‘भारतमा मार्चसम्म ६ करोड बढीमा संक्रमण देखिने जोखिम’
नेपाल अखबार , एजेन्सि। भारतमा कोभिड–१९ संक्रमणलाई लिएर भारतीय विज्ञान संस्थान (आईआईएससी) ले एक अनुमान लगाएको छ ।
यसअनुसार कोरोना नियन्त्रणको स्थिति अति राम्रो रहेको अवस्थामा पनि मार्च २०२१ सम्म संक्रमितको संख्या ३७ लाख ४ हजारसम्म पुग्ने सक्ने जोखिम छ । सबैभन्दा खराब अवस्थामा यस दौरान मार्चसम्म ६ करोड १८ लाख मानिस संक्रमित हुनेछन् ।
आईआईएससी मोडल संक्रामक रोगको गणितीय नमूनामा एक संकेत हो र यो देशको कोभिड–१९ तथ्याङ्क र यस वर्ष २३ मार्चदेखि १८ जुनबीच देखिएको कोरोना संक्रमणका घटनामा आधारित छ । यद्यपी, अहिले भारतमा कोभिड–१९ को अवस्था नियाल्दा यो अनुमान भविष्यमा फरक हुने सम्भावना पनि छ ।
यस मोडलको सबैभन्दा खराब परिदृश्य प्रक्षेपण मार्च २०२१ को अन्त्यसम्म पनि भारतमा कोभिड–१९ को संक्रमण चरममा नपुग्ने सम्भावना हो । अर्कातर्फ, राम्रो परिदृश्य भारतमा सेप्टेम्बरको दोस्रो साता या अक्टुबरसम्म कोभिड–१९ च...
