भारतीय मुलकी कमला ह्यारिस अमेरिकी उपराष्ट्रपतिको उम्मेदवार
नेपाल अखबार, एजेन्सि। क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिसलाई मंगलबार राष्ट्रपति पदका प्रत्यासी जो बाइडेनले उपराष्ट्रपतिका रुपमा उभ्याएका छन् । आफुले चुनाव जितेमा ह्यारिसलाई उपराष्ट्रपति बनाउने घोषणा उनले गरेका हुन् ।
आगामी चुनावमा रिपब्लिकनतर्फका प्रत्यासी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ७८ वर्षका बाइडेनले चुनौती दिदैंछन् । ५५ वर्षीया ह्यारिस अहिले सिनेट सदस्य छिन् । उनी यसअघि क्यालिफोर्नियाको महाधिवक्ता बनिसकेकी छिन् । अमेरिकी इतिहासमा यसअघि दुुई पटकमात्रै महिलाहरु उपराष्ट्रपतिको उम्मेदवार थिए । सन् १९८४ मा डेमोक्रेटिकबाट गेराल्डिन फेरारो र २००८ मा रिपब्लिकनबाट सारा पालिनलाई उपराष्ट्रपतिको उम्मेदवारका रुपमा उभ्याइएको थियो । तर, यी दुुबै अवसरमा आफ्नो पार्टी पराजित भएकाले उनीहरुले सफलता हासिल गरेनन् ।
तमिलनाडुकी आमा र अफ्रिकन पिता
कमला ह्यारिसको पहिचान भारतीय–अमेरिकनका रुपमा छ । उनकी ...
