Friday, June 26

विश्व

गाजामाथि तीव्र भयो इजरायली आक्रमण, सहरको दोस्रो अग्लो भवन ध्वस्त
राजनीति, विश्व, समाचार

गाजामाथि तीव्र भयो इजरायली आक्रमण, सहरको दोस्रो अग्लो भवन ध्वस्त

नेपालअखबार,रफाह । इजरायली सेनाले गाजा सहरमा एउटा अग्लो भवन ध्वस्त पारेको छ । सुसी टावर नाम गरेको त्यो भवनलाई लक्षित गरिएको यो लगातार दोस्रो दिन हो । रक्षामन्त्री इजरायल काट्जले माइक्रो ब्लगिङ वेबसाइट एक्समा भवन भत्किएको भिडियो शेयर गरेका छन् । सो भवनलाई हमासले प्रयोग गरिरहेको इजरायल रक्षा बल (आईडीएफ)को भनाइ थियो । तर हमासले भने यो दाबीलाई अस्वीकार गरेको छ । आक्रमणमा कोही हताहत भएका छन् कि छैनन् भन्ने कुरा स्पष्ट भएको छैन । शनिबारको आक्रमण अघि इजरायलले प्यालेस्टिनीहरूलाई दक्षिणको एउटा क्षेत्रमा सर्न अपील गर्ने पर्चाहरू खसालेको थियो । गाजाको दक्षिण क्षेत्रलाई इजरायलले मानवीय क्षेत्र भन्छ । सुसी टावर पछिल्ला केही दिनहरूमा ध्वस्त भएको दोस्रो सबैभन्दा अग्लो भवन हो । शुक्रबार सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरिएको थियो, जसमा सहरको अल–रिमल क्षेत्रमा रहेको मुशताहा टावर ठुलो विस्फोट पछि ...
प्यालेस्टाइन एक्सन समूहमाथि प्रतिबन्धको विरोधमा लन्डनमा प्रदर्शन, ४२५ भन्दा बढी पक्राउ
राजनीति, विश्व, समाचार, समाज

प्यालेस्टाइन एक्सन समूहमाथि प्रतिबन्धको विरोधमा लन्डनमा प्रदर्शन, ४२५ भन्दा बढी पक्राउ

नेपालअखबार,लन्डन । बेलायतमा प्यालेस्टाइन एक्सन नाम गरेको समूहमाथि प्रतिबन्ध लगाइएपछि सोको विरोधमा भएको प्रदर्शनमा ४२५ भन्दा बढी व्यक्ति पक्राउ परेका छन् । प्रतिबन्धको विरोधमा सयौं मानिसहरू मध्य लन्डनमा रहेको पार्लियामेन्ट स्क्वायरमा भेला भएका थिए । धेरैजसो प्रदर्शनकारीहरूले हातमा प्लेकार्ड बोकेका थिए जसमा ‘म नरसंहारको विरोध गर्छु, म प्यालेस्टाइन एक्सनलाई समर्थन गर्छु ।’ भनेर लेखिएको थियो । महानगरीय प्रहरीले बताएअनुसार पक्राउ परेका अधिकांश व्यक्तिहरू प्रतिबन्धित सङ्गठनका समर्थक हुन् । २५ भन्दा बढी व्यक्तिहरूलाई प्रहरी अधिकारीहरूमाथि आक्रमण गरेको र सार्वजनिक व्यवस्था खलल पारेको अपराधमा पक्राउ गरिएको बताइएको छ । सरकारले आतंकवाद ऐन अन्तर्गत जुलाईमा प्यालेस्टाइन एक्सनमाथि प्रतिबन्ध लगाएको थियो । यस कानुन अन्तर्गत, सङ्गठनको सदस्यता लिनु वा संगठनलाई समर्थन गर्नु अपराध हो । यो अपराध गरे...
गुगललाई युरोपेली सङ्घद्वारा झन्डै ३ अर्ब युरो जरिवाना
अर्थ, विश्व, समाचार

गुगललाई युरोपेली सङ्घद्वारा झन्डै ३ अर्ब युरो जरिवाना

नेपालअखबार,जुरिच । युरोपेली सङ्घ (ईयू) ले गुगललाई विज्ञापन प्रविधि (एड टेक) क्षेत्रमा वर्चस्व दुरुपयोग गरेको आरोपमा २.९५ अर्ब युरो जरिवाना गरेको छ। युरोपेली आयोगले शुक्रबार गरेको निर्णयअनुसार गुगलले आफ्नै विज्ञापन प्रविधिलाई प्राथमिकता दिँदै प्रतिद्वन्द्वी कम्पनीहरूको पहुँचलाई कमजोर बनाएको र यसले प्रतिस्पर्धा कानुन उल्लङ्घन गरेको ठहर गरेको हो। गुगलले भने आयोगको निर्णयलाई ‘गलत’ भन्दै अपिल गर्ने जनाएको छ। कम्पनीकी नियामक मामिला प्रमुख ली–एन मुलहोल्याण्डले भनिन्, ‘यो जरिवाना अन्यायपूर्ण छ। यसले हजारौँ युरोपेली व्यवसायलाई प्रभावित पार्छ, जसले उनीहरूको आम्दानी घटाउँछ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत युरोपेली संघको निर्णयलाई ‘धेरै अन्यायपूर्ण’ भन्दै सामाजिक सञ्जालमा कडा प्रतिक्रिया दिएका छन्। उनले यसविरुद्ध अमेरिकी प्रशासनले अनुसन्धान सुरु गर्न सक्ने र युरोपेली सामानमा नया...
रक्षा मन्त्रालयको नाम फेरेर ‘युद्ध मन्त्रालय’ राख्ने ट्रम्पको तयारी
राजनीति, विश्व, समाचार

रक्षा मन्त्रालयको नाम फेरेर ‘युद्ध मन्त्रालय’ राख्ने ट्रम्पको तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालयको नाम परिवर्तन गरी युद्ध मन्त्रालय (डिपार्टमेन्ट अफ वार) राख्ने तयारी गरेका छन्। पेन्टानगनको नाम फेर्ने कार्यकारी आदेशमा शुक्रबार नै राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्ने तयारी रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ट्रम्पले यसलाई अमेरिकी सेनालाई कडा र आक्राम छवि प्रदान गर्ने नवीनतम प्रयास भनेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसले ह्वाइट हाउसका एक अधिकारीले ट्रम्पले पेन्टागनको दोस्रो नाम युद्ध मन्त्रालय रहने गरी कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछन्। यो नापलाई औपचारिक रूपमै परिवर्तन गर्न भने संसदबाट अनुमोदन हुनुपर्छ। ट्रम्पले संसदमा उक्त प्रस्ताव पेस गर्ने तयारी गरेको पनि एपीले ह्वाइट हाउसका ती अधिकारीलाई उद्धृत गरेर लेखेको छ। ‘युद्ध मन्त्रालय’ सन् १७८९ मा स्थापना भएको थियो। त्यो वर्ष अमेरि...
एससिओ शिखर सम्मेलनमा ओलीलाई सीको स्वागत
राजनीति, विश्व, समाचार

एससिओ शिखर सम्मेलनमा ओलीलाई सीको स्वागत

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुन पुगेका छन् । उक्त समारोहमा उनलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले स्वागत गरे । प्रधानमन्त्री ओली र धर्मपत्नी राधिका शाक्यलाई चिनियाँ राष्ट्रपति सी र धर्मपत्नी पेङ लियुआनल् स्वागत गरे । शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली हिजो त्यसतर्फ प्रस्थान गरेका थिए ।...
मोदीले सीसँग भने-दुई शक्तिशाली राष्ट्र चीन र भारतले विश्वव्यापी व्यापारमा स्थिरता ल्याउनका लागि रणनीतिक रुपमा अघि बढ्ने प्रतिबद्धता
राजनीति, विश्व, समाचार

मोदीले सीसँग भने-दुई शक्तिशाली राष्ट्र चीन र भारतले विश्वव्यापी व्यापारमा स्थिरता ल्याउनका लागि रणनीतिक रुपमा अघि बढ्ने प्रतिबद्धता

नेपालअखबार,काठमाडौ । कर नीतिका कारण अमेरिकासँग चिढिएका एसियाका दुई शक्तिशाली राष्ट्र चीन र भारतले विश्वव्यापी व्यापारमा स्थिरता ल्याउनका लागि रणनीतिक रुपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनको अवसरमा तियानजिनमा सम्पन्न द्विपक्षीय भेटवार्तामा दुवै नेताले विश्वव्यापी व्यापारमा स्थायित्व ल्याउनेतर्फ दुई मुलुकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । भेटमा प्रधानमन्त्री मोदीले भारत र चीन दुवैले ‘रणनीतिक स्वायत्तता’को अभ्यास गर्ने उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई तेस्रो देशको चश्माबाट हेर्नु नहुने स्पष्ट गरे । द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दा तथा चुनौतीहरू जस्तै आतंकवाद र बहुपक्षीय मञ्चहरूमा निष्पक्ष व्यापारमा साझा समझदारी विस्तार गर्नु आवश्यक रहेको ठहर गरेको...
इसराइली हवाई आक्रमणमा यमनका प्रधानमन्त्री मारिएको दाबी
राजनीति, विश्व, समाचार

इसराइली हवाई आक्रमणमा यमनका प्रधानमन्त्री मारिएको दाबी

नेपालअखबार,काठमाडौँ । हुथी विद्रोहीहरूले इसराइलको हवाई हमलामा यमनका प्रधानमन्त्री अहमद गालिब अल रहाबी मारिएको दाबी गरेका छन्। इसराइलले यमनको राजधानी सनामा बिहीबार गरेको भीषण हवाई आक्रमणमा यमनी प्रधानमन्त्री गालिब र अन्य थुप्रै उच्च अधिकारी मारिएको हुथी विद्रोहीले दाबी गरेका छन्। प्रधानमन्त्री गालिब मारिएको दाबीसहित हुथीले इसराइलले यसको नराम्रो परिणाम ब्यहोर्नुपर्ने चेतावनी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार हुथीको राजनीतिक परिषद् (पोलिटिकल काउन्सिल)का प्रमुख महदी अल मशातले प्रधानमन्त्री गालिब मारिएको पुष्टि गरेका हुन्। 'यो रक्तपातको प्रतिशोध लिनेछौं र यी घाउहरूलाई हामी विजयमा रूपान्तरण गर्नछौं,' मशातले भिडिओ सन्देशमार्फत भनेका छन्, 'यमनी जनता, सहिद र घाइतेका परिवारलाई वचन दिन्छौं।' हुथी सञ्चालित  टेलिभिज...
संवैधानिक अदालतको आदेशमा पदमुक्त भइन् थाइल्याण्डकी प्रधानमन्त्री
राजनीति, विश्व, समाचार

संवैधानिक अदालतको आदेशमा पदमुक्त भइन् थाइल्याण्डकी प्रधानमन्त्री

नेपालअखबार, काठमाडौँ । थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ। कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा तानिएकी सिनावात्राले नैतिकताको उल्लंघन गरेको भन्दै शुक्रबार पदमुक्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। हुन सेन कम्बोडियाका प्रभावशाली नेता हुन्। सेनसँगको फोन कलमा सिनावात्राले ‘अंकल’ भनेर सम्बोधन गरेकी थिइन्। थाइल्याण्डको इतिहासमा कम उमेरमै प्रधानमन्त्री बनेकी सिनावात्रा करिब एक वर्ष प्रधानमन्त्री भइन्। फोनवार्ताको अडिओ बाहिरिएपछि संवैधानिक अदालतले नै जुलाइ १ मा उनलाई निलम्बन गरेको थियो। उनीहरूबीच सीमा विवादबारे कुराकानी भएको थियो। तर फोन कलमा हुन सेनलाई ‘अंकल’ भनेर थाइल्याण्डको नीति विपरित काम गरेको आरोप लागेको थियो। फोन कलमा सिनावात्राले थाइल्याण्डकै सैनिक कमाण्डरको आलोचना गरे...
नास्सर अस्पतालमा इजरायलद्वारा चार पटक आक्रमण भएको पुष्टि
राजनीति, विश्व, समाचार

नास्सर अस्पतालमा इजरायलद्वारा चार पटक आक्रमण भएको पुष्टि

नेपालअखबार,गाजा । दक्षिण गाजामा सोमबार भएको इजरायलको घातक आक्रमणमा नास्सर अस्पताल कम्तीमा चार पटक प्रहार भएको बीबीसी भेरिफाईले नयाँ भिडियो विश्लेषणमार्फत पुष्टि गरेको छ।अन्तर्राष्ट्रिय स्तरमा तीव्र आलोचना भएको उक्त आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको बताइएको छ, जसमा पाँच पत्रकार पनि थिए। प्रारम्भिक प्रतिवेदनअनुसार अस्पताल दुई पटक मात्र आक्रमणमा परेको उल्लेख भए पनि नयाँ प्रमाणले चार पटक आक्रमण भएको देखाएको हो। बीबीसी भेरिफाई र विज्ञहरूको विश्लेषणअनुसार पहिलो चरणमै दुई फरक भर्‍याङमा एकैसाथ प्रहार भएको थियो भने पछिल्लो आक्रमण भने दुई पटक अलग–अलग विस्फोट भएको पाइएको छ। स्थानीय समयमा बिहान १०:०८ बजे पूर्वी भर्‍याङमा भएको पहिलो प्रहारमा रोयटरका लागि प्रत्यक्ष प्रसारण गरिरहेका पत्रकार हुस्साम अल–मास्रीको मृत्यु भएको पुष्टि भएको छ। साथै, उत्तरी भागको अर्को भर्‍याङ पनि प्रहारमा परेको नयाँ फ...
आजदेखि भारतमाथि ५०% अमेरिकी कर
अर्थ, विश्व, समाचार

आजदेखि भारतमाथि ५०% अमेरिकी कर

नेपालअखबार,वासिङ्टन डिसी । अमेरिकी सरकारले भारतमाथि २५ प्रतिशत थप भन्सार लगाउने आधिकारिक सूचना जारी गरेको छ । यो शुल्क भारतीय समय अनुसार बुधबार बिहान ९:४५ बजेदेखि लागू भएको हो।पहिले भन्सार दर २५ प्रतिशत थियो । अब भारतमा कुल ५० प्रतिशत भन्सार लाग्नेछ। सूचनामा भनिएको छ, ‘अगस्ट २७, २०२५ मा वा त्यसपछि प्रयोगको लागि आइपुगेका वा गोदामबाट हटाइएका कुनै पनि भारतीय सामानहरूमा यो बढेको शुल्क लाग्नेछ।’ भारतले रुसबाट कच्चा तेल खरिद गरेर युक्रेन विरुद्धको युद्धमा रुसलाई सहयोग गरिरहेको कारण ट्रम्पले भारतमाथि ५० प्रतिशत कर लगाएको बताएको छ। यता, भारतले ट्रम्पको यो निर्णयलाई 'अनुचित, अनुचित र तर्कहीन' भनेको थियो। भारतमाथि अमेरिकी भन्सार अप्रिल २०२५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा २६ प्रतिशत कर लगाउने घोषणा गरे तर पछि यो निर्णय ९० दिनको लागि स्थगित गरियो। जुलाई २०२५ : राष्ट्रपति ट्रम्प...