Wednesday, September 2

विदेश

शाहरुख खानले आफ्नो घरलाई प्लाष्टिकले ढाके ?
मनोरञ्जन, विदेश

शाहरुख खानले आफ्नो घरलाई प्लाष्टिकले ढाके ?

नेपाल अखबार, एजेन्सि। मुम्बईमा कोरोनाभाइरसको प्रकोप तीब्र रुपमा बढिरहेको छ । अब बलिउड सेलिब्रिटी पनि यसको जकडमा आइरहेका छन् । केही दिनअघि अमिताभ बच्चन पनि कोरोनाद्वारा संक्रमित पाइएका थिए । अमिताभबाहेक अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन र आराध्या बच्चन पनि कोरोनाद्वारा संक्रमित पाइएका छन् । यो देखेर अन्य सेलिब्रिटी पनि विशेष सावधानी अपनाइरहेका छन् । बच्चन परिवारका सदस्य अहिले अस्पतालमा भर्ना छन् र आफ्नो उपचार गरिरहेका छन् । यसैबीच नायक शाहरुख खानले आफ्नो बंगला मन्नतलाई चारैतिर प्लाष्टिकले छोपेका छन् । स्मरण रहोस्, शाहरुख खान आफ्नी श्रीमती गौरी र तीन सन्तानसहित मन्नतमा बसिरहेका छन् । साथै शाहरुखले आफ्नो पाँच तले अफिसलाई कोरोना बिरामीको उपचारका लागि बीएमसीलाई दिएका छन् । शाहरुखले सावधानी अपनाउँदै आफ्नो घरलाई चारैतिर छोपेका छन् । भारतीय मिडियाका प्रकाशित समाचारका अनुसार शाहरुख खानले आफ्नो घरलाई...
डाकु समूहले आक्रमण गर्दा २३ नाइजेरियाली सैनिकको मृत्यु
विदेश, समाचार

डाकु समूहले आक्रमण गर्दा २३ नाइजेरियाली सैनिकको मृत्यु

नेपाल अखबार, एजेन्सि। अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिमस्थित दुर्गम स्थानमा डाकुहरुको समूहले बारुदी सुरुङ बिस्फोट गराएका कारण २३ जना नाइजेरियाली सैनिकको मृत्यु भएको छ। नाइजेरियाको काट्सिना राज्यको जिबिया जिल्लामा पैदल गस्तीमा रहेको सैनिक टोलीमाथि डाकुहरुले घेरा हालेर आक्रमण गरेको सेनाले जनाएको छ। सैनिक स्रोतले अरु केही सैनिक हराइरहेको जनाएको छ। यस क्षेत्रमा डाकाहरुको समूहले स्थानीयबासीका गाईवस्तु र अन्य धनमाल लुट्ने गरेका छन्। केही विज्ञहरुले यी डाकु समूहले इस्लामिक लडाकूसँग पनि साँठगाँठ गर्न थालेको दाबी गरेका छन्। लडाकू समूहका एक व्यक्तिले सेनातर्फ २३ जनाभन्दा बढीको मृत्यु भएको दाबी गरेका छन्। त्यही इलाकामा शनिबार एउटा बेवारिसे बम बिस्फोट हुँदा पाँच बालबालिकाको मृत्यु हुनुका साथै छ जना घाइते भएको काट्सिना राज्यका प्रहरी प्रवक्ताले बताएका छन्। उक्त बम डाकुहरुले छाडेको हुनसक्ने प्रहरी...
भारतमा आइतबार मात्रै ४० हजार बढी संक्रमितको पहिचान
विदेश, स्वास्थ्य

भारतमा आइतबार मात्रै ४० हजार बढी संक्रमितको पहिचान

नेपाल अखबार, एजेन्सि। भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ४० हजार ४ सय २५ व्यक्तिमा कोरोना संक्रमण देखिएको छ भने ६ सय ८१ को मृत्यु भएको छ । यसका साथै भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार ४२ पुगेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या २७ हजार ४ सय ९७ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म कोरोनाका ७ लाख ८७ संक्रमित निको भइसकेका छन् ।...
मध्य र पूर्वी चीन जलमग्न, १४० जनाको मृत्यु
विदेश

मध्य र पूर्वी चीन जलमग्न, १४० जनाको मृत्यु

नेपाल अखबार, एजेन्सि। मध्य र पूर्वी चीनको बस्ती बाढी र डुबानले नराम्रोसँग प्रभावित भएको छ । हालसम्म १ सय ४० जनाको मृत्यु भएको पुष्टि भएको छ । केही हराइरहेका छन् । दसौं लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । कतिपय पक्की घरहरु पनि भत्किएका छन् । चीनमा ६ दशकयताकै भारी वर्षा भएको बताइएको छ । बाढीले नौ वटा प्रान्त प्रभावित भएको बताइएको छ । अझै पाँच दिनसम्म भारी वर्षा हुने चीनका मौसमविदहरुले पूर्वानुमान गरेका छन् । चिनियाँ अधिकारीहरुले देशका ३३ वटा नदीहरुमा उच्च बहाव भएको जानकारी दिएका छन् । बुधबारबाट भने याङ्ग्त्जी नदीको मध्य र तल्लो तटीय क्षेत्रमा जल सतह विस्तारै घट्दै गएको जल संशाधन मन्त्रालयले जनाएको छ । चीनको ताजा पानीको सबैभन्दा ठूलो तलाउ भनेर चिनिने पोयाङ्गको धेरै ठाउँका बाँधहरु भत्किएका छन् । त्यहाँ सैनिक परिचालन गरी अस्थायी बाँध मर्मत गरिएको छ ताकि दक्षिण–पूर्वी चीनको चियाङ्गसिङ्...
‘भारतमा मार्चसम्म ६ करोड बढीमा संक्रमण देखिने जोखिम’
विदेश, स्वास्थ्य, हाइलाइट-समाचार

‘भारतमा मार्चसम्म ६ करोड बढीमा संक्रमण देखिने जोखिम’

नेपाल अखबार , एजेन्सि। भारतमा कोभिड–१९ संक्रमणलाई लिएर भारतीय विज्ञान संस्थान (आईआईएससी) ले एक अनुमान लगाएको छ । यसअनुसार कोरोना नियन्त्रणको स्थिति अति राम्रो रहेको अवस्थामा पनि मार्च २०२१ सम्म संक्रमितको संख्या ३७ लाख ४ हजारसम्म पुग्ने सक्ने जोखिम छ । सबैभन्दा खराब अवस्थामा यस दौरान मार्चसम्म ६ करोड १८ लाख मानिस संक्रमित हुनेछन् । आईआईएससी मोडल संक्रामक रोगको गणितीय नमूनामा एक संकेत हो र यो देशको कोभिड–१९ तथ्याङ्क र यस वर्ष २३ मार्चदेखि १८ जुनबीच देखिएको कोरोना संक्रमणका घटनामा आधारित छ । यद्यपी, अहिले भारतमा कोभिड–१९ को अवस्था नियाल्दा यो अनुमान भविष्यमा फरक हुने सम्भावना पनि छ । यस मोडलको सबैभन्दा खराब परिदृश्य प्रक्षेपण मार्च २०२१ को अन्त्यसम्म पनि भारतमा कोभिड–१९ को संक्रमण चरममा नपुग्ने सम्भावना हो । अर्कातर्फ, राम्रो परिदृश्य भारतमा सेप्टेम्बरको दोस्रो साता या अक्टुबरसम्म कोभिड–१९ च...
बलिउड अभिनेत्री रेखा क्वारेन्टिनमा, घर पनि सील
विदेश, समाचार

बलिउड अभिनेत्री रेखा क्वारेन्टिनमा, घर पनि सील

नेपाल अखबार, एजेन्सि। बलिउड अभिनेत्री रेखा आफ्नै घरभित्र क्वारेन्टिनमा बसेकी छिन् । उनका एक सुरक्षाकर्मी र दुई घरेलु कामदारमा कोभिड–१९ परीक्षण पोजेटिभ आएको छ । रेखाको हातमा होम क्वारेन्टिनको स्ट्याम्प पनि लगाइएको छ । रेखा मुम्बईको बान्द्रामा रहेको सी स्प्रिङ्ग्सकी मालिक हुन् । उनको बंगलामा तीन व्यक्तिमा कोरोना संक्रमण भएको पत्ता लागेपछि बृहन्मुम्बई नगर निगम (बीएमसी) ले शनिबार यो बंगलालाई सील गरेको छ । बीएमसीले यो परिसरलाई कन्टेन्टमेन्ट जोनको रुपमा घोषणा गर्ने एउटा बोर्ड पनि लगाएको छ । शनिबार राती बलिउडका दिग्गज कलाकार अभिताभ बच्चन, उनका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनलाई कोरोनाभाइरस संक्रमण देखिएको थियो । अभिषेक र अमिताभ मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् भने ऐश्वर्या र उनकी छोरी होम क्वारेन्टिनमा छन् । स्रोतः जीन्यूज...
अमेरिकाको सैन्य जहाजमा विस्फोटपछि आगलागी, तस्विरहरु
ग्यालरी, विदेश

अमेरिकाको सैन्य जहाजमा विस्फोटपछि आगलागी, तस्विरहरु

नेपाल अखबार, एजेन्सि। सान डिएगोस्थित अमेरिकाकी जलसेनाको बेसमा रहेको सैन्य जहाजमा भएको विस्फोट र आगलागीमा २१ जना घाइते भएका छन्  । अमेरिकी जल सेनाका अधिकारीहरुका अनुसार घाइते हुनेमा १७ जना जहाजका कर्मचारी तथा ४ जना सर्वसाधारण रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । लेफ्टिनेन्ट कमान्डर प्याट्रिसिया क्रुजबर्गरका अनुसार ‘युएसएस बोनहोम रिचार्ड’ का घाइते नौसेनाहरुको अवस्था सामान्य रहेको छ । अमेरिकी समयअनुसार आइतबार बिहान भएको आगलागीलाई नियन्त्रण गर्नका लागि विभिन्न अग्निनियन्त्रकहरु घटनास्थलमा पुगेका थिए । के कारणले आगलागी भयो भनेर अझै खुल्न नसकेको सीएनएनले जनाएको छ । तर, सुरुवाती जानकारी अनुसार जहाजको वेल डेकबाट यो आगलागी सुरु भएको हुनसक्ने अनुमान गरिएको छ । नौसेनाहरुले जहाज छाड्दै गर्दा विमानमा विस्फोट भएको सान डिएगोका अग्निनियन्त्रक प्रमुख कोलिन स्टोवेलले भने । आगलागी पछि नज...
ऐश्वर्या र छोरी आराध्यालाई पनि कोरोना
विदेश, स्वास्थ्य

ऐश्वर्या र छोरी आराध्यालाई पनि कोरोना

नेपाल अखबार, मुम्बई । अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना पुष्टि भएको छ । अमिताभ बच्चन र अभिषेक बच्चनको कोरोना रिपोर्ट पोजेभिट आएपछि घरका सबै सदस्यको परीक्षण गरिएको थियो । पहिलो पटक गरिएको परीक्षणमा जया बच्चन, ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको थियो । दोस्रो परिक्षणमा भने ऐश्वर्या र आराध्याको रिपोर्ट पोजेटिभ आएको छ । कोरोना पुष्टि भएपछि ऐश्वर्या र आराध्या नानावती अस्पताल भर्ना हुने बताइएको छ ।  जय बच्चनको रिपोर्ट भने नेगेटिभ छ । उनी होम क्वारेन्टाइनमा रहने भारतीय मिडियाले जनाएका छन् ।...
१९ वर्षीय किशोरले बैङ्कको नक्कली शाखा खोलेः तीन महिनासम्म कारोबार हुँदासमेत कसैले पत्तो पाएनन्
विदेश

१९ वर्षीय किशोरले बैङ्कको नक्कली शाखा खोलेः तीन महिनासम्म कारोबार हुँदासमेत कसैले पत्तो पाएनन्

नेपाल अखबार, चेन्नई । भारतको चेन्नईमा स्टेट बैङ्कको शाखाका रुपमा तीन महिनादेखि बैंकिङ कारोबार गर्दै आएको कार्यालय नै नक्कली रहेको पाइएको छ । स्टेट बैङ्कसँग कुनै सम्बन्ध नै नरहेको अवस्थामा सो बैङ्कको शाखा कार्यालयका रुपमा तीन महिनादेखि कारोबार गर्दै आएको बैंकिङ कार्यालयको रहस्योद्घाटन नाटकीय रुपमा भएको हो । तमिलनाडु जिल्लाको कडलोर जिल्लाको पनरुत्ती गाउँमा करिब ८० हजार जनसंख्या छ । उक्त गाउँमा स्टेट बैङ्कका दुई शाखा कार्यालय सञ्चालित छन् । केही दिनअघि एउटा शाखा कार्यालयमा एक ग्राहकले नै शाखा प्रवन्धकसँग नयाँ शाखाको बारेमा सोधेका थिए । ‘तपाईंले बैङ्कको तेस्रो शाखाका बारेमा कहिल्यै भन्नुभएन त ?’ ग्राहकको यस्तो प्रश्नपछि शाखा प्रबन्धक चकित भए । उनले यस क्षेत्रमै स्टेट बैङ्कको दुईवटा मात्र शाखा रहेको बताए । ग्राहकले तेस्रो शाखाको कागजात देखाएपछि शाखा प्रवन्धक चकित भए । उनले क्षेत्रीय कार्यालयमा ...
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ लाख पुग्यो, एकैदिन २७ हजार सङ्क्रमित
विदेश, समाचार, स्वास्थ्य

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ लाख पुग्यो, एकैदिन २७ हजार सङ्क्रमित

नेपाल अखबार, एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ८ लाखभन्दा बढी पुगेको छ । शनिबार विहान सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म आठ लाख २० हजार ९१६ जना सङ्क्रमित भएका छन् । ती मध्ये २७ हजार ११४ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सङ्ख्या एकैदिनमा सङ्क्रमित  भएकाहरुको सङ्ख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो । पछिल्लो २४ घण्टामा भारतभरी कोरोनाभाइरसका कारण ५१९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।  देशभरी कुल सङ्क्रमितमध्ये दुई लाख ८३ हजार ४०७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख १५ हजार ३८६ जना सङ्क्रमणमुक्त भएका छन् भने २२ हजार १२३ जनाको मृत्यु भएको छ । भारतका प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेश बढी प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै दुई ल...