तर मृतक थापा मगरकाे घर गाेरखाकाे कुन स्थान हाे भन्ने हालसम्म खुलेकाे छैन । बुधबार जम्मु र कास्मिरको राजोउरी जिल्लामा गोलीबारी भएपछि दुई सैनिकको मृत्यु भएको थियो ।...
मृत्युदण्डको फैसला ‘प्रतिशोध’का आधारमा गरियोः मुशर्रफ
विदेश

मृत्युदण्डको फैसला ‘प्रतिशोध’का आधारमा गरियोः मुशर्रफ

पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैनिक शासक परवेज मुशर्रफले आफूविरुद्ध गरिएको मृत्युदण्डको फैसलालाई ‘प्रतिशोध’का आधारमा गरिएको फैसलाको संज्ञा दिएका छन्। उपचारका लागि भन्दै लामो समयदेखि दुवईमा स्वैच्छीक निर्वासनमा रहेका मुशर्रफका सहयोगीहरुले बुधबार राती अबेर सार्वजनिक गरिदिएको भिडियो सन्देशमा उनले अदालतको फैसला प्रतिशोधको आधारमा गरिएको टिप्पणी गरेका छन्। पाकिस्तानको एउटा विषेश अदालतले गत मङ्गलबार मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला गरेको थियो। पाकिस्तानी इतिहासमा पहिलो पटक पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको फैसला गरिएको हो। भिडियो सन्देशमार्फत् पूर्वराष्ट्रपति मुशर्रफले भनेका छन्, “मेराविरुद्धमा नियोजित रुपमा यस्तो फैसला गर्न लगाइएको छ, यसमा व्यक्तिगत प्रतिशोध देखिन्छ।” उक्त भिडियो अस्पतालको शैयाबाट नै सार्वजजिक गरिएको थियो। उनलाई बोल्न पनि निकै गाह्रो भइरहेको देखिएको थिय...
सीले यसरी ब्युँत्याए माओको हिमालपार रेलमार्ग-सपना
अर्थ, विदेश

सीले यसरी ब्युँत्याए माओको हिमालपार रेलमार्ग-सपना

सन् १९७३ मा माओ त्सेतुङ र राजा वीरेन्द्रबीच भेट हुँदा चीन र नेपाललाई रेलले जोड्ने अवधारणामा पहिलो पटक छलफल भएको थियो। त्यसयता यो विचारले सिमानाको दुवैतर्फका मानिसलाई मोहित तुल्याउँदै आएको छ। त्यसपछिका दशकमा नेपालमा कयौँ घटना भए। वीरेन्द्रको वंशनाश भयो, दशक लामो माओवादी गृहयुद्ध चल्यो, ९ हजारको ज्यान जानेगरी भूकम्प आयो, जसले काठमाडौँका ऐतिहासिक स्मारकहरु ध्वस्त बनायो र अर्थतन्त्र कमजोर बनाउनेगरी भारतले पाँच महिना लामो नाकाबन्दी लगायो। तैपनि चीन–नेपाल रेलमार्ग निर्माणको सपना मरेको छैन। ४५ वर्षपछि आएर थुप्रैले असम्भव भन्दै आएको यो परियोजना निर्माणको ग्रहदशा अन्ततः मिलेजस्तो देखिन्छ। किनभने चीन बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा लगानीका लागि नयाँ ठाउँको खोजीमा छ भने नेपाल आफ्नो मुलुकमा भारतीय प्रभावलाई कम गर्न प्रतिरोधी शक्तिको खोजीमा छ। अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका...