चिनियाँ राष्ट्रको पुनर्जागरण रोकिने छैन : राष्ट्रपति सी
नेपालअखबार, बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रको पुनर्जागरण अब रोकिन नसक्ने दाबी गरेका छन्। चीनले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व विरोधी फासीवादी युद्धमा विजय हासिल गरेको ८०औं वार्षिकोत्सवको अवसरमा बुधबार बेइजिङमा आयोजित एक भव्य कार्यक्रममार्फत सीले यो कुरा बताएका हुन्।
सीले भने, ‘यो प्रतिरोध युद्ध कठिन भए पनि गौरवपूर्ण थियो। यसले आधुनिक समयमा विदेशी आक्रमणविरुद्ध चीनले पहिलो पटक पूर्ण विजय हासिल गरेको प्रतीक हो।’
उनका अनुसार जापानी आक्रमणविरुद्ध कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) ले अघि सारेको राष्ट्रिय एकता मोर्चाले विजय सम्भव बनाएको हो। यस क्रममा चिनियाँ जनताले मानव सभ्यता र विश्व शान्तिको रक्षाका लागि ठूलो बलिदान र योगदान गरेका थिए।
राष्ट्रपति सीले भने, ‘आज पनि मानवजाति शान्ति वा युद्ध, संवाद वा टकराव, दुवै जित्ने वा शून्य–योग खेलको विकल्पबिच छ।’ उन...










