गोप्य भिडियो बाहिरिएसँगै अमेरिकी रक्षामन्त्रीलाई लाग्यो हत्या आरोप, संकटमा पद
नेपालअखबार,काठमाडौं । अमेरिकी रक्षामन्त्री पीट हेगसेथमाथि दुई व्यक्तिलाई जानाजानी मारेको गम्भीर अभियोग लागेपछि उनको पद धरापमा परेको छ।
क्यारेबियन सागरमा ड्रोन हमला गरी मानिसहरूलाई मारिएको भनिएको ४० मिनेट लामो गोप्य भिडियो बाहिरिएपछि उनीमाथि दबाब बढेको हो। यस घटनाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हेगसेथविरुद्ध कारबाही गर्नुपर्ने अवस्थामा पुर्याएको छ । विपक्षी डेमोक्रेटिक पार्टीका नेताहरूले उनको राजीनामा मागिरहेका छन्।
अमेरिकी संसद (कंग्रेस) ले रक्षा मन्त्रालयलाई उक्त आक्रमणको सम्पादन नगरिएको फुटेज उपलब्ध गराउन सशक्त दबाब दिइरहेको छ। यसै क्रममा संसदले पेन्टागन प्रमुख हेगसेथको भ्रमण खर्च २५ प्रतिशतले कटौती गर्ने निर्णयसमेत गरेको छ।
भएको के हो ?
राष्ट्रपति ट्रम्पले घोषणा गरेको लागूऔषध विरुद्धको अभियान अन्तर्गत भेनेजुएला र दक्षिण अमेरिकी राष्ट्रहरूबाट लागूऔषध बोकेर आउने तस्करहरूलाई अ...










