Monday, June 1

विश्व

अमेरिकाको सैन्य कारखानामा विस्फोट, १९ जना बेपत्ता
विश्व, समाचार

अमेरिकाको सैन्य कारखानामा विस्फोट, १९ जना बेपत्ता

नेपालअखबार,टेनेसी । शुक्रबार अमेरिकाको टेनेसीमा रहेको सैन्य विस्फोटक पदार्थ निर्माण गर्ने एक कारखानामा विस्फोट हुँदा कम्तीमा १९ जना मानिस बेपत्ता भएका छन्। हम्फ्रेज काउन्टीका शेरिफ क्रिस डेभिसले यो ठुलो विस्फोटले कारखानालाई पूर्ण रूपमा ध्वस्त बनाएको बताएका छन्। उनले चार वा पाँच जनालाई नजिकैको अस्पतालमा लगिएको र केही व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन्। नासभिलबाट करिब ९० किलोमिटर दक्षिण पश्चिममा पर्ने बक्सनोर्ट, टेनेसीमा रहेको यो कारखाना विस्फोटक पदार्थको विकास, निर्माण, ह्यान्डलिङ र भण्डारण मा विशेषज्ञता राख्छ। यो एक्युरेट एनरजेटिक सिस्टम्सको स्वामित्वमा छ। विस्फोटको कारण भने अझै स्पष्ट हुन सकेको छैन। घटनास्थलको भिडियोहरूमा जलेको भग्नावशेष, धुवाँ निस्किरहेका गाडीहरू र कारखानाको केही भाग मात्र सग्लो रहेको देखिन्छ पहिलो मिडिया ब्रिफिङको क्रममा भावुक देखिएका शेरिफ डेभिसले मृत्य...
चिनियाँ सामानमा शतप्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा
राजनीति, विश्व, समाचार

चिनियाँ सामानमा शतप्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा शतप्रतिशत अतिरिक्त आयात शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन् । ट्रुथ सोसलमा स्टाटस लेखेर ट्रम्पले चिनियाँ वस्तुमा शतप्रतिशत ट्यारिफ लगाउने निर्णयमा पुगेको जानकारी दिएका हुन् । उनका अनुसार यो निर्णय नोभेम्बर महिनाको एक तारिखदेखि लागु हुने छ । यो निर्णय लागु गरेर अमेरिकाले अत्यावश्यक सफ्टवेयर निर्यातमा पनि नियन्त्रित गर्ने ट्रम्पले उल्लेख गरेका छन् । यसै हप्ता चीनले दुर्लभ खनिज ‘रेयर अर्थ मेटल’को निर्यातमा कडाइ गरेको थियो । त्यसैको प्रतिक्रियास्वरुप ट्रम्पले चिनियाँ सामानमा शतप्रतिशत ट्यारिफ लगाएको बताइएको छ । चीनले दुर्लभ खनिज ‘रेयर अर्थ’ खनिजको निर्यातमा कडाइ गरेपछि ट्रम्पले गत शुक्रबार चीनले ‘शत्रुतापूर्ण रवैया’ अपनाएको र विश्वलाई ‘आफ्नो वशमा राख्ने कोसिस’ गरेको भनेर आलोचना गरेका थिए । विश्...
गाजाबाट आंशिक इजरायली सेना फिर्ता
राजनीति, विश्व, समाचार

गाजाबाट आंशिक इजरायली सेना फिर्ता

नेपालअखबार,काठमाडौं ।  इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहाइ सम्झौताको घोषणाले गाजाका जनतामा खुशी ल्याएको छ।  यसैबीच इजरायली सेना गाजाका केही क्षेत्रबाट आंशिक फिर्ता हुन थालेका छन्। गाजाका बासिन्दाहरूले बीबीसीलाई बताएअनुसार इजरायली सेना गाजा शहरको उत्तरपश्चिमको बाहिरी इलाकाबाट फिर्ता गएका छन्। पूर्वमा रहेको पहेँलो रेखा तिर फर्किएका छन्। इजरायली सेनाले सम्झौताको एक भागको रूपमा यो कदम चालेको हो। तर सम्झौताअन्तर्गत इजरायली सेना फिर्ता हुने धेरै क्षेत्रमा बख्तरबंद सवारी साधन र ट्याङ्कहरू तैनाथ छन्। यसमा दक्षिणी गाजाको खान युनिस र तटीय क्षेत्र पनि समावेश छन्। स्थानीयहरूले शुक्रबार बिहान तटीय क्षेत्रमा तैनाथ ट्याङ्कहरूले गोली चलाएको र सयौँ विस्थापित मानिसलाई रशिद स्ट्रिट हुँदै उत्तरतिर आफ्नो घर फर्कनबाट रोकेको बताएका छन्। युद्धविरामको घोषणा भए पनि शुक्रबार उत्तरी र दक्षिणी गाजाका...
इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको ट्रम्पको दाबी
राजनीति, विश्व, समाचार

इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको ट्रम्पको दाबी

नेपालअखबार,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको बताएका छन् । यसको अर्थ बन्धकहरूलाई चाँडै रिहा हुने उनले उल्लेख गरेका छन् । उनले ऐतिहासिक घटनाको लागि कतार, इजिप्ट र टर्कीका मध्यस्थकर्ताहरूलाई धन्यवाद दिएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू हप्ताको अन्त्यतिर मध्य पूर्वको यात्रा गर्नसक्ने पनि बताएका छन् । इजरायल र हमासले सोमवार इजिप्टको रेड सी रिसोर्ट शर्म अल–शेखमा गाजा युद्धविरामको बारेमा अप्रत्यक्ष वार्ता सुरु गरेका थिए ।  अक्टोबर ७, २०२३ मा युद्ध सुरु भएदेखि, इजरायली हवाई आक्रमणले गाजा पट्टीलाई तहसनहस भएको छ । गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार कम्तीमा ६७ हजार १ सय ८३ जनाको मृत्यु भएको छ भने १ लाख ६९ हजार ८ सय ४१ जना घाइते भएका छन् ।...
इजिप्टमा इसराइल-हमास वार्ताः सहमति जुटाउन ट्रम्पले पठाए दूत, कतारी प्रधानमन्त्री पनि जाँदै
राजनीति, विश्व, समाचार

इजिप्टमा इसराइल-हमास वार्ताः सहमति जुटाउन ट्रम्पले पठाए दूत, कतारी प्रधानमन्त्री पनि जाँदै

नेपालअखबार, काठमाडौं । इसराइल र हमासबीच इजिप्टमा सोमबारदेखि जारी शान्ति वार्ता निष्कर्षमा पुगेको छैन। इजिप्टको शार्म एल शेखमा सोमबारदेखि अमेरिका, कतार, इजिप्ट र टर्कीको मध्यस्थतामा इसराइल र हमासबीच अप्रत्यक्ष वार्ता भइरहेको छ। मंगलबारसम्म सहमति हुन नसकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना मध्यपूर्व हेर्ने दूत स्टिभ विटकोफ र आफ्नो ज्वाइँसमेत रहेका यसअघिका मध्यपूर्व सल्लाहकार जारेड कुश्नरलाई इजिप्ट पठाउने भएका छन्। अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सका अनुसार ह्वाइट हाउसका अधिकारी र इजिप्टका विदेशमन्त्री बद्र अब्देलतीले विटकोफ र कुश्नर वार्तामा सहभागी हुने पक्कापक्की भएको बताएका छन्। इसराइल र हमासबीच शान्ति वार्ताका लागि ट्रम्पले २० बुँदे प्रस्ताव तयार पारेका थिए। सेप्टेम्बर २९ मा ह्वाइट हाउस पुगेका इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई ट्रम्पले आफूले तयार पारेको प्र...
इजरायल-प्यालेस्टाइन युद्धविराम वार्ता इजिप्टमा सुरु, ट्रम्पको योजनामा सहमति खोजिँदै
राजनीति, विश्व, समाचार

इजरायल-प्यालेस्टाइन युद्धविराम वार्ता इजिप्टमा सुरु, ट्रम्पको योजनामा सहमति खोजिँदै

नेपालअखबार,कायरो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा युद्धविराम योजनामा अन्तिम सहमति जुटाउन इजरायली र प्यालेस्टिनी वार्ताकारहरूबिच अप्रत्यक्ष वार्ता सोमबार साँझ इजिप्टमा सुरु भएको छ। अमेरिका, कतार, इजिप्ट र टर्कीका मध्यस्थकर्ताहरूको उपस्थितिमा यो वार्ता ‘केही दिन’ चल्ने अपेक्षा गरिएको छ। राष्ट्रपति ट्रम्पले वार्ता ‘छिटो अगाडि बढाउन’ आग्रह गरेका छन् र हमासले गाजामा सत्ता नछोडे ‘सफाया’ हुने चेतावनी दिएका छन्। ट्रम्पले शुक्रबार इजरायललाई गाजामा बमबारी रोक्न भने पनि त्यसयता १०० भन्दा बढी मानिस मारिएका छन्। गाजाका बासिन्दाहरूले युद्धविरामको आशाप्रति मिश्रित भावना व्यक्त गरेका छन्। इजिप्टको अल काहेरा न्यूजका अनुसार हमास र मध्यस्थकर्ताहरूबिचको वार्ता सकारात्मक माहोलमा शर्म अल-शेख मा जारी रहनेछ। अक्टोबर ७ को आक्रमणको दोस्रो वर्षगाँठमा बेलायती प्रधानमन्त्री कर स्टार्मरले बन्धकहरूको रि...
शरीरको प्रतिरक्षा प्रणालीबारे अनुसन्धान गर्ने तीन वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार
विश्व, समाचार

शरीरको प्रतिरक्षा प्रणालीबारे अनुसन्धान गर्ने तीन वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार

नेपालअखबार,काठमाडौं । सन् २०२४ को चिकित्सातर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिएको छ। शरीरको प्रतिरक्षा प्रणालीबारे अनुसन्धान गर्ने तीन वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो। उनीहरूमध्ये मरी ई. ब्रन्को र फ्रेड राम्सडेल अमेरिकाका हुन् भने शिमोन साकागुची जापानका हुन् । उनीहरूलाई शरीरको रक्षा प्रणाली (इम्युन सिस्टम) लाई अझ राम्ररी बुझ्न सहयोग पुर्‍याउने खोजका लागि यो पुरस्कार दिइएको हो। ब्रन्को सिस्टम्स बायोलोजी इन्स्टिच्युट, सिएटल अमेरिकाकी हुन् भने फ्रेड राम्सडेल सोनामा बायोथेराप्युटिक्स, सान फ्रान्सिस्कोका हुन् । त्यस्तै, शिमोन साकागुची ओसाका विश्वविद्यालय, ओसाका, जापानसँग आबद्ध छन् । उनीहरूलाई ‘पेरिफेरल इम्युन टोलेरेन्स’ मा महत्वपूर्ण अनुसन्धानका लागि यस वर्षको चिकित्सातर्फ नोबेल पुरस्कार प्रदान गरिएको हो। उनीहरूको अनुसन्धानले प्रतिरो...
गाजा युद्धविराम प्रस्तावमा हमासलाई ट्रम्पको ३ वा ४ दिन समय, के गर्दैछ हमास?
राजनीति, विश्व, समाचार

गाजा युद्धविराम प्रस्तावमा हमासलाई ट्रम्पको ३ वा ४ दिन समय, के गर्दैछ हमास?

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई आफ्नो गाजा युद्धविराम प्रस्तावमा प्रतिक्रिया दिन ‘तीन वा चार दिन’ मात्र समय दिइएको बताएका छन्। उनका अनुसार इजरायली र अरब नेताहरूले पहिले नै यो योजना स्वीकार गरिसकेका छन् । मंगलबार ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, ‘हमासले यो स्वीकार्न पनि सक्छ र नस्वीकार्न पनि । नस्वीकारे दुःखद अन्त हुनेछ।’ प्रस्तावमा वार्ताको ठाउँ छ कि भन्ने प्रश्नमा उनले भने, ‘धेरै छैन ।’ ट्रम्पले सोमबार वाशिङ्टन डीसीमा भेट भएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई योजना स्वीकार गरेकोमा धन्यवाद पनि दिए । यो टिप्पणी ह्वाइट हाउसले सार्वजनिक गरेको २० बुँदे दस्तावेजपछि आएको हो, जसमा गाजामा तत्काल युद्धविराम, हमासको कब्जामा रहेका इजरायली बन्दी र इजरायली जेलमा रहेका प्यालेस्टिनीबीच साटफेर र चरणबद्ध इजरायली फिर्ता लगायतका बु...
नेतन्याहूको बोली फेरियो, भने – गाजाबाट इजरायली सेना पछि हट्दैन
राजनीति, विश्व, समाचार

नेतन्याहूको बोली फेरियो, भने – गाजाबाट इजरायली सेना पछि हट्दैन

नेपालअखबार,काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो पछिल्लो वक्तव्यमा इजरायली सेनालाई गाजाबाट फिर्ता नबोलाउने बताएका छन् । ह्वाइट हाउस भ्रमणपछि नेतन्याहूको एक भिडियो टेलिग्राममार्फत सार्वजनिक गरिएको छ। उक्त भिडियोमा उनले इजरायली सेनालाई गाजाबाट फिर्ता बोलाउन दबाब दिइरहेका शक्तिहरूलाई निसाना बनाउँदै उनीहरू लक्षित आक्रामक अभिव्यक्ति दिएका हुन् । ‘उनीहरूले हामीले हमासका शर्तहरू मान्नुपर्छ भनेर पटक–पटक भन्छन् । आईडीएफ (इजरायली डिफेन्स फोर्सेस) बाहिर निस्कनुपर्छ र हमास फेरि उठ्न सक्छ तथा गाजा पट्टीलाई पुनःनिर्माण गर्न सक्छ।’ उनले थपे, ‘त्यस्तो हुने छैन ।’ सोमबार ह्वाइट हाउसमा ट्रम्प र नेतन्याहूबीच भेट भएको थियो। उक्त बैठकमा दुवै नेताले गाजामा शान्तिका लागि ट्रम्पको २० सूत्रीय योजनामाथि छलफल गरेका थिए । यस योजनामा इजरायली प्रधानमन्त्रीले सहमति जनाइसकेका छन्, तर हमासले भ...
गजा युद्ध अन्त्य गर्न नेतन्याहूलाई अन्तत ट्रम्पले मनाए, हमासको सहमति अझै आउन बाँकी
राजनीति, विश्व, समाचार

गजा युद्ध अन्त्य गर्न नेतन्याहूलाई अन्तत ट्रम्पले मनाए, हमासको सहमति अझै आउन बाँकी

नेपालअखबार, काठमाडौँ । गजामा झन्डै दुई वर्षदेखि चलेको युद्ध अन्त्य गर्नका लागि अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई मनाएका छन्। ट्रम्पको सो योजनालाई हमासले स्वीकार गर्छ कि गर्दैन भन्ने अझै टुंगो छैन। ह्वाइट हाउसमा सोमबार नेतन्याहूसँग कुरा गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले प्यालेस्टिनी भूभागका लागि शान्ति सम्झौताको ‘ज्यादै भन्दा पनि अझ नजिक’ पुगेको घोषणा गरेका छन्। हमासलाई सो योजनालाई अस्वीकार गरे इसराइलले आवश्यक जस्तोसुकै कदम चाले पनि अमेरिकाको पूर्ण समर्थन रहने चेतावनी पनि उनले दिएका छन्। ट्रम्पले जारी गरेको सो २०-बुँदे दस्तावेजमा तत्काल युद्धविराम, हमासले राखेका सबै बन्धकहरूको सट्टामा इसराइलले राखेका प्यालेस्टिनी कैदीहरूको आदानप्रदान, गजाबाट इसराइली सेनाको चरणबद्ध फिर्ती, हमासको निरस्त्रीकरण र एउटा अन्तर्रा...