नेपालअखबार, एजेन्सि। चीन भएर आउने कुनै पनि यात्रुलाई मोरक्कोले प्रतिबन्ध लगाउने भएको छ।
आगामी जनवरी ३ देखि मोरक्कोमा चीन भएर आउने कुनै पनि यात्रीले प्रवेश पाउने छैनन्।
अष्ट्रेलिया र क्यानडाले पनि चीनबाट आउने यात्रुहरूमा कडाइ गर्ने भएका छन्।
अष्ट्रेलिया र क्यानडा भित्रन अब चीन र हङकङ भएर आउने कुनै पनि यात्रुले ४८ घन्टा भित्रको कोरोना नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ।
क्यानडाको पब्लिक हेल्थ एजेन्सी (पिएचएसी) का अनुसार चीन र हङकङबाट आउने यात्रुले कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य देखाउनुपर्नेछ।
कोरोनाको नयाँ भेरियन्टको बढ्दो जोखिमबाट बच्न यसअघिनै अमेरिकाले चीनबाट आउने यात्रुमाथि कडाई सुरू गरिसकेको छ। यसअघि कोरोनाको नेगेटिभ रिपोर्ट भए पुग्ने अमेरिकामा अब कोरोना परिक्षणसमेत गर्नुपर्ने भएको छ।
यसअघि फ्रान्स, बेलायत, स्पेन, ताइवान, जापान, भारत, इटाली, दक्षिण कोरिया र पाकिस्तानले पन...