Friday, June 26

विश्व

एशियामा बाढीपहिरो र आँधीबेहरीबाट एक हप्तामा १००० भन्दा बढीको मृत्यु
विश्व, समाचार, समाज

एशियामा बाढीपहिरो र आँधीबेहरीबाट एक हप्तामा १००० भन्दा बढीको मृत्यु

नेपालअखबार,काठमाडौं । एशियाका विभिन्न देशमा हालैका दिनहरूमा आएको आँधीबेहरी, बाढी र पहिरोका कारण एक हजार भन्दा बढी मानिसको ज्यान गएको छ। पछिल्लो एक हप्तामा तीन ठूला आँधीबेहरीले धेरै देशमा ठूलो क्षति पुर्‍याएका छन्। श्रीलंकामा चक्रवात ‘दित्वा’ ले जनधनको क्षति भएको छ भने इन्डोनेसियालाई ‘सेन्यार’ आँधीले तहसनहस पारेको छ। यसका साथै, थाइल्यान्ड र मलेसियामा पनि आँधीबेहरीका कारण धेरै मानिसले ज्यान गुमाएका छन्। श्रीलंकामा ३३४ जनाको मृत्यु श्रीलंकामा चक्रवात ‘दित्वा’ का कारण मच्चिएको विनाशमा अहिलेसम्म कम्तीमा ३३४ जनाको मृत्यु भइसकेको छ भने ३७० जना अझै बेपत्ता छन्। यो आँधीले सबैभन्दा धेरै क्षति क्यान्डी शहरमा पुर्‍याएको छ। क्यान्डीमा अहिलेसम्म ८८ जनाको मृत्यु भएको छ भने १५० जना बेपत्ता छन्। श्रीलंकाको बादुल्लामा ७१, नुवारा एलियामा ६८ र मटालेमा २३ जनाको मृत्यु भएको छ। यस विपत्तिबाट...
डेढ सय जना सहभागी जन्मदिनको कार्यक्रममा अन्धाधुन्ध चल्यो गोली
विश्व, समाचार

डेढ सय जना सहभागी जन्मदिनको कार्यक्रममा अन्धाधुन्ध चल्यो गोली

नेपालअखबार । अमेरिकाको क्यालिफोर्नियास्थित स्कटन सहरको एउटा ब्यांक्वेटमा गोली चलेको छ। स्थानीय समयअनुसार शनिबार साँझ ६ बजे जन्मदिनको उत्सव भइरहेको ब्यांक्वेटको हलभित्र अन्धाधुन्ध गोली चलेको हो। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार जन्मदिन मनाउने कार्यक्रममा झन्डै डेढ सय जना सहभागी थिए। कार्यक्रम हुँदै गर्दा अन्धाधुन्ध गोली चल्दा तीन बालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ८,९ र १४ वर्षका बालबालिका तथा २१ वर्यका युवा रहेका छन्। उनीहरुको नाम सार्वजनिक गरिएको छैन। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गोलीकाण्डमा १४ जना घाइते छन्। घाइतेहरूको उपचार भइरहेको छ। गोली चलाउने व्यक्ति फरार छन्। क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमलाई घटनाबारे जानकारी गराइएको छ। उनले सामाजिक सञ्जालमार्फत स्टकटन समुदायप्रति समवेदना व्यक्त गर्दै पीडित परिवारहरूप्रति ...
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना १६ वर्षअघिको सामूहिक हत्यामा पनि दोषी किटान
राजनीति, विश्व, समाज

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना १६ वर्षअघिको सामूहिक हत्यामा पनि दोषी किटान

नेपालअखबार, काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध बंगलादेशमा अर्को फाइल पनि खोलिएको छ ।मृत्युदण्ड र २१ वर्षको जेल सजायपछि अब अर्को फाइल खुलाइएको हो । बंगलादेशमा आजभन्दा १६ वर्षअघि हिंस्रक विद्रोह भएको थियो, जसमा दर्जनौं वरिष्ठ सैन्य अधिकारीहरूको हत्या भएको थियो। यी सामूहिक हत्याहरूको अनुसन्धानका लागि गठित आयोगले आइतबार पूर्व प्रधानमन्त्री शेख हसिनाले नै यी हत्याहरूको आदेश दिएको दाबी गरेको छ । बंगलादेश राइफल्स (बीडीआर) का उग्र सैनिकहरूले ढाकाबाट सुरु भई सन् २००९ मा देशभर फैलिएको दुई दिने विद्रोहको क्रममा सैन्य अधिकारीहरू सहित ७४ जनाको हत्या गरेका थिए। यी हत्याहरूका कारण तत्कालीन प्रधानमन्त्री हसिनाको सरकारको ठूलो आलोचना भएको थियो । उनले पद सम्हालेको केही हप्ता मात्र भएको थियो। गत वर्ष अर्थात् २०२४ मा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहपछि शेख हसिनालाई पदम...
अस्ट्रेलियन प्रधानमन्त्रीले  ६२ वर्षमा गरे विवाह
विश्व, समाचार

अस्ट्रेलियन प्रधानमन्त्रीले ६२ वर्षमा गरे विवाह

नेपालअखबार,काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजले आफ्नी पार्टनर जोडी हेडनसँग शनिबार विवाह गरेका छन् । ६२ वर्षका अल्बनीज अस्ट्रेलियाको इतिहासमा पदमा रहँदा विवाह गर्ने पहिलो प्रधानमन्त्री बनेका छन्। अल्बनीजले ४६ वर्षकी जोडी हेडनसँग क्यान्बेरास्थित प्रधानमन्त्रीको कार्यालयमा विवाह गरे। जोडी वित्तीय सेवामा काम गर्छिन्। अल्बनीजले सन् २०२४ को फेब्रुअरीमा हेडनसँग इङ्गेजमेन्ट गरेका थिए। प्रधानमन्त्रीले सामाजिक सञ्जालमा एक शब्दमा पोस्ट गरेका छन्, ‘म्यारिड।’ उनले एक भिडियो पनि सेयर गरेका छन्, जसमा उनी बो–टाई लगाएर मुस्कुराइरहेकी दुलहीको हात समातेको देखिन्छन्। अल्बनीज र हेडन सोमबारदेखि शुक्रबारसम्म अस्ट्रेलियामै हनिमुन मनाउनेछन्, जसको सम्पूर्ण खर्च उनीहरूले आफ्नै खल्तीबाट व्यहोर्नेछन् अर्थात् कुनै सरकारी सहयोग लिने छैनन्। अस्ट्रेलियाली प्रधानमन्त्रीको दोस्रो विवाह...
विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्प प्रशासनको रोक
राजनीति, विश्व, समाचार

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्प प्रशासनको रोक

नेपालअखबार,काठमाडौं । अमेरिकाले विदेशी नागरिकलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने घोषणा गरेको छ । वाशिङटन डीसीमा नेशनल गार्डका दुई सदस्यमाथि भएको गोली प्रहारको घटनापछि ट्रम्प प्रशासनले विदेशी नागरिकलाई शरण दिनेसम्बन्धी सबै फैसलामा रोक लगाउने घोषणा गरेको हो । अमेरिकी नागरिकता एवं आप्रवासन सेवा (यूएससीआईएस) का निर्देशक जोसेफ एडलोले एक्समा पोस्ट गरेर यसबारे जानकारी दिएका छन् । एडलोले पोस्टमा भनेका छन्, ‘अमेरिकी नागरिकको सुरक्षा सधैँ सबैभन्दा पहिलो आउँछ ।’ राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्वका देशका अमेरिका आउन नदिने अभिव्यक्ति दिएको केही घण्टापछि एडलोले शरण नदिने सम्बन्धी घोषणा गरेको बीबीसीले जनाएको छ ।बुधबार वाशिङटन डीसीमा ह्वाइट हाउस नजिकै नेशनल गार्डका दुई सदस्यमाथि गोली प्रहार भएको थियो । गोलीबाट गम्भीर घाइते भएकामध्ये एक गार्डको मृत्यु भएको थियो । यस घटनामा संलग्न रहेको ...
हङकङमा आगलागी : मृत्यु हुनेको सङ्ख्या १२८ पुग्यो
विश्व, समाचार

हङकङमा आगलागी : मृत्यु हुनेको सङ्ख्या १२८ पुग्यो

नेपालअखबार,हङकङ ।  हङकङको आवासीय भवनहरूमा लागेको आगलागीमा मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ । शुक्रबार आगलागी प्रभावित भवनहरूमा खोजीका क्रममा थप शवहरू फेला परेपछि मृत्यु हुनेको सङ्ख्या बढेको हो । अग्नि नियन्त्रकहरू अब खोजीको अन्तिम चरणमा पुगेको बताइएको छ । सञ्चारमाध्यमहरूका अनुसार सबैभन्दा धेरै फोन आएको तर आगोका कारण पुग्न नसकेका भवनहरूमाथि अग्नि नियन्त्रकहरूले ध्यान केन्द्रित गरिरहेका छन् । जलेका भवनहरूबाट शवहरू निकाल्ने काम भइरहेको र मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने हङकङका सुरक्षा सचिव क्रिस टाङले मिडियालाई बताएका छन् । बुधबार दिउँसो हङकङको ताई पो क्षेत्रको वाङ फुक कोर्ट कम्प्लेक्समा रहेको आठ भवनमध्ये सात वटामा आगो लागेको थियो । पुनर्निर्माण कार्यका लागि प्रयोग गरिएको बाँसको मचानले आगोलाई द्रुत रूपमा फैलाउन सहयाेग पुगेकाे अनुमान गरिएकाे छ । सोही क्रममा एउटा भवनबाट सुरु भएको ...
१९ घन्टादेखि जलिरहेको छ ५ हजार मानिस बस्ने हङकङको अपार्टमेन्ट कम्प्लेक्स
विश्व, समाचार, समाज

१९ घन्टादेखि जलिरहेको छ ५ हजार मानिस बस्ने हङकङको अपार्टमेन्ट कम्प्लेक्स

नेपालअखबार,काठमाडौँ । हङकङको ताइ पो जिल्लाको वाङ फुक कोर्ट भनिने आवासीय क्षेत्रमा लागेको आगो अहिलेसम्म निभेको छैन। बुधबार दिउँसो २:५१ बजे  एउटा ३२ तले अपार्टमेन्ट भवनबाट सुरू भएको आगलागीले वरपरका थप भवन पनि सल्काएको थियो। अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार आवासीय क्षेत्रको ८ ठूला भवनमध्ये सात वटामा आगो लागेको छ। आगो लागेको १९ घन्टाभन्दा बढी समय बितिसक्दा पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। ती आवासीय भवनहरूमा २ हजार भन्दा बडी अपार्टमेन्ट रहेको र ४ हजार ८ सय जनाभन्दा बढी मानिसहरूको बसोबास रहेको एपीले जनाएको छ। आगलागीमा ४४ जनाको मृत्यु भइसकेको छ। ६२ जनाभन्दा बढी घाइते छन् भने २७९ जना सम्पर्कविहीन रहेको त्यहाँका अधिकारीहरूले बताएका छन्। बिहीबार बिहानसम्म पनि त्यो आवासीय क्षेत्रको आकाश धुवैधुवाँले ढाकेको छ। भवनमा आगो बलिरहेको र बाक्लो धुवाँका मुस्लोहरू ...
दाहसंस्कारमा सरकारी हस्तक्षेपपछि चिनियाँ गाउँमा बढ्दै विरोध प्रदर्शन
राजनीति, विश्व, समाचार

दाहसंस्कारमा सरकारी हस्तक्षेपपछि चिनियाँ गाउँमा बढ्दै विरोध प्रदर्शन

नेपालअखबार,काठमाडौं । चीनका गाउँहरूमा यस वर्ष ६६१ वटा विरोध प्रदर्शनहरू दर्ता भएका छन्, जुन सन् २०२४ को पूरै वर्षको तुलनामा ७०प्रतिशतले वृद्धि हो। यस शृङ्खलाको पछिल्लो घटना चीनको दक्षिणी क्विचो प्रान्तमा भएको छ। क्विचो प्रान्तको शिदोंग सहरमा सप्ताहन्तमा सुरु भएको यो विरोध प्रदर्शन स्थानीय अधिकारीहरूको एउटा नयाँ निर्देशनको प्रतिक्रियामा भएको हो । अधिकारीहरूले अबदेखि मानिसहरूको मृत्युपश्चात् जमिनको स्रोत जोगाउनका लागि शव गाड्नुको सट्टा अनिवार्य रूपमा जलाउनुपर्ने नियम बनाएका छन्। यो नियमले परम्परागत अन्त्येष्टि विधिलाई प्रतिस्थापन गर्ने भन्दै विरोध प्रदर्शन सुरू भएको हो । ‘द गार्डियन’ को रिपोर्ट अनुसार शेन्जेन र शाङ्घाई जस्ता सहरी केन्द्रहरूबाट टाढा रहेको  ग्रामिण प्रान्त हो क्विचो । निशानामा राष्ट्रपति पनि विरोध प्रदर्शनको फुटेज सामाजिक सञ्जालमा समेत फैलिएको छ। विरोध ट्र्याकिङ...
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्‍यो
विश्व, समाचार

जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्‍यो

नेपालअखबार,काठमाडौं । संयुक्त राष्ट्र संघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो सहर घोषणा गरेको छ । यो सहरमा ४ करोड १९ लाख मानिस बसोबास गर्छन्। यसपछि बङ्गलादेशको ढाका दोस्रो स्थानमा रहेको छ । ढाकामा ३ करोड ६६ लाख मानिसको बसोबास छ। अलजजिराका अनुसार, जनघनत्व बढी भएको जाभा टापुको पश्चिममा अवस्थित, समुद्र सतहभन्दा कम उचाइमा रहेको तटीय सहर जकार्ता दोस्रो स्थानबाट माथि उक्लँदै पहिलोमा पुगेको हो। यसअघि सन् २००० मा प्रकाशित संयुक्त राष्ट्र संघको मूल्याङ्कनमा टोकियो पहिलो स्थानमा थियो । जापानको राजधानी टोकियोको जनसंख्या तुलनात्मक रूपमा स्थिर रहेको छ । त्यहाँ ३ करोड ३४ लाख मानिस बस्छन् । जुन नयाँ मूल्याङ्कनअनुसार तेस्रो स्थानमा झरेको छ । बङ्गलादेशको अत्यधिक जनघनत्व भएको राजधानी ढाका यसअघि नवौं स्थानमा थियो, अहिले दोस्रो स्थानमा उक्लेको छ । सन् २०...
शेख हसिनाको अवामी लिगद्वारा बंगलादेशमा विरोध प्रदर्शन गर्ने घोषणा
राजनीति, विश्व, समाचार

शेख हसिनाको अवामी लिगद्वारा बंगलादेशमा विरोध प्रदर्शन गर्ने घोषणा

नेपालअखबार,काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीले ३० नोभेम्बरसम्म देशव्यापी विरोध प्रदर्शन आह्वान गरेको छ । इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले १७ नोभेम्बरमा ७८ वर्षीया पूर्व प्रधानमन्त्री शेख हसिना र तत्कालीन गृहमन्त्री असदुज्जमा खान कमाललाई मृत्युदण्डको फैसला  सुनाएको थियो । अवामी लिगले आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत् ट्रिब्युनलको फैसला मोहम्मद युनुसको अन्तरिम सरकारको राजनीतिक ‘षड्यन्त्र’ भएको आरोप लगाएका थियो । हसिना र पार्टीलाई अर्को वर्षको फेब्रुअरीमा हुने भनिएको आम निर्वाचनबाट बाहिर राख्ने उद्देश्यले उक्त फैसला गरिएको आवामी लिगको टिप्पणी छ । पार्टीले ट्रिब्युनललाई अवैध भन्दै उक्त फैसला अस्वीकार गरेको छ । आवामी लिगले मोहम्मद युनुसको राजीनामा मागेको छ । अवामी लिगले युनुस र उनका सहयोगीमाथि ‘मुक्ति विरोधी’ र ‘राष्ट्र विरोध’ मा लिप्त भएको आरोप लगाएक...