Friday, June 26

विश्व

रूसले तेलको भाउमा भारतलाई दियो भारी छुट!
कर्पोरेट, विश्व, समाचार

रूसले तेलको भाउमा भारतलाई दियो भारी छुट!

नेपालअखबार,काठमाडौं । अमेरिकाले रूसका शीर्ष  तेल उत्पादक कम्पनीलाई प्रतिबन्ध लगाएपछि रूसले भारतलाई कच्चा तेलको भाउमा भारी छुट प्रस्ताव गरेको छ। तेल बेचेर युक्रेनसँग युद्ध लडिरहेको रूसलाई दबाव हाल्न अमेरिकाले भर्खरै रूसका रसनेफ्ट र लुकोयल कम्पनीलाई प्रतिबन्ध लगाएको थियो। त्यसपछि रूसले भारतलाई आफ्नो कच्चा तेलमा प्रति ब्यारेल सात डलरसम्म छुट दिने प्रस्ताव गरेको भनेर ब्लुमबर्गले लेखेको छ। यो पछिल्लो दुई वर्षमा रूसले भारतलाई दिएको सबैभन्दा ठूलो छुट हो। ती कम्पनीलाई अमेरिकाले प्रतिबन्ध लगाउनुअघि भारतलाई रूसले प्रति ब्यारेल तीन डलरसम्म छुट दिने गरेको थियो। गत हप्ता अमेरिकाले रसनेफ्ट र लुकोयल कम्पनीलाई प्रतिबन्ध लगाएपछि अधिकांश भारतीय प्रशोधन कम्पनीले रूसी कच्चा तेलको अर्डर बन्द गरेको भनेर ब्लुमबर्गले जनाएको छ। त्यसपछि रूसले भारतलाई भारी छुट प्रस्ताव गरेको हो। रूसी कच्चा तेल किनेको भने...
रूसलाई फाइदा पुग्ने गरी ट्रम्पले बनाएको शान्ति योजना संशोधन, नयाँ प्रस्ताव तयार
राजनीति, विश्व, समाचार

रूसलाई फाइदा पुग्ने गरी ट्रम्पले बनाएको शान्ति योजना संशोधन, नयाँ प्रस्ताव तयार

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँग परामर्श गरेर बनाएको भनिएको २८ बुँदे शान्ति योजना संशोधन भएको छ। जेनेभामा आइतबार अमेरिकी र युक्रेनी उच्चस्तरीय प्रतिनिधिहरूको छलफलले रूस-युक्रेन शान्ति सम्झौताको नयाँ खाका तयार भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। जेनेभामा सम्पन्न वार्तालाई दुवै देशले सकारात्मक र उत्पादनमूलक भएको भनेका छन्। साथै वार्तालाई आगामी दिनमा पनि निरन्तरता दिइने भनिएको छ। संशोधित शान्ति योजनामा युक्रेनको सुरक्षा ज्ञारेन्टी अझै मजबुत बनाइएको र सेनाको आकार तथा दुई देशको सीमाबारे पनि युक्रेनलाई नोक्सान नहुनेगरी बनाइएको भनिएको छ। वार्तामा अमेरकी विदेशमन्त्री मार्को रूबिओ, रक्षामन्त्री पिट हेगसेथसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी थिए। विदेशमन्त्री रूबिओले नेटोको भूमिका, रूस युक्रेनको सीमाना र सुरक्षा संयन्त्रबारे अझै सम...
लेबननको राजधानीमा इसराइलले गर्‍यो हवाई हमला, मारिए हिजबुल्लाह नेता
राजनीति, विश्व, समाचार

लेबननको राजधानीमा इसराइलले गर्‍यो हवाई हमला, मारिए हिजबुल्लाह नेता

नेपालअखबार,काठमाडौं । इसराइलले लेबननको राजधानी बेरूतमा हवाई हमला गरेको छ। एक वर्षअघि भएको युद्धविराम उल्लंघन गर्दै इसराइलले लेबननको राजधानी बेरूतमा हवाई हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। राजधानी बेरूतको दक्षिणी क्षेत्रमा हमला गरी हिजबुल्लाहका शीर्ष नेता अली ताब्ताबाई मारिएको दाबी इसराइलले गरेको छ। लेबननमा महिनौंपछि राजधानी नजिकै भएको यो पहिलो आक्रमण हो। हिजबुल्लाहले पनि आफ्नो नेता ताब्ताबाईको मृत्यु भएको पुष्टि गरेको छ। यद्यपि, संगठनले उनको भूमिकाबारे विस्तृत जानकारी दिएको छैन। हिजबुल्लाहले यसको प्रतिवाद गर्ने घोषणा गर्दै त्यसको निर्णय वरिष्ठ नेतृत्वले गर्ने बताएको छ। लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएको छ। आक्रमण एउटा बहुतले भवनमा भएको थियो। त्यहाँ भएको विस्फोटले सडकमा सवारी साधनमा समे...
ट्रम्पसँगको विवादपछि रिपब्लिकन सांसदद्वारा राजीनामाको घोषणा
राजनीति, विश्व, समाचार

ट्रम्पसँगको विवादपछि रिपब्लिकन सांसदद्वारा राजीनामाको घोषणा

नेपालअखबार, वासिङ्टन डिसी । हाई प्रोफाइल रिपब्लिकन नेता तथा जर्जियाकी सांसद मारजोरी टेलर ग्रीनले आगामी जनवरीमा कङ्ग्रेसबाट राजीनामा दिने घोषणा गरेकी छन्। यो घोषणा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सार्वजनिक विवादको केही दिनपछि आएको हो। ट्रम्पको मागा समर्थक सुपरस्टार बनेकी ग्रीनले सामाजिक सञ्जालमा एक भिडियो विज्ञप्ति पोस्ट गर्दै जनवरी ५, २०२६ मा कङ्ग्रेस छोड्ने बताएकी छन्। उनले भनिन्, ‘म अगाडिको नयाँ बाटोको लागि उत्सुक छु।’ ग्रीनले आफ्नो उपलब्धिको सूची सुनाउँदै ट्रम्पको आलोचना पनि गरेकी छन्। ट्रम्पले अर्को वर्षको चुनावमा उनलाई हटाउन रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्ने धम्की दिएका थिए। ग्रीनले भनिन्, ‘मसँग धेरै आत्मसम्मान र मर्यादा छ । मेरो परिवारलाई धेरै माया गर्छु, र हामी सबैले लडेको राष्ट्रपतिको विरुद्धमा मेरा प्रिय क्षेत्रले पीडादायी र घृणित प्राथमिक चुनाव सहनु नपरोस् भन्ने चाहन्छु...
चीनलाई रोक्न भुटानमा लगानी बढाउँदै भारत
राजनीति, विश्व, समाचार

चीनलाई रोक्न भुटानमा लगानी बढाउँदै भारत

नेपालअखबार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो साता छिमेकी मुलुक भुटानको भ्रमण गरे । भ्रमणका क्रममा मोदीले थिम्पुमा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकसँग भेटवार्ता गरे । भेटमा दुई देशबीच ऊर्जा, कनेक्टिभिटी र सांस्कृतिक क्षेत्रमा द्विपक्षीय सहयोग बढाउने निर्णय भएको छ । सन् २०१४ पछि मोदी दोस्रो पटक भुटान भ्रमणमा गएका हुन् । चीनले आफ्नो प्रभुत्व बढाउँदै गएका बेला भारतका लागि सामरिक दृष्टिकोणले भुटान निकै महत्त्वपूर्ण देश हो । सोही अनुरूप भारतले भुटानलाई उस्तै महत्त्व दिँदै आएको छ । भवितव्य घटना र क्षेत्रमा चीनको विस्तारलाई मध्यनजर गर्ने हो भने भुटानको भौगोलिक अवस्थिति भारतका लागि संवदेनशील मानिन्छ । पूर्वी हिमालयमा भारत र चीनबीचमा छ भुटान । भुटान, भारत र चीनको सीमा नजिक अवस्थित डोकलामसहितका क्षेत्रले निगरानीका लागि अहं भूमिका राख्छ । डोकलाम दक्षिण तिब्बत, भुटान र...
ट्रम्पले छलफल नै नगरी शान्ति योजना बनाए, जेलेन्स्कीले भने- इमानदारीपूर्वक सहभागी हुन्छु
राजनीति, विश्व, समाचार

ट्रम्पले छलफल नै नगरी शान्ति योजना बनाए, जेलेन्स्कीले भने- इमानदारीपूर्वक सहभागी हुन्छु

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनामा 'रचनात्मक, इमानदारीपूर्वक र कार्यात्मक रूपमा' संलग्न हुने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। ट्रम्प सरकारले युक्रेनसँग सल्लाह नगरी रूससँग मात्रै परामर्श गरेर २८ बुँदे शान्ति योजना बनाएको छ। सो योजना बारे छलफल गर्न युक्रेन पुगेका अमेरिकी सेना सचिव डेनियल ड्रिस्कोलसँग बिहिबार भेटेपछि जेलेन्स्कीको सो टिप्पणी गरेका हुन्।अमेरिकी र युक्रेनी टोलीहरूले युद्ध समाप्त गर्ने योजनाका बुँदाहरूमा काम सुरू गर्ने जेलेन्स्कीले बताए। पश्चिमा मिडियाका अनुसार २८ बुँदे योजनामा मुख्यतः लामो समयदेखि रूसले राख्दै आएका मागहरू छन्। युक्रेनले आफ्नो भूभाग रूसलाई सुम्पने, आफ्ना सेनाको आकार सीमित गर्ने र युद्धविराम पछि पश्चिमी शान्ति सेनाको लागि कुनै पनि भूमिका नहुने कुराहरू त्यसमा समावेश छन्। युद्ध अन्त्यका लागि...
तेलको खपत अहिले नै नघट्ने, २०५० सम्म बढ्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको प्रक्षेपण
विश्व, समाचार

तेलको खपत अहिले नै नघट्ने, २०५० सम्म बढ्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको प्रक्षेपण

नेपालअखबार,काठमाडौं ।  विश्वले आफ्नो मार्ग परिवर्तन नगरे आगामी २५ वर्षसम्म तेल र ग्यासको खपत बढ्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइईए) ले औंल्याएको छ। विश्वभरका सरकारहरूले जलवायु परिवर्तनका कारण हुने नोक्सानीका डरले पेट्रोलियम पदार्थको खपत बिस्तारै घटाउँदै लैजाने भन्ने विश्वास गरिएको थियो। त्यसो भएमा सन् २०३० पछि तेलको खपत घट्न थाल्ने र २०३५ मा विश्वभरि बेचिने सबै सवारी साधनमध्ये आधा विद्युतीय हुनेछन् भनेर एजेन्सीले पहिले प्रक्षेपण गरेको थियो। पछिल्लो समयमा जलवायु परिवर्तनलाई इतिहासकै सबभन्दा ठूलो ठगी भन्ने डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेका छन्। सन् २०२४ तापक्रम मापन गर्न थालेपछि इतिहासकै सबभन्दा गर्मी वर्ष रह्यो। तर पनि गत जनवरीमा दोस्रो कार्यकाल थालेका ट्रम्पले जलवायु प्रतिकूलका नीति अपनाएका कारण तेलको खपत बढ्ने खतरा बढेको छ। त्यही कारणले एजेन्सीले तेलको खपत सन् २०५० सम्म...
राष्ट्रपति ट्रम्पले भेनेजुएलामा गुप्त कारबाही गर्न सीआईएलाई दिए स्वीकृति
राजनीति, विश्व, समाचार

राष्ट्रपति ट्रम्पले भेनेजुएलामा गुप्त कारबाही गर्न सीआईएलाई दिए स्वीकृति

नेपालअखबार,अमेरिका । कुनै समय भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई केही वर्षपछि पद त्याग्न प्रस्ताव लैजान पनि सुझाइएको थियो तर ह्वाइट हाउसले उक्त प्रस्ताव अस्वीकार गर्‍यो र सैन्य कारबाहीका लागि अनुमति दियो । गोप्य कारबाहीहरू के हुन सक्छन् वा ती मध्ये कुन चाहिँ तत्काल कार्यान्वयन गरिनेछ भन्नेबारे स्पष्ट छैन । ट्रम्पले भेनेजुएलामा स्थल सेना परिचालन गर्न अझै स्वीकृति दिएका छैनन्, त्यसैले मादुरो सरकारमाथि प्रशासनको बढ्दो दबाब अभियानको अर्को चरण तोडफोड वा कुनै प्रकारको साइबर, मनोवैज्ञानिक वा सूचना सञ्चालन हुन सक्छन् भन्ने अनुमान गरिएको छ । राष्ट्रपतिले भेनेजुएलामा अपनाउने व्यापक कार्यदिशाबारे निर्णय गरेका छैनन्, न त यस क्षेत्रबाट लागुऔषधको प्रवाह रोक्ने बाहेक आफ्नो अन्तिम लक्ष्य सार्वजनिक रूपमा व्यक्त गरेका छन् । सैन्य तथा सीआईएका योजनाकारहरूले विभिन्न आकस्मिकताका लागि धेरै विकल्पहरू त...
बिहान ३ बजे बैठक राखेपछि कर्मचारीलाई दुःख दिएको भन्दै जापानी प्रधानमन्त्री ताकाइचीको आलोचना
राजनीति, विश्व, समाचार

बिहान ३ बजे बैठक राखेपछि कर्मचारीलाई दुःख दिएको भन्दै जापानी प्रधानमन्त्री ताकाइचीको आलोचना

नेपालअखबार,काठमाडौं । जापानकी नयाँ प्रधानमन्त्री सनई ताकाइचीले बिहान ३ बजे बैठक राखेपछि उनको व्यापक विरोध भएको छ। गत महिना जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी ताकाइचीलाई एकदमै धेरै काम गर्ने व्यक्तिका रूपमा चिनिन्छ। उनी दैनिक दुईदेखि चार घण्टा निदाए आफूलाई पुग्ने दाबी गर्छिन्। उनी सामाजिक भेलाहरूमा खासै सहभागी हुन्नन् र 'काम र जीवनको सन्तुलन' (वर्क लाइफ व्यालेन्स) हुनुपर्छ भन्ने अवधारणालाई खुलेरै अस्वीकार गर्छिन्। तर पनि केही दिन पहिले संसदमा उपस्थित हुनुअघि सहयोगीहरूसँग बैठक गर्न उनी निवासबाट बिहान ३ बजे निस्किएपछि आफू मातहतका कर्मचारीलाई धेरै दुःख दिएको भनेर उनको आलोचना भएको छ। जापानी मिडियाले 'बिहान ३ बजेको अध्ययन सत्र' नाम दिएको सो बैठकपछि उनको व्यापक विरोध भएको हो। जापानमा हालैका वर्षहरूमा अत्यधिक कामका कारण हुने मृत्युका (कारोशी) धेरै घटनाहरू भएकाले पनि ताकाइचीक...
ट्रम्पको गाजा योजनालाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को समर्थन
राजनीति, विश्व, समाचार

ट्रम्पको गाजा योजनालाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को समर्थन

नेपालअखबार,वासिङ्टन डीसी । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०–बुँदे गाजा योजनासँग सम्बन्धित प्रस्तावको समर्थनमा मतदान गरेको छ । यो योजनाले अन्तर्राष्ट्रिय स्थिरीकरण बल (आईएसएफ)को गठनको व्यवस्था गरेको छ । धेरै देशहरूले यस बललाई सहयोगको प्रस्ताव गरेको अमेरिकाको भनाइ छ । प्रस्तावको पक्षमा बेलायत, फ्रान्स र सोमालियासहित तेह्र देशहरूले मतदान गरेका छन् । यस प्रस्तावको विपक्षमा कसैले पनि मतदान गरेनन् । रुस र चीनले भने मतदान गरेनन् । प्रस्ताव पारित हुनु युद्धविरामलाई बलियो बनाउने दिशामा एक महत्त्वपूर्ण कदम भएको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले भनेका छन् । यसैबिच, प्यालेस्टिनीहरूको अधिकार र मागहरू पूरा गर्दैन भन्दै हमासले प्रस्तावलाई अस्वीकार गरेको छ । प्रस्ताव पारित भएपछि, हमासले टेलिग्राममा लेखेको छ, ‘यस योजनाले गाजा पट्टीमा ...