Saturday, June 27

विश्व

यस्तो हुनेछ कतार विश्वकपको उदघाटन समारोह
खेलकुद, विश्व, समाचार

यस्तो हुनेछ कतार विश्वकपको उदघाटन समारोह

नेपालअखबार, काठमाडौं । आइतबार साँझ सबैको ध्यान कतारको अल खोरस्थित अल बायेट रंगशालामा केन्द्रित हुनेछ । जहाँ फिफा विश्वकपको उदघाटन खेलमा घरेलु टोली कतार र इक्वेडर आमनेसामने हुनुअघि एक भव्य उदघाटन समारोह आयोजित हुनेछ । आयोजक देशको विरासत र संस्कृति दर्शाउने सांस्कृतिक कार्यक्रमका साथै विश्वका प्रमुख गायक तथा कलाकारको प्रस्तुति विश्वकप उदघाटन समारोहको एक प्रमुख विशेषता रहँदै आएको छ । कतारले पनि यस्तै कार्यक्रमका साथ विश्वकपको सुरुवात अहिलेसम्मकै भव्य बनाउने अपेक्षा छ । फिफा विश्वकपको उद्घाटन समारोह कतारको स्थानीय समयअनुसार साँझ पाँच बजे (नेपाली समयअनुसार राती पौने ८ बने) देखि सुरु हुनेछ । कतार र इक्वेडरबीचको उदघाटन खेल कतारी समयअनुसार साँझ ७ बने (नेपाली समयअनुसार राती पौने १० बजे)देखि सुरु हुनेछ । पहिलोपल्ट एसियाको मध्यपूर्णमा हुन लागेको ऐतिहासिक फिफा विश्वकपको उद्घाटन समारोहमा प्रदर...
विश्वकप १९७८ : अर्जेन्टिनी सैन्य शासकको ‘हस्तक्षेप’को छाया
खेलकुद, विश्व, समाचार

विश्वकप १९७८ : अर्जेन्टिनी सैन्य शासकको ‘हस्तक्षेप’को छाया

नेपालअखबार,काठमाडौं । वर्षौंसम्म आयोजना अधिकारबाट बन्चित रहँदा र पटक पटक प्रतियोगिता बहिष्कार गरेपछि अर्जेन्टिनाले अन्तत: विश्वकप आयोजनाका लागि अवसर पाएको थियो । अर्जेन्टिनाका पूर्व राष्ट्रपति जुहान पेरोनको प्रख्यात हातको इसारालाई प्रतियोगिताको लोगो बनाइएको थियो । जसलाई तत्कालीन सैन्य नेतृत्वले परिवर्तन गर्न आदेश दिएको थियो । तर, चर्को आलोचना र कानूनी कठिनताका कारण परिवर्तन गर्न सम्भव भएन । आयोजक देशको नेतृत्वमाथिको आलोचना यतिमा मात्र सीमित थिएन ।उनीहरुलाई घरेलु टिमका लागि अनुकुल परिणाम र परिस्थिति बनाउन प्राविधिक व्यक्तिहरुमाथि हस्तक्षेप गरेको आरोप लागेको थियो । यो विश्वकपमा बेल्जियम, उरुग्वे र इंग्ल्याण्डजस्ता उपाधि दावेदार टिमहरु छनोटमै पराजित भए । इरान र ट्युनिसिया पहिलोपल्ट छनोट भए । नेदरल्याण्ड्सका योहान क्रुफ आफ्नो टिमलाई विश्वकप छनोट गराए पनि बार्सिलोनामा परिवारमाथि अपहरणक...
मलेसियन जहाज खसाएर ३ सयको हत्या आरोपमा ३ जनालाई आजिवन काराबासको फैसला
विश्व, समाचार

मलेसियन जहाज खसाएर ३ सयको हत्या आरोपमा ३ जनालाई आजिवन काराबासको फैसला

नेपालअखबार, एजेन्सि। मलेसियन एयरलाइन्सको कलसाइन एम-एच १७ भएको जहाज खसाएर तीन सय जनाको हत्या अभियोगमा तीन जनालाई आजिवन जेलको फैसला सुनाइएको छ। नेदरल्याण्डको अदालतले रूसी सेवासँग आवद्ध तीन जनालाई आजिवन काराबासको फैसला सुनाएको न्युयोर्क टाइम्सले जनाएको छ। सन् २०१४ नेदरल्याण्डको आम्सटरडमबाट मलेसिया उडेको जहाजलाई पृथकतावादी समूहले क्षेप्यास्त्र प्रहार गरी पूर्वी युक्रेनमा खसाएका थिए। रूस समर्थित पृथकतावादी समूहले क्षेप्यास्त्र प्रहारले जहाज खस्दा २ सय ९८ जनाको मृत्यु भएको थियो। घटनामा रूसका पूर्व कर्नेल इग्गोर गर्किन, खुफिया एजेन्सीमा काम गर्ने सर्गेई दुब्निस्कीलाई अदालतले दोषी ठहर गरेको हो। यस्तै उनीहरूलाई सहयोग गर्ने युक्रेनी नागरिक लियोनार्द खार्चिन्कालाई पनि अदालतले आजिवन काराबासको सजाय सुनाएको छ। अभियुक्तहरू अझै फरार छन्। उनीहरूलाई रूसले लुकाएको आशंका छ। यो मुद्दामा विगत ...
प्रदर्शनका क्रममा आपसमा ठोक्किए दोस्रो विश्वयुद्धमा प्रयोग भएका दुई लडाकु विमान
विश्व, समाचार

प्रदर्शनका क्रममा आपसमा ठोक्किए दोस्रो विश्वयुद्धमा प्रयोग भएका दुई लडाकु विमान

नेपालअखबार, एजेन्सि। दोस्रो विश्वयुद्ध ताका प्रयोगमा आएका दुई लडाकु विमान अमेरिकाको टेक्ससमा दुर्घटनाग्रस्त भएका छन्। सैन्य लडाकु विमान प्रदर्शनका क्रममा आपसमा ठोक्किएको अलजजिराले जनाएको छ। ठोक्किएलगत्तै दुबै विमानमा आगलागी भएको थियो। दुर्घटनाबाट भएको मानवीय क्षतिबारेको विवरण अझै सार्वजनिक भएको छैन। अमेरिकाको संघीय उड्डयन प्रशासनका अनुसार दोस्रो विश्व युद्ध ताकाका बोइङ बी-१७ र बेल पी-६३ विमान आपसमा ठोक्किएका हुन्। बी-१७ मा चालक दलका सदस्यसहित कम्तीमा चार जना उड्न मिल्ने र पी-६३ मा पाइलट मात्रै रहने बताइएको छ। दुर्घटनाग्रस्त जहाजमा कति सवार थिए भन्ने खुलाइएको छैन।...
टी-२० विश्वकप उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दै
विश्व, समाचार

टी-२० विश्वकप उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दै

नेपालअखबार, काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दैछन् । फाइनल खेल मेलवर्न क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ । पाकिस्तानले सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले र इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो। दुवै पूर्व विजेता हुन् भने तेस्रो पटक टी-२० विश्वकप फाइनल खेल्दैछन् । यसअघि पाकिस्तान र इंग्ल्याण्डले एक-एक पटक उपाधि जित्दा एक-एक पटक फाइनलमा पराजित भएका छन् । यस पटक जो च्याम्पियन बनेपछि दुई पटक टी-२० विश्वकप जित्ने वेष्ट इन्डिजको कीर्तिमान बराबरी गर्नेछ । अहिलेसम्म ७ पटक टी-२० विश्वकप हुँदा वेष्ट इन्डिजले २ पटक जितेको छ भने पाकिस्तान र इंग्ल्याण्डसँगै भारत, श्रीलंका र अष्ट्रेलियाले समान १ पटक उपाधि जितेका छन् । फाइनलअघि पाकिस्तान र इंग्ल्याण्डका मुख्य ...
साफ यू-१५ महिला च्याम्पियनसिप : नेपालले बंगलादेशसँग निर्णायक खेल खेल्दै
खेलकुद, विश्व, समाचार

साफ यू-१५ महिला च्याम्पियनसिप : नेपालले बंगलादेशसँग निर्णायक खेल खेल्दै

२५ कात्तिक, बंगलादेशको ढाका भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिपमा आज नेपालले घरेलु टोली बंगलादेशसँग अन्तिम खेल खेल्दैछ । बीएसएसएसएमके स्टेडियममा हुने उक्त खेल खेल्न मैदान उत्रँदा नेपालको राष्ट्रिय यू-१५ महिला टिमसामु ऐतिहासिक उपाधि जित्ने अवसर छ ।नेपालको सिनियर महिला टोलीले समेत अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । जुनियर टिमहरु पनि बारम्बार चुक्दै आएका छन् । नेपालले बंगलादेशसँग खेल्दा उपाधि जित्ने लक्ष्य राखेको छ । समिकरण पनि स्पष्ट छ । बंगलादेशलाई हराएर वा बराबरी गरे मात्र पनि नेपालले उपाधि जित्नेछ । बंगलादेशले जित निकालेमा भने नेपाल उपविजेता हुनेछ ।नेपाल, बंगलादेश र भुटान गरी तीन टिम मात्र सम्मिलित यो प्रतियोगिता डबल राउण्ड रोविन लिगको आधारमा खेलाइएको छ । भुटान आफ्नो चारवटै खेलमा पराजित हुँदै अंकविहीन भएर घर फर्किसकेको छ । नेपालले खेलेको तीनवटै खेल जि...
कुवेतमा अलपत्र सात कामदारको उद्धार
विदेश, विश्व, समाचार

कुवेतमा अलपत्र सात कामदारको उद्धार

वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल्याइएको हो ।उद्धार गरेर ल्याइएकाहरुमा विवेकराज यादव, एकवाल जोल्हा, इज्हार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशी छन् । सम्झौताअनुसार तलब र सेवा सुविधा नपाएका उनीहरुलाई कुवेतस्थित रोजगारदाता कम्पनी ग्लोबल टाइम्स कुवेत र कुवेतस्थित नेपाली दूतावासमा पटकपटक ताकेता गर्दा पनि पहल हुन नसकेको धर्म ओभरसिजले जनाएको छ । सातैजनालाई हाल चाबहिल स्थित पासा होटलमा राखिएको छ । सम्बन्धित मेनपावरले उनीहरुको पैसा फिर्ता गरेपछि आफन्तको जिम्मा लगाइने बताइएको छ ।...
विश्वकप फुटबलका लागि ब्राजिलको टिम घोषणा
खेलकुद, विश्व, समाचार

विश्वकप फुटबलका लागि ब्राजिलको टिम घोषणा

काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि उपाधि दाबेदार मानिएको ब्राजिलले टिम घोषणा गरेको छ । ब्राजिलले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिलले अनुभवी र युवा खेलाडीको मिश्रणमा बलियो टोली बनाएको छ । पछिल्लो पटक २००२ मा एसियामै भएको विश्वकप जितेको ब्राजिल छैटौं उपाधि जित्ने लक्ष्यमा छ । विश्वकप २०२२ मा ब्राजिल समूह जी मा छ । यस समूहमा सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन् । ब्राजिलले पहिलो खेल नोभेम्बर २४ मा सर्बियाविरुद्ध खेल्नेछ । ब्राजिलको टोली गोलकिपर :  एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (फ्लामेङ्गो) डिफेन्डर : ड्यानी आल्भेस (पुमास), थियागो सिल्भा (चेल्सी), मार्किन्होस (पिएसजी), ड्यानीलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), एडर मिलिटाओ (रियल म्या...
तान्जानियामा विमान दुर्घटना, १९ जनाको मृत्यु
विश्व, समाचार

तान्जानियामा विमान दुर्घटना, १९ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। दारेसलामबाट बुकोबाका लागि उडेको प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा खसेको थियो। बीबीसीका अनुसार विमानमा रहेका २६ जना यात्रु घाइते छन्। स्थानीय र माझीहरूले डुंगाबाट यात्रुलाई उद्धार गरेका थिए। घटनास्थलमा सबैभन्दा पहिले पुगेका माझीसँग कुरा गर्दा एक जना फ्लाइट अटेन्डेन्टले विमानको पछाडिको ढोका खोलेकाले विमानबाट केही व्यक्तिलाई बाहिर निकाल्न सफल भएको बताए। विमान दुर्घटनाको कारण खुलेको छैन। दुर्घटनाको कारण खराब मौसम भनिएको छ। भिक्टोरिया ताल बुकोबा विमानस्थलको नजिकै पर्छ। राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति दु:ख व्यक्त गर्दै घाइतेको उपचारमा तीव्रता दिन निर्देशन दिएका छन्।...
इमरान खानको आरोपप्रति पाकिस्तानी सेना कठोर
विश्व, समाचार

इमरान खानको आरोपप्रति पाकिस्तानी सेना कठोर

नेपालअखबार, एजेन्सि। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफूमाथि भएको हमलाका लागि वर्तमान प्रधानमन्त्री, गृहमन्त्री र पाकिस्तानी सेनाका एक जनरललाई मुख्य जिम्मेवार ठहर गरेका छन्। बिहीबार गुजरानवालामा इमरान खानमाथि एक आक्रमणकारीले गोली हानेर घाइते बनाएका थिए। उक्त हमलामा खानको पार्टीका एक कार्यकर्ताको मृत्यु हुनुका साथै अन्य केही नेता कार्यकर्ता घाइते भएका थिए । लाहोरको शौकत खानम अस्पतालबाट जनताका नाममा सम्बोधन गर्दै खानले तीन जनामाथि हमलाको प्रत्यक्ष आरोप लगाएका छन्। बिबिसीका अनुसार खानले प्रधानमन्त्री शाहबाज शरीफ, गृहमन्त्री राणा सनाउल्लाह र आईएसआई प्रमुख मेजर जनरल फैसल नसिरले उनको हत्याको षड्यन्त्र रचेको बताएका छन्। यसैबीच पाकिस्तानी सेनाको मिडिया विंग आईएसपीआरले भने खानको आरोपलाई निराधार र गैरजिम्मेवारपूर्ण भनेको छ। एक विज्ञप्ति निकाल्दै पाकिस्तानी सेनाले झुटा आरोप लगाउन...